Saturday, June 6, 2020

निरन्तर विद्यार्थी मूल्याङ्कन भाग दुई


निरन्तर विद्यार्थी मूल्याङ्कन
    सन्ताेष पाेख्रेल
 
विद्यार्थीको निरन्तर मूल्याङ्कनका लागि निम्न मूल्याङ्कन विधि एवम् प्रकृया उपयोगी हुन्छ ।
(क) अवलोकन
अवलोकन विद्यार्थी मूल्याङ्कनको सजिलो प्रक्रिया हो । अवलोकनबाट विद्यार्थीको ज्ञान, सिप, धारणा, मूल्य र व्यवहार जस्ता सबै पक्षको मूल्याङ्कन गर्न सकिन्छ । आचरण, व्यवहार, विभिन्न सिप र सरसफाई जस्ता कुरा अवलोकनबाट मात्र सम्भव छ । यसका लागि रुजू सूची, श्रेणीमापन, अवलोकन फाराम जस्ता साधनहरूको प्रयोग गर्न सकिन्छ । अवलोकित व्यवहारको अभिलेख पोर्टफोलियोमा राख्ने गर्नुपर्छ । पोर्टफोलियोमा सञ्चित अभिलेख र घटनावृत्त अभिलेख पनि राख्न सकिन्छ ।
(ख) प्रश्नोत्तर र छलफलः 
 प्रश्नोत्तर पनि विद्यार्थी मूल्याङ्कनको सजिलो प्रव्रिmया हो । यसबाट विद्यार्थीको सिकाइ पनि हुन्छ र मूल्याङ्कन पनि । कक्षामा नियमित पठनपाठनको व्रmममा गरिने प्रश्नोत्तरले सिकाइलाई प्रवद्र्धन गर्छ भने कक्षा शिक्षणलाई जीवन्त समेत बनाउँछ । प्रश्नोत्तर र छलफल कक्षा कार्यमै गर्न गराउन सकिन्छ । प्रश्नोत्तर छलफलमा विद्यार्थीले व्यक्त गरेका कुरा र उनीहरूको हाउभाउबाट उनीहरूको मूल्याङ्कन गर्न सकिन्छ । यसबाट विशेषतः ज्ञान पक्षको मूल्याङ्कन गर्न सकिन्छ ।
(ग) लिखित जाँचः 
  लिखित जाँचबाट विद्यार्थीको लेखाइ, ज्ञान पक्ष र धारणागत कुराको मूल्याङ्कन गर्न सकिन्छ । लिखित जाँच समय तोकेर कक्षामै वा गृहकार्यको रूपमा पनि गराउन सकिन्छ । लिखित जाँच सबै विषयमा उपयोगी हुन्छ । लिखित जाँच सकेसम्म ढोल पिट्ने तरिकाले नभैकन कक्षामा नै प्रत्येक पाठ सकिएपछि एक पिरियड अवधिको समय तोकेर एकाइ परीक्षा वा कक्षा परीक्षाको रूपमा लिनु उपयुक्त हुन्छ । उक्त एकाइ पाठ कक्षा परीक्षाले कुन विद्यार्थीलाई कति ओटा रेजा दिने भन्ने विषयमा निक्र्योल गर्न पनि सघाउ पुग्दछ । किनकि यसबाट विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धिको बारेमा जानकारी लिन सकिन्छ ।
(घ) कार्य सञ्चयिका अध्ययनः
 कार्य सञ्चयिका विद्यार्थीका लिखित कार्य तथा रचना जम्मा गर्ने फाइल हो । कार्यसञ्चयिका हरेक विद्यार्थीको छुट्टाछुट्टै हुन्छ । कार्य सञ्चयिका फाइलमा विद्यार्थीका लिखित काम तथा रचना राख्न सकिन्छ । यी कुरा विद्यार्थीका सिकाइ तथा प्रतिभाका प्रमाण हुन् । यस्ता कार्यहरूबाट विद्यार्थीको विभिन्न पक्षको मूल्याङ्कन हुन सक्दछ । कार्यसञ्चयिका विद्यार्थीका लिखित कार्य, सिर्जनात्मक कार्य तथा रचनात्मक कार्य जस्ता कुराहरूको अभिलेख राख्ने फाइल हो । कार्यसञ्चयिका फाइलमा विद्यार्थीका लिखित काम तथा रचना पनि राख्न सकिन्छ । यस्ता कुराहरू विद्यार्थीका सिकाइ तथा प्रतिभाका प्रमाण (Artifact) हुन् । यसमा रहेका विद्यार्थीका नमुना कार्य (हस्तलिखित सामग्री, अभ्यास, ग्राफ, चार्ट, नक्सा, चित्र, निबन्ध, कथा, कविता आदि) शिक्षकले लेखेका टिप्पणी र प्रगति विवरण फारामबाट विद्यार्थीका विभिन्न पक्षको मूल्याङ्कन हुन सक्छ । विद्यार्थीले शिक्षण प्रव्रिmयामा सक्रिय रूपमा भाग लिए नलिएको ध्यान दिँदै पाठ्यक्रम तथा पाठयोजनाले अपेक्षा गरेका उद्देश्यहरू के कति मात्रामा प्राप्त भएका छन् भन्ने कुरा प्रत्येक विद्यार्थीको कक्षा कार्यको सहभागिताको अवस्थाबाट यकिन गरी सोअनुसार पाठ्यक्रमले तोकेको ढाँचामा प्रत्येक विद्यार्थीको रेकर्ड राखेर उसको सिकाइ उपलब्धिको प्राप्तिको अवस्था अनुसार अदयवधिक गर्दै जानुपर्छ ।
कार्य सञ्चयिका अभिलेख 
मूल्याङ्कन निरन्तर चल्ने प्रकृया भएकाले यसैबाट विद्यार्थीलाई मार्ग निर्देशन गर्न, पृष्ठपोषण प्रदान गर्न, सुधारात्मक शिक्षण गर्न, समग्र शैक्षिक प्रकृयाको लेखाजोखा गर्न सहयोग पुग्छ । तसर्थ विद्यार्थीमा आएका व्यवहार परिवर्तन (शारीरिक, मानसिक, बौद्धिक, सामाजिक) हरूको सूचना सङ्ग्रह नै अभिलेख हो । विद्यार्थी उपलब्धिको मापन मूल्याङ्कन पश्चात् उनीहरूको उपलब्धिलाई अद्यावधिक गर्नका लागि प्रगति अभिलेख राख्नुपर्दछ । मूल्याङ्कन अभिलेख तयार गर्दा विद्यार्थीको व्यक्तिगत विवरणका साथै पारिवारिक विवरण राख्न कार्यसञ्चयिका तयार गर्नुपर्छ । कुनै परिस्थितिमा वातावरणमा  घटनामा उनीहरूले देखाएको व्यवहार वा उनीहरूको व्यवहारमा आएको परिवर्तन राख्न कार्यसञ्चयिका अभिलेख तयार गर्नुपर्छ । सवल र कमजोर पक्षहरू उनीहरू आफैँलाई पहिचान गर्न लगाईन्छ। विद्यार्थीहरूका आ आफैँप्रति जिम्मेवार बनाउन स्वमूल्याङ्कन तथा उनीहरूका शैक्षिक गतिविधिहरू एवम् व्यवहार कुशलताको क्रम निर्धारण गर्न कार्यसञ्चयिका अभिलेख तयार गर्नुपर्दछ । 
कार्य सञ्चयिका विद्यार्थीले सिकाइका क्रममा  गरेका कार्यहरूको व्यवस्थित र सिलसिलेवार सङ्कलन हो । यसमा विद्यार्थीले हासिल गरेका उपलब्धि, व्यवहार र सिर्जनात्मक कार्यहरू झल्काउने सामग्री वा गरेका कार्यहरूको नमुना सङ्कलन गरेर राख्ने गरिन्छ । विद्यार्थीले गरेका कार्यका नमुना, गृहकार्य, कक्षाकार्य, एकाइ वा त्रैमासिक परीक्षामा प्राप्त गरेको उपलब्धि, उत्तर पुस्तिकाका नमुनाहरू, शिक्षकले दिएको लिखित पृष्ठपोषण, विद्यार्थी आफैँले गरेको आत्मूल्याङ्कन, कुनै सिर्जना वा रचनाको नमुना आदि सङ्कलन गरेर राखीन्छ । कार्य सञ्चयिकाले विद्यार्थीको प्रगति र उपलब्धि प्रमाणित गर्न मद्दत गर्दछ ।

कार्य सञ्चयिका अभिलेख राख्ने तरिका 

 निर्णयात्मक विद्यार्थी मूल्याङ्कनको माध्यमबाट विद्यार्थीको प्रगति अभिलेख राख्ने प्रकृयामा हामी अभ्यस्त हुँदै आएका छौँ । विद्यार्थीको विषयगत परीक्षा लिने र पाएको अङ्कको विषयगत रूपमा अभिलेख राखिने गरिन्छ । यसैलाई आधार मानी विद्यार्थीको सिकाइ प्रगतिको मापन गर्ने गरिन्छ । तर निरन्तर विद्यार्थी मूल्याङ्कनमा विद्यार्थीको मूल्याङ्कन विभिन्न प्रकृयाबाट क्रमिक रूपले गरिने  भएकाले प्रगति अभिलेखको सर्वमान्य ढाँचा कस्तो हुने भन्ने बारेमा मतान्तर हुन सक्छ । सामान्यतः विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्दा कार्य सञ्चयिका (Portfolio) फाइलमा विद्यार्थीको प्रगतिको अभिलेख राखिन्छ । कार्यसञ्चयिकाभित्र राखिने विद्यार्थीको विषयगत सिकाइ अवस्था देखाउने फारामहरू आवश्यकता र क्षमताअनुसार  फरक हुन पनि सक्छन् । प्राथमिक शिक्षा पाठ्यक्रमले विद्यार्थीको विषयगत प्रगति अभिलेख पाठगत आधारमा रेजा
         (√) चिह्न लगाएर राख्न निर्देश गरेको छ । 
पाठगत आधारमा प्रगति अभिलेख राख्ने हाम्रो प्रचलनमा विद्यार्थीलाई पाठमा भएका अभ्यास तथा व्रिmयाकलाप गराएर उनीहरूले ती अभ्यास तथा क्रियाकलाप राम्ररी गर्न सकेनन् भने दोहोर्याउन लगाई थप मद्दत समेत गरेर वा आश्यकतानुसार वैकल्पिक क्रियाकलापसमेत गराएपछि विद्यार्थीको सिकाइ स्तर हेरेर अति उत्तम सिकेकालाई तीनओटा रेजा (√√√ ), उत्तम सिकेकालाई दुईओटा रेजा (√√) र सामान्य सिकेकालाई एउटा रेजा (√) दिनुपर्छ । विषयगत प्रगतिको अभिलेखन गर्ने ढा“चा र विद्यार्थीको श्रेणी छुट्याउने विधि अनुसूचीमा दिइएको छ । 
(ङ) आत्म मूल्याङ्कनः
 
आत्म मूल्याङ्कन भनेको विद्यार्थी स्वयम्ले आफूले सिकेका र सिक्न नसकेका कुराका बारेमा आफैंबाट गरिने लेखाजोखा हो । विद्यार्थी आफैंले आफ्नो लेखाजोखा गरी सिक्न नसकेका कुराहरूको बारेमा शिक्षकलाई जानकारी गराएमा शिक्षकले विद्यार्थी मूल्याङ्कनमा धेरै समय खर्च गर्नुपर्दैन । त्यसैले विद्यार्थीलाई उनीहरूका आफ्ना बारेमा गरेको मूल्याङ्कन शिक्षकसमक्ष प्रस्तुत गर्न प्रोत्साहन गर्नुपर्दछ । आत्म मूल्याङ्कन जुनसुकै विषयमा जहिले पनि प्रयोगमा ल्याउन सकिन्छ ।
(च) साथी सङ्गतिबाट हुने मूल्याङ्कन (सहपाठी मूल्याङ्कन)
         विद्यार्थीहरूको आआफ्ना घनिष्ट साथीहरू हुन्छन् । ती साथीहरूलाई आफ्नो साथीको बारेमा धेरै कुराको                 जानकारी हुन्छ । त्यसै गरी विद्यार्थीको सिकाइस्तर र सिकाइ समस्याका बारेमा पनि साथीहरूले सूचना दिन             सक्छन् । साथीसँगको हेलमेल, सहयोगलगायतका सामाजिक व्यवहारका बारेमा साथीहरूबाटै मूल्याङ्कन गर्दा         बढी वास्तविक हुन्छ । साथी बिचमा पढाइका बारेमा हुने कुराकानी छलफलबाट एक आपसमा सिकेका र                 नसिकेका कुराका बारेमा जानकारी हुन्छ । त्यसैले शिक्षकले कहिले कहीं कुनै विद्यार्थीको मूल्याङ्कन गर्न प्रत्यक्ष         रूपमा उसैसँग सूचना लिनुभन्दा उसको घनिष्ट साथीसँग अन्तक्रिया गर्दा पनि हुन्छ । कतिपय गृहकार्य वा             कक्षाकार्य परीक्षण साथीहरूबाट गराई सहपाठी साथीहरूबाट मूल्याङ्कन गराउन पनि सकिन्छ ।
(छ) अभिभावक सम्पर्कः
 
विद्यार्थीले विद्यालयमा सिकेका कुराको व्यावहारिक कार्यान्वयन घर र समुदायमा गर्ने गर्दछन् । विद्यार्थी लामो समय आफ्नै घर परिवारसँग बिताउने भएकाले विद्यार्थीमा आएको व्यावहारिक परिवर्तन परिवारका सदस्यले महसुस गरेका हुन्छन् । त्यसैले अभिभावकसँग सम्पर्क गरेर उनीहरूबाट प्राप्त प्रतिव्रिmयाहरूको आधारमा पनि विद्यार्थीको मूल्याङ्कन गर्न सके मूल्याङ्कन वास्तविवक हुन जान्छ ।  विद्यार्थीले अभिभावकलाई गर्ने सहयोग, उसको उठ्ने र सुत्ने समय, घरको काममा रुचि, छरछिमेकीसँगको सम्बन्ध, सामाजिक कार्यमा सहभागिताका बारेमा अभिभावकबाट प्रतिकृया लिएर पनि विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । त्यसैले शिक्षकले विद्यार्थीको वास्तविक मूल्याङ्कनका लागि अभिभावकसँग पनि सम्पर्क गर्नु राम्रो हो ।
निरन्तर मूल्याङ्कनका मापदण्ड
विद्यार्थी मूल्याङ्कनका लागि माथिका विधिहरू प्रयोग गरिन्छ । ती विधि तथा तरिकाहरू प्रयोग गरी मूल्याङ्कन गर्दा विभिन्न मापदण्डहरू प्रयोग गर्न सकिन्छ । प्राथमिक तथा अाधारभूत तहको पाठ्यक्रममा पनि ती आधारहरू स्पष्ट गरिएको छ । उपरोक्तानुसारका मापदण्डहरू निम्नानुसार छन्ः 
प्राथमिक पाठ्यक्रमले तोकेका आधारहरू 
  • कक्षाकार्य (कक्षा सहभागिता)
  • परियोजना कार्य
  • सिर्जनात्मक कार्य
  •  हाजिरी
  • व्यवहार परिवर्तन (सिकाइ उपलब्धि)
आधारभूत तहको पाठ्यक्रमले तोकेका आधारहरू
  • कक्षा सहभागिता
  • परियोजना कार्य वा प्रयोगात्मक कार्य
  • सिकाइ सम्बद्ध सिर्जनात्मक कार्यहरू
  • कक्षा कार्य
  • उपलब्धि परीक्षा (साप्ताहिक, एकाइ, मासिक)
  • सिकाइ व्यवहारमा आएको परिवर्तन (सिकाइ उपलब्धि)
शिक्षकले मूल्याङ्कन गर्न चाहेका अन्य पक्ष थप्न सकिने ।
उपर्युक्त मापदण्डहरूमा नै सीमित नभै यिनीहरूको अतिरिक्त गृहकार्य, विशेष प्रतिभा प्रस्तुति लगायत शिक्षकहरूले आवश्यक ठानेका कुनै पनि मापदण्ड थप गर्न सकिन्छ । दुवै तहमा प्रयोग गरिने मापदण्डहरू उस्तै खालका देखिए पनि प्राथमिक तहमा उपलब्धि परीक्षाको उल्लेख गरिएको पाइँदैन । त्यसो भए पनि कक्षा परीक्षा, एकाइ परीक्षा, मासिक परीक्षा आदि लिएर सो बमोजिम सिकाइ उपलब्धि हासिल भए, नभएको एकीन गर्दै उपचारात्मक शिक्षणलाई निरन्तरता दिन रोक नलगाइएकोले विद्यार्थीहरूको निर्माणात्मक एवम् उपचारात्मक प्रयोजनका लागि उपलब्धि परीक्षा लिन सकिन्छ । लिने गरिएको पनि छ । माथिका मध्ये अन्तिम नम्बरमा दिइएको मापदण्डले नतिजाको प्रतिनिधित्व गर्छ भने अन्यले प्रकृयाकाे । त्यसैले विद्यार्थी मूल्याङ्कन गरी पाठगत रेजा लगाउँदा सिकाइ उपलब्धि हासिल भएको आधारमा गरिनुपर्छ किनकि प्रकृयामा सुधार अन्ततः नतिजा सुधारकै लागि हो । नतिजामा सुधार गर्न नसक्ने हो भने प्रकृयाकाे सुधार केवल देखावटी मात्र हुन जान्छ ।
यहाँनेर के स्पष्ट हुनुपर्छ भने प्रकृयागत सुधार भएको छ तर सिकाइ उपलब्धि हासिल भएको छैन भने त्यसमा कतै न कतै विषयगत प्रभाव अवश्य परेको छ । कुनै पनि पाठ शिक्षण पश्चात् त्यस पाठको सिकाइ उपलब्धि हासिल भए, नभएको अवस्थालाई विशेष महत्त्व दिनै पर्छ । प्रव्रिmयागत सूचक त नतिजा सुधारका लागि सहायक मात्र हुन सक्छन् । अन्तमा नतिजा नै सुधार्नु नै हाम्रो अन्तिम लक्ष्य भएकोले सिकाइ उपलब्धि प्राप्ति वा व्यवहार परिवर्तनलाई विशेष ख्याल गर्नुपर्छ । निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी मौजुदा व्यवस्था निदानात्मक र सुधारात्मक मूल्याङ्कनलाई बढावा दिंदै विद्यार्थीको सिक्न पाउने अधिकारको संरक्षण गर्न नेपालमा निरन्तर मूल्याङ्कन प्रणाली अभ्यासमा ल्याइएको हो । यस प्रणालीले सिकाइ उपलब्धि सुधार गर्दै शैक्षिक क्षति न्यूनीकरण गर्नमा पनि विशेष जोड दिन खोजेको पाइन्छ । निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी मौजुदा व्यवस्थालाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

Monday, June 1, 2020

नेपालकाे प्राचीन शिक्षा व्यवस्था

नेपालकाे प्राचीनक शिक्षा व्यवस्था 

➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१०
➤ आधुनिक शिक्षा सुरु — १९१०
➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२
➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७
➤ संस्कृत पाठशाला स्था.— १९३२
➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४
➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२
➤ वीर पुस्तकालय स्था.— १९५७
➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९
➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२
➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९
➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८०
  • ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५
➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७
➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७
➤ SLC बोर्ड गठन — १९९०/७/१६
➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४
➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३
➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९
➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १०
➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९
➤ प्रथम SLC को पूर्णाङ्क — ८००
➤ प्रथम SLC को उत्तीर्णाङ्क — २८८
➤ सर्वप्रथम ओभरसियर पढाइ — १९९९
➤ श्रेस्ता पाठशालाको स्था.— १९६२
➤ शिक्षा सम्बन्धि पहिलो बोर्ड गठन — १९९३
➤ प्रथम शिक्षा बोर्डमा सदस्य — २२
➤ शिक्षा सम्बन्धि पहिलो इस्तिहार जारी — १९९६/१०/८
➤ आधार शिक्षक प्रशिक्षण केन्द्र स्था.— २००४/२/१०
➤ नेपाल शिक्षा नामक पत्रिका प्रकाशन — २००५/६/१५
➤ प्रथम विश्वविद्यालय योजना कमिसन गठन — २००५/५/१०
➤ साझा प्रकाशन स्था.— २०२१/८/२५
➤ उच्च शिक्षा परीक्षा नेपालमै दिन पाउने व्यवस्था — १९९२
➤ नेपाल आर्ट स्कुल स्था.— १९९१
➤ नेपाल आर्ट स्कुलको नाम परिवर्तन — १९९५
➤ स्कुल गोस्वारा स्था. — १९५२
➤ स्कुल-कलेज गोस्वारा स्था. — १९७६
➤ आधार शिक्षा गोस्वारा स्था.— २००३
➤ अङ्ग्रेजी र संस्कृत शिक्षाको छुट्टाछुट्टै डाइरेक्टर व्यवस्था — १९८९
➤ २००७ अघि नेपालको साक्षरता — २%
➤ कृषि स्कुल स्था.— १९८९
➤ काठमाडौंमा मन्टेश्वरी पूर्व प्राथमिक विद्यालय स्था.— २००५
➤ वीरगञ्जमा SLC परीक्षा केन्द्र — २००१
➤ कन्या पाठशाला स्था.— १९८०/३/२२
➤ काठमाडौंमा पद्मकन्या विद्याश्रम — २००४
➤ पाठशाला बन्दोवस्त इन्स्पेक्टरी अफिस स्था.— १९७६
➤ भाषानुवाद परिषद स्था.— १९९७/६/१८
➤ चक्रपाणि चालिसेद्वारा रचित राष्ट्रिय गान स्वीकृत — १९८२/२/१८
➤ त्रिभुवन चन्द्र कलेजमा विज्ञान विषयको पढाइ सुरु — १९७७
➤ त्रिचन्द्र कलेजमा BSC को पढाइ सुरु — २००४
➤ पूरक परीक्षाको सुरुआत — २००३
➤ विद्यालय निरीक्षणको सुरुआत — १९९८
➤ उद्योग परिषद स्था.— १९९३
➤ शिक्षा मन्त्रालय स्था.— २००७
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोग गठन — २०१०/१२/९
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोगमा सदस्य — ४६
➤ नेपाली शिक्षा परिषद गठन — २००७/४/३२
➤ प्राथमिक तथा मिडिल स्कुलको पाठ्यक्रम प्रकाशित — २०१०/१०/१६
➤ शिक्षा विद्यान,२०१० लागू — २०११/१/१
➤ राष्ट्रिय शिक्षक शिक्षण केन्द्र स्था.— २०११/५/२४
➤ शिक्षा व्यवहार विधि प्रकाशन — २०१०/१०/१६
➤ कलेज अफ एजुकेशन स्था.— २०१३/५/२४
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति गठन — २०१८/१/२५
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिमा सदस्य — १२
➤ राष्ट्रिय शिक्षा सल्लाहकार परिषद गठन — २०२४/३/१४
➤ पाठ्यक्रम विकास केन्द्र स्था.— २०२८/५/५
➤ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) स्था.— २०३९/८/२०
➤ दूर शिक्षा केन्द्र स्था.— २०५०/४/१
➤ निजीस्तरबाट क्याम्पस खोल्न स्वीकृति — २०३७
➤ प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा — २०३१/११/१२
➤ प्राथमिक शिक्षामा पाठ्यपुस्तक निःशुल्क व्यवस्था — २०३५
➤ जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्था.— २०१८
➤ अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज — २०२७/७/१
➤ शाही उच्च शिक्षा आयोग गठन — २०३९/५/१
➤ प्राथमिक शिक्षा परियोजना लागू — २०४१/१०/१०
➤ BPEP लागू — २०४९
➤ राष्ट्रिय शिक्षा आयोग गठन — २०४७/११/१४
➤ २०११ र २०१८ को साक्षरता% — ४.४% र ८.९%
➤ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन — २०५४/१/१२
➤ उच्चस्तरीय कार्य समिति गठन — २०५८/१/२९
➤ लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री — २०१४
➤ बाल दिवस मनाउन सुरु — २०१६
➤ त्रि.वि. को पहिलो दीक्षान्त समारोह — २०१६/१२/९
➤ राष्ट्रिय सेवादलको गठन — २०२२/६/११
➤ २०४८ मा नेपालको साक्षरता — ३९.६%
➤ २०४८ मा पुरुष साक्षरता % — ५४.५%
➤ २०४८ मा महिला साक्षरता — २५.१%
➤ २०६८ मा नेपालको साक्षरता — ६५.९%
➤ २०६८ मा पुरुष साक्षरता % — ७५.१%
➤ २०६८ मा महिला साक्षरता —५७.४%
➤ प्रौढ शिक्षाको सुरुवात — २०१२
➤ विशेष शिक्षाको सुरुवात — २०२१
➤ विशेष शिक्षा नीति पारित — २०३५
➤ शेर्पा भाषाको पहिलो विद्यालय स्था.— २०५०
➤ सेमेस्टर प्रणालीको सुरुवात — २०३०
➤ विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा — २०६८/२/११

निरन्तर विद्यार्थी मूल्याङ्कन

                            

निरन्तर विद्यार्थी मूल्याङ्कन

                                                                                                    सन्ताेष पाेख्रेल

निरन्तर विद्यार्थी मूल्याङ्कनको अवधारणा

पाठ्यक्रमद्वारा अपेक्षित उद्देश्यहरू के कति प्राप्त भए वा भएनन्, प्राप्त भएको भए के कति कस्तो अवस्थामा प्राप्त भए र प्राप्त नभएको भए के कति प्राप्त भएनन् भनेर लेखाजोखा गर्ने कार्य मूल्याङ्कन हो । मूल्याङ्कनले उद्देश्य प्राप्तिको अवस्थाको लेखाजोखा गर्दछ । यसरी लेखाजोखा गर्ने विभिन्न तरिका वा प्रव्रिmयामध्ये निरन्तर मूल्याङ्कन पनि एक हो । हरेक शिक्षण सिकाइ क्रियाकलापसँगै र आवश्यकतानुसार समय–समयमा गरिने मूल्याङ्कन निरन्तर विद्यार्थी मूल्याङ्कन हो । निरन्तर विद्यार्थी मूल्याङ्कन सुधारात्मक (Formative)  उद्देश्यका लागि अपनाइन्छ । यो मूल्याङ्कन प्रक्रिया विद्यार्थीलाई कक्षा चढाउने कुराको निर्णय लिनुभन्दा पनि प्रभावकारी शिक्षण सिकाइका सन्दर्भमा बढी उपयोग गरिन्छ । निरन्तर विद्यार्थी मूल्याङ्कनले अनौपचारिक मूल्याङ्कनमा जोड दिन्छ । यस मूल्याङ्कन प्रक्रियामा कुनै पनि समयमा मूल्याङ्कनका विभिन्न माध्यम (लिखित, मौखिक प्रश्नोत्तर, अवलोकन विगतमा गरेका काम आदि) बाट विद्यार्थीको मूल्याङ्कन गरिन्छ ।

 विद्यार्थीको उपलब्धिको अवस्था थाहा पाई सोअनुसार शिक्षण सिकाइ प्रक्रीया सञ्चालन गर्न आवश्यक सूचना तथा जानकारी प्राप्त गर्ने एउटा पद्धति हो विद्यार्थी मूल्याङ्कन । यसरी सूचना प्राप्त गरी कमजोर विद्यार्थीका समस्या पहिचान गरी सुधारात्मक शिक्षण गर्न तथा सक्षम विद्यार्थीलाई अझ अगाडि बढ्न प्रोत्साहन गर्ने कार्य निरन्तर विद्यार्थी मूल्याङ्कनले गर्दछ । तर कतिपयले यसलाई औपचारिक परीक्षा नलिई स्वतः कक्षा चढाउने पद्धति अर्थात् उदार कक्षोन्नति भनेर बुझ्ने गरेको पाइन्छ । उदार कक्षोन्नति भनेको विद्यार्थीको मूल्याङ्कन नगरी स्वतः पास गराउने पद्धति होइन । अघिल्लो कक्षामा नसिकेका कुराहरू यकिन गरी अर्को कक्षामा जाँदा अघिल्लो वर्ष प्राप्त गर्न नसकेका सिकाइ उपलब्धि पूरा गराउँदै उत्तीर्ण भएको कक्षाका सिकाइ उपलब्धि प्राप्त गर्ने गराउने पद्धति हो । उदार कक्षोन्नति पद्धतिमा एक वर्षमा विद्यार्थीले सिक्नु पर्ने न्यूनतम कुरा के कति सिक्यो भनेर निक्र्याेल गरी माथिल्लो कक्षामा चढाउने र तल्लो कक्षामा सिक्न नसकेका कुरा माथिल्लो कक्षामा गएर पनि सिकाउने गरी कक्षा चढाउदै लैजाने पद्धति हो । यस अर्थमा एक वर्षसम्म कुनै कक्षामा अध्ययन गरेका विद्यार्थीलाई माथिल्लो कक्षामा सहजै चढाउने नीति उदार कक्षोन्नति हो । यो निरन्तर मूल्याङ्कन पद्धतिमा आधारित हुन्छ । यसरी उदार कक्षोन्नति भनेको विद्यार्थी भर्ना गर्दै कक्षा चढाउने पद्धति नभई नजानेका वा सिकाइ स्तर कमजोर भएका बालबालिकालाई पनि थप अवसर दिएर सिकाउँदै कक्षा चढाउँदै लैजाने पद्धति हो । यो निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिको एउटा अभिन्न अङ्ग हो । विद्यार्थीको उपलब्धिलाई दृष्टिगत गर्दै प्रभावकारी सिकाइको अवसर प्रदान गर्दै जाने पद्धति हो ।

विद्यार्थी मूल्याङ्कन थप सिकाइका लागि सिकारुको स्थिति पहिचान गरी उपचारात्मक सेवा प्रदान गर्न र सिकारुले सिकेका कुराहरूको आधारमा स्तरीकरण गरी उसको बारेमा निर्णय गर्न एवम् प्रमाणपत्र प्रदान गर्नका लागि गरिन्छ । विद्यार्थीहरूलाई सिकाइ एकै बेला के कति सिके भनेर लेखाजोखा गरी आगामी दिनमा के कस्तो उपायहरू अवलम्बन गरी थप सिकाइका लागि सहजीकरण गर्ने भन्ने कुरामा निरन्तर मूल्याङ्कन प्रणाली केन्द्रित हुन्छ । नेपालमा निरन्तर मूल्याङ्कन प्रणाली २०६२ मा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यव्रmम कार्यान्वयनमा आएपछि कानुनी रूपमै अङ्गीकार गरिएको पाइन्छ । अहिलेसम्ममा यसको विस्तार भई आधारभूत तहको कक्षा ७ सम्म पुगेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई उदार कक्षोन्नतिसँग गाँसेर ल्याइनु, जटिल प्रकृतिका साधनहरूको प्रयोग गर्नुपर्ने हुनु, सरोकारवालाबाट अवरोध खडा हुनु, शिक्षण सिकाइ क्रियाकलापको सुधारको कुरै नगरी मूल्याङ्कन प्रणालीमा मात्र एकाङ्की ढङ्गले सुधार गर्न खोजिनु, पाठ्यक्रम कार्यान्वयनमा फित्तलोपना रहनु, अनुगमन तथा सुपरिवेक्षण प्रणाली कमजोर हुनु जस्ता कारणहरूले निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको हो । निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनका लागि एकाङ्की होइन, समष्टिगत दृष्टिकोणबाट निर्देशित भई अघि बढ्नुपर्छ । पाठ्यक्र, पाठ्य पुस्तक र शिक्षक निर्देशिकामा सुधार गरी निरन्तर मूल्याङ्कनलाइ मापदण्डमैत्री बनाइनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तनपछि मात्र मापदण्ड अनुसार निरन्तर मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । शिक्षकहरू सकारात्मक सोच लिई यसको कार्यान्वयनबाट आफैँलाई सजिलो हुने विश्वासका साथ दृढ सङ्कल्पित भई लाग्नुपर्छ । निरन्तर मूल्याङ्कनको प्रत्येक मापदण्डअनुसार शिक्षण सिकाइ क्रियाकलाप गराउन सबै विषयको प्रत्येक पाठमा मापदण्डगत क्रियाकलाप र निर्देशन सहितको निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयन सहजीकरण पुस्तिका तयार गरी सबै शिक्षकहरूलाई वितरण गरिनुपर्छ । यसले शिक्षकलाई क्रियाकलाप गर्न र सो सँगसँगै मूल्याङ्कन गर्न मार्गनिर्देश गर्छ ।
 
पाठ्यक्रमका आधारमा शिक्षण, क्रियाकलापमुखी शिक्षण, कक्षाकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य, प्रयोगात्मक कार्यमा अधिक जोड दिएपछि मात्र निरन्तर मूल्याङ्कन विद्यमान सूचकका आधारमा गर्न सकिन्छ । जरैदेखि सुधारको लागि पाठ्यक्र, पाठ्य पुस्तक, शिक्षक निर्देशिका समेतमा स्पष्टताको लागि सुधार हुनुपर्छ । यसको सुधारका लागि बहुआयामिक प्रयासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आजको आवश्यकता हो । निरन्तर मूल्याङ्कन प्रणाली निदानात्मक र निर्माणात्मक मूल्याङ्कनको समिश्रण हो । यसको अभिप्राय नै विद्यार्थीको सिकाइ उपलब्धि सुनिश्चित गरी उनीहरूको सिक्न पाउने अधिकारको प्रत्याभूति गर्नु हो । नेपालमा पनि निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको कार्यान्यन गर्न थालिएको करिब एक दसक पुग्न लागिसकेको छ । तर दशक लामो प्रयास पछि पनि अवस्था पुरानै छ । कक्षा १ को पनि प्रश्नपत्र छपाई गरी लिखित परीक्षाकै आधारमा मूल्याङ्कन गर्ने परिपाटीको पुनरावृत्तिमा रोक लगाउन सकिएको अवस्था छैन । अर्कातिर निरन्तर मूल्याङ्कन प्रणालीले नसिकिकनै कक्षोन्नति गरी शिक्षाको गुणस्तर खस्काउनमा मुख्य भूमिका खेलेको र शैक्षिक डढेलो लगाएको आरोप पनि खेप्नुपरेको छ । सोचाइमा, बुझाइमा र गराइमा भएको दृष्टि भ्रमले गर्दा निरन्तर मूल्याङ्कन प्रणाली वास्तविक मर्म बमोजिम कार्यान्वयनमा आउन सकेको छैन । सिकाउनका लागि निरन्तर मूल्याङ्कन भन्ने सोचको विकास गर्नुको सट्टा नसिकाइ पास गराउन निरन्तर मूल्याङ्कन ल्याइएको भन्ने सोचले उल्टो दिशातिरको यात्रालाई मलजल गरेको देखिन्छ । पाठ योजना निर्माण, शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन र मूल्याङ्कनलाई एकै त्रिभुजको तिन भुजा जस्तै गरी अघि बढाउन नसकी मूल्याङ्कनमा मात्र सुधार गर्न खोज्ने हाम्रो प्रयासले विरुवाको पालुवामा युरिया मल हाले जस्तो अवस्था देखिएको छ

सामान्य अर्थमा विद्यार्थीको निर्माणात्मक मूल्याङ्कनलाई निरन्तर विद्यार्थी मूल्याङ्कन भन्ने गरिएको छ । शिक्षण सिकाइ प्रभावकारी बनाउन र पाठ्यक्रमले लक्ष्य गरेका सिकाइ उपलब्धिहरू विद्यार्थीमा पुरा गराउन गरिने मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कन हो । निरन्तर सुधारको उद्देश्यले नियमित रूपमा गरिने निर्माणात्मक मूल्याङ्कनलाई नै निरन्तर मूल्याङ्कन भन्नु उपयुक्त हुन्छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यअनुसार निर्माणात्मक मूल्याङ्कन शिक्षण सिकाइ क्रियाकलापसँगै निरन्तर चलिरहन्छ । त्यसैले निर्माणात्मक मूल्याङ्कनलाई सरल भाषामा निरन्तर विद्यार्थी मूल्याङ्कन भनिएको हो । यसले केवल निर्माणात्मक मूल्याङ्कन मात्र नभई निदानात्मक मूल्याङ्कनको समेत विशेषता बोक्ने भएकोले वास्तवमा निदानात्मक र निर्माणात्मक मूल्याङ्कनको समिश्रणको रूपमा निरन्तर मूल्याङ्कन प्रणालीलाई बुझ्नु अझै बढी सान्दर्भिक र वास्तविक हुन्छ । मूल्याङ्कनको उद्देश्य प्रभावकारिता, सक्षमता, मितव्ययिता, प्रयत्नशीलता, पर्याप्तता, वस्तुनिष्ठता र जवाफदेहिता जस्ता पक्षको मापन गर्ने हुनुपर्छ । शिक्षा क्षेत्रमा मूल्याङ्कनका खास दुईपक्ष हुन्छन् ः कमी कमजोरी पत्ता लगाई कार्यक्रममा सुधार ल्याउनु र भइसकेको शैक्षिक क्रियाकलापको सकारात्मक नकारात्मक पक्ष र कमजोरीहरू पत्ता लगाई भविष्यमा गरिने कार्यक्रममा सुधार ल्याउनु (Simith, 1996) । यसरी स्मिथले भइरहेको कामको कमी कमजोरी पत्ता लगाई विचलन अवस्थाहरू पत्ता लगाई आवश्यक सुधार गर्ने प्रयोजन (Backward Mapping) र सम्पन्न भएको कामको अनुभवको आधारमा भविष्यको कार्यदिशा निश्चित गर्न (Forward looking) को रूपमा मूल्याङ्कन पद्धतिको उपयोग गर्न सकिने कुरा उल्लेख गरेका छन् । मूल्याङ्कन र शिक्षाको गुणात्मक पक्षको चर्चा गर्दै वाग्ले लेख्छन्, “शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा गुणस्तरीय मूल्याङ्कन प्रणालीमा भर पर्दछ (वाग्ले, २०६७) । कक्षा कोठाको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउन, विद्यार्थीको क्षमतालाई उजागर गर्न कक्षोन्नतिका बारेमा निर्णय लिन, शिक्षकले आफ्नो अध्यापन कार्यमा लगातार पृष्ठपोषण प्राप्त गर्न मूल्याङ्कन गरिन्छ”(उही) । उपर्युक्त दृष्टान्तहरूले निर्माणात्मक मूल्याङ्कन आवश्यक रहेको र यसको माध्यमबाट सिकाइमा सुधार ल्याउने प्रयास गरिने कुरामा जोड दिएको अनुमान लगाउन सकिन्छ । निर्माणात्मक मूल्याङ्कनलाई निरन्तर रूपमा बहुआयामिक तरिकाहरूको प्रयोग गरी उपयोगमा ल्याउनु नै निरन्तर मूल्याङ्कन प्रणाली हो भन्नुमा अत्युक्ति नहोला । निरन्तर मूल्याङ्कन विद्यार्थीको वास्तविक सिकाइको लेखाजोखा गर्ने र सिकाइसम्बन्धी कठिनाइहरूको पहिचान गरी उपचारात्मक शिक्षण गर्ने अभिप्रायले गरिन्छ । हिजोआज निर्माणात्मक उद्देश्यले गरिने विद्यार्थी मूल्याङ्कनले स्थान पाएको छ । कक्षाकार्य, गृहकार्य, एकाइ परीक्षा, त्रैमासिक परीक्षा, परियोजना कार्य, विद्यार्थी व्यवहार जस्ता पक्षहरूको अवलोकन गरी विद्यार्थीको सिकाइको वास्तविक अवस्था पहिचान गरिन्छ (प्राथमिक शिक्षा पाठ्यक्र, २०६२) । अनि सुधारका लागि उपयुक्त उपायहरूको अवलम्बन गरिन्छ । यस अर्थमा निरन्तर मूल्याङ्कन सिकाइका लागि मूल्याङ्कन हो भन्न सकिन्छ । यो आधिकारमा आधारित सिकाइका लागि गरिने वास्तविक मूल्याङ्कन पनि हो । निरन्तर मूल्याङ्कन सिकेकै बेलामा गरिने मूल्याङ्कन हो । यो बहुविधिबाट गरिने मूल्याङ्कन हो । विद्यार्थीको व्यवहारमा आएको परिवर्तन लेखाजोखा गर्ने वैध मूल्याङ्कन हो । उपचारात्मक शिक्षणका लागि सूचना प्रदान गर्ने निदानात्मक मूल्याङ्कन हो । स्मरण र विस्मरण एकै सिक्काका दुई पाटा हुन् भन्ने मान्यतालाई आत्मसात गर्ने मूल्याङ्कन प्रणाली हो । आवधिक परीक्षाले मात्र विद्यार्थीको यथार्थ मूल्याङ्कन गर्न नसक्ने हुनाले यसको परिपूरणका लागि ल्याइएको बहुआयामिक मूल्याङ्कन प्रव्रिmया हो ।

निरन्तर मूल्याङ्कन प्रणालीको महत्व

निरन्तर विद्यार्थी मूल्याङ्कनको मुख्य उद्देश्य भनेको प्रभावकारी शिक्षण सिकाइका माध्यमबाट विद्यार्थीहरूमा पाठ्यव्रmमले तोकेका सिकाइ उपलब्धि हासिल गराउन शिक्षक र विद्यार्थीका क्रियाकलापहरूलाई निर्देशित गर्नु हो । यसैलाई निरन्तर मूल्याङ्कन प्रणालीको मुख्य महत्त्वका रूपमा पनि लिन सकिन्छ । यसका अतिरिक्त तलका बुँदाहरूले पनि निरन्तर मूल्याङ्कन प्रणालीको महत्त्वलाई इङ्गित गर्दछः

·         विद्यार्थीको सहजतापूर्वक, शीघ्र र यथार्थ मूल्याङ्कन गर्न,

·         विद्यार्थीहरूमा पाठ्यक्रमले तोकेका ज्ञान, सिप, अभिवृत्ति र दक्षता विकास गराउन,

·         विद्यार्थी मूल्याङ्कनका नाममा खर्च हुने अतिरिक्त समय र स्रोत बचाउन,

·         विद्यालयमा बाल बालिकाहरूलाई रमाएर सिक्ने (Learning with fun) को वातावरण सिर्जना गर्न,

·         विद्यार्थीहरूमा परीक्षाको सन्त्रास हटाई विद्यार्थीको असफल हुने दर न्यूनीकरण गर्दै जान,

·         विद्यार्थीको सिकाइ समस्याहरूको पहिचान गरी उपचारात्मक शिक्षण गर्न,

·         विद्यार्थीले स्वयम् पहलमा वा दैनिक जीवनका क्रियाकलापहरूबाट सिकेका कुराहरूलाई वैधानिकता प्रदान गरी पाठ्यक्रमलाई दैनिक जीवनसँग जोड्न,

·         अनुत्तीर्ण हुने दर, कक्षा छाड्ने दर घटाई शैक्षिक क्षति कम गर्न,

·         सहपाठी सिकाइ र गरेर सिक्ने वातावरण सिर्जना गरी बालमैत्री शिक्षण सिकाइको प्रवर्धन गर्न आदि ।

नेपालको सन्दर्भमा निरन्तर विद्यार्थी मूल्याङ्कनको महत्त्व अझै ठुलो छ । नेपाल सरकारले आधारभूत तहमा गरेको लगानीको कहाली लाग्दो क्षति भएको छ । प्राथमिक तहमा कक्षा दोहो¥याउने, सिकाइ असहज भएको कारण र फेल भएको कारण बिचैमा पढाइ छोड्ने विद्यार्थी धेरै छन् । यसले गर्दा तोकिएको समयभन्दा ढिलो र थोरै विद्यार्थीले मात्र तह पुरा गर्ने गरेका छन् । विद्यार्थीको निरन्तर मूल्याङ्कन गरेर उपचारात्मक शिक्षण सिकाइ प्रव्रिmयाबाट मात्र यो क्षति नियन्त्रण गर्न सकिन्छ । यसै दृष्टिकोणबाट नेपाल सरकार शिक्षा मन्त्रालयले आधारभूत तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन लागु गरेको छ । निरन्तर विद्यार्थी मूल्याङ्कनका विधिहरू निरन्तर विद्यार्थी मूल्याङ्कन शिक्षण सिकाइ प्रव्रिmयासँगै चल्ने प्रव्रिmया हो । प्रभावकारी शिक्षण सिकाइमा शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कन प्रक्रिया लाई अलग गर्न सकिदैन । शिक्षण सिकाइ प्रव्रिmया र मूल्याङ्कन प्रक्रिया साथै अगाडि बढाउन विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप उपयोगी हुन्छन् । प्रश्नोत्तर, छलफल, अभिनय, नाटकीकरण, सम्वाद, प्रदर्शन, अवलोकन भ्रमण, वास्तविक कामको अभ्यास आदि विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलाप हुन् । यस्ता क्रियाकलापबाट शिक्षण सिकाइ प्रभावकारी हुन्छ ।

क्रमश००००