Saturday, June 19, 2021

सामाजिक अध्ययन विषयका लागि तयार पारिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन को नमुना

 



                                                                                                                        -सन्तोष पोख्रेल 

बिद्यार्थीलाई सामाजिक अध्ययन विषयमा नियमित परियोजना कार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको कार्यमूलक अनुसन्धान प्रतिवेदन

 

अनुसन्धानको पृष्ठभूमि :  

विद्यार्थीहरुमा शिक्षकले दिएको परियोजनाकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु तथा अभिभावकहरुले जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति सक्रिय बनाउन सकिएको छ भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रो विद्यालयका कक्षा १०का विद्यार्थीले परियोजना कार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरें 
तर धेरै शिक्षकका कक्षाहरुमा परियोजना कार्य  कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय बनाएर अधिकांश विद्यार्थीहरु परियोजना कार्य किन गर्दैनन् यस कुराको बारेमा कार्यमूलक अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।

समस्याको पहिचान :

मैले पढाउने विद्यालयको कक्षा १० को नेपाली माध्यमको सेक्सनमा जम्मा ४२ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म चौथोे घण्टीमा सामाजिक अध्ययन विषय पढाउछु । मैले राम्ररी याद गरिरहेको छु कि गत वर्ष पनि त्यही विद्यार्थीहरु कक्षा ९ मा हुँदा उनीहरु सबैले परियोजना कार्य  नगर्ने समस्या भोगीरहेको बारेमा म पूर्ण जानकार थिएँ । उनीहरुले परियोजना कार्य  किन नियमित रुपमा गर्दैनन् र उनीहरुलाई कसरी नियमित गृहकार्य गर्ने बनाउन सकिन्छ भनि मैल कार्यमूलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो ।

पहिलो चरण

योजना :

कक्षामा कतिजनासम्म विद्यार्थीले गृहकार्य बुझउँछन् त्यसको जानकारी लिने ।

क्रियाकलापः

पहिलो दिन विद्यार्थीलाई नियमित कक्षा सकिएपछि २ वटा प्रश्नहरु सेतोपाटीमा लेखेर भोली त्यसको परियोजना कार्य अनिवार्य गरेर ल्याउन विद्यार्थीलाई निर्देशन गरेँ । सबै विद्यार्थीहरुले प्रश्न कापीमा सारे र उक्त दिनको कक्षा सकियो ।

अवलोकन :

भोलीपल्ट कक्षामा पुगेपछि सबैको गृहकार्य अगाडी राख्न आग्रह गरे । सबैले कपी अगाडी राखे तर ४२ जना विद्यार्थी मध्ये उपस्थित ३५ जनामा १० जनाले पूरै २ वटै प्रश्नको कार्य गरेका ४ जनाले एउटा मात्र प्रश्नको परियोजना कार्य गरेको र बाँकीले अघिल्लो दिन जति प्रश्न सारे त्यसभन्दा एक अक्षर पनि लेखेको पाइएन ।

 

प्रतिबिम्बिन:

पढाइमा जाँगर लगाउने राम्रो पढाइ भएका विद्यार्थीहरुले गृहकार्य गरेपनि पढाइमा पछाडी भएका अन्य विद्यार्थीले गृहकार्यलाई कुनै महत्व नदिएको पाइयो ।

 

दोश्रो चरण

योजना :

विषयगत मूल्याँकन प्रक्रियाको बारेमा विद्यार्थीलाई प्रष्ट गराई परियोजना कार्यका आधारमा उनीहरुको उपलब्धी मुल्याँकन हुने बारेमा जानकारी गराएर परियोजना कार्र्यप्रतिको विद्यार्थीको आकर्षण बढ्छ वा बढ्दैन पत्ता लगाउने ।

क्रियाकलापः

भोलीपल्ट कक्षामा प्रवेश गरेपछि निम्न माध्यमिक कम्प्युटर विषयको मूल्याँकन पद्दतीका बारेमा जानकारी गराएँ । ७५ प्रतिशत सैदान्तिक र२५ प्रतिशत प्रयोागात्मक परीक्षा हुने त्यस मध्ये पनि हरेक विद्यार्थीले बुझाएको परियोजना कार्यको रेकर्डका आधारमा प्रयोगात्मक मुल्याँकनको लागि रेजा प्राप्त गर्ने र सोही रेजाको माध्यमवाट मूल्याँकनको प्रतिशतांक निकालिने कुरा जानकारी गराई अघिल्लो दिनको परियोजना कार्य का आधारमा सबै विद्यार्थीले पाएका रेजाका बारेमा जानकारी गराए । यस पछि नियमित कक्षा क्रियाकलाप गराई उक्त पाठको अभ्यास भोलिपल्ट पूरा गरेर ल्याउन निर्देशन दिएँ ।

अवलोकन :

भोलीपल्ट कक्षामा प्रवेश गरिसकेपछि अघिल्लो दिन झैं परियोजना कार्य देखाउन कपी अगाडी राख्न आग्रह गरेँ । सबै विद्यार्थीहरुले दिइएको परियोजना कार्य पूरा गरेको पाइयो । त्यसपछि मैले विद्यार्थीलाई प्रश्न गरेँ l  हिजो जम्मा १० जनाले मात्र गरेको गृहकार्य आज कसरी सबैलाई गर्ने उत्साह बढ्यो ? उनीहरुले उत्तर दिए l  तपाईले कक्षा कार्य र परियोजना कार्यका आधारमा हरेक परियोजना कार्य का लागि रेजा प्राप्त गर्ने र त्यही रेजाहरुका आधारमा वार्षिक रुपमा मुल्याँकनको आधार हुने कुराले परियोजना कार्र्य नगर्दा परीक्षामा घाटा हुने ठानेर जसरी पनि पूरा गर्यौं ।

प्रतिबिम्बन :

परियोजना कार्य नगर्नुमा विद्यार्थीमा कुनै उत्प्रेरणा दिन नसक्नु हो । सकारात्मक पुनर्बलले विद्यार्थीमा उत्प्रेरणा बढाउँछ र उनीहरुको सक्रियता बढाउँछ ।

 

निश्कर्ष :

सबै विद्यार्थीले नियमित रुपमा परियोजना कार्य गर्दैनन् । उनीहरुलाई कसरी नियमित गृकार्य गर्ने अवस्थामा लैजान सकिन्छ भन्ने विषयमा कार्यमूलक अनुसन्धानलाई अगाडी बढाउँदा दोश्रो चरणमा आइपुग्दा अवस्थामा सुधार भएकोले मैले अनुसन्धानको चरणलाई अन्त्य गरेँ । यो अनुसन्धानले विद्यार्थीमा काम गर भन्ने निर्देशन दिने तर गरेमा त्यसको प्रत्यक्ष उपलब्धी के हुने भन्ने बारेमा निश्चित नहुँदा उनीहरु क्रियाकलापप्रति आकर्षित हुँदैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । मानिस तत्कालको प्रतिफलका लागि पहिला अग्रसर हुन्छ । त्यसैले जतिसक्दो छिटै कामको उपलब्धी देखिने गरी क्रियाकलाप गर्न प्रेत्साहित गर्न सके बालबालिका क्रियाकलापमुखी बन्नसक्छन् भन्ने महसुस भयो ।

 

सन्तोष पोख्रेल

मा.शि.तृतीय

आदर्श मा.वि. विराटनगर

Friday, June 18, 2021

फ्रान्सेली राज्यक्रान्ति ( Révolution française )

 


                                                          संकलन  -सन्तोष पोख्रेल 

फ्रान्सेली राज्यक्रान्ति ( Révolution française )

फ्रान्सेली राज्यक्रान्ति ( Révolution française )  सन् (१७८९-१७९९) फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो जुन १७८९ देखि १७९९ सम्म चलेको थियो। नेपोलियन बोनापार्टले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केहि अंशसम्म यस क्रान्तिलाई अघी बढाएका थिए। क्रान्तिको फलस्वरूप राजालाई गद्दीबाट हटाई गणतन्त्रको स्थापना भएको थियो। यस क्रान्तिले आधुनिक इतिहासको दिशा परिवर्तन गरिदिएको थियो। यसबाट विश्वभर निरपेक्ष राजतन्त्रमा ह्रास आउन सुरु भएको थियो। इतिहासकारहरूले यो क्रान्तिलाई मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मान्दै आएका छन्। 

क्रान्ति पछीको तीन वर्ष सत्ता कब्जाको लागि सङ्घर्षले भरिपुर्ण भयो, आर्थिक सङ्कट र सामाजिक अव्यवस्था गहरियो। अष्ट्रिया, बेलायत र प्रसिया बाहिरि शक्तिले यस क्रान्तिलाई खतराको रुपमा देखे जसको कारणले अप्रिल १७९२ मा फ्रेन्च क्रान्तिकारी युद्ध सुरु भयो। लूई सोह्रौको शासन अन्त्य गरी २२ सेप्टेम्बर १७९२ मा, पहिलो फ्रेन्च गणतन्त्रको स्थापना भयो र जनवरी १७९३ मा राजालाई मृत्युदण्ड दिइयो। जुन मा भएको पेरिस विद्रोहले एसेम्वलीमा अधिपत्य जमाएका जिरोन्दलाई म्याक्समिलन रबस्पियरको नेतृत्वमा रहेको कमिटि अफ पब्लिक सेफ्टीले विस्थापित गर्यो ।

यस क्रान्तिले विश्वव्यापी रूपमा, गणतन्त्र र प्रजातन्त्रको उदयको गतिलाई तिव्रता दियो। यो धेरै आधुनिक राजनैतिक विचारधाराको विकासको केन्द्र बिन्दु बन्यो। यसले उदारबादपुरातनवादराष्ट्रवाद,  धर्म निरपेक्षता र अन्य धेरै राजनैतिक आदर्शहरूको विस्तारको लागि मार्गप्रशस्त गर्यो। यो क्रान्तिले फ्रान्सका जनता र स्रोतहरूलाई एकक्रित गरेर राष्ट्रिय सुरक्षाको लक्ष्य तर्फ केन्दृत गरी पुर्ण युद्धको उदयको साक्षी समेत बन्यो। यसका केहि  दस्तावेजहरु, जस्तै "मानव र नागरिकको अधिकारको घोषणा" ले अर्को दुई शताब्दीसम्म दासप्रथा उन्मुलन आन्दोलन र सर्वजनीन मताधिकार जस्ता आन्दोलनको लागि प्रेरित गर्यो।

फ्रान्समा धेरै पहिलेदेखि निरंकुस शासन चलेको थियो । फ्रान्समा लुई चौधौँ योग्य भए पनि उनका छोरा लुई पन्धौं योग्य थिएनन् । लुई चौधौँको मृत्युपछि सन् १७१५ मा ५ वर्षको उमेरमा लुई पन्धौं गद्दिमा बसेका थिए । उनी अयोग्य, विलासी र अदुरदर्शी थिए । सन् १७७४ मा उनको मृत्यु भएपछी उनका छोरा लुई सोह्रौ २०वर्षको उमेरमा गद्दिमा बसे । यी सबै राजाहरु निरंकुस भएकाले जनताहरु राजनीतिक, सामाजिक, आर्थिक आदि रूपमा शोषित थिए ।

क्रान्तिको पूर्व सन्ध्यामा लुई १६ औँ (१७७४-९३)को शासन थियो। उनी एक अकर्मण्य र अयोग्य शासक थिए। उनले पनि स्वेच्छाचारित र निरंकुशताको गरे प्रदर्शन गरे। उनको भनाइ थियो कि "यो चीज यसकारण कानूनी हो किनभने म नै यो चाहन्छु।" आफ्नो एक मन्त्रीले राजिनामा दिदा उनले भनेका थिए कि-सायद! म पनि राजीनामा दिन पाए। उनी माथी उसकी पत्नी मेरी एन्टोनिएट को अत्यधिक प्रभाव थियो। रानी फिजूलखर्ची थिइ। उनलाई सर्वसाधारण जनताको समस्याको कुनै समझ थिएन। एक पटक जब मानिसहरूको जुलूस रोटीको माग राखी रहेका थिए तब उनले सल्लाह दिएका थिए कि-" यदि रोटी उपलब्ध छैन भने केक किन खादैनौ?"

सन् १७८९ मा फ्रान्समा निरंकुस शासन व्यबस्थालाई समाप्त गर्न ठुलो क्रान्ति भयो । उक्त क्रान्तिलाई फ्रान्सेली राज्यक्रान्ति भनिन्छ ।

फ्रान्सेली क्रान्तिका कारणहरु

फ्रान्सेली क्रान्तिको कारणहरु निकै जटिल छन् र अजै पनि इतिहासकारहरूमा बहसको विषय बन्ने गरेको छ । सात वर्षे युद्ध  अमेरिकी स्वतन्त्रता युद्ध पश्चातफ्रान्सेली सरकार नराम्रोसँग ऋणमा डुबेको थियो। सरकारले आर्थिक अवस्था  सुधार्न अलोकप्रिय  कर नियम ल्यायो, जसले गरिब माथी भारी करको दर र धनी माथी करको दर कम गरायो । सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरी नै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । 

राजनीतिक कारण

·         फ्रान्समा धेरै पहिलेदेखि निरंकुस एबम् स्वेच्छाचारी शासन चलेको थियो । शासकहरू जनहितका काम गर्न छाडीसकेकाले जनताले ठुलो दुख पाएका थिए। उनीहरूलाई कुनै राजनीतिक अधिकार थिएन।

·         त्यस समाएको फ्रान्सको संसदलाई इस्टेट जनरल भनिन्थ्यो तर विगत १७५ वर्षआघि ( सन् १६१४ - १७८९ ) सम्म यसको बैठक नबोलाई राजाहरूले मनोमानी एबम स्वेच्छाचारी शासन चलाईरहेका थिए ।

·         राजाका आसेपासे तथा दरबारी ऐसआराम तथा भोगबिलाशमा व्यस्त रहने भएकाले जनताको भलाईमा ध्यान दिदैनथे ।

·         जनतालाई कुनै राजनीतिक अधिकार थिएन | कुनै पनि व्यक्तिलाई एक आज्ञापत्र (letter de-cachet) द्वारा कैद गर्न सकिन्थ्यो ।

देशको शासन पद्धति पुर्ण रूपले नोकरशाही माथि निर्भर थियो। जो वंशानुगत थियो। जसको भर्ती तथा प्रशिक्षणको कुनै नियम थिएन र यी नोकरशाही माथि नियन्त्रण गर्ने कुनै संस्थाको व्यवस्था नै थिएन। यस प्रकार शासन प्रणाली पुरै भ्रष्ट, निरंकुश, निष्क्रिय र शोषणकारी थियो। व्यक्तिगत कानून र राजाको इच्छा नै कानून लागू हुन्थ्यो। फलतः देशमा एक समान कानून संहिताको अभाव तथा विभिन्न क्षेत्रमा विभिन्न कानून प्रचलित थिए। यस अव्यवस्थित र जटिल कानूनको कारण जनतालाई आफ्नै कानूनको ज्ञान थिएन। यस अव्यवस्थित निरंकुश तथा संवेदनहीन शासन तन्त्रको अस्तित्व जनताको लागि कष्टदायी बन्यो। यी उत्पीडक राजनीतिक परिस्थितिहरूले क्रान्तिको मार्ग प्रशस्त गर्यो। फ्रान्सको अराजकपूर्ण स्थिति बारे मा भनिन्थ्यो कि "खराब व्यवस्थाको त कुनै प्रश्न नै थिएन, वास्तवमा कुनै व्यवस्था नै थिएन।"

सामाजिक कारण

फ्रान्सको समाज मूलतः सुबिधा प्राप्त वर्ग र सुबिधा अप्राप्त वर्गमा विभाजित थियो । सुविधा प्राप्त वर्गमा कुलीन तथा पादरीहरु र सुबिधा अप्राप्त वर्गमा मध्यमवर्ग, बौद्दिक वर्ग कालिगढ, व्यापारी, किसान तथा मजदुरवर्ग पर्दथे । पादरी तथा कुलीन वर्ग सबै किसिमका सुविधाबाट नजिक थिए। उनीहरूको सामाजिक स्तर उच्च ठानिन्थ्यो। भने अन्य वर्गलाई तल्लो स्तरको ठानेर उनीहरूलाई कुनै पदमा नियुक्ति गरिदैनथ्यो।

पादरी तथा कुलीन वर्ग विशेष सुबिधा उपयोग गर्दथे भने सर्वसाधारणमध्ये किसान तथा मजदूरको अवस्था एकदमै गुज्रेको थियो । स्वतन्त्र किसानको जग्गा जमिन हुन्थ्यो। यी किसानले अनेकानेक कर तिर्नु पर्दथ्यो भने अर्धदासले जागिरदारको खेतमा काम गर्नु पर्थ्यो भने स्वतन्त्र किसानले नगद तिर्नु पर्थ्यो। पादरी र कुलीन वर्ग करबाट मुक्त थिए ।

·         प्रथम स्टेट: पादरी वर्ग प्रथम स्टेट सदस्य भनिन्थे । चर्चको आफ्नो बेग्लै सरकार थियो । यसको आफ्नै सङ्गठन, न्यायलय थियो र आफ्नै आर्थिक स्रोत थियो। चर्चको उच्च पदमा कुलीन वंशको व्यक्ती नियुक्त हुन्थे र आम्दानी भोगविलास जीवन बिताउथे। साधारण पादरी दोश्रो श्रेणीका थिए। यिनीहरू इमानदार हुन्थे तर यिनीहरूको अवस्था भने एकदमै नाजुक थियो। यिनीहरूको अवस्था साधारण वर्गको जस्तो थियो। उच्च पादरीको भोग विलासपूर्ण जीवन देखेर यिनीहरू रिसले आगो हुन्थे। यिनीहरू सुधारवादी र आन्दोलनप्रती समेत जागरुक थिए। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू अग्रमोर्चामा देखा परे।

·         द्वितीय वर्ग: कुलीनवर्ग जो विशेषाधिकार सम्पन्न थियो, यसलाई फ्रान्समा दोश्रो स्टेट भनिन्थ्यो। यिनीहरूलाई मेरा मालिक (My Lord)  अन्न दाता (Your Grace) भनेर सम्बोधन गरिन्थ्यो। राजदरबारमा यिनीहरू भेला भैरहन्थे र राज्यको प्रमुख ठाँउमा यिनीहरूको नै पहुँच थियो । इङ्ल्याण्डको जस्तो जेठो छोराले मात्र कुलीन पद पाउने नभएर फ्रान्समा कुलीनका सबै सन्तान कुलीन हुन्थे। यो वर्गले आफ्नो सम्पत्ति जाँड-रक्सी, जुवा तास र भोगविलासमा सकेको थियो र धेरै कुलीन गरीब भएका थिए तर बित्थाको अधिकार प्राप्त गरेको हुनाले साधारण वर्ग यिनीहरू देखि सन्तुष्ट थिएनन्। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू प्रती कसैले सहानुभूति देखाएनन्।

·         तृतीय स्टेट : तृतीय स्टेटमा जनसाधारण वर्गसँग संबद्ध थिए जसलाई कुनै विशेषाधिकार प्राप्त थिए। यसमा मध्यम वर्ग किसान, मजदूर, शिल्पी, व्यापारी र बुद्धिजीवी मानिस थिए। यस वर्गमा पनि भारी असमानता थियो। यी सबै वर्गको आ आफ्नो समस्याहरू थिए। किसानको संख्या सर्वाधिक थियो र यीनको अवस्था निम्न र दयनीय थियो। किसानले राज्य, चर्च तथा अन्य जमीदारहरूलाई अनेक प्रकारको कर दिनु पर्थ्यो। र सामन्ती अत्याचारीलाई सहनु बाहेक अर्को बाटो थिएन। एक दृष्टिबाट किसानको असन्तोषको मुख्य कारण सामन्तद्वारा दिइने कष्ट एवं असुविधा थिए र राजतन् यसमा चुप्पी साधे हुए था। यस प्रकार किसान यति दुःखी थिए कि उनीहरू स्वयं नै एक क्रान्तिकारी तत्वको रूपमा परिणत भए र उनीहरूले क्रान्ति गर्नको लागि मात्र एक झिल्को को आवश्यकता थियो।

मध्यम बुर्जुआ वर्ग मा साहु व्यापारी, शिक्षक, वकील, डॉक्टर, लेखक, कलाकार, कर्मचारी आदि सम्मिलित थिए। उनीहरुको आर्थिक अवस्था ठीक थियो तर पनि उनीहरू तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति प्रति आक्रोशित थिए। यस वर्गलाई कुनै राजनीतिक अधिकार प्राप्त थिएन र पादरी र कुलीन वर्गको व्यवहार उनीहरू प्रति राम्रो थिएन। यस कारण मध्यमवर्ग कुलीन को सामाजिक श्रेष्ठतालाई घृणा गर्थे र राजनीतिक व्यवस्थामा परिवर्तन गरेर आफ्नो अधिकार प्राप्त गर्न इच्छुक थिए। यही कारण फ्रान्सको क्रान्ति मा उनीहरूको मुख्य योगदान रह्यो र यसै वर्गले क्रान्तिको नेतृत्व गर्यो। मध्यवर्गको केहि आर्थिक उजुरी पनि थिए। पूर्वको वाणिज्य व्यापारको कारण यस वर्गले धनसम्पत्ति आर्जन गरेका थिए तर सामन्ती वातावरणका कारण उनीहरूको व्यापारमा धेरै प्रकारको प्रतिबन्ध लागेको थियो र ठाउँ ठाँउमा चुंगी कर/ घुस दिनु पर्थ्यो । उनीहरू आफ्नो व्यापार व्यवसायको लागि उन्मुक्त वातावरण चाहन्थे। यसको लागि उनीहरूले क्रान्तिको नेतृत्व गरे।


यस प्रकार यो भन्न सकिन्छ कि फ्रान्सको क्रान्ति फ्रान्सेली समाजको दुई परस्पर विरोधी गुटको सङ्घर्षको परिणाम थियो। एक तर्फ राजनीतिक दृष्टिकोणबाट प्रभावशाली र अर्को तर्फ आर्थिक दृष्टिकोणबाट प्रभावशाली वर्ग थिए। देशको राजनीति र सरकारमाथि प्रभुत्व कायम गर्नको लागि यी दुई सङ्घर्ष अनिवार्य थियो। यस प्रकार १७८९ को फ्रान्सेली क्रान्ति, फ्रान्सेली समाजमा असमानताको विरूद्धको सङ्घर्ष थियो।

आर्थिक कारण

सन् १७७४ मा लुइ १६ औँले आर्थिक सङ्कटको बेला फ्रान्सको गद्दी सम्हाले। राज्यमा चरम घाटाको बजेट थियो र टाट पल्टने अवस्थामा पुगेको थियो। यसको कारण भनेको फ्रान्सको सात वर्षीय युद्ध र पछि अमेरिकी स्वतन्त्रता सङ्ग्राम मा सहभागी हुनु थियो जुन फ्रान्सलाई निकै महङ्गो पर्न गयो। मे १७७६ मा, अर्थमन्त्री टुर्गोटलाई हटाइयो, र नेकरलाई आर्थिक जनरल बनाइयो। त्यहाको कानुन अनुसार उनलाई आधिकारिक मन्त्री बनाउन मिल्दैनथ्यो किनभने उनी एक प्रोटेस्टेन्ट थिए।

फ्रान्सेली राज्यक्रान्ती हुनुमा फ्रान्सको जर्जर हुँदै गइरहेको आर्थिक कारण पनि थियो । मुलुक ऋणको भारले थिचिएको थियो । प्रत्येक वर्षको बजेट कैयौँ करोड घाटा भइ रहेको थियो । यो घाटा पूर्तिको लागि केवल दुईवटा उपाय थिए, नयाँ ऋण लिने या जनतामाथी थप कर लगाउने । सरकारलाई ॠण दिन जनताले पत्याउन छोडिसकेका थिए भने जनताहरू पहिला नै करको बोझले यसरी थिचिएका थिए कि नयाँ कर तिर्ने उनीहरूमा कुनै शक्ति थिएन ।


फ्रान्सको राज्य क्रान्ति हुनु अघि केही अर्थमन्त्रीहरु टुर्गोट, नेकर, केलोन आदि ले फ्रान्सको अर्थतन्त्र सुधारको विभिन्न प्रयास गरेका थिए । टुर्गोटले भू-स्वामीलाई पनि समान करको दायरामा ल्याउन चाहे तर सामन्तले यिनको विरोध गरेर रानीसँग यिनलाई हटाउन विन्ती गरे । राजा लुई सोर्हौं रानीको कुरा टाल्न सक्दैनथे परिणाम टुर्गोटलाई राजाले पदबाट हटाए । यिनी पछि नेकर नयाँ अर्थमन्त्री बने । यिनको जोड खर्च कम गर्ने कुरामा थियो । यिनले देशको आर्थिक अवस्था जनतामा प्रस्तुत गरे जसले गर्दा देशको आर्थिक अवस्था कती बिध्न नाजुक रहेछ भनेर पहिलो पटक जनताले थाहा पाए । यिनको  खर्च कम गर्ने नीतिबाट खर्चालु र विलासी रानी एन्टोनिएट प्रसन्न भइनन् । राजालाई दबाब दिएर नेकरलाई पदबाट हटाउन लगाइन्

दार्शनिकको भूमिका

फ्रान्सेली राज्यक्रान्तिमा दार्शनिकहरूको भूमिकाको सन्दर्भमा दुई मत अगाडि आउँछ – एक, दार्शनिकहरूले क्रान्तिको परिस्थितिहरूको सिर्जना गरेर क्रान्ति उत्पन्न गरे र दोश्रो क्रान्तिको स्रोत त्यस समयको राष्ट्रिय जीवनको दोषमा तथा सरकारको भूलमा थियो र दार्शनिकहरूले क्रान्ति उत्पन्न गरेका थिएनन् ।

मन्टेस्क्यु

मन्टेस्क्यु (१६८९-१७५५ ई .) ले आफ्नो पुस्तक 'द स्पिरिट अफ लज' (The Spirit of Laws ) मा राजाको दैवी अधिकारको सिद्धान्तको खण्डन गरे र फ्रान्सेली राजनीतिक संस्थाको आलोचना गरे र त्यसको विकल्प पनि प्रस्तुत गरे । उनले "फ्रान्सेली सरकार निरकुंश सरकार छ किनकी फ्रान्समा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै शक्ति एकै व्यक्ति अर्थात् राजाको हातमा केन्द्रित छ ; त्यसकारण फ्रान्सका जनतालाई स्वतन्त्रता प्राप्त भएको छैन। " यसै सन्दर्भ मा उनले “शक्तिको पृथकीकरण ” को सिद्धान्त दिए जस अनुसार शासनको तीन प्रमुख अंग-कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका को अधिकार अलग-अलग हातमा हुनु पर्ने विचार राखेका थिए । उनले इंग्ल्याण्ड सरकारलाई आदर्श बताए किनकी त्यहां संवैधानिक राजतन्त्र थियो जसमा त्यहां नागरिकलाई स्वतन्त्रता थियो । यस प्रकार मन्टेस्क्युले शक्तिको पृथकीकरणको माध्यमबाट फ्रान्सको निरंकुश राजव्यवस्था माथि प्रहार गरे। उसको यो विचार यती लोकप्रिय भयो कि 'द स्पिरिट अफ लज'को तीन वर्षमा छ संस्करण प्रकाशित भयो ।

भोल्टेयर

भोल्टेयर ( १६९४ - १७७८ ई .) ले आफ्नो पुस्तक, "लेटर्स अन द इंगलिश" आदि, को माध्यमबाट ब्रिटेनमा प्रचलित उदार राजनीति, धर्म र विचारको स्वतन्त्रताको चित्रण गरे तथा पुरातन फ्रान्सेली व्यवस्थासँग तुलना गरे र फ्रान्समा व्याप्त बिकृती एवं कमजोरीको उल्लेख गरे । प्रतिबन्धित हुनुको बाबजुद यो पुस्तक बहुत लोकप्रिय भएको थियो । भोल्टेयरले चर्चको भ्रष्ट अचारण, असहिष्णुता, अन्याय, दमन र अत्याचारको विरोधमा लेखे । चर्चको भ्रष्टता माथी औंला उठाउदै उनले लेखे "अब कोही पनि ईसाइलाई बचाउन सकिदैन किनकी एक मात्र ईसाई थिए र उसलाई पनि सुलीमा चढाइयो।" उनले थप लेखे "कुख्यात एवं बदनाम चीजलाई खुट्टाले धसिदियौँ।" यो स्पष्ट रूपमा फ्रान्सको निरंकुश राजतन्त्र एवं चर्चको अत्याचारमाथि प्रहार थियो। भोल्टेयर इंग्ल्याण्डको संवैधानिक राजतन्त्रको अनुरूप फ्रान्समा पनि त्यसै अनुसारको शासन स्थापित गर्न चाहन्थे। उनले भनेका थिए "म सयौँ मुसाको स्थानमा एक सिंहको शासन मन पराउँछु ।" भोल्टेयरले क्रान्तिको कुरा गरेनन् तर वैचारिक स्वतन्त्रताको पृष्ठभूमि तयार गरे ।

रूसो

रूसोले आफ्नो पुस्तक “एमिली”, “सोशल कन्ट्रयाक्ट” र “रूसोनी”को माध्यमद्वारा मनुष्यको स्वतन्त्रताको कुरा उठाए। उनको भनाइ थियो कि "मनुष्य स्वतन्त्र जन्मन्छ र सर्वत्र जन्जिरमा बाधिन्छ। यी जन्जिरबाट मुक्ति पाउनको लागि एक मात्र तरिका छ कि हामी प्राकृतिक आदिम अवस्था व्यवस्थामा फर्कौ। रूसोले बताए की कि सामूहिक इच्छाबाट बनेको राज्यको यो अनिवार्य तथा सार्वभौम कर्तव्य हो कि यो सम्पूर्ण समाजको सर्वोपरि मान्य हुने कार्य संचालित गरोस्। जो जसलाई कार्यपालिका शक्ति सुम्पिएको छ; उनीहरू जनताको स्वामी होईनन्, उनको कार्यकारी हो र उनका कर्तव्य जनताको आज्ञाको पालन गर्नु हो।" यस प्रकार उसलाई दृढ विश्वास थियो कि सर्वोपरि सत्ता जनताको हातमा हुन आवश्यक छ, कुनै एक व्यक्ति वा संस्थाको हातमा होईन। सार्वभौम सत्ता जनताको इच्छामा निहित हुन्छ जसलाई “जन इच्छा” (General Wills ) भनियो ।

रूसोले क्रान्तिको कुरा गरेका थिएनन् तर सबै व्यक्तिलाई स्वतन्त्र एवं समान माने र क्रान्तिको "स्वतन्त्रता, समानता र बन्धुत्व" नारा उनको विचारबाट नै प्रभावित थियो। नेपोलियनले उनको महत्त्वको स्वीकार गर्दै भनेका छन् कि "यदि रूसो नभएका भए फ्रान्समा क्रान्ति हुँदैनथयो। रूसोको "सोसल कन्ट्र्याक्ट" को लोकप्रियता को अनुमान यस कुराबाट लगाउन सकिन्छ कि एक वर्षमा यसको १३ संस्करण प्रकाशित भएको थियो।

दिदेरो

दिदेरो आफ्नो वाक्शक्ती र लेखनशक्तिको कारण प्रसिद्ध मानिन्छन् । यिनले सम्पादन गरेको इन्साइक्लोपेडियामा दासप्रथा, शासनको भ्रष्टता, निरंकुश शासनसामन्तप्रथा, समाजका विभिन्न वर्ग तथा फौजदारी कानुन बारे लेखिएको थियो जुन पुस्तक फ्रान्समा बहुत रुचाइयो । 

क्वेस्ने

क्वेस्ने अर्थशास्त्री थिए । यिनी फ्रान्सको तत्कालीन अर्थ व्यवस्था परिवर्तन चाहन्थे ।

हेलिभेरास

घटना क्रम

फ्रान्सको राज्य क्रान्तिका घटना क्रम

फ्रान्सको इतिहासमा नै सबैभन्दा संकट सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरी नै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त जीवन विताउन वाध्य हुनु नै उक्त क्रान्तिका लागि महत्त्वपूर्ण आधार बन्यो ।

स्टेट जनरलका कुलिन वर्ग, पुरोहित वर्गहरू पनि सामान्य जनताका प्रतिनिधि जस्तै राजतन्त्र विरुद्ध आक्रोसित बन्दै जानु नै राजतन्त्रको अवशान हुने अर्को मुख्य कारण थियो । अर्कोतर्फ सामान्य जनताको प्रतिनिधि भने पूरै आक्रोशित थिए  लुई सोह्रौले करिव १ सय ५० वर्ष पश्चात बढ्दो आर्थिक संकट समाधान गर्नको लागि भर्साइल स्टेट जनरलको बैठक बोलाउन वाध्य भए ।

 

स्टेट जनरल बैठक

स्टेट जनरलको स्थापना राजा फिलिपद्वारा सन् १३०४ मा भएको थियो । सन् १६१४ सम्म यसको अधिवेशन नियमित जस्तो भइरहेको थियो, तर १७५ वर्षदेखी भने कुनै अधिवेशन भएको थिएन । निर्वाचन १७८९ को बसन्त ऋतुमा भयो। साधारण वर्गको लागि मतदानको योग्यता भनेको चाहिँ फ्रान्समा जन्मेको वा वंशज नागरिक पुरुष; उमेर २५ वर्ष वा सो भन्दा बढी, मतदान हुने स्थानमा बसोबास गरेको र कर तिर्ने   गरेको हुनुपर्थ्यो । स्टेट जनरलमा कुलीन वर्गका २९१, उच्च पादरी वर्गका ३०३ र साधारण वर्गका ६१० गरी १२०१ प्रतिनिधि थिए । साधारण वर्गको प्रतिनिधित्व दोब्बर गरी ६१० पुर्याइएको थियो जसले ९५ % जनसंख्याको प्रतिनिधित्व गर्दथ्यो; ती मध्ये आधा सुशिक्षित वकिल तथा स्थानीय अधिकारी थिए; करिब एक तिहाइ उद्योग व्यापार व्यवसाय मा सम्बद्ध थिए भने ५१ जना धनी जमिनदारहरू थिए ।

स्टेट जनरलमा तीन सदनहरु थिए जसमा कुलीन वर्ग, उच्च पादरी वर्ग र साधारण वर्ग थिए । हरेक सदन बराबर एक मत मान्ने गरिन्थ्यो र जुनसुकै प्रस्ताव दुई मत भएपछी पारित हुन्थ्यो तर यहाँ साधारण वर्गले जनताको भलाईको लागि लिएर जाने जुनसुकै प्रस्ताव पनि कुलीन वर्ग र उच्च पादरी वर्ग मिलेर त्यसलाई असफल पारिदिन्थे ।
राजाले भर्साइल स्टेट जनरलका ३ वटै तप्का कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनताका प्रतिनिधीहरूसँग "राष्ट्रको आर्थिक संकटको समाधान गर्ने उपाय खोज्न चाहन्थे । उनको उक्त भर्साइल स्टेट जनरलका बैठकमा प्रस्तावित एजेण्डाहरु मध्येको प्रमुख एजेण्डा राष्ट्रमाथिको बढेको ऋणलाई कसरी चुक्ता गर्ने ? र अर्थ व्यवस्था कसरी सुदृढ गर्ने ?" भन्ने थियो ।

उक्त वैठकमा सामान्य जनताका प्रतिनिधिहरु नै लगभग एघार सयको संख्यामा भएकाले उक्त आर्थिक संकटका विरुद्ध, राजा विरुद्ध बढी नै आक्रोशित भए । सामान्य जनताका वकिल र वुद्धिजीवी प्रतिनिधिहरूले राजाका विरुद्ध विभिन्न आरोप लगाउँदै जनताका आवाज उठाएका थिए । ४ मे १७८९ मा सुरु भएको स्टेट जनरलको बैठकमा लगभग २ महिना बहस भएको थियो । यो अधिवेशन नै क्रान्तिको आमन्त्रण भयो ।

साधारण वर्गका प्रतिनिधिले स्टेट्स जनरलका सम्पूर्ण प्रतिनिधिको बैठक बेग्ला बेग्लै नगरी संयुक्त रूपमा एकै सभा भवनमा गरिनु पर्ने र संयुक्त प्रतिनिधिको बहुमतद्वारा कुनै पनि निर्णय पारित गर्नु पर्ने कुरामा जोड दिए किनकी यसले मान्यता पाउनासाथ स्टेट्स् जनरलमा उनीहरूको बहुमत हुने थियो । यसको खतरा प्रथम र द्वितीय वर्गका कुलीन र पादरी वर्गलाई राम्रोसँगले थाहा थियो, त्यसैले उनीहरूले यो कुराको कडा विरोध गरे । र पहिला झैं तीन सदनमा दुई सदनको मत पाएर प्रस्ताव पास गर्ने कुरामा जोड दिन थाले । लगभग महिना दिन सम्म यसको बारेमा छलफल भयो । जून ३ मा पादरीवर्गका तीन सदस्य साधारण वर्गमा मिल्न गए र साधरण वर्गका प्रतिनिधिहरूले १७ जून १७८९ मा राष्ट्रिय सभा (National Assembly)को निर्माण गर्ने घोषणा गरे । जुन अत्याधिक मतले पास भयो । उनीहरूको राष्ट्रिय सभाको स्थापना गरेर फ्रान्समा सुधारका कार्यक्रम ल्याउने घोषणा भयो ।

टेनिस कोर्टको सपथ

सामान्य जनताका प्रतिनिधिहरूले लगभग ९६ प्रतिशत स्थान ओगटेकोले जनताको एजेण्डालाई बहुमतद्धारा पारित गर्न चाहन्थे । २० जूनमा राष्ट्रिय सभाका सदस्यहरू बैठक गर्नको लागि सभा भवन तिर गए तर त्यहाँ ढोकामा ताल्चा लगाइएको थियो र सिपाहीहरू पहरा दिइरहेका थिए। त्यो सभा गर्न नदिने योजनाको परिणाम थियो। सभाघर नजिकै टेनिसकोर्ट थियो। सामान्य जनताका निस्काशित प्रतिनिधिहरूले एउटा टेनिस कोर्टको हलमा बैठक सञ्चालन गर्न वाध्य भए। साधारण वर्गका ५७७ जना मध्ये ५७६ सदस्य त्यहाँ उपस्थित थिए। बेलीको अध्यक्षतामा त्यहाँ एउटा सभा भयो र मोनियरले एउटा सपथको प्रस्ताव राखे।

उक्त बैठकमा फ्रान्सको आर्थिक, सामाजिक र राजनीतिक क्रान्ति गरी नयाँ संविधान जारी नगरेसम्म पछि नहट्ने सपथ खाए। सामान्य जनताका प्रतिनिधिहरूको क्रान्तिकारी निर्णय थाहा पाएपछि लुई १६ औँ राजाले उनीहरू विरुद्ध कडा कारवाही गर्ने चुनौतिपूर्ण धम्की दिए। त्यसको बदलामा सामान्य जनताका प्रतिनिधिहरूले राजालाई त्यस्तै धम्की दिँदै भने कि “संगिनको धारबाट सक्छौ भने हामीलाई हटाउ” । उक्त धम्की पछि लुई सोह्रौ डराए

अब राजाको केहि उपाय चलेन र उनले राष्ट्रिय सभालाई मान्यता प्रदान गरे र सबै वर्गका प्रतिनिधिहरु मिलेर कुनै पनि निर्णय बहुमतले गर्ने घोषणा गरे। राष्ट्रिय सभाले मान्यता पाएपछी साधारण वर्गका प्रतिनिधिको शक्ति बढ्यो किनकी उनीहरू बहुमतमा थिए।  

अर्थमन्त्री नेकरको बर्खास्त

यसपछि साधारण वर्गका प्रतिनिधिहरूले राष्ट्रिय सभामा प्रस्ताव पास गरेर विशेषाधिकार खत्तम पार्ने र उनीहरूमाथी पनि कर लगाउने योजना गर्न थाले । यो योजना बुझेपछी विशेषाधिकार वर्गका प्रतिनिधिहरूले रानी एन्टोनिएट, राजाका भाइ काउण्ट आर्तोसद्वारा राजालाई दबाब दिएर राष्ट्रिय सभा भङ्ग गर्ने र क्रान्तिकारीलाई दमन गर्न विदेशी सैनिकको सहयोग लिने कुरामा सहमत गराए । राजाले पनि जुलाई १७८९ मा पेरिस र भर्साइलमा स्वीस र प्रसियन सेना सैनिक डफ्फा तैनाथ गराए । राजाको यो कदमको विरोध गर्दै साधारण वर्गका राष्ट्रिय सभाका प्रतिनिधिले विदेशी सैनिक हटाउन अनुरोध गरे । तर उनीहरूको कुराको सुनुवाई हुनु त कता हो कता कुलीन र पादरीलाई पनि करको दायरामा ल्याएर राज्यको अर्थव्यवस्था ठीक पार्नुपर्छ भन्ने अर्थमन्त्री नेकरलाई पदबाट हटाए ।

लुई सोह्रौले आफ्नो प्रधानमन्त्री नेकरलाई ती सामान्य जनताका प्रतिनिधिहरु विरुद्ध कारवाही गर्नु भनी आदेश दिए । राजाको आदेश नेकरले कार्यान्वयन गर्न नसकेपछि उनलाई मन्त्रीवाट नै बर्खास्त गरेका थिए ।

फ्रान्सको राज्य क्रान्तिका सङ्घर्षहरु

पेरिसमा जनविद्रोह

पेरिसमा भोका नाङ्गा मानिसहरू सहित विशाल जनसमूहको भीड जम्मा भएको थियो । सर्वसाधारण प्रति सहानुभूति राख्दै विशेषाधिकारवालालाई पनि समान करको दायरामा ल्याउन चाहाने अर्थमन्त्री नेकरलाई राजाले पदच्यूत गरेको समाचार पुगेपछी पेरिसमा रहेको जनसूहमा उत्तेजना फैलियो ।

१२ जुलाई १७८९ मा पेरिसको एउटा सरकारी बगैंचामा भेला भएको भीडलाई एक पत्रिका सम्पादक कोमाइलले चिच्याउदै -"छिटो गरौं भाइ हो, अब एक क्षण पनि नष्ट गर्नु हुन्न । राजाले हाम्रा प्रिय अर्थमन्त्री नेकरलाई पदच्यूत गरे । उनको यो पदच्यूत देशभक्तहरूको लागि खतराको घण्टी हो । अब जर्मन तथा स्वीस सैनिकहरूले हामीलाई मार्नेछन् । अब हामी सँग एउटामात्र बाटो छ, त्यो हो हतियार उठाउनु । अब हामी हतियार उठाउँ । हतियारबाट सुसज्जित भएर मात्र हामी आफ्नो र आफ्ना प्रतिनिधिको रक्षा गर्न सक्दछौं । "

यो भाषणले भीड झनै उत्तेजित भयो। मानिसहरु नारा लगाएर कुलीन र पादरीका घरमा पसेर लुटपाट गर्दै र हतियार भेला पार्दै पेरिसका सडकमा घुम्न थाले। १८ जुलाई सम्ममा यो भीडले २ तोप, ३२,००० बन्दुक ५२००० भाला र अरु थुप्रै स-साना हतियार भेला पार्यो ।

बेस्टाइल कब्जा

यसपछी हतियार भेला गर्ने भोक जागेको यो भीड १४ जुलाईमा बेस्टाइलको किल्लातिर गयो, जुन पेरिसबाट तीन माइल टाढा थियो । यो किल्लामा राजनैतिक बन्दी थिए जसलाई राजाले बिनाकारण थुनेर राखेका थिए ।

बेस्टाइललाई जनसमूहले घेरेपछी भीषण भिडन्त भयो । बेस्टाइल किल्लाका गभर्नर डि लानी थिए । डि लानीले आफ्नो गोलाबारुद सकिएपछी आत्मसमर्पण गरे तर डि लानी र उनका सैनिक जनताद्वारा मारिए । बेस्टाइलको किल्ला ध्वस्त गरेर राजबन्दीलाई मुक्त गरियो ।

बेस्टाइलको पतन एक युगान्तकारी घटना थियो जुन निरंकुशताको पतन एवं जनताको विजयको प्रतीक थियो। वास्तवमा यो क्रान्तिको उद्घोष थियो र यसकारण फ्रान्समा १४ जुलाई लाई स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ।

राजा र जनताका बीचमा यस क्रममा नै सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा भिषण सङ्घर्ष भयो । राजा उक्त सङ्घर्षमा पराजित हुदै जान थाले पछि वर्खास्त गरिएका प्रधानमन्त्रीलाई पुनःस्थापना गर्दै जनता समक्ष माफी माग्दै उक्त क्रान्तिलाई मान्यता दिन वाध्य भए । कुलिन वर्ग र पादरी वर्गका प्रतिनिधिहरूले समेत जनताका प्रतिनिधिहरूलाई समर्थन गर्न वाध्य भएका थिए । उक्त क्रान्ति मार्फत राजतन्त्र समाप्त भयो र केही समय पछि राजालाई माफ माग्न लगाएर संवैधानिक राजाको रूपमा पुनःस्थापना गराए । सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरूमा विभिन्न कम्युन निर्माण गरिए र उक्त कम्युनहरूको एउटा छाता सङ्गठन फेडेरेसन बनाइयो ।

संविधान

उक्त क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ प्रत्येक नागरिकहरूको मुखबाट कठस्त सुनिन्थ्यो । ‘यहाँबाट स्वतन्त्र धर्तीको सुरुवात हुन्छ’ भन्ने नारा देशका विभिन्न भागहरूमा टाँगिएको थियो । क्रान्ति पछिको निर्मित संविधानमा लेखिएको वाक्याशं ‘डिक्लेरेसन अफ दि राइटस अफ म्यान एण्ड दि सिटिजन (फ्रान्सेली भाषामा  Déclaration des droits de l'homme et du citoyen de 1789) (अङ्ग्रेजी भाषामा The Declaration of the Rights of Man and of the Citizen) झनै चर्चित थियो । सबै नागरिक जन्मले बराबर हुन्छन्, अधिकार सबैका लागि बराबर हुन्छ ।

उक्त संविधानमा फ्रान्सका राजा एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको केवल सेवक हो भन्ने कुरा उल्लेख गरिएका कारण फ्रान्स एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको रूपमा रुपान्तरण हुन पुग्यो । क्रान्ति पछिको क्रान्तिकारी सरकारले भू–कर, व्यक्तिगत सम्पति माथिको कर, उद्योग तथा व्यापारका लागि लाइसेन्स आदि जस्ता कदम अगाडि सार्दै जनताका कामहरु अगाडि बढाउँदै लगे। यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरूमा षड्यन्त्र गर्न थाले पछि लुई सोह्रौ राजालाई अन्ततः मृत्युदण्ड नै दिनु पर्यो ।

क्रान्तिको विभिन्न चरणहरू

'''फ्रान्सेली राज्यक्रान्ति''' विभिन्न चरण हुदै गयो । अध्ययनको सुविधाको दृष्टिले क्रान्तिलाई निम्नलिखित चार चरणमा विभाजन गरेर हेर्न सकिन्छ।

चरण

समय अवधि

शासन व्यवस्था

प्रथम चरण

१७८९-१७९२ ई.

संवैधानिक राजतन्त्रको समय

द्वितीय चरण

१७९२-१७९४ ई

उग्र गणतन्त्रवादको समय

तृतीय चरण

१७९४-१७९९ ई.

उदार गणतन्त्रवादको चरण

चतुर्थ चरण

१७९९-१८१४ ई.

तानाशाही एवं साम्राज्यवादी समय

प्रथम चरण

यस चरणमा पेरिसको भीडले बेस्टाइल किल्ला कब्जा नियन्त्रण स्थापित गर्यो। यस प्रकार क्रान्तिको शुरूआत भयो । वस्तुतः बेस्टाइल किला निरंकुशता एवं अत्याचारको प्रतीक थियो र यसको पतनबाट पुरातन व्यवस्थालाई गहिरो चुनौती आयो। यस घटनाको प्रभाव फ्रान्सको ग्रामीण क्षेत्रमा पनि पर्यो र ग्रामीण क्षेत्रमा सामन्ती कर सम्बन्धी अभिलेखहरूलाई आगो लगाइयो, जलाइयो। जनताको यस कारबाहीको राष्ट्रिय सभामा पनि गहिरो असर पर्यो। अतः ४ अगस्ट १७८९ रात भर चलेको राष्ट्रिय सभाको अधिवेशनले कानून निर्माण गरी सबै प्रकारको विशेषाधिकारहरू समाप्त गर्यो। राष्ट्रिय सभाको महत्त्वपूर्ण कार्य- एक संविधान निर्माण गर्नु थियो। अतः राष्ट्रिय सभालाई नै संविधान सभा भनियो र २६ अगस्ट १७८९ मा संविधान सभाले मानवाधिकारको घोषणा गर्यो ।

मानवाधिकारको सीमा

संविधान सभाले आफ्नो आदर्श तथा उद्देश्यको रूपमा मानवाधिकारको घोषणा गर्यो। यस घोषणामा समानताको सिद्धान्तलाई बल दिइयो "सबै मनुष्य समान रूपमा पैदा हुन्छन्, अतः सबैलाई समान अधिकार मिल्नुपर्छ।" भन्ने उल्लेख थियो। यी अधिकारहरूमा स्वतन्त्रता, सम्पत्ति सुरक्षा तथा अत्याचारको विरोध गर्ने अधिकार आदि थिए। यस प्रकार संविधान सभाले आधारभूत सिद्धान्त, स्वतन्त्रता, समानता र जनताको प्रभुत्वको घोषणा गर्यो। सम्पत्ति अधिकारलाई घोषणा पत्रमा पटकपटक दोहोर्याइयो । यस अधिकारबाट कसैलाई बञ्चित गर्न सकिदैन थियो ।

चर्चमाथि नियन्त्रण

राष्ट्रिय संविधान सभाले चर्चको सम्पत्ति जफत गर्‍यो र जनतामाथी चर्चको नियन्त्रण कम गर्ने प्रयास गर्‍यो । यस सन्दर्भमा चर्चलाई राज्यको अधीनमा ल्याइयो र चर्चलाई रोमको पोपको प्रभावबाट मुक्त गरी राष्ट्रिय चर्चको रूपमा स्थापित गरियो ।

राज्य प्रति पादरिको वफादारी सुरक्षित गर्नको लागि "सिभिल कन्स्टिच्युसन अफ क्लर्जी" बनाइयो। जसअनुसार पादरिहरूले राज्य प्रति निष्ठाको शपथ ग्रहण गर्नु पर्थ्यो र जनताद्वारा चुनिनु पर्थ्यो। पोप र केहि पादरीहरूले यस कदमको  विरोध गरे । जुन पादरिहरूले राज्य प्रति निष्ठाको शपथ ग्रहण गरे उनीहरूलाई “ज्यूरर” भनिन्थ्यो भने शपथ नलिनेलाई “नन- ज्यूरर” भनिन्थ्यो । यस कानुनबाट क्रान्तिको विरूद्धमा एक माहोल सिर्जना हुन थल्यो किनभने अहिलेसम्म साना पादरीहरूले क्रान्तिको समर्थन गरेका थिए । अब उनीहरू यसबाट अलग भए र केहि पादरी देश छोडेर विदेश गए र त्यहाँ युरोपमा क्रान्तिको विरूद्ध प्रचार-प्रसार गर्न थाले ।

संविधान निर्माण

राष्ट्रिय संविधान सभाले फ्रान्सको लागि लिखित संविधान बनायो र यस संविधानलाई  १७९१मा  लुई सोह्रौले आफ्नो स्वीकृति दिए । संविधानमा दुई वटा कुराहरु महत्त्वका साथ लेखिएको थियो l

·         एक, राज्यको सार्वभौम शक्ति जनतामा निहित छ

·         दोश्रो, शक्तिको पृथकिकरण राज्य एवं जनताको हित हुनेछ ।

यद्यपि शासन प्रणाली राजतन्त्रात्मक नै रह्यो तथापी राजाको अधिकारहरु सीमित गरिएका थिए। अब राजा कानुन निर्माता रहेनन् । राजालाई कुनै देशसँग  युद्ध वा सन्धि गर्ने अधिकार थिएन । कानून बनाउने अधिकार एक व्यवस्थापिका सभालाई दिइयो र उक्त सभाको सदस्य संख्या ७४५ थियो। व्यवस्थापिका सदस्य निर्वाचनको लागि नागरिकहरूलाई सक्रिय र निष्क्रय दुइ भागमा विभाजन गरियो र मताधिकार केवल सक्रिय नागरिकलाई दिइयो। सक्रिय नागरिक २५ वर्ष भन्दा अधिक आयुको नागरिक थिए जो राज्यलाई तीन दिनको आय बराबरको प्रत्यक्ष कर तिर्थे जबकि निष्क्रिय नागरिकमा गरिबहरु थिए ।

राष्ट्रिय सभाले फ्रान्सको प्रशासनिक संरचनामा व्यापक परिवर्तन गर्‍यो । प्राचीन प्रान्तलाई हटाएर सम्पूर्ण देशलाई ८३ डिपार्टमेन्ट (Departmants) मा विभक्ति गरियो । यी डिपार्टमेन्टहरूलाई Cantan Commune मा विभाजन गरियो । प्रत्येक ईकाईको शासनको लागि निर्वाचन परिषद् हुन्थ्यो जसको चुनाव सक्रिय नागरिक गर्थे । यस प्रकार स्थानीय स्तर देखी केन्द्रीय स्तर सम्म पुरै राज्य व्यवस्था बुर्जआ वर्गमा आयो ।

दोस्रो चरण

राष्ट्रिय सभा भंग भए पश्चात् सन् १७९१ मा ७४५ सदस्यीय व्यवस्थापिका सभा (Legislative Assembly) अस्तित्वमा आयो । यस व्यवस्थापिका सभामा सभामुख /अध्यक्षको दाहिने हात तिर बस्नेलाई 'दक्षिणपन्थी' भनियो । उनीहरू अनुदार एवं राजतन्त्रको समर्थक थिए जबकि वायाँ तिर बस्नेलाई  'वामपन्थी' भनियो र यस समुह मूल परिवर्तनवादिहरु (Redicals) थियो जो उग्र र क्रान्तिकारी थिए । रेडिकल्स पनि दुई वर्गमा विभाजित थिए - जिरोन्दिस्ट  ज्याकोबियन

यसैबीच फ्रान्सको क्रान्तिको भय युरोपका अन्य देशहरूमा समेत फैलन लाग्यो। जो पादरी एवं कुलीन वर्ग फ्रान्सबाट भागेर युरोपका अन्य क्षेत्रहरूमा पुगेका थिए उनिहरूले क्रान्तिको विरूद्ध भावना फैलाए। अर्को तर्फ फ्रान्सका क्रान्तिकारी अन्य देशमा पनि क्रान्तिकारी सिद्धान्तको प्रचार-प्रसार गर्न चाहन्थे। फलतः युरोपका अन्य राजा सशंकित भए। परिणामस्वरूप क्रान्तिकारी फ्रान्स र युरोपका अन्य देशहरू सङ्ग आपसी सम्बन्ध चिसो भयो । आस्ट्रियाले क्रान्तिकारीहरूले आग्रह गर्दा गर्दै पनि फ्रान्सको राजतन्त्र समर्थक शरणार्थीहरूलाई शरण दियो । अतः व्यवस्थापिका सभाले अप्रिल १७९२ ई मा अस्ट्रिया विरूद्ध युद्धको घोषणा गर्‍यो, किन्तु फ्रान्सको सेना नराम्रो सँग पराजित भयो । यस पराजयले  फ्रान्सको जनतालाई विश्वास भयो कि राजाले अष्ट्रियालाई फ्रान्सको सैन्य शक्ति र सुरक्षाको सबै भेद बताइदिए । अतः राजा प्रति जनताको रवैया उग्र भयो। यो स्थितिमा फ्रान्सेली राजतन्त्रको समर्थनमा प्रसा र आस्ट्रियाले चेतावनी दिदै घोषणा गरे कि "फ्रान्सको जनता राजाको आज्ञा पालन गरुन् अन्यथा हामी उनीहरू विरूद्ध कारवाही गर्छौ।" यस प्रकार फ्रान्सको क्रान्तिले युरोपमा युद्धको स्थिति उत्पन्न गर्‍यो ।

यस घोषणाबाट फ्रान्सका जनता झनै उग्र भए र जनाताले राजालाई घेरे। राजा भागेर व्यवस्थापिका सभाको शरणमा पुगे। अब व्यवस्थापिका सभा भंग गर्ने ; पुनः चुनाव गर्ने, नयाँ व्यवस्थापिका सभा बनाउने र राजतन्त्रको भविष्यमाथि आफ्नो  निर्णय दिने बहस चल्न थाल्यो। यसैको साथ व्यवस्थापिका सभा समाप्त गरियो र वयस्क मताधिकारको आधार परमा राष्ट्रिय कन्भेन्सनको गठन भयो ।

नेशनल कन्भेन्सन

२१ सेप्टेम्बर १७९२ मा नेशनल कन्भेन्सनको प्रथम अधिवेशन भयो । यसमा ज्याकोबियन एवं जिरोन्दिस्त दल प्रमुख थिए । ज्याकोबियन अनुशासित र संगठित थिए। पेरिसको भीडमाथी यिनको प्रभाव थिए। यसमा प्रमुख नेता - दांतेरबस्पियर, हीटर आदि थिए। अर्को तर्फ जिरोन्दिस्त थिए - उनीहरू शिक्षित र सुसंस्कृत थिए । उनीहरूमा किताबी ज्ञान अधिक थियो । फलतः उनीहरू  व्यावहारिक राजनीतिज्ञ बन्न सकेनन् । प्रमुख नेताहरूमा - इस्नार, म्याडम रोलां, ब्रिसो आदि थिए। यो दुबै समुह गणतन्त्रको हिमायती थिए, विदेशी शक्तिहरु विरूद्ध युद्धको समर्थन गर्थे। अन्तर केवल पर्टिको स्वरूपको थियो। वस्तुतः जिरोन्दिस्तहरूले फ्रान्समा उदारवादी स्थान ग्रहण गरे। उनीहरू "क्रान्ति निकै अगडी गैसक्यो र यसको अन्त हुनुपर्छ।" भन्ने मान्थे। उनीहरू अधिक सामाजिक समानताको विरूद्ध थिए । उनीहरू समानाताको साटो स्वतन्त्रतामा अधिक जोड दिन्थे । उता ज्याकोबियनहरु समानता माथी अधिक जोड दिन्थे तथा निम्न वर्गप्रति सद्भावपूर्ण व्यबहार गर्थे।

नेशनल कन्भेन्सनको कठिनाइ

विदेशी आक्रमण, राजाको उपस्थिती र गृहयुद्ध गरेर नेशनल कन्भेन्सनको सामु तीन प्रमुख समस्याहरु थिए l  

 सेप्टेम्बर १७९२ मा फ्रान्स्सेली सेनाले बेल्जियममाथी अधिकार कायम गर्‍यो र दक्षिणमा निस र सेवय पनि फ्रान्सको अधिकारमा आयो । यी विजयबाट हल्याण्ड, अस्ट्रिया, प्रशा र इंग्ल्याण्ड डराए । क्रान्तिकारिहरूले १७९२ मा " फ्रान्सको गणतन्त्र स्वतन्त्रता, समानता र बन्धुत्वको भावनामा आधारित छ र यी भावनाहरूको प्रचार- प्रसार गर्नु उनीहरू आफ्नो कर्तव्य सम्झन्छन् । फ्रान्सेलिहरुले  जुन जुन क्षेत्रमा आधिपत्य कायम गरे त्यहाँ क्रान्तिकारी सिद्धान्त लागू गर्नेछ र पादरी र कुलीनहरूको  सम्पत्ति जफत गरिनेछ र जो सुकैले विरोध गर्छ उसलाई क्रान्तिको शत्रु मानिनेछ ।"भनेर  घोषणा गरे l

यस घोषणाबाट युरोपको निरंकुश राजतन्त्री देशहरू भयभीत भए र अब फ्रान्सको क्रान्ति फ्रान्सको नभएर पुरै युरोपको भयो। अतः युरोपीय देश क्रान्तिको प्रचार-प्रसार रोक्न एकजूट भए र इंल्यान्ड, हल्याण्ड, अस्ट्रिया, प्रशाको एक गुट फ्रान्सको विरूद्ध निर्माण भयो। यस गुटले कयौँ युद्धक्षेत्रमा फ्रान्सलाई पराजित गर्‍यो। फलतः विदेशी युद्धमा फ्रान्सको पराजय नेशनल कन्भेन्सन  समक्ष एक मुख्य समस्या बन्यो।

नेशनल कन्भेन्सनले एक प्रस्ताव पारित गरेर राजतन्त्र समाप्त गर्‍यो र गणतन्त्र स्थापना गर्‍यो । राजामाथी देशद्रोहको मुद्धा चलाइयो र मृत्युदण्डको सजाय दिइयो । राजाको मृत्युदण्डको सवालामा जिरोन्दिस्तहरूको नीति स्पष्ट थिएन। उनीहरू राजतन्त्रको विरोधी त थिए तर मृत्युदण्डको सवालामा जनमत सङ्ग्रहको कुरा गरिरहेका थिए । यस विपरीत ज्याकोबियन्सको यो मत थियो कि "राजाको देशद्रोह सिद्ध भैसक्यो। अतः उनलाई मृत्युदण्ड तत्काल दिनुपर्छ ।" अन्ततः २१ जनवरी १७९३ मा लुई १६औँ लाई फाँसी दिइयो ।

आतंकको राज्य

नेशनल कन्भेन्सनको सामु ज्याकोबियन र जिरोन्दिस्तहरूको बीच सङ्घर्षको समस्या पनि देखा पर्‍यो । वस्तुतः युद्धको कारण फ्रान्स आर्थिक संकटबाट गुज्रिनु पर्‍यो, मुल्यवृद्धी बढ्यो जसबाट कन्भेन्सनले राहत दिनको लागि  विधान बनायो, धनीसंग कर उठाउने नियम बनाइयो । यी कदमहरु जिरोन्दिस्तहरूले विरोध गरे । जब ज्याकोबियनाहरूले पेरिसको भीड र कम्यूनको सहायताले कन्वेंशनमाथी आक्रमण गरी सत्ता कब्जा गरे र जिरोन्दिस्तहरूलाई गिरफ्तार गरी आतंकको राज्य reign of terror को स्थापना भयो।

'आतंकको राज्य' स्थापनाको साथ फ्रान्स फेरी एक पटक पुनः अव्यवस्थाको शिकार भयो । म्याक्समिलन रबस्पियरको नेतृत्वमा यसको स्थापना भएको थियो । यसमा क्रान्तिकारी, जनसुरक्षाको स्थापना गरिएको थियो र जो कोहीले ज्याकाबिन्सको विरूद्ध काम गर्थ्यो उसलाई मृत्युदण्डको सजाय दिइन्थ्यो । रबस्पियर रूसोको विचारधाराबाट निकै प्रभावित थिए । जस अनुसार “सामान्य इच्छा” (जनरल विल)नै  सार्वभौमिक इच्छा हो । रबस्पियरले सत्तामा नियन्त्रण राख्नको लागि विरोधीहरूलाई  “जिलेटिन/ गिलेटिन(फाँसी)मा शीर छेदन गरे । अतः सबै व्यक्ति आफ्नो जीवनको आयु कती होला भनेर सशंकित रहन्थे ।

सन् १७९३ मा एउटा प्रस्ताव पास गरेर जेकोबिनद्वारा जिरोन्दिस्टका नेतालाई कन्भेन्सनबाट निकालिएको थियो जसको दक्षिण फ्रान्समा भयङ्कर विरोध भयो तर त्यसलाई क्रुरतापुर्वक दवाइयो । यस्तै लिऔं  शहरका बासिन्दाले विद्रोह गर्दा कन्भेन्सनले यसको पनि कठोरतापूर्वक दमन गर्‍यो । यो दमनमा विशाल सैनिक शक्तिको प्रयोग गरियो । सामन्तका घरहरु नष्ट गरिए । ३,५०० भन्दा बढी समाइए र लगभग २,००० जनालाई मारियो ।

बेन्दी

 जिरोन्दिस्ट दल तथा राजतन्त्रवादीहरूको अखडा थियो । यो शहरका बासिन्दाले गणतन्त्रविरुद्ध विद्रोह गरे । यहाँ कन्भेन्सनले केरियार नामक व्यक्तीलाई दमनको लागि पठायो । यिनले क्रुरताको परिचय दिए । मानिसलाई लाईनमा राखेर गोली ठोकियो र आइमाई, केटाकेटीलाई नदिमा बगाइयो । अन्ततः जुलाई १७९४, मा रबस्पियरलाई कैद गरियो र फाँसी दिइयो । यसैको साथ साथ आंतकको राज्य पनि समाप्ति भयो।

आतंकी राज्य पछि 'थर्मिदोरियनको प्रतिक्रिया' (Thermidorian reaction) भयो। उदारवादी थर्मिदोरियन नेताहरूले देशको सत्ता सम्हाले र आंतक राज्यको व्यवस्थाहरूलाई भंग गरियो, ज्याकोबियन्सलाई अवैध घोषित गरियो। आंतकी शासनको दौरान लगाइएको मूल्य तथा पारिश्रमिक माथिको नियन्त्रण उठाइयो। यसबाट मूल्य फेरि बढ्न थाल्यो, सट्टेबाजहरूको प्रभाव बढ्यो र प्रतिक्रिया स्वरूप विद्रोह हुन लाग्यो तर यी विद्रोहहरूलाई दबाइयो ।

नेशनल कन्भेन्सनको कार्य

1.   राष्ट्रिय शिक्षा नीति लागू गरियो र फ्रेन्च राष्ट्रभाषा घोषित गरियो ।

2.   दास प्रथा समाप्त गरियो तथा ऋण चुक्ता नगर्ने माथि हाल्ने सम्बन्धी कानुन समाप्त गरियो ।

3.   जेठो पुत्रलाई नै उत्तराधिकार दिने कानुन समाप्त गरी पारिवारिक जीवनमा समानता स्थापित गरियो ।

4.   राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना दिवस देखी एक नयाँ पात्रो पञ्चाङ्ग पंचाग (२२ सेप्टेम्बर १७९२) लागू गरियो

5.   नाप मापन तौलको नयाँ पद्धति ग्राम, लिटरमिटर शुरू गरियो ।

6.   कालोबजारी रोक्न  रासनिङ व्यवस्था लागू गरियो।

7.   मुआब्जा दिने नीति समाप्त गरियो। धनीहरूलाई आयकर तथा युद्धकर लगाइयो ।

8.   धर्मको मामिलामा राज्यले धर्मनिरपेक्ष घोषित गर्‍यो र पादरीलाई कुनै मान्यता दिइएन ।

तृतीय चरण /“डाइरेक्टरी” शासन (१७९५-१७९९)

२२ अगस्ट १७९५ मा कनभेन्सनले नयाँ संबिधान पारित गर्यो । फ्रेन्च जनमत सङ्ग्रहले यो दस्तावेजलाई अनुमोदन गर्यो । यसको पक्षमा करिव १०,५७,००० मत आएको थियो भने विपक्षमा ४९,००० मत परेको थियो। मतदानको नतिजाको घोषणा २३ सेप्टेम्बर १७९५ मा भयो, नयाँ संबिधान २७ सेप्टेम्बर १७९५ देखि लागु हुने भयो । नयाँ संविधान ले द्वि-सदनात्मक व्यवस्थापिका सहितको डाइरेक्टरी को सिर्जना गर्यो।

डाइरेक्टरी” शासन वस्तुतः नेशनल कन्भेन्सनले एक संविधान निर्माण गरी कार्यपालिकाको उत्तरदायित्व ५ सदस्यीय निर्देशनालय “निर्देशक मण्डल” लाई सुम्पिइयो । निर्देशनालयको सबै सदस्यहरूको अधिकार बराबर थियो । प्रत्येक सदस्य पटक -पटक गरी तीन महिनाको लागि अध्यक्ष हुन्थे। प्रत्येक वर्ष एक सदस्य कार्यकाल समाप्त हुन्थ्यो र उनको साटो दोश्रो सदस्यको नियुक्ति हुने गर्थ्यो । यस प्रकार नेशनल कन्भेन्सन पछि फ्रान्समा डाइरेक्टरी शासन शुरू भयो जुन सन् १७९५ देखी १७९९ सम्म चल्यो । अन्तमा नेपोलियनले डाइरेक्टरी  शासनको अन्त गरे। डाइरेक्टरीको यो शासन अव्यवस्थित, दुःखमय रह्यो । सञ्चालक मण्डललाई सशस्त्र सेनाको नियन्त्रण एवं सेनाध्यक्ष र जनरलको नियुक्ति, फ्रान्सको तर्फबाट सन्धि तथा युद्धको घोषणा गर्ने अधिकार थियो । संचालक मण्डलको सामु प्रमुख समस्या युद्धको समस्या थियो, अर्को तर्फ डाइरेक्टरी सदस्यहरु अनुभवहीन, अयोग्य तथा भ्रष्ट थिए । अतः डाइरेक्टरीको शासन कालमा विभिन्न प्रकारको गडबडी फैलियो, व्यापार ठप्प भयो र विदेश नीति पनि कमजोर रह्यो । यस्तो स्थितिमा फ्रान्सका जनता एक यस्तो शासक (नेतृत्व)को आवश्यकता महसुस गएइरहेका थिए जो देशको आन्तरिक र बाह्य शान्ति र सन्तुलन मिलाउन सकोस् तथा विदेशी शक्तिलाई परास्त गर्न सकोस् । यस कालमा नेपोलियनले सैन्य विजयद्वारा फ्रान्सको सम्मान प्रतिष्ठा स्थापित गरे र अन्ततः डाइरेक्टरी  शासनको अन्त गरेर सत्तामा आफ्नो नियन्त्रण स्थापित गरे।

चौथो चरण

१७९९ मा नेपोलियनले डाइरेक्टरी (निर्देशनात्मक ) शासन अन्त गरे र फ्रान्सका प्रथम (सल्लाहकार ) काउन्सीलर बने र १८०४ ई. मा उनले आफैलाई सम्राट घोषित गरे पश्चात  नेपोलियनको तानाशाही साम्राज्यवादी शासनको शुरूवात भयो ।

फ्रान्सेली क्रान्तिकारी युद्ध

मे १७९२ देखि जुन १८१५, फ्रान्स लगभग निरन्तर ब्रिटिस र अन्य मुख्य शक्तिको परिवर्तित सङ्गठन विरुद्ध युद्धमा संलग्न भयो । यो युद्धमा भएको फ्रान्सको धेरै सफलता/ विजयले फ्रान्सेली क्रान्तिको विचारधारा छिमेकी देशहरू र युरोप भरि फैलियो । तर, १८१४ (कतै कतै  १८१५) मा नेपोलियनको आखिरी पराजयले प्रतिक्रिया ल्यायो जसले फ्रान्स र युरोपमा केहि- तर सम्पूर्ण होइन- क्रान्तिकारी उपलब्धीहरू ल्यायो। बुर्बोनहरू राजगद्दीमा पुनर्स्थापित भए, लुई सोह्रौ को भाइ लुइस अठारौको नाममा राजगद्दीमा बसे।

परिणाम

·         संसारलाई प्रजातन्त्र पाठ सिकाउदै मानवता, स्वतन्त्रता र समानताको नारा दिई प्रजातान्त्रिक आदर्शको घोषणाफ्रान्सेली क्रान्तिको प्रेरक शब्दहरू -स्वतन्त्रता, समानता र बंधुत्व। यी तीन शब्दले विश्वको राजनीतिक व्यवस्थाको स्वरूपमा आमूलचूल परिवर्तनको मार्ग प्रशस्त गर्यो । जस प्रकार धर्म र संस्कृतिको क्षेत्रमा सत्यम् शिवम् र सुन्दरमको महत्त्व छ उसैप्रकार राजव्यवस्थामा स्वतन्त्रता एवं बन्धुत्व भावना धेरै देशको संविधानमा देखिन्छ ।

·         युरोपमा गतिशील राष्ट्रियताको जन्म :  इटालीको एकीकरणजर्मनीको एकीकरण

·         धर्मनिरपेक्षताको भावनाको प्रसार : फ्रान्सेली क्रान्तिले धर्मलाई राज्यबाट अलग गरेर धर्मनिरपेक्ष स्वरूप प्रदान गर्यो। अब धर्म व्यक्तिगत विश्वासको वस्तु बन्यो। जसबाट राज्यलाई कुनै किसिमको हस्तक्षेप गर्नु पर्दैनथ्यो।

·         सैन्यवादको विकास फ्रान्सेली क्रान्तिले सैन्यवादलाई प्रेरित गर्यो । युद्धको समयमा नागरिकहरूको लागि सैनिक सेवा अनिवार्य गरिएको थियो। युद्धको लागि जनताको सेनामा भर्ती हुनको लागि यो पहिलो पटक अपिल थियो । बताइएको थियो "अबबाट जबसम्म गणतन्त्रको शत्रुहरूलाई बाहिर निकालिदैन तबसम्म फ्रान्सेली जनताहरू स्थायी रूपमा सैनिक सेवाको लागि उपलब्ध रहनेछन् ।" त्यस अघिसम्म युद्ध राजाको पेशेवर सैनिकहरुद्वारा लडिन्थ्यो । यसै सैन्यवादले पछि अनेक राष्ट्रहरूलाई प्रभावित गर्यो र प्रथम विश्वयुद्धको एक महत्त्वपूर्ण कारण बन्यो।

·         अधिनायकवादको शुरूआत फ्रान्सेली क्रान्तिलाई अधिनायकवादको उद्गम स्रोत मानिन्छ। रबस्पिरको 'आतंकको शासन' यसको पहिलो मञ्चन थियो । क्रान्तिको दौरान अनेक नीति र सिद्धान्तहरू असफल भयो र परिवर्तन गरिनु पर्यो । फलस्वरूप एक व्यक्तिलाई योग्यतामाथी बल दिइन थालियो। यसैबाट नेपोलियन जस्ता तानाशाहको उदय उद्भव सम्भव भयो। पछि इटली, जर्मनी सहित कयौं देशहरूमा अधिनायकवादको उदय भयो ।

·         समाजवादको मार्ग प्रशस्त

·         मध्यकालीन सामन्ती अवशेष समाप्त पारेर आधुनिक व्यबस्था लागु गर्यो फ्रान्सेली क्रान्तिले सामन्ती व्यवस्थामाथी प्रहार गर्दै सामन्ती विशेषाधिकारहरूको अन्त गर्यो र क्रान्तिको यो उपलब्धि यूरोपको अन्य देशहरूलाई समेत प्रभावित गर्यो ।

·         कृषिमा सामन्ती व्यबस्था समाप्त गरी किसानहरूलाई स्वतन्त्र बनेकाले कृषि उत्पादनमा वृद्धि, किसानहरूको जीवन स्तरमा वृद्धि

·         कानुनी स्वतन्त्रता एबम समानताको आधारमा सामाजिक तथा आर्थिक सुधार

·         धार्मिक स्वतन्त्रता

·         संसारभरी नै क्रान्तिको लहर बढ्दै गयो र पुरानो निरंकुस व्यबस्था समाप्त पारेर नया प्रजातान्त्रिक वैधानिक शासन व्यबस्थाको व्यापक प्रचार

·         फ्रान्समा अस्थिरता

·         नेपोलियनको उदय 

इटालीसंगको युद्धमा नेपोलियन विजयी भए। उनले मिश्र(इजिप्ट) माथि पनि आक्रमण गरे। विभिन्न युद्धमा विजयी भएकाले उनको लोकप्रियता बढ्यो। त्यसैले सन् १७९९ मा बनेको संबिधान अनुसार नेपोलियन फ्रान्सको कन्सुल (राज्य सल्लाहकार) बने। कन्सुल बनेपछि उनले राज्यको आन्तरिक अवस्था ठीक गरे। उनले अनेकौ सुधार गारी फ्रान्सको आर्थिक, धार्मिक तथा सामाजिक स्थिति दह्रो बनाए। नेपोलियनको लोकप्रियता थप बढ्न थाल्यो। र १८०४ मा नेपोलियन फ्रान्सको सम्राट बने । यस प्रकार फ्रान्समा पुनः राजतन्त्र कायम हुन गयो ।

फ्रान्सेली क्रान्तिको प्रकृति

फ्रान्सेली क्रान्तिको प्रकृति लाई क्रान्तिको आर्दर्श, क्रान्तिको नेतृत्व, क्रान्तिको प्रगती, क्रान्तिको दौरान ल्याइएका परिवर्तन र विश्वमा परेको प्रभावको प्रकाशमा बुझ्न जरुरी छ। यस दृष्टिले क्रान्ति एक यस्तो क्रान्ति थियो जसको प्रारम्भ त कुलीन वर्ग ले गरे, फेरि यसको नेतृत्व मध्यमवर्गको हातमा आयो। केही समयको लागि यो क्रान्तिकारी तत्त्वको प्रभावमा रह्यो र अन्तमा एक सैनिक तानाशाहको साथ खत्तम भयो। यस प्रकार फ्रान्सेली क्रान्ति विशाल नदीजस्तै उच्च पर्वत शिखरबाट प्रारम्भ भइ मार्गमा अनेक पहाड पर्वत हुँदै कहिले तिव्र गति त कहिले मन्द गति सँगै प्रवाहित भइरह्यो।

क्रान्तिको मध्यवर्गीय स्वरूप

१७८९ मा भएको फ्रान्सेली क्रान्तिलाई एक बुर्जुवा क्रान्तिको रुपमा देख्न सकिन्छ। क्रान्तिको पहिलो चरणमा नेतृत्व तृतीय स्टेटको बुर्जुवा वर्गको हातमा थियो। मध्यवर्गीय नेतृत्वले निजी सम्पत्तिलाई ध्यानमा राख्दै केही सिद्धान्त पनि बनाए। वस्तुतः सामन्तवादको अन्तको घोषणा त गरियो तर सामन्ती अधिकारलाई यत्तिकै छाडिएन, तर भूमिपतिहरूलाई क्षतिपूर्ति गरेपछि नै किसान कुनै उत्तरदायित्वबाट मुक्त हुन सक्थे।

मानवाधिकारको घोषणामा मध्यवर्गीय प्रभाव देख्न सकिन्छ। सम्पत्तिको अधिकारलाई मनुष्यको नैसर्गिक अधिकारहरूको श्रेणीमा राखियो जुन बुर्जुआ हितको संरक्षणसंग सम्बन्धित छ। यस प्रकार प्रकार वयस्क मताधिकारको कुरा त गरियो तर संविधानमा “नागरिक” शब्दको अत्यन्त संकुचित अर्थमा प्रयोग गरिएको थियो । नागरिकलाई सक्रिय वा निष्क्रिय नागरिकमा विभाजित गरिएको थियो। सक्रिय नागरिक जो आफ्नो कम से कम तीन दिनको आयको रकम प्रत्यक्ष करको रुपमा बुझाउथे र मात्र उनीहरूलाई मात्र मत दिन पाउने अधिकार थियो। प्रतिनिधि हुनको लागि पनि सम्पत्तिको योग्यतालाई आधार बनाइएको थियो र यो धनी मानिसहरू नै राजनीतिक क्रियाकलापमा सहभागी हुन सक्थे र यसको मतलब यो थियो कि धनी मानिस मध्यवर्गसंग सम्बन्धित थिए। यस प्रकार फ्रान्सेली क्रान्तिले जन्ममा आधारित भेदभावलाई अन्त्य गर्यो तर त्यस प्राचीन सामन्तवादको स्थानमा धनमा आधारित नयाँ सामन्तवादको प्रभुत्व सुरु भयो।

क्रान्तिको दौरान क्रान्तिकारिहरूले निरंकुश सरकारद्वारा लिइएको ऋणको कुरा त उठाए तर उक्त ऋण माफ गर्ने कुरा कसैले गरेनन् । यसको कारण थियो कि यो ऋण सरकारलाई बुर्जुआ वर्गले दिएको थियो । यस प्रकार सरकारलले चर्चको सम्पत्तिलाई जफत गरियो तर उक्त सम्पत्तिलाई भूमिहीनलाई वितरण गरिएन। जमिन सर्वाधिक उच्च मुल्यमा बेचियो र त्यस जमीनलाई किन्ने क्षमता मध्यवर्गसँग थियो ।

फ्रान्सेली क्रान्तिले मजदुरको हितलाई वेवास्ता गर्यो र र श्रमिक आन्दोलनलाई हतोत्साहित गर्यो। क्रान्तिको दौरान श्रमिक वर्गले महत्वपूर्ण भूमिका निभएका थिए तर बुर्जुआ नेतृत्वलाई उसको बढ्दो स्थिति मन्जुर थिएन। अतः नेशनल असेम्बलीले निरंकुश राजतन्त्र युगमा निर्मित कानूनलाई पुनः लागू गरियो । जसअनुसार सबै श्रमिक संघ सम्बन्धी कार्य प्रतिबन्ध लगाइयो र गिल्डलाई गैरकानूनी घोषित गरियो ।

नेशनल एसेम्बलीमा बुर्जुआको प्रधानता थियो र त्यसमा जिरोन्दिस्त र ज्याकोबियन पनि बुर्जुआ वर्ग संग सम्बन्धित थिए । यद्यपि ज्याकोबियन सर्वहारा वर्गको हितको कुरा गर्थे तर आतंकी राज्यको स्थापनामा बुर्जुआ हितलाई माथि राखिएको थियो र श्रमिक प्रतिक्रिया दबाउन सेनाको सहायता लिइयो।

डायरेक्टरीको शासनमा पनि मध्यवर्गीय हितलाई प्रमुखता दिइयो । संचालक मंडलले जुन द्विसदनात्नीमक विधायिकाको निर्माण गरेका थिए, त्यसका सबै सदस्य मध्यवर्गीय बुद्धिजीवी थिए ।

नेपोलियनको सुधारहरूमा पनि बुर्जुआ प्रभाव देख्न सकिन्छ । उनले बुर्जुआ हितलाई संरक्षित राखेर आफ्नो विधि संहितामा सम्पत्तिको अधिकारलाई सुरक्षित राखियो, कुलीनलाई अपेक्षाकृत व्यापक अधिकार दिए तथा उनको व्यापारिक र वाणिज्यिक सुधारको फाइदा मध्यवर्गलाई नै मिल्यो। यस प्रकार क्रान्तिको स्वरूपमा मध्यवर्गीय तत्व देखिन्छ। तर पुरै क्रान्ति र उसको प्रभावको विश्लेषणबाट यो स्पष्ट हुन्छ कि कि क्रान्तिमा मध्यवर्गीय तत्वको साथ कृषक, मजदूर, महिलाको सहमागिता थियो। यस तरिकाले यो मात्र मध्यवर्गीय क्रान्ति थिएन तर एक लोकप्रिय क्रान्तिको रुपमा यसलाई देख्न सकिन्छ ।

फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो ? स्टेट जनरल

फ्रान्सको राज्य क्रान्तिताको बेला फ्रान्समा राजा को थिए ? लुई सोह्रौं

फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? सन् १७८९

फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो ?

   letter de chachet

राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए ? Luis

विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति

मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छ? फ्रान्सेली राज्यक्रान्ति

सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए ? रुसो

• “यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक को हुन्? नेपोलियन बोनापार्ट

संसारको कलिलो सेनापति भनी कसलाई चिनिन्छ ? नेपोलियन बोनापार्ट

फ्रान्सेली राज्यक्रान्तिताका रहेको पादरीहरूको पद क्रमशः ठूलोबाट सानो क्रम कुन हो? आर्किविसप, बिसप, आर्डिनल, एवट

सर्वसाधारण सदस्य रहेको स्टेट जनरल सदस्यहरूले सदस्य संख्या दोब्बर गरी आफूलाईNational Assembly को रूपमा कहिले घोषणा गरे ? सन् १७८९ जुन १७

फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? 1st State

फ्रान्समा लुई चौधौंको शासनकाल कहिले थियो ? सन् १६४३ देखि १७१५

फ्रान्समा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा कहिले गरियो ? 22 Sept. 1792

फ्रान्सको राज्यक्रान्तिको मूल नारा के थियो ? स्वतन्त्रता, समानता र वन्धुत्व

• “मलाई के लाग्छ भने म माथि संसार खसिरहेछ । हे ईश्वर म माथि कत्रो बोझ छ उनीहरूले मलाई केही पनि सिकाएनन् ।” यो कुन फ्रान्सेली राजाले राज्यारोहण हुँदा भनेको शब्द हो ? लुई सोह्रौं

फ्रान्सेली राज्यक्रान्तिको अग्रदुत भनेर कसलाई चिनिन्छ ? रुसो

फ्रान्सको राज्यक्रान्तिको समयमा त्यहाँ कुन नापतौल प्रणाली प्रचलनमा थियो ? मेट्रिक प्रणाली

फ्रान्सेली सम्राट नेपोलियनको मुत्यु कहाँ भएको थियो ? वाटर लु

फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो ? प्रथम स्टेट

फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व कुन वर्गले गरेको थियो ? मध्यम वर्ग

• “राज्यको सम्प्रभुता राजाको दैवी सिद्धान्तमा होइन जनताको इच्छामा भर पर्दछ” यो भनाई कसको हो ? रुसो

फ्रान्सका जनता 'Madam Deficite' भनी कसलाई चिन्दथे ? मेरी एन्टोनेट

• "The Spirit of Law'' का लेखक को हुन् ? मन्टेस्क्यु (सन् १७४८)

• राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो स्टेट जनरल

• फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को थिए लुई सोह्रौं

• फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो सन् १७८९

• फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो letter de chachet

 

• राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए Luis

• विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति

• मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छफ्रान्सेली राज्यक्रान्ति

• सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए रुसो

• “यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक को हुन्नेपोलियन बोनापार्ट

• संसारको कलिलो सेनापति भनी कसलाई चिनिन्छ नेपोलियन बोनापार्ट

 फ्रान्सेली राज्यक्रान्तिताका रहेको पादरीहरूको पद क्रमशः ठूलोबाट सानो क्रम कुन हो? आर्किविसपबिसपआर्डिनलएवट

 सर्वसाधारण सदस्य रहेको स्टेट जनरल सदस्यहरूले सदस्य संख्या दोब्बर गरी आफूलाईNational Assembly को रूपमा कहिले घोषणा गरे सन् १७८९ जुन १७

 फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो 1st State

 फ्रान्समा लुई चौधौंको शासनकाल कहिले थियो ?  सन् १६४३ देखि १७१५

 फ्रान्समा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा कहिले गरियो 22 Sept.  1792

• फ्रान्सको राज्यक्रान्तिको मूल नारा के थियो स्वतन्त्रतासमानता र वन्धुत्व

•  “मलाई के लाग्छ भने म माथि संसार खसिरहेछ । हे ईश्वर म माथि कत्रो बोझ छ उनीहरूले मलाई केही पनि सिकाएनन् ।” यो कुन फ्रान्सेली राजाले राज्यारोहण हुँदा भनेको शब्द हो लुई सोह्रौं

• फ्रान्सेली राज्यक्रान्तिको अग्रदुत भनेर कसलाई चिनिन्छ ? रुसो

• फ्रान्सको राज्यक्रान्तिको समयमा त्यहाँ कुन नापतौल प्रणाली प्रचलनमा थियो मेट्रिक प्रणाली

• फ्रान्सेली सम्राट नेपोलियनको मुत्यु कहाँ भएको थियो ? वाटर लु

• फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो प्रथम स्टेट

• फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व कुन वर्गले गरेको थियो ? मध्यम वर्ग

• “राज्यको सम्प्रभुता राजाको दैवी सिद्धान्तमा होइन जनताको इच्छामा भर पर्दछ” यो भनाई कसको हो रुसो

• फ्रान्सका जनता 'Madam Deficite'  भनी कसलाई चिन्दथे मेरी एन्टोनेट

• "The Spirit of Law'' का लेखक को हुन् मन्टेस्क्यु (सन् १७४८)

• The theory of Separation of Power  का लेखक को हुन् ? मन्टेस्क्यु

• फ्रान्सेली राज्यक्रान्तिताका रहेको फ्रान्सको संसदलाई के भनिन्थ्यो State General

• फ्रान्सेली राज्यक्रान्तिताका State Generalको बैठक सन् १६१४ देखि नबसी रहेकोमा कति समयपछि बोलाइएको थियो ७५ वर्ष

• भर्साइलको दरबार कसले बनाएका थिएजुन पेरिसदेखि १२ माइल टाढा रहेको थियो ? लुई चौधौं

• फ्रान्सका क्याथोलिक सम्प्रदायका धार्मिक नेतालाई के भनिन्थ्यो पादरी

• चर्चलाई अनिवार्य रूपमा तिर्नपर्ने करलाई के भनिन्थ्यो ? टिथ

• फ्रान्सेली राज्य क्रान्ति कसका विरूद्धमा भएको थियो निरंकुश राजतन्त्रात्मक व्यवस्था

• लुई चौधौंका नाति को थिए ? लुई सोह्रौं

• फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा रचिएको पुस्तक विश्वकोष Encyclopedia का रचयिता को हुन् दिदेरो (सन् १७६९ मा)

• फ्रान्सको संसद स्टेट जनरलमा कतिवटा सदनहरू रहेका थिए ?         तीन

• फ्रान्सेली राज्यक्रान्तिको क्रममा वास्तिलको पतन कहिले भयोजुन दिनलाई हालसम्म पनि फ्रान्समा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ सन् १७८९ जुलाई १४

• महान दार्शनिक रुसोको जन्म कहाँ भएको थियो स्वीट्जरल्याण्डको जेनेभा

• लुई सोहौंकी रानी मेरी एन्टोनेट कुन देशकी राजकुमारी थिइन् अष्ट्रियाकी राजकुमारी थिइन्

• फ्रान्सका लुई राजाहरू कुन वंशका थिए बुर्नोन

• लुई सोह्रौं कहिले फ्रान्सका राजा भएका थिए सन् १७७४ मा

• “हे ईश्वर मलाई मित्रबाट जोगाउ सत्रुहरूबाट आफैं जोगिन्छु” कसको भनाइ हो भोल्टेयर

• फ्रान्सेली क्रान्तिको समयमा मन्टेष्क्युले कहाँ शरण लिएका थिए बेलायतमा

 I am the State भन्ने फ्रान्सेली राजा को हुन् लुइ चौधौं (२०६९लो.से.आ.)

• फ्रान्सको राज्यक्रान्तिको वातावरण सिर्जना गर्ने निकै विलासी रानी को थिईन मेरी एन्टोनेट

• यो क्रान्ति मुख्यतः कसको विद्रोहका कारण भएको थियो ? फ्रान्सको मध्यमवर्गीय बुद्धजीवि वर्गको

• राज्यक्रान्तिको अघिको तेस्रो हाउस कुन थियो सर्वसाधारण जनताहरूको प्रतिनिधिहरूको

• तेस्रो हाउसमा कतिजना सदस्यहरू थिए ६२१ जना

• फ्रान्सकी रानी एन्टोनेटलाई कहिले मृत्युदण्ड दिइयो ?  सन् १७९३ अक्टोबर १६

• फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँको राज्य सञ्चालनमा कतिओटा कानून प्रचलनमा थिए? करिब ३९०

• फ्रान्सको राज्यक्रान्तिपछि शासनसत्ता सम्हाल्न को सम्राट बनेको थिए नेपोलियन बोनापार्ट

• नेपोलियन बोनापार्ट कहिले सम्राट बनेका हुन् ? सन् १८०४ मा

• राज्यक्रान्तिको अघिको पहिलो हाउस कुन थियो पादरीहरूको

• राज्यक्रान्तिको अघिको पहिलो हाउसमा कतिजना सदस्यहरू हुन्थे ३०८ जना

• राज्यक्रान्तिको अघिको दोस्रो हाउस कुन थियो कुलीन वर्गका प्रतिनिधिहरूको

• राज्यक्रान्तिको अघिको दोस्रो हाउसमा कतिजना सदस्यहरू थिए २८५ जना

• फ्रान्समा पादरी र कुलीन वर्ग सुविधा सम्पन्न प्रथम वर्गमा पर्थे भने सुविधाविहीन वर्गमा को पर्दथे मध्यम वर्गकिसान र कालिगढ

• “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ ।” यो भनाइ कसको हो रुसो

 फ्रान्सको राज्य धर्म कुन हो क्याथोलिक

 फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हो  नेपोलियन बोनापार्ट

 फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको संख्या कति थियो करिब १ लाख ३० हजार

 १८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरूलाई के भनिन्थ्यो ? बुर्जुवा

• “भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ भन्ने साहित्यकार को हुन् भोल्टेयर

 फ्रान्सको राज्यक्रान्ति अगाडी त्याहाँ कस्तो राज्य व्यवस्था थियो केन्द्रीकृत

 फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति किन भनिन्छ ?  नेतृत्व फ्रान्सका बुद्धीजीविले गरेकाले

• The theory of Separation of Power का लेखक को हुन् ? मन्टेस्क्यु

फ्रान्सेली राज्यक्रान्तिताका रहेको फ्रान्सको संसदलाई के भनिन्थ्यो ? State General

फ्रान्सेली राज्यक्रान्तिताका State Generalको बैठक सन् १६१४ देखि नबसी रहेकोमा कति समयपछि बोलाइएको थियो ? ७५ वर्ष

भर्साइलको दरबार कसले बनाएका थिए, जुन पेरिसदेखि १२ माइल टाढा रहेको थियो ? लुई चौधौं

फ्रान्सका क्याथोलिक सम्प्रदायका धार्मिक नेतालाई के भनिन्थ्यो ? पादरी

चर्चलाई अनिवार्य रूपमा तिर्नपर्ने करलाई के भनिन्थ्यो ? टिथ

फ्रान्सेली राज्य क्रान्ति कसका विरूद्धमा भएको थियो ? निरंकुश राजतन्त्रात्मक व्यवस्था

लुई चौधौंका नाति को थिए ? लुई सोह्रौं

फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा रचिएको पुस्तक विश्वकोष Encyclopedia का रचयिता को हुन् ? दिदेरो (सन् १७६९ मा)

फ्रान्सको संसद स्टेट जनरलमा कतिवटा सदनहरू रहेका थिए ? तीन

फ्रान्सेली राज्यक्रान्तिको क्रममा वास्तिलको पतन कहिले भयो, जुन दिनलाई हालसम्म पनि फ्रान्समा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ? सन् १७८९ जुलाई १४

महान दार्शनिक रुसोको जन्म कहाँ भएको थियो ? स्वीट्जरल्याण्डको जेनेभा

लुई सोहौंकी रानी मेरी एन्टोनेट कुन देशकी राजकुमारी थिइन् ? अष्ट्रियाकी राजकुमारी थिइन्

फ्रान्सका लुई राजाहरू कुन वंशका थिए ? बुर्नोन

लुई सोह्रौं कहिले फ्रान्सका राजा भएका थिए ? सन् १७७४ मा

• “हे ईश्वर मलाई मित्रबाट जोगाउ सत्रुहरूबाट आफैं जोगिन्छु” कसको भनाइ हो ? भोल्टेयर

फ्रान्सेली क्रान्तिको समयमा मन्टेष्क्युले कहाँ शरण लिएका थिए ? बेलायतमा

• I am the State भन्ने फ्रान्सेली राजा को हुन् ? लुइ चौधौं (२०६९, लो.से.आ.)

फ्रान्सको राज्यक्रान्तिको वातावरण सिर्जना गर्ने निकै विलासी रानी को थिईन ? मेरी एन्टोनेट

यो क्रान्ति मुख्यतः कसको विद्रोहका कारण भएको थियो ? फ्रान्सको मध्यमवर्गीय बुद्धजीवि वर्गको

राज्यक्रान्तिको अघिको तेस्रो हाउस कुन थियो ? सर्वसाधारण जनताहरूको प्रतिनिधिहरूको

तेस्रो हाउसमा कतिजना सदस्यहरू थिए ? ६२१ जना

फ्रान्सकी रानी एन्टोनेटलाई कहिले मृत्युदण्ड दिइयो ? सन् १७९३ अक्टोबर १६

फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँको राज्य सञ्चालनमा कतिओटा कानून प्रचलनमा थिए? करिब ३९०

फ्रान्सको राज्यक्रान्तिपछि शासनसत्ता सम्हाल्न को सम्राट बनेको थिए ? नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट कहिले सम्राट बनेका हुन् ? सन् १८०४ मा

राज्यक्रान्तिको अघिको पहिलो हाउस कुन थियो ? पादरीहरूको

राज्यक्रान्तिको अघिको पहिलो हाउसमा कतिजना सदस्यहरू हुन्थे ? ३०८ जना

राज्यक्रान्तिको अघिको दोस्रो हाउस कुन थियो ? कुलीन वर्गका प्रतिनिधिहरूको

राज्यक्रान्तिको अघिको दोस्रो हाउसमा कतिजना सदस्यहरू थिए ? २८५ जना

फ्रान्समा पादरी र कुलीन वर्ग सुविधा सम्पन्न प्रथम वर्गमा पर्थे भने सुविधाविहीन वर्गमा को पर्दथे ? मध्यम वर्ग, किसान र कालिगढ

• “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ ।” यो भनाइ कसको हो ? रुसो

फ्रान्सको राज्य धर्म कुन थियो ? क्याथोलिक

फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हो ? नेपोलियन बोनापार्ट

फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको संख्या कति थियो ? करिब १ लाख ३० हजार

१८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरूलाई के भनिन्थ्यो ? बुर्जुवा

• “भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ” भन्ने साहित्यकार को हुन् ? भोल्टेयर

फ्रान्सको राज्यक्रान्ति अगाडी त्याहाँ कस्तो राज्य व्यवस्था थियो ? केन्द्रीकृत

फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति किन भनिन्छ ? नेतृत्व फ्रान्सका बुद्धीजीविले गरेकाले

संकलन: सन्तोष पोख्रेल