Saturday, May 30, 2020

उपचारात्मक शिक्षण सिकाइ l



उपचारात्मक शिक्षण सिकाई को परिचय l 

विद्यालयमा भर्ना भएका विद्यार्थीहरु सामान्यता प्रचलित शिक्षण सिकाइको शैलीमा सहज सिक्न सक्ने हुन्छन् । उनीहरुमध्ये धेरैमा सिकाइ समस्याहरु रहेका हुँदैनन् । यस्ता विद्यार्थीहरुलाई उनीहरुले थाहा नपाएका र नसिकेका सिपहरुलाई पहिलो पटक शिक्षण गर्नुपर्ने हुन्छ, जसलाई नियमित शिक्षण सिकाइकै प्रक्रिाबाट शिक्षण गर्न सकिन्छ । तर कक्षा कोठामा केही विद्यार्थी कुनै एक वा धेरै विषयमा नियमित शैलीबाट गरिएको शिक्षण अभ्यासबाट सिक्न नसक्ने सिकाइ समस्या भएका पनि हुन्छन । साइरी बर्ट (१९६७) का अनुसार शैक्षिक सम्पादनमा पछि पर्ने प्रमुख कारण बालबालिकको जन्मजात सिकाइ कमजोरी नभएर परिस्थितिजन्य हुने गर्दछ । यस्ता सिकाइ समस्या विद्यार्थीहरुमा जन्मैदेखि आएको भन्दा पनि तत्कालीन परिवारिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक र भौगोलिक परिवेश तथा भावनात्मक अवस्था र शिक्षण सिकाइ शैलीमा देखिएका विविधताहरुका कारण उत्पन्न हुन्छन् र झँगिन सक्छन् । जस्तै ः निरक्षर वा अशिक्षित परिवार तथा समुदाय, शिक्षण हुने भाषा र मातृभाषामा रहेको भिन्नता, पढाइ हुने धर्म, संस्कृति, विज्ञान र समुदाय परिवारमा रहेको प्रचलनमा रहेको फरकपना, तर्क शैली र अभ्यासहरु, अनियमित हाजिरी, शैक्षिक तथा पाठ्य सामग्रीका अभाव जस्ता कारणहरुबाट कुनै विशेष विद्यार्थीमा निश्चित विषयको सिकाइमा समस्या हुन सक्छ । शिक्षकले कक्षा कोठाको सिकाइमा धेरै विद्यार्थीहरुले सिक्ने र पढ्ने शैलीलाई सहजीकरण गरेका हुन्छन् तर विशिष्ट समस्या भएका विद्यार्थी यस्तो शिक्षण शैलीले मात्र निश्चित विषय वा पाठ सिक्न नसक्ने हुन्छन् । यस्ता विशिष्ट सिकाइ समस्या भएको अवस्थामा ती विद्यार्थीलाई कक्षाकोठाका अन्य विद्यार्थीसँग समायोजन गर्न जरुरी हुन्छ अन्यथा यस्ता विद्यार्थी विद्यालय छाड्ने, शिक्षक र अन्य साथिहरुप्रति नकारात्मक धारणा राख्ने, विद्यालयप्रति आकर्षित नहुने, सम्बन्धित विषयमा फेल हुन पनि सक्छन् । सिकाइमा यसरी पछाडि पर्न गएका विद्यार्थीलाई लक्षित गरी विशिष्ट शैली तथा विधिको प्रयोगबाट उनीहरुमा गरिने शिक्षण सिकाइ नै उपचारात्मक शिक्षण सिकाइ हो । अर्थात् विद्यार्थीहरुलाई आप्mनो प्रतिस्पर्धात्मक सिकाइ क्षमताप्रति आत्मविश्वास जगाउनका लागि र शिक्षण सिकाइको मापदण्ड प्राप्त गर्न सक्षम बनाउनका लागि प्र्रोत्साहनमूलक शैलीबाट उसको सिकाइ समस्यामा केन्द्रित भएर गरिने शिक्षण सिकाइ नै उपचारात्मक शिक्षण सिकाइ हो । सामान्य कक्षा शिक्षण सिकाइमा विद्यार्थीहरुलाई विषवस्तुको शून्य ज्ञानको अवस्थाबाट सिकाइन्छ भने उपचारात्मक शिक्षण सिकाइमा उसको वर्तमान सिकाइको तहबाट अप्ठेरो परेको पक्षसम्म मात्र सिकाइन्छ ।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक W.R. Reatherstone ले Teaching the slow learner  मा उल्लेख गरे अनुसार यदि शिक्षकले निम्न लिखित कुराहरु गरेमा सिकाइमा पछाडि परेका विद्यार्थीहरुले अन्य विद्यार्थीको तुलनामा अझ राम्रो सिकाइ गर्न सक्छन् ः
  • अरुलाई भन्दा बढी सङ्क्षिप्त र प्रस्ट निर्देशन
  • अरुलाई भन्दा सम्बन्धित विद्यार्थीप्रति अझ बढी ध्यान दिने, जस्तै : उसलाई हेरिरहने, उसका कुरा  सुन्ने, उसका समस्याहरुलाई बुझिदिने,
  • अरुको तुलनामा बढी प्रोत्सानमूलक समीक्षा र उत्प्रेरणा दिने,
  • अन्य विषयमा भन्दा समस्या भएकामा श्रव्यदृश्य सामग्रीहरुको बढी प्रयोग,
  • अरुलाई भन्दा बढी निरीक्षण र सल्लाह,
  • जटिल पाठहरु पढ्न र समस्या हल गर्नका लागि अरुलाई भन्दा बढी समय लाग्ने,
  • पाठका विषयहरुलाई उसको व्यक्तिगत तथा सामाजिक जीवनका उदहारणहरुसँग जोड्ने,
  • कला र अभिव्यक्तिका माध्यमहरुको प्रयोग गर्ने, जस्तै ः कविता, गित, नाटक आदि,
  • एकै विषयका बारेमा विद्यार्थीहरुको विविध उत्तर र अभ्यास खोज्न प्रयत्न गर्ने,
  • विद्यार्थीले हल गरेका समस्याहरु र प्रस्तुत गरेका सिकाइहरु ठिक छन् भने खुले प्रशंसा गर्ने
  • विविध उत्प्रेरक तथा सिकाइ सहयोगी सामग्रीहरुको प्रयोग गर्ने
  • उपचारात्मक शिक्षण सिकाइ मूलभूत रुपमा निम्न लिखित मान्यताहरुबाट विकास भएको शिक्षण    प्रक्रिया हो 
  • सबै विद्यार्थीहरुले सबै विषयका सबै पाठ उत्तिकै सहजतापूर्वक र समान विधिबाट सिक्न सक्दैनन्
  • परीक्षामा कम अङ्क प्राप्त गर्नु वा अनुत्तीर्ण हुनुको अर्थ बालबालिका सिकाइ प्रक्रियामा पूर्ण  असफल हुनु होइन ।
  • अनुत्तीर्ण वा कम प्राप्ताङ्कले परीक्षाको अङ्कका आधारमा कक्षामा हुने विभेदलाई प्रवर्धन गर्ने  वातावरणमा सम्भावना भएका बाल बालिकाहरु पनि निरुत्साहित हुन सक्छन् ।
  • विशेष समस्या, पाठ वा विषयमा छोटो समयका लागि वैकल्पिक विधिको प्रयोग गरिदिनाले सिकाई   कमजोर देखिएका विद्यार्थीहरुको सिकाइमा सुधार आउन सक्छ ।
  • एक विधिको शिक्षण सिकाइमा सिक्न नसकेको बालबालिकालाई सोही विधिकै बारम्बार प्रायोग गर्नु         समय र स्रोतको बर्बादी हुन सक्छ ।
  माथिका मान्यताहरुलाई ध्यानमा राख्ने हो भने उपचारात्मक शिक्षण सिकाइ निम्नानुसार छन् ः
  • शैक्षिक सम्पादन कमजोर भएका वा कुनै विषयको कक्षा छुटेका विद्यार्थीलाई लक्षित गरिएको शिक्षण सिकाइ कार्य हो ।
  • उपचारात्मक शिक्षण सिकाइको विद्यार्थीको सिकाइ क्षमता र मनाविज्ञानका आधारमा वैकल्पिक     विधिको प्रयोग गर्दछ ।
  • उपचारात्म शिक्षण सिकाइले परीक्षासँग जोडिएको डर र प्राप्तङ्कसँग जोडिएको लाञ्छना      हटाउनका लागि विद्यार्थीलाई मद्दत गर्दछ ।
  • उपचारात्मक शिक्षण सिकाइ नियमित रुपमा अभ्यास गरिने विद्यार्थी विशिष्टतामा आधारित   आवधिक र अस्थायी शिक्षण अभ्यास हो ।
उपचारात्मक शिक्षा र विशेष शिक्षा:

कतिपय अवस्थामा उपचारात्मक शिक्षालाई विशेष शिक्षाका रुपमा बुझिने गरेको पाइन्छ । यथार्थमा त्यसो होइन । विशेष शिक्षा प्राकृतिक, जन्मैदेखि वा अन्य केही कारणले शारीरिक, मानसिक तथा संवेगात्मक रुपमा अपाङ्गता भएका विद्यार्थीहरुलाई उनीहरुको शारीरिक तथा मानसिक अवस्था र क्षमता सुहाउँदो साधन तथा प्रक्रियाहरुको प्रयोग गरी गरिने शिक्षण सिकाइ हो ।

उपचारात्मक शिक्षा नियमित र सामान्य अवस्थाका विद्यार्थीहरुलाई सिकाइ शैलीका कारणले आएका अप्ठेराहरु वा कुनै कारणले (भाष, परिवेश, संस्कृति, सिकाइ शैली) छुटेका वा जान्न नसकेका विषयहरुलाई तत्कालै थप वा वैकल्पिक विधिको प्रयोग गरी सिकाउने कक्षा मात्र हो । उपचारात्मक सिकाइ प्राप्ति भएपछि उक्त विषय वा पाठमा सम्बन्धित विद्यार्थीले अन्य विद्यार्थीसरह नै सिक्न सक्छ । उदहारणका लागि यात्राका क्रममा समूहबाट कुनै समयभर पछाडि पर्न गएका वा छुटेका सदस्यलाई छिटो हिँडाएर वा छोटो बाटो प्रयोग गरी पुनः समूहमा सँगै यात्रा गर्न लगाए जस्तै शिक्षण सिकाइका उपचारात्मक अभ्यास हो ।

उपचारात्मक शिक्षण सिकाइ र शैक्षिक समस्याहरु :

उपचारात्मक शिक्षण सिकाइ शैक्षिक न्याय स्थापित गर्ने एक विधि हो तर यसले शिक्षा क्षेत्रका सबै समस्याहरुलाई सम्बोधन गर्न सक्दैन । यस अभ्यासले विद्यार्थीको सिकाइ अवस्था र त्यससँग जोडिएका तत्काल हस्तक्षेप गर्न सकिने सन्दर्भहरुमात्र समेट्न सक्छ । तर शिक्षा क्षेत्रमा देखिएका गरिबी, भौतिक, संरचना, पाठ्य पुस्तक अभाव, जातइी एवम् साम्प्रदायीक विभेद, राजनीतिक।रण जस्ता समस्याहरुलाई यस अभ्यासले समेट्दैन ।

उपचारात्मक शिक्षण सिकाइको महत्व र औचित्य :

शिक्षण सिकाइ एक सञ्चार प्रक्रिया हो जसमा विद्यार्थीको ज्ञान, सोच, सिप र व्यवहारमा परिवर्तन खोजिन्छ । सञ्चार प्रक्रिया पूर्ण सफल हुनका लागि सन्देश प्रदान गर्नेले पठाएको सन्देश, सन्देश प्राप्त गर्नेले ठिक र सही अवस्थामा प्राप्त गरेको हुनुपर्दछ । तर सधैं सञ्चारमा यसो हुँदैन । कतिपय अवस्थामा सञ्चार साधन, वातावरण र परिवेशमा रहेका विविध तत्वहरुले प्रदान गरिएको सन्देशलाई अपभ्रंश गर्दछ जसको परिणाम न त सही सन्देश प्राप्त हुन्छ, न सोच सिप र व्यवहारमा खोजेको परिवर्तन आउँछ । शिक्षण सिकाइमा पनि यस्तो समस्या देखापर्दछ । शिक्षकले सिकाउदा चाहेको ज्ञान, सिप र व्यवहार विद्यार्थीले ठिक रुपमा प्राप्त नगर्न सक्छ । यस्तो अवस्थामा विद्यार्थीहरुमा सिकाइ कमजोरी देखा पर्दछ । यस्तो सिकाइ कमजोरी कक्षा कोठाभित्रको बसाइ व्यवस्थापन र अवस्था, बाह्य वातावरण र परिवेश, विद्यार्थीको व्यक्तिगत, पारिवारिक तथा सामुदायीक अवस्था र शिक्षकको सिप र शैलीमध्ये कुनै एक कारणबाट जन्मिएको हुन्छ । सिकाइ कमजोरीका कारण विद्यार्थीले विषयवस्तुका बारेमा अधिकांश गलत वा अपूर्ण सन्देश प्राप्त गर्दछ । यस्तो परिवेशमा पुनः त्यही विषय थप्दै जानु घातक सिद्ध हुन्छ । अर्थात् विद्यार्थीलाई सही सन्देश दिनुभन्दा पहिला उसमा भएको गलत सन्देश वा बुझाईलाई हटाउनुपर्दछ । यस अर्थमा गलत सिकाइको सुधारका लागि उपचारात्मक शिक्षा जरुरी हुन्छ । यस्तो अवस्था सबै पाठमा सबै विद्यार्थीमा हुँदैन तर हरेक पाठहरुमा केही विद्यार्थीलाई यस्ता समस्याले निकै पिरोलेको हुन सक्छ जसको प्रभाव विद्यालयको नियमितता, उत्तीर्ण दर, टिकाउ दर र अन्तत सक्षम नागरिकको उत्पादनमा पर्न सक्छ ।

उपचारात्मक कक्षा शिक्षणले विद्यालयका विद्यार्थी दर बृद्धि गर्नुका साथै शैक्षिक लगानीलाई सदुपयोग गर्न सहयोग पु¥याएको पाइन्छ भने कमजोर विद्यार्थीहरुले यस किसिमको शिक्षण सिकाइबाट मैत्रीपूर्ण वातावरणमा शैक्षिक प्रगति गर्ने अबसर प्राप्त गरेको पनि पाइएको छ । साथै संलग्न शिक्षकहरुले आफ्नो पेसागत दक्षता प्रयोग गर्ने र बढाउने मौका पाएको बताएका छन् ।

उपचारात्मक शिक्षण सिकाइ विद्यालय शिक्षाको सन्दर्भमा विश्वव्यापी रुपमा नै निकै सान्दर्भिक मानिएको छ । यस शिक्षाको सन्दर्भ र महत्व हाम्रो जस्तो देशका विद्यार्थी र शैक्षिक प्रक्रियामा अझ महत्वपूर्ण हुन सक्छ ।
 नेपालको सन्दर्भमा यसको औचित्य र महत्व निम्न लिखित अवस्थाहरुले झल्काउन सक्छ ।

परम्परागत सांस्कृतिक मान्यताका कारण अधिकांश बालिकाहरु महिनावारी भएको अवस्थामा   मासिक रुपमा ३ देखि ५ दिन विद्यालयमा गयल हुन्छन् । उनीहरुको छुटेको पढाइलाई कसरी समेट्ने ।
आर्थिक, पारिवारिक, सांस्कृतिक तथा भौगोलिक एवम् अन्य विविध कारणले विद्यालयमा बालबालिकाहरुको उपस्थिति अनियमित रहेको छ । ती कारक समस्याहरुको समाधान नभएसम्म विद्यालयले अनियमित विद्यार्थीको सिकाइलाई कसरी अगाडि बढाउने ।
विभिन्न आर्थिक, भाषिक, जातीय, सामाजिक तथा पारिवारिक पृष्ठभूमिबाट आएका बाल बालिकाको सिकाइ र बुझाइ समान हुँदैन उक्त असमानतालाई कसरी कम गर्ने ।
विद्यालय छाड्ने बाल बालिकाहरुमा विद्यालय छाड्ने सोच÷विचार लगातार अनुत्तीर्ण हुने र पढाएको कुरा बुझ्न नसक्ने कारणबाट जन्मन्छ । यसलाई रोक्न कम्तीमा पनि उत्तीर्ण हुने वातावरण बनाउनुपर्दछ ।
विद्यालयमा भएका जान्ने र नजान्ने अनि फेल भइरहने विद्यार्थीहरुमाझ शिक्षकको समान सकारात्मक दृष्टिकोण कसरी जन्माउन सकिन्छ र उनीहरुलाई विद्यालय शिक्षामा कसरी अगाडि   बढाउन सकिन्छ भन्ने विद्यालय शिक्षाको महत्वपूर्ण सवाल पनि हो ।
यस अर्थमा उपचारात्मक शिक्षण सिकाइ विद्यार्थीहरुको सिकाइ दर अभिवृद्धि गर्न, गुणस्तरीयतामा प्रगति गर्न तथा विद्यालयमा विद्यार्थीहरुको आकर्षण कायम राख्नका लागि महत्वपूर्ण रणनीति हुन सक्छ । साथै सिकाइ कठिनाइका कारण विद्यार्थीहरुले भोग्नुपर्ने लञ्छनाहरुबाट पनि उपचारात्मक शिक्षण सिकाइले बचाउन सक्छ उपचारात्मक शिक्षण सिकाइका मार्गदर्शक मान्यताहरू ः

उपचारात्मक शिक्षण सिकाइको अभ्यास एक सुव्यवस्थित सिद्धान्त तथा मान्यताहरुमा आधारित प्रक्रीया हो । तसर्थ यस अभ्यासको प्रयोग गरिरहँदा निम्न लिखित मान्यताहरुलाई ध्यानमा राख्नु जरुरी हुन् ः

सिकाइ समस्याहरु एकै विषयमा विद्यार्थीपिच्छे नै र एकै विद्यार्थीमा पनि विषय वा पाठअनुसार फरक फरक प्रकृतिका हुन्छन् । जसले गर्दा समस्यामा आधारमा विशिष्ट अभ्यास र उपचार लागु गर्न जरुरी छ ।
त्यसैले उपचारात्मक शिक्षण सिकाइको पहिलो कदम सम्बन्धित विद्यार्थीको सम्बन्धित पाठ वा विषयमा रहेको विशिष्ट सिकाइ समस्या र सम्भावित विशिष्ट उपचार अभ्यास पहिचान गर्नु हो ।
उपचारात्मक शिक्षण सिकाइ नियमित शिक्षण सिकाइसँग समानान्तर रुपमा गरिने अभ्यास हो । जसले विद्यार्थीलाई विषय वा पाठप्रति अभिरुचि जगाउँछ, ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ र अन्ततः आफ्नो गलत सिकाइ पहिचान गरी त्यसलाई सही सिकाइबाट विस्थापित गर्न सहज बनाउँछ ।
उपचारात्मक शिक्षण सिकाइ सुधारात्मक शिक्षण सिकाइ भएकाले नजिकबाट र निरन्तर अनुगमनको माग गर्दछ । यदि विद्यार्थीलाई उपयुक्त ढङ्गले अनुगमन र सहयोग गर्न सकिएन भने गलत सिकाइ अझ बढी पैmलन सक्छ र सिकाइ स्तर कमजोर हुने गर्दछ ।
उपचारात्मक शिक्षण सिकाइको सबैभन्दा ठुलो चुनौती गलत सिकाइलाई नयाँ सही सिकाइद्वारा विस्थापित गर्नु हो । विद्यार्थीमा लामो समयदेखि र बारम्बार गलत सिकाइको सञ्चार भएको छ भने त्यसलाई सुधार्न उपचारात्मक शिक्षणले मात्र सम्भव नहुन सक्छ किनभने गलत सिकाइले जरा गाडिसकेको हुन्छ र परिवर्तन हुन नसक्ने स्थिति आउँछ ।
उपचारात्मक शिक्षण सिकाइमा शिक्षकको चाहना र अभिरुचिभन्दा विद्यार्थीको आवश्यकता,   सिकाइ अभिरुचि र प्रतिबद्धता महत्वपूर्ण हुन्छ । तसर्थ उपचारात्मक शिक्षण सिकाइमा शिक्षणभन्दा पनि सिकाइको आवश्यकता बढिरहन्छ र यो प्रक्रिया बढी मिहेनत र समय लाग्ने हुन सक्छ ।
उपचारात्म शिक्षण सिकाइमा विद्यार्थीले गर्ने गल्ती र अध्ययनका गलत नियमहरुलाई पहिचान  गरी त्यसमै आधारित भएर सिक्न लगाउनु बढी प्रभावकारी हुन्छ । जस्तै ः विद्यार्थीले कुनै पाठ, विषय वा समस्या हल गर्ने विधिका बारेमा बुँदागत रुपमा कसरी बुझेको छ, पहिचान गर्न लगाउने वा लेख्ने यस समयमा विद्यार्थीले गलत विधि वा बुझइका बुँदहरु उल्लेख गर्दछ । शिक्षकले त्यसलाई तत्काल नसुधारीकन उक्त कार्यविधिमा अभ्यास गर्न लगाउनुपर्छ । यसरी गरेको अभ्यासमा गलत उत्तर जन्मन्छ । अब सोही अभ्यासलाई शिक्षकले उसकै कार्यविधिका बुँदअनुसार गलत बुँदालाई सुधार गर्दै अभ्यास गर्न लगाउनुपर्छ । यसो गर्दा उसले आपूmले सँगालेको गलत सिकाइ पत्ता लगाउँछ र त्यसलाई हटाउन सक्छ र नयाँ सिकाइलाई स्थापित गर्दछ ।
उपचारात्मक शिक्षण सिकाइ आधारभूत रुपमा बोध अभ्यास हो । यसले विद्यार्थीलाई विषय, पाठ बुभ्mने समस्या हल गर्ने प्रक्रिया तथा विधिका बारेमा सचेततापूर्वक ध्यान दिन र प्रयोग गर्न   सिकाउँछ ।
सामान्यतया सिकाइ कमजोरी भएका विद्यार्थीहरुमा वाचन, अङ्कगणितीय ज्ञान, भाषा, हस्तलेखन, हिज्जे, अध्ययन सिप ९कतगमथ कपष्िि० का कमजोरीहरु र शिक्षकको निर्देशनमा अस्पष्टता वा अपर्याप्तता रहेको पाइन्छ । तसर्थ सामान्य अध्ययन सिपहरुमा सुधार, प्रोत्साहन र उत्प्रेरणाले नै सिकाइस्तरमा पर्याप्त सुधार ल्याउन सक्छ ।
उपचारात्मक शिक्षण सिकाइ अभ्यास निश्चित कार्य सिद्धान्तहरुबाट निर्देशित हुनुपर्दछ । ती कार्य सिद्धान्तहरु निम्नानुसार रहेको छन् ः

१. सम्बन्धित विद्यार्थीको व्यक्तिगत सिकाइ कमजोरीको स्पष्ट पहिचान तथा उसको मानसिक, शारीरिक,     परिवारिक, सामाजिक परिवेशको पहिचान र जानकारी

२. विद्यार्थीको सिकाइ कमजोरीका अन्य क्षेत्रहरुका बारेमा पूर्व परीक्षाको माध्यमबाट पूर्ण जानकारी  र समस्या पहिचान

३. सम्बन्धित विद्यार्थीको सिकाइ शैली र समस्याका आधारमा विशिष्ट विधि र साधनहरुको  प्रयोगद्वारा शुरुवातमा नै पाठका समस्याहरु हल गर्न सफल बनाउने

४. सम्बन्धित विद्यार्थीमा रहेको आत्मविश्वासको कमीलाई सरल समस्याहरु समाधान गर्न लगाएर   उसको हौसला बढाउने, निरन्तर प्रशंसा गर्ने, सहयोग गर्ने र विषयमा उसको चाख कायम राख्न उसलाई उत्साहित पार्ने

५. अप्ठेरा विषयहरुलाई नियमित कक्षा शिक्षणको विधिभन्दा फरक, सरल खेल पद्धतिको प्रयोग गरी          क्रियाकलापको माध्यमबाट शिक्षण सिकाइ गर्ने ।

६. औसत अवस्थामा नआइपुगेसम्म बिच बिचमा योजनाबदेध नियमित उपचारात्मक शिक्षण कक्षा            सञ्चालन गर्ने ।

७. अभिभावक र अन्य बालबालिकाहरुसँगको सहकार्य र समन्वय कायम राख्ने

निश्कर्ष 
नियमित कक्षा शिक्षणअन्तर्गत वा त्यसभन्दा थप शिक्षण विधि दुवै रुपमा अभ्यास गर्न सकिन्छ । सामान्यतया उपचारात्मक शिक्षण विषय शिक्षकले नै गर्नुपर्ने शिक्षण अभ्यास हो । तर कहिलेकाहीँ विद्यार्थीहरुमाझ नियमित शिक्षण गर्ने शिक्षकसँग सिक्न नसकेका कारण उसको सिङ्गो कक्षाप्रति नकारात्मक सोच रहेको हुन सक्छ । त्यस्तो अवस्थामा सोही शिक्षकले गरेको शिक्षणमा पहिल्यै मानसिक रुपमा अबरोध उत्पन्न हुने हुँदा स्वयम्सेवी शिक्षक वा अन्य कक्षाका विषयगत शिक्षकलाई पनि जिम्मेवारी दिन सकिन्छ । उपचारात्मक शिक्षण सिकाइको प्रभावित भएको पाइएको छ भने सर्वप्रथम यी कारणहरुलाई सम्बोधन गर्न जरुरी छ अन्यथा उपचारात्मक शिक्षण सिकाइको सिकाइ उपलब्धि सफल नहुन सक्छ । यदि कक्षाका धेरै विद्यार्थीहरुले एउटै पाठ नबुझेका वा सिक्न सकेका छैनन् भने यस्तो अवस्थामा उपचारात्मक शिक्षणभन्दा पनि पुनः कक्षा शिक्षण तर फरक विधिको प्रयोग गर्नुपर्छ जस्तै : रोल प्ले, प्रयोगात्मक कक्षा, शैक्षिक भ्रमण, समूह कार्य, मौन वाचन को शैली अपनाउन जरुरी हुन्छ ।



हृदय विधारक l


बिद्यार्थी भर्ना र संकटकालीन सिकाइ

एकातिर सामुदायीक विद्यालयले आफुले खरिद गर्नु पर्ने पाठ्यपुस्तक को संख्या निर्धारण गर्न नसकेको अवस्था छ भने अर्कोतर्फ वालवालिकाले स्वअध्यन गर्ने एकमात्र भरपर्दो विकल्प पाठ्यपुस्तक पाएका छैनन। पाठ्यपुस्तक नै नपाउदा उनिहरु चिन्तित छन ।कुन विद्यालयवाट पुस्तक पाउने भन्ने कुरानै अन्योल ग्रस्त छ ।यस्तोअवस्थाले वालवालिकालाइ मानसिक दवाव नहुने तर विद्यालय रोज्न निशुल्क फारम भर्दा भराउदा मानसिक दवाव हुने यो तर्क मनासिव देखिदैन ।


सरकारले गरेको परिपत्रले पनि वालवालिकालाइ अन्योलमै पारेको देखिन्छ । साढेको जुधाइ वाच्छाको मिचाइ हुने अवस्था वालवालिकाहरुमा हुनु हुन्न । अफलाइनका विकल्प हरु धेरैछन ।शिक्षकहरुले आफ्ना नानिहरुका लागि स्वयं योजनाहरु वनाएर सिकाउन पाउनु पर्छ ।अन लाइन अफलाइन दुवै विकल्प जरुरी छ ।अनलाइन जस्तै अफलाइन का कार्यहरु पनि धेरै भएका छन तिनीहरुको चर्चा बाहिर आउन नसकेको कारण अनलाइन चर्वढी देखिदै आएको हो

केही विद्यालयहरुले अनलाइन फारम भराइरहेका छन ,फारम भराउदा जसले भर्छन यो पनि सिकाइ हुन्छ । हिजो हस्त लिखित निवेदनको आवस्यक्ता परेको वेला निवेदन लेख्ने सीप चाहीन्थ्यो आज अनलाइन काम हुन्छन धेरै कार्यालयमा, त्यो सीप पनि जरुरी छ ।त्यसैले सीपको उपयोग पनि हुने फारम भर्ने काम पनि हुने ,अनि किन यसवाट वालवालिका र अभिभावकलाई मानसिक दवाव हुन्छ ?

घरमा वसेर अनलाइन उपयोग गर्ने नानीवावु हरुले गलत साइड हरुमा गएर अनावस्यक विषयमा आफुलाइ ब्यस्त वनाउदैछन । गेम खेल्ने नाममा गेम लाई अम्मल वनाउने खतरा वढेको छ । यस्तो अवस्थामा उनिहरुलाइ केही विद्यालयले सिकाइ कार्यमा अनलाइन मार्फत ब्यस्त वनाइरहेका छन । तर अनलाइन शिक्षण गर्दा देखासिकीका नाम मा भने गरिनु हुन्न यसलाई दक्ष प्राविधिक सीप भएका मानिसको सहयोग लिनु पर्दछ ।

अनलाइन शिक्षणलाई बन्द गर्नु भनेको सवै जनताले पिचवाटो मा हिन्न पाएका छैनन तेसैले वनेको पिचवाटोमा पनि हिन्न पाउनु हुदैन भनेको हो। सवैकाघरमा टिभी छैन भएपनि केवल सहितको टिभी छैन तेसो भए टिभी कार्यक्रम पनि बन्द गरौ,रेडियो पनि अनलाइन मात्रै वज्छन सवैका घरमा रेडियो छैन रेडियो कार्यक्रम बन्द गरौ,सवैले वोर्डिङ पढ्ने हैसियत राख्दैनन,संस्थागत विद्यालय बन्द गरौ , सवै विद्यालयमा प्रविधीमैत्री शिक्षण छैन भएकाहरुको वन्दगरौ , यसरी हुन्छ ? बरु वाँकी विद्यार्थीका लागि विकल्प खोजौ । तर गरेको कामलाई हतोत्साही नगरौ ।

संविधानले सवै नेपाली नागरिकका छोराछोरी लाई माध्यमिक तह सम्मको शिक्षा निशुल्क दिनु पर्छ भनेको छ तर हामी कीन शुल्क लिइरहेका छौ । समानताको कुरा गरेर भए गरेको प्रगति रोक्छौ भने भोली सवै स्कुलका वालवालिका मा प्रविधीको पहुँच नपुर्‍याउनजेल कसैले पनि प्रविधीमा सिकाएनन भने हुन्छ । बरु पढ्न नपाएकालाइ घर घर लगेर पुस्तक दिउँ,शिक्षकलाई घर घर पठाउँ, परामर्श दिउँ,अफलाइन सामाग्री वाँडौ ,रेडियो नहुनेलाइ रेडियो दिउ। रेडियोबाट पढाउँ,टेलिभिजन वाट पढाउँ एकाघरमा भएका दाजु दिदी वाट पढ्न उत्प्रेरित गरौँ,गार्जेनलाइ नयाँ स्कुलीङका नयाँ तरिका सिकाउँ,अनुभवमा आधारित परियोजना मुलक सिकाइ अवसर सिर्जना गरौं ,प्रोजेक्ट वर्क दिउँ,विज्ञान शिक्षकले पुतलीको ,भ्यागुताको जीवन चक्र अवलोकन गर्न लगाउँ,वालि लगाउने वेला छ बीउ रोप्ने तरिका सिक्न लगाउँ,विषम अवस्था छ प्रकोप ब्यवस्थापनको अनुभव गर्न लगाउँ,देशमा भएका समस्या पहिचान गर्न भनौँ ग्रामिण टेक्नोलोजी नाङ्ला ,डाला ,नाम्लो आदि वन्न उत्प्रेरित गरौं ,माछाका भुरा पोखरीमा कसरी वढ्छन लेखेर लेउ भनौ कुखुराले अण्डा कति दिनमा कोरल्छरु भनेर फोनमा सोधेर वुझ्न लगाउँ ।

नैतिक आचरण र संस्कारका तरिका सिक्ने अवसर सृजना गरौँ,वृद्ध वृद्धाको वारेमा कितावमा पढाउने कुराहरु जस्तै हजुरवालाइ हजुर आमालाइ सेवागर्ने कुरा सिक्ने वातावरण वनाउँ, जुन दिन स्कुल लाग्छ त्यस पछी सवै लाई भेला पारेर छलफल गराउँ । सवैको सिकाइ एउटै टोकरीमा पारौं । तेसपछी हेरौं स्कुल भेलाभएर सिकेको भन्दा वढी वच्चाले रमाएर सिकेको हुन्छ ।तर जसले जहाँवाट सिकाउदैछन उनीहरु प्रयास गर्दैछन।यो संकटको घडी हो, यो पुर्णता होइन भन्ने कुरा सवैलाइ थाहा छ । तेसैले सवै ठाउँ वाट सवै लागौ विरोधकानाममा विरोध नगरौँ। इच्छाशक्ति भएकालाई काम गर्ने अवसर दिउ । निर्देशन दिँदा विचार पुर्याएर दिउँ ,त्यसले के असर पुग्छ भनेर ।

तथ्य र तथ्यांक भित्र रहेर विश्लेषण गर्न सकियो भने मात्रै यो दिगो हुन्छ। मलाई लाग्दैनकी कुनैपनि विद्यालयले अनलाइन को माध्यमवाट विद्यार्थी एडमिसननै गरेकाछन । यदि एडमिसन नै गरेका हुन भने यो गलत हो। हतारिनु आवस्यक छैन ।तर केही विद्यालयहरुले आफ्नो विद्यालयमा कति विद्यार्थी को अकर्षण रहेछ र ती आफ्नो विद्यालयमा आउनचाहने विद्यार्थी हरुलाई विद्यालयले कसरी एडमिसन लिन सक्छ र त्यसका लागि के गर्न सकिन्छ भनेर योजना वनाउन अनलाइन मार्फत निशुल्क फारम भराइरहेको छ भने यसलाई गलत रुपमा लिनु हुदैन। मात्रै सर्वेक्षण सहितको फारम भर्ने काम हो भने । यो फारम मात्रै एडमिसनकालागि पुर्ण होइन ।

हाल अनलाइन चर्चा वढी भएको अवस्था छ जति पनि बहस र चर्चा हुनेगरेका छन अनलाइन वाटै भइरहेका छन,अनलाइन को पहुँच नहुनेहरु न यी वहसमा सामेल छन न पढ्न पाउँछन्।तेसैले अफलाइन वाट पनि काम गर्नु पर्छ । र विद्यालयहरुले अफलाइन काम गरिरहेको अवस्था छ नगरेको भए आफ्ना विद्यार्थी पहिचान गरेर गर्नु पर्छ।रिजल्ट निकाल्दा पनि धेरैले अनलाइन नै प्रयोग गरिरहेकाछन । यसमा सचेत भएर विश्लेषण गरौ ।सवै विद्यालयको सम्पति भनेकै वालवालीका हुन भन्नेकुरा अरुले भन्दा वढी विद्यालयले वुझेको हुन्छ ।

विद्यालयले आफ्ना नानी हरुलाइ कसरी सवैभन्दा वढी विकल्पहरुको सुविधा दिन सकिन्छ भनेर सोचेको हुन्छ, छैन भने सोच्नु पर्छ । ती विकल्पहरु मध्येको अनलाइन एउटामात्र विकल्प हो ।अरु विकल्प का ढोका बन्द छैनन भन्ने कुरा विर्सनु हुन्न ।झन नीति निर्माण र अनुगमन तहबाट यस्ता कुरामा विश्लेषण गरेर मात्रै निर्णय गरिनु पर्छ ।सही कुरा अरु सवै तर अनलाइन को कुरा वच्चाकालागि अनुपयुक्त नै हो भन्न सकिन्न । यसका विविध कारण छन।

१,बच्चालाई अनावस्यक साइडहरुको प्रयोग वाट मुक्त गर्न ।
२, सिकाइका थप विषयवस्तु दिन ।
३,प्रविधि को उपयोग गरि भविस्यमा विद्यालय संचालन हुदाका वखतमा पनि परियोजना मुलक कार्यमा सहभागितामुलक काममा उत्प्रेरित गर्न ।
४, स्वअध्ययन अभ्यासमा आउने समस्याहरुलाइ तत्कालै समाधान गर्न ।
५, नजिकै भएका साथीहरुलाइ सहयोग गर्न।

तर अनलाइन शिक्षणमात्र अन्तिम विकल्प होइन । यसको पहुँच नभएका वालवालिकाका लागि रेडियो,टिभी वाट प्रसारित दुर शिक्षा त्यो पनि नभए अफलाइन शिक्षणका विकल्पमा पनि वहस हुनु पर्छ । तर संकटको घडीमा वालवालिकालाई अनावस्यक गतिविधि मा संलग्न हुनवाट वचाइ स्वअध्यन गराउने काम अभिभावक को हो ।

लेखक आदर्श मावि विराटनगरका सहायक प्रधानाध्यापक हुन् ।

Monday, May 25, 2020

मनको कथा साहित्यिक गाथा l

मनको कथा साहित्यिक गाथा l 
प्रयास मात्रै l

फोटो संकलन


व्यवसायको धार आर्थिक परिवर्तनको पहिलो आधार l


खेल खेलौ स्वस्थ बनौ l


प्राविधक शिक्षा आजको आवस्यकता l


रम्दै जाओं, रमाउदै जाओं l


स्वस्थ मन जीवनको पहिलो धन l


शिक्षाको मुल धार जीवन परिवर्तनको पहिलो आधार l