Thursday, September 10, 2020

बिद्यालयीय शिक्षा सुधारका सम्भावनाहरु

 


—सन्तोष पोख्रेल

अहिलेको अवस्थामाअभिभावकियजिम्मेवारी विद्यालयले पनिउपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षतीता हुँदै हो त्योभन्दा बढी क्षति अभिभावकहरुको हो । वालवालिकाको भविस्यप्रत्यक्ष रुपमा अभिभावकसंग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने । कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइका लागि दक्ष अभिभावकहरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट नितिआउनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुँदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।

“सर यो तपाइले के गर्नुभएको”

म भर्खरै स्कूल आएको थिएँ । अचानक एउटा आवाज आयो । मैले फर्केर हेरेँ । मेरै विद्यालयमा पढाउने एकजना शिक्षिकालाई देखेँ । उहाँ मेरो नजिक आउदै हुनुहुन्थ्यो । उहाँको अनुहार रिसाएको जस्तो देखिन्थ्यो । म अलमलमा परँे र डराउँदै सोधँे ।


“के भयो र मेम? मैले के गरे?”

उहाँले चर्केको स्वरमा भन्नुभयो, “ मेरी छोरीले तपाइँको विज्ञान विषयमा ८५ प्रतिशतभन्दा वढी नंम्बर ल्याउने गरेको मा तपाइले पढाउन थालेपछि त ७० प्रतिसतभन्दा कम ल्याएकी छिन किन यस्तो भयो ?सर । ”

 

उहाँको भनाइले मलाई कुनै असर पारेन । म विद्यालय आएको धेरै समय भएको थिएन । तैपनि विद्यालयमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको थिए । साथै विद्यालयमा मेरो वारेमा पुरै चर्चा चल्न थालिसकेको थियो । सायद यही कारण थियो कि ती शिक्षीकाले प्रधानाध्यापक संग समस्याका बारेमा कुरा नराखि मसँग आएकी थिइन् ।
“मेरा लागि यो नंम्वर १०० प्रतिसतभन्दा बढी हो,मेम ।” मैले मुस्कुराउँदै जवाफ दिए ।
“ए तेसो भए तपाइँ सन्तुष्ट हुनुहुन्छ, हैन त?”
“म त पूरै सन्तुष्ट छु ,मेम”
“किन?”
“किनकि यो नंम्बर उनले आफ्नै मेहनतले प्राप्त गरेकी हुन् ।”
“पहिला पनि त ऊ यसै गरी मेहनत गर्थी तर कहिलै किन कम नम्बर आएन त?”
“तपाइँ टेन्सन नलिनु मेम । मलाई विश्वास गर्नुहोस् । अर्को पटक पक्कै धेरै नम्बर आउँछ । ”
“ठिकै छ । मैले नानीलाई तपाइँको जिम्मा लगाएको छु । मलाइँ यस सम्बन्धमा बहुत टेन्सन भको छ । मैले घरमा गएर जवाफ दिनु पर्छ । ”
“तपाइँ निष्फिक्री भएर जानुन । म सबै हेर्छु । ”
“ठिकै छ । ”

यति भनेर उनी गइन् । रिजल्ट आउन अझै केही दिन बाँकी नै थियो । परीक्षा संयोजकबाट उनले नम्बर पत्ता लगाई सकेकी रहिछन् । एकातिर उनको यो ब्यवहारलाई देखेर हाँसो उठिरहेको थियो भने अर्कोतिर हाम्रो देशकोे शिक्षा प्रणालीप्रति चिन्ता लागि रहेको थियो ।
दिनहरु बित्दै गए । दोस्रो त्रैमासिक परीक्षा पनि आयो । नानीले पहिलेको भन्दा अझै राम्रो गरीन । यसपटक उनले १० प्रतिसतले अंक बढाउन सफल भइन् तैपनि शिक्षक साथी सन्तुष्ट थिइनन् । मैले पुरानै भनाइ दोहोर्याएँ । उनले ठिकैछ भनेर गइन् ।

उनी त गइन् तर मलाई भने थप जिम्मेवारी महसूस भैसकेको थियो । मैले धैर्यताका साथ काम गर्दै गएँ । आफ्नै तरिकाले पढाइ रहे । नानीको पढाइको तरीकामा पनि परिवर्तन भइरहेको थियो । समय बित्दै गयो । वार्षिक परीक्षा पनि आइपुग्यो । यो परीक्षा ती नानीको मात्रै नभएर मेरो पनि थियो । नभन्दै परीक्षा समाप्त भएर नतिजा पनि बाहिर आयो । यसपटक नानीको नतिजामा उल्लेख्य सुधार भएर ९० प्रतिसत अंक प्राप्त भएको थियो । जसको कारण शिक्षक साथी खुसी थिइन् ।
उनी मेरो नजिकै आएर भनिन्—“यसपटक नानीले ९० प्रतिसत अंक ल्याइछन् तपाइँ खुसी हुनुहुन्छ हैन सर ?”
“खुशी त म उसै दिन थिएँ जुन दिन नानीले ७० प्रतिसतभन्दा कम अंक ल्याएकी थिइन् । तपाइँ मात्रै अनावश्यक चिन्ता गरिरहनु भएको थियो । ”

“के भएको थियो सर जसको कारण उनले कम नंम्वर ल्याएकी थिइन् ? ”
“कम्जोरी उनमा छैन मेम कम्जोरी त हाम्रो शिक्षा प्रणालीमा छ । जहाँसम्म हामी हरेक कुरा घोकेर सिक्छौ भन्ने मान्यतामा विश्वास गर्छौ । परीक्षा र अंकमा विश्वास गर्छौ । मैले नानीलाई जे कुरा सम्झाउन र सिकाउन कोशिश गरेँ त्यो कुरामा म सफल भएँ । नानीलाई अब विना शिक्षक किताब दिँदा पनि उनी पढ्न सक्छिन् । पहिला उनीमा कण्ठ गर्ने इच्छा हुन्थ्यो भने अव उनीमा पढ्ने र सिक्ने इच्छा हुन थालेको छ जसले हरेक कुरा आफै सम्झनामा आइदिन्छ ।”

त्यस दिन मलाई अत्यन्तै खुसी लाग्यो तैपनि कताकता दुख पनि लाग्यो । किनकि आजकलका विद्यालयहरुमा नानीहरुलाई सिकाउनुको सट्टा परीक्षा तयारी र अंकको लागि घोकाउने काम गरिन्छ । मेरो विचारमा मानिस र मेसीनमा यही कुरा फरक छ । मानिस आफ्नो विवेकले काम गर्न सक्छ तर मेसीन निर्देशनअनुसार मात्र काम गर्न सक्छ । हामीलाइ मेसिन जस्ता विद्यार्थी उत्पादन गरेर कुनै अर्थ छैन । वरु विद्यार्थीलाई जति धेरै जिज्ञाषु वनाउन सकिन्छ त्यतीनै सिकाइ प्रभावकारी वन्न जान्छ र आत्मनिर्भर विद्यार्थी उत्पादन गर्न सकिन्छ ।

माथिको घट्ना एउटा प्रतिनिधि घट्ना भएपनि आजको कोरोना आतङ्कवाट पीडित बालबालिकाको लागि आवश्यक शैक्षिक कार्यक्रम निर्धारणमा यो घट्ना महत्वपूर्ण हुन सक्छ ।

विद्यालयहरुमा विद्यार्थीहरुलाई भेला गरेर परीक्षामा कसरी उच्च ग्रेड वा जिपी ए ल्याउने र त्यसलाई बजारमा विज्ञापन गराएर आर्थिक लाभ उपार्जन गर्ने भन्ने मान्यतामा उभिएर दिइने शिक्षा घोकन्ते र कण्ठ गर्ने शिक्षाबाहेक केही हुन सक्दैन । शिक्षा पद्धतिमा यही बेला सुधार गर्न सकिन्छ ।

बालबालिकाहरुको आजसम्मको सिकाइ प्रणाली परीक्षाको तयारीका रुपमा रहेकोले गर्दा वर्तमान संकटमा जटिलता थपिनु र विद्यालयमा गरिने फेस टु फेस सिकाइको अभावमा सिकाइका सवै तौर तरीकाहरु अधुरो रहेको महशुष हुनु स्वभाविक नै हो ।
यहाँ वालवालिकाले के के कुरा सिक्नु पर्दछ र सिकाइन्छ भन्नु भन्दापनि परीक्षा दिन पाउछ पाउदैन र परीक्षामा कस्तो ग्रेड र जिपिए आउछ भन्नेमा हामी अभिभावक र शिक्षक दुवै चिन्तित छौ । यस्तो अवस्थामा हामीले वालवालिकाहरुले के कुरामा आफ्नो करियर वनाउन सक्छन् र वनाउनु पर्दछ भन्ने बारेमा ध्यान दिनु भन्दापनि परीक्षाको तयारीमा लाग्न र तयारी गर्न उत्प्रेरित गर्ने वारेमा ध्यान दिइरहेका हुन्छौ । यसले भविश्यमा वालवालिकाको क्षमतामा निखार ल्याउनुको सट्टा एउटा यन्त्रमानव को रुपमा विकास गरिरहेको हुन्छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण विद्यालयहरु लामो समयदेखी बन्द नै छन् । विद्यालय बन्द भएको समयमा केही विद्यालयहरुले वैकल्पिक कक्षाहरुको व्यवस्था गरेको भएतापनि अधिकांश बालबालिका शैक्षिक कृयाकलापबाट वाहिर छन् । तथ्यांकहरुमा सार्वजनिक गरिए अनुसार करिव ८७ लाखबालबालिका र किशोरकिशोरी वर्तमान अवस्थामा नियमित अध्ययन अध्यापनबाट बंचित भएका छन् ।

कोभिडको वर्तमान अवस्थामा घरमा रहन बाध्य बालबालिकाहरुले कतिपय सृजनात्मक कृयाकलापहरुमा सहभागी भएका असल उदाहरणहरु पनि सार्वजनिक भएका छन् । कतिपय बालबालिकाहरु भने यही समयमा हिंसा र शोषणमा परेका समाचारहरु पनि सार्वजनिक भएका छन् । सबै तहका सरकारहरु र सरोकारवालाहरुको कोभिडमा बढी ध्यान जाँदै गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा कम ध्यान पुगेको देखिन्छ ।

 

बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) ले यही सन् २०२० को जुलाइमा ३१ वटा जिल्लामा कोभिड–१९ को कारणले बालबालिकामा परेको असर तथा बालबालिकाको अवस्थाको बारेमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सातै प्रदेशमा सम्पन्न सर्वेक्षणमा प्रत्येक प्रदेशबाट कम्तिमा ४ वटा जिल्लाका २९६ बालबालिका, २५६ अभिभावक तथा १०३ जना सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा गरिएको सर्वेक्षण अनुसार ८८.३५ प्रतिशत बालबालिकाहरु विद्यालय जान नपाएकोमा खुशी देखिएका छैनन ।

उनीहरु सकेसम्म चाँडो विद्यालयजाने चाहना राख्दछन् । सर्वेक्षणमा सहभागी भएका मध्ये करिव २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठन पाठनमा सहभागी हुन पाएका छन् । तर वैकल्पिक पठनपाठनहरु संचालन भएका विद्यालयहरुमध्ये करिव २० प्रतिशतमात्र सन्तोषजनक वा प्रभावकारी देखिएको छ । वैकल्पिक पठनपाठनमा सहभागी हुने बालबालिकाहरुमा बढीमात्रामा इन्टरनेटमा पहुँच भएका निजि विद्यालयका बालबालिका र माथिल्लो कक्षामा पढ्ने बालबालिकाहरु मात्र रहेका छन् । केही सरकारी विद्यालयले प्रस्ांसायोग्य काम गरेको भएतापनि पहँुच र प्रविधिको अभावका कारण अधिकांस सरकारी विद्यालय पढ्ने र सानो कक्षामा पढ्ने बालबालिकामा यस्ता बैकल्पिक कक्षामा कम पहुँच रहेको छ ।

 

अहिलेको अवस्था सहज अवस्था होइन । जताततै एक प्रकारको त्रास र भय ब्याप्त छ । कोरोना भाइरस को कारण वालवालिका घरघरमा वसेका छन् । उनीहरु सवैमा एक प्रकारको अन्योलता छ । त्यो अन्योलता पनि सिकाइका अवसरहरु गुम्न लागो भनेर भन्नु भन्दापनि कक्षा चढ्न पाइन्छ या पाइदैन भन्नेमा रहेको छ । शैक्षिक सत्र नै समाप्त भयो भने के गर्ने भन्नेमा रहेको छ । एकातीर लाखौ विद्यार्थीहरु विद्यालयको फेस टु फेस कार्यक्रमवाट वञ्चति छन् भने वैकल्पिक शैक्षिक कार्यक्रम उपयोग गर्ने र कुनै पनि शिक्षण सिकाइ कार्यक्रममा सहभागि हुनन पाउने विद्यार्थीहरुको विचको खाडल बढ्दो छ ।

 

वर्तमान शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली कायमै रहेमा विद्यार्थीहरुको अन्योलता कायमै रहने अवस्था छ । वैकल्पिक शैक्षिक कार्यक्रमप्रयोग गर्ने वालवालीकाहरुले शैक्षिक क्यालेण्डर अनुसारनै आफ्नो सिकाइ क्रियाकलाप अगाडी बढाउदै आएका छन् भने शिक्षकहरुले पनि अनलाइन शिक्षण, रेडियो टिभी शिक्षण लगायतका उपायहरु सकेसम्म प्रयोग गर्दै आएका छन् । अभिभावकहरुले पनि आआफ्नो योग्यता र क्षमताले भ्याएसम्म आफ्ना वालवालिकाहरुलाई सिकाउदै पनि आएका छन् । यस्तो अवस्थामा धेरैको वुझाइ के रहेको छ भने जतिवालवालिकाहरु विद्यालय भर्ना भएका छन् र विद्यालयको फेसटु फेस सिकाइ कार्यक्रमवाट वञ्चीत छन, सवै कुनै पनि सिकाइ गतिविधिमा संलग्न भएका छैनन् र पूर्ण रुपमा सिकाइ कार्यक्रमबाट वञ्चीत छन् भन्ने वुझाइ छ । यो कुरा शिक्षा क्षेत्रमा काम गर्ने सवै सरोकारवालाहरुले चिर्न जरुरी छ ।

वालवालिकाको सिकाइ अनुभवमा आधारीत पनि हुन्छ । उनीहरुले अहिले कोरोना समस्या के हो ?यसले के प्रभाव पारेको छ ? सामाजिक क्षेत्रमा आइपर्ने यस्ता समस्याहरुलाई कसरी समाधान गर्नुपर्ने रहेछ? भन्ने जस्ता समाजसंग सम्बन्धीत बिषय वस्तुहरु सिकीरहेका छन । समाजमा आइपर्ने कठीनाइहरुसंग जुध्नका लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने कुरा पनि जानेका छन ।

 

विभिन्न संचार माध्यमहरुमा संलग्न भएर,वालवालिकाहरुले खेलको माध्यमबाट होस् वा सिनेमाहरुको माध्यमबाट होस् वा विभिन्न टेलिभिजनका हास्य ब्यंग सृङ्खलाबाट होस् वा विभिन्न गीत संगीतको माध्यमवाट होस वा टेलिभिजनका कार्टुन सृङ्खलाहरुको माध्यमवाट होस् केही न केही सिकीरहेका हुन्छन् । यस्ता अनौपचारीक सिकाइलाई आधार मानेर सिकाइको प्रमाणिकरण गर्ने र कक्षा अपग्रेड गर्ने पद्धतीको विकास गरी यो सूचना सवै वालवालीकासम्म पुर्याउन सकेमा अहिलेको सिकाइ अवरोधलाई न्यूनीकरण गर्न सकिन्छ । यो अनुभवलिनका लागि कुनै देशपुग्नु पर्ने अवस्था छैन नेपालमै प्राविधिक शिक्षातर्फ सीप परीक्षण केन्द्रले यो प्रयोग विगतलामो समयदेखि गर्दै आएको छ ।

जवसम्म कुनै कुरा प्रणालीगत अवधारणको आधारमा लागु गरिदैन तवसम्म यो जतिनै राम्रो भएपनि उपयोगमा ल्याउन सकिंदैन । कुनै नयाँ अवधारणामा प्रवेश गर्नु पर्दा पुरानो कुराले आकर्षित गरिरहेको हुन्छ । त्यस्ता कुरालाइ त्यागेर अगाडी बढ्नका लागि हाम्रो परम्परावादी सोचले अबरोध गर्दछ । त्यस्ता सोचमा पुनर्विचार गरेर अगाडी बढ्नु आजको आवस्यकता पनि हो ।
बर्तमान शिक्षा क्षेत्रमा देखा परेको संकट कस्तो प्रकृतिको हो भन्न सक्ने अवस्था छैन । चीन जस्तो शक्ति सम्पन्न देशले समेत हुवान सहरमा धेरै लामो समय पश्चातमात्रै विद्यालय खोलेको छ । खोलेका विद्यालयहरु पनि अत्यन्तै सुरक्षित र स्वास्थ्य निर्देशन उपयोग गरेर मात्र खुलेका छन् । त्यो अवस्थामा हाम्रो देशका सवै विद्यालय पुगि सकेका छैनन् । यस्तो अबस्थामा हामीले आगामी लामो समयसम्मका लागि संकटकालीन शिक्षाको निकास सम्बन्धी कार्यक्रम तथा योजना बनाउन जरुरी छ । जसका लागि यस प्रकारका केही कार्यक्रम हरु उपयोग गर्न सकिन्छ ।

१, पाठ्यक्रम समायोजन बालबालिकाले नेपालको विद्यालयतहको शिक्षा १ कक्षाबाट सुरु गरी १२ कक्षा सम्म अध्ययन गरेर पुरा गर्दछन ।सानो उमेरमा नै विद्यालय प्रवेश गर्न पाउँछन । विद्यालय प्रवेशमा फरक फरक उमेरका वालवालिका एउटै कक्षामा वस्नु पर्ने बाध्यता छ । संसारको सवैभन्दा उत्कृष्ट शिक्षा मानिएको देश फिनल्याण्डमा ७ बर्ष उमेर नपुगी कक्षा १ मा भर्ना हुन पाइदैन । यस्तो अवस्थामा हामीले सातवर्ष मुनिका वालवालिकाहरुका लागि यो बर्ष आत्तिहाल्नु पर्ने अवस्था छैन ।

बरु माथिल्ला कक्षाहरुको ४ वर्षे तहगत प्याकेज निर्माण गरी कक्षा १—४ को पाठ्यक्रमलाई पहिलो खण्ड, कक्षा ५—८ को पाठ्यक्रमलाई दोस्रो खण्ड र कक्षा ९—१२ को पाठ्यक्रमलाई तेस्रो खण्डमा एकीकृत गरी परीयोजनामूलक र सैद्धान्तिक खण्डमा बिभाजन गर्ने । र संकटकालीन अवस्था भरीमा स्व अध्ययनको माध्यमवाट परियोजनामा आधारीत सिकाइलाई प्रोत्साहित गर्ने । र खुला मूल्याङ्कन प्रणालीको विकास गर्ने । हरेक खण्डको अन्तमा औपचारीक र अनौपचारीक सिकाइलाई आधार मानेर एसाइनमेन्टको आधारमा सिकाइको प्रमाणिकरण गर्ने र कक्षा अपग्रेड गर्ने ।

२, कार्यमूलक अनुसन्धान पद्धतिमा जोड ।
विद्यार्थीहरुका लागि हरेक खण्डको सिकाइ क्षमता सुनिश्चित गरी शिक्षकहरुले कार्यमूलक अनुसन्धानको प्रयोग गर्ने । जसका लागि विद्यार्थीहरुका सिकाइ समस्यालाई पहिचान गरी आवश्यकतामा आधारीत शिक्षण विधिको उपयोग गर्ने । स्थानिय रुपमा सिक्न सक्ने विषयवस्तुको हकमा परियोजनामा आधारित स्वअध्ययनलाई प्रोत्साहित गर्ने ।

 

३, आवस्यकतामा आधारीत विद्यालय संचालन ।

सवै प्रदेश र स्थानीयतहको शिक्षण आवश्यकता एकै खालको छैन र भूगोल र विकासको स्वरुपलाइ नियाल्दापनि यहाँ एउटै प्रकारको विद्यालय समय ,शिक्षण विधि र विषयवस्तुहरु प्रयोग गर्नु सान्दर्भिक पनि हुँदैन । त्यसैले केन्द्रीय पाठ्यक्रमको परिधीमा रही शिक्षण सिकाइ कार्यहरु गर्न विद्यालयहरुलाई स्वायत्तता प्रदान गरिनु पर्दछ । आ–आफ्नो तरीकाले विषयगत सिकाइ भन्दा पनि एकाइगत सिकाइका तरीका ९त्भबअजष्लन द्यथ त्यउष्अ०प्रयोग गर्न विद्यालयहरुलाई छुट दिइनु पर्दछ । विद्यालयहरुले निरन्तर मूल्याङ्कनका साधनहरु प्रयोग गरी विद्यार्थीहरुलाई पृष्टपोषण दिनु पर्दछ । शिक्षण सिकाइ कार्यलाई यदि विद्यालयमा फेसटु फेस कक्षा सञ्चालन गर्न सकिने अवस्था भएका स्थानहरुमा कक्षा संचालन गर्ने र सम्भव नभएका स्थानहरुमा विद्यालयहरुले स्वअध्ययन लगायतका वैकल्पिक बिधीहरुको प्रयोग गर्ने ।

४, स्थानीय सरकारलाई जिम्मेवार बनाउने संघीय सरकारको दायित्व ।
हाम्रो देशभौगोलिक रुपमा अरु देश भन्दा भिन्न प्रकृतीको रहेको छ । यहाँ रहेका ७५३ वटा स्थानीय निकायहरुमा फरक फरक सिकाइ आवश्यकता रहेका हुन्छन । स्थानीय बिषयवस्तुहरुलाई विश्वब्यापीकरण गर्न सकेमा मात्र देशको विकास हुन सक्छ । केन्द्रीय पाठ्यक्रमले यस्ता सवै विषयहरुलाई समेट्न पनि सक्दैन । त्यसैले केन्द्रीय पाठ्यक्रमलाई रणनैतिक र नी तिगत पाठ्यक्रमको रुपमा निर्माण गरी विद्यालयतहसम्मको शिक्षाको अधिकार स्थानिय निकायलाई दिइनु पर्दछ । जसले प्रतिस्पर्धा र सिकाइका अनुभव आदानप्रदान गर्न पनि प्रेरणादायिक भूमिका निर्वाह गर्न सक्दछन् । यसकालागि विद्यालयतहको शिक्षामा स्थानीय सरकारलाइ तत्काल जिम्मेवार वनाउनु पर्दछ ।

५, परीक्षा र मूल्याङ्कन पद्धतिमा परिवर्तन
शिक्षाको मामिलामा संसारकै उत्कृष्ट मानिएको फिनल्याण्डमा राष्ट्रीय परीक्षा बोर्डको मुख्य नीति नै सिकाउने रहेको हुन्छ । यहाँ हाइस्कूल छोड्नुभन्दा पहिला एक अनिवार्य परीक्षा दिनु पर्दछ । त्यो भन्दा पहिलाका कक्षाहरुमा शिक्षकले बच्चाहरुलाई असाइनमेन्ट दिने गर्दछन । र त्यस पछाडी उनीहरुलाई असाइनमेन्टको आधारमा फिडब्याक दिइन्छ । कुनै अंकवा ग्रेड दिइदैन । उद्धार कक्षोन्नती अपनाइन्छ । कम होमवर्क दिइन्छ । कम स्कोरर र उच्च स्कोरर वीच जानकारी गराइदैन अर्थात मूल्याङ्कन पद्धति अङ्कन, जीपीए र ग्रेडीङमा गरिदैन ।
अरु देशको तुलनामा यहाँका छात्र छात्रालाई अनुसन्धान र आत्मविकास सम्वन्धी सिकाइमा तीन गुणा समय दिइन्छ । त्यसैले अव नेपालमा पनि खुला सिकाइको माध्यमबाट होस् या विद्यालयको फेस टु फेस शिक्षाको माध्यममा होस् अहिलेनै यसबारेमा निर्णय लिन सक्ने हो भने विद्यार्थीको सीकाइ तरीकामा परीवर्तन ल्याउन सकिन्छ । परीक्षाको हाउगुजीवाट माथि उठ्ने किसिमले योजना निर्माण गरिनु पर्दछ ।

६, अभिभावकशिक्षा
अभिभावकहरुले विद्यालयको बैठकमा भागलिएर, विद्यालयको नीति, योजना, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे राम्रो जानकारी लिने÷दिने गरेर, आफ्नो क्षमता र सामथ्र्य अनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी भएर र सहयोग गरेर, आफ्ना बालबालिकाको प्रगति तथा कम्जोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने÷दिने गरेर,विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी छ भन्ने कुरा स्वीकार गरेर, विद्यालयप्रति सकारात्मक भावना राखेर विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न सक्छन । यसका लागि विद्यालय र अभिभावकवीच राम्रो सम्बन्ध भएको खण्डमा बालबालीकाको सिकाइ उपलब्धी बृद्धी हुनुका साथै सिकाइका बिभिन्न अवसर हरु प्राप्त गर्न सहज हुन्छ ।

तर अहिलेको अवस्थामाअभिभावकियजिम्मेवारी विद्यालयले पनिउपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षतीता हुँदै हो त्योभन्दा बढी क्षति अभिभावकहरुको हो । वालवालिकाको भविस्यप्रत्यक्ष रुपमा अभिभावकसंग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने । कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइका लागि दक्ष अभिभावकहरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट नितिआउनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुँदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।
७, डिजिटल दुनियाकालागितयार गर्नु
संसारका केही देशहरुमात्र डिजिटल दुनियाका लागि तयार भएका छन् । अवको सिकाइ डिजिटलको अभावमा कल्पना गर्न सकिदैन । नेपालको सन्दर्भमा केही विद्यालय र अभिभावक यसको पहुँचमा पुगिसकेका छन । बाँकी विद्यालय र विद्यार्थीहरुको पहुँचमा डिजिटल प्रविधि पुर्याउन सरकारले तत्काल शिक्षा क्षेत्रको बजेट बृद्धी गर्नु पर्दछ । नेपालमै ल्यापटप उत्पादन शुरु गरी निःशुल्क पाठ्यपुस्तकमा गर्ने लगानी वालवालिकाकालाई ल्यापटप वितरण र इन्टरनेटको पहुंच विस्तारमा गरिनु पर्दछ । शिक्षामा छुट्याइएको यस बर्षको तलववाहेकका सम्पूर्ण खर्च विद्यालय शिक्षाको डिजिटल बिकासमा लगाउनु पर्दछ ।

८, खुला विद्यालयका मोडल प्रयोगमा ल्याउनु

नेपालमा विगत लामो समयदेखि औपचारिक र अनौपचारीक शिक्षामा खुला सिकाइका मोडलहरु प्रयोग गरिदै आइएको छ । यस्ता खुला सिकाइमा प्रयोग भएका प्राथमिक शिक्षा विस्तार कार्यक्रम, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, निमा तह र माध्यमिक तहको खुला विद्यालय कार्यक्रम जस्ता कार्यक्रमहरुको मोडालिटीमा सिकाइ प्रक्रिया अगाडी बढाउनु पर्दछ । जसले गर्दा सिकाइ सामग्री तयार गर्न र लागु गर्न कठिनाई हुँदैन ।

यसरी नेपालमा भएको अहिलेको वर्तमान शैक्षिक समस्या समाधान गर्न सम्बन्धित निकायहरुले एक नयाँ तरीकाबाट अगाडी नबढ्ने हो भने शिक्षामा न परिवर्तन गर्न सकिन्छ । न कुनै उपलब्धि प्राप्त गर्न सकिन्छ । विद्यालय कहिले खुल्छ भन्ने केही पनि जानकारी नहुँदा बालबालिकामा अन्यौलता देखिएको अवस्थामा उनीहरुको जिज्ञासा वेलैमा समाधान गर्न नसकेमा स्थिति झन् जटिल बन्दै जान्छ ।

 

यो अवस्थामा विद्यालय खुल्ने नखुल्ने, सिक्ने सिकाउने प्रकृया वा विद्यालय र बालबालिकाका विच संभावित नियमित अन्तरकृया सम्वन्धमा विद्यालय परिवारले बालबालिकालाई आवश्यक सुचना जानकारी नियमित दिनु आवश्यक देखिएको छ । धेरै विद्यालयहरुमा अनलाइन वा वैकल्पिक कक्षाका लागि आधारभूत संरचना र प्रविधि नै नभएको पाइएको छ । शिक्षकहरुमा सो सम्वन्धी आवश्यक प्राविधिक क्षमता समेत नहुँदा बैकल्पिक कक्षाको प्रभावकारितामा समस्या देखिएको छ । विद्यालयलाई सबल र शिक्षकहरुलाई सक्षम बनाउनतिनै तहको सरकार, विकास साझेदार र सरोकारवाला निकायहरुको सहकार्यता र विशेष प्राथमिकता आवश्यक छ ।
(लेखकः आदर्श माध्यमिक विद्यालय विराटनगरका सहायक प्रधानाध्यापक हुनुहुन्छ )

 

No comments:

Post a Comment