- सन्तोष पोख्रेल
शिक्षण एक कलाको साथै विज्ञान पनि हो । प्रत्येक विद्यार्थी फरक पृष्ठभूमि, रुचि, क्षमता र व्यवहार बोकेर कक्षामा आएका हुन्छन उनीहरु भित्रको विविधतालाई हामीले शिक्षण सिकाइ को माध्यम बाट सम्बोधन गर्नु पर्छ ।
शिक्षकको लागि सबै विद्यार्थीलाई समान रूपमा सिकाउने चुनौती विशेषत: तब गहिरिन्छ जब केही विद्यार्थीहरू कक्षामा ध्यान दिँदैनन्, चकचक गर्छन् वा सिकाइमा रुचि देखाउँदैनन् यस्तो अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न शिक्षकले विविध अभ्यास अपनाउनु आवश्यक हुन्छ जसबाट कक्षा अनुशासित, सक्रिय र सहभागीमुलक बन्न सक्छ ।
१. सकारात्मक वातावरण
सिर्जना गर्ने
शिक्षकको पहिलो जिम्मेवारी भनेको
कक्षामा सकारात्मक सिकाइ वातावरण तयार गर्नु हो । विद्यार्थीहरूले आफूलाई सुरक्षित र सम्मानित महसुस गरेमा
मात्र उनीहरू सिकाइतर्फ आकर्षित हुन्छन् । विद्यार्थीहरूलाई
नामले बोलाउने, सानो
प्रगतिको पनि प्रशंसा गरिदिने , उनीहरूका विचार सुन्ने जस्ता गतिविधिले उनीहरुमा आत्मविश्वास
बढाउँछ। डर, त्रास
वा निरन्तर आलोचना गर्ने शैलीले तिनीहरूलाई अझ पछि हट्न बाध्य पार्न सक्छ ।
२. सक्रिय सिकाइ पद्धति
प्रयोग गर्ने
सुनाउने,
लेखाउने वा घोकाउने तरिकाको शिक्षण
विधिले धेरैजसो ध्यान नदिने र विद्यार्थीहरू अझ निष्क्रिय बन्न पुग्छन जसको
समाधानकालागि उनीहरूलाई कक्षा गतिविधिमा सहभागीता, समूह
कार्य,
चित्रकला, नाटक, खेल
प्रयोग गरेर सिकाइ गराउँदा उनीहरूको सिकाइमा बढी ध्यान केन्द्रित हुन्छ। उदाहरणका
लागि, पाठ
पढ्न र सुन्न नचाहने विद्यार्थीलाई त्यो पाठको नाटक बनाउन लगाउने वा उसलाई संवाद
बोल्न लगाउने अभ्यासले ऊ सक्रिय हुन सक्छ ।
३. छोटो, रोचक र दृश्य
सामाग्री प्रयोग गर्ने
४. व्यवहार सुधार
कार्यक्रम अपनाउने
कक्षामा बारम्बार बाधा पुर्याउने विद्यार्थीहरूको
व्यवहार सुधारका लागि सकारात्मक व्यवहार व्यवस्थापन रणनीति आवश्यक पर्छ जसकालागि स्पष्ट
नियम बनाएर सुरुमा नै सबैलाई जानकारी दिने, नियम
पालना गर्दा पुरस्कार (सार्वजनिक प्रशंसा,
ताली,
स्टार इत्यादि) दिने, उल्लंघन गर्दा मिलनसार स्वरमा सम्झाउने, निरन्तर अवज्ञा गरेमा वैकल्पिक
जिम्मेवारी दिन सकिन्छ – जस्तै "तिमी आजको समूह नेता", "तिमी बोर्डमा लेख्ने
काम गर", आदि
कार्य गर्नु गराउनु पर्छ । यस्ता अभ्यासले ती विद्यार्थीहरूलाई उत्तरदायी बनाउँछ ।
५. रुचि पहिचान गरेर
सिकाइमा समावेश गराउने
ध्यान नदिने वा सिकाइमा रुचि नदेखाउने
विद्यार्थीहरू सधैं पढ्न रुचाउँदैनन् । तर उनीहरू अन्य क्षेत्र – जस्तै कला, खेल, सङ्गीत, प्रविधिमा सक्षम हुन
सक्छन् यस्तो अबस्थामा शिक्षकले विद्यार्थीहरूको
व्यक्तिगत रुचि बुझेर त्यसलाई शिक्षण सामग्रीसँग जोड्न सकेमा उनीहरूको
सहभागिता स्वाभाविक रूपमा बढ्छ । उदाहरणका लागि, फुटबल मन पराउने
विद्यार्थीलाई गणितको समस्या "यदि एक खेलाडीले ५ खेलमा २–२ गोल गर्यो
भने..." भन्ने शैलीमा प्रस्तुत गर्न सकिन्छ ।
६. व्यक्तिगत संवाद र
मार्गदर्शन गर्ने
कहिलेकाहीँ विद्यार्थीको चासो घट्नुको
कारण घरायसी समस्या, आत्मविश्वासको
कमी, वा
अरु समस्याहरू हुन सक्छन् यस्तो हो भने शिक्षकले समय
छुट्याएर व्यक्तिगत रूपमा ती विद्यार्थीहरूसँग संवाद गर्नु पर्छ ।
उनीहरूको समस्या सुन्नु र समाधानको
सल्लाह दिनु, उनीहरु प्रति चासो
देखाएको आभाष गराउनु पर्छ । जसले शिक्षक–विद्यार्थीको सम्बन्ध मजबुत बनाउन मद्दत गर्छ ।
७. पाठ्यक्रमसँग
सम्बन्धित रमाइलो खेल वा प्रतियोगिता गराउने
चकचक गर्ने वा ध्यान नदिने
विद्यार्थीहरूको ऊर्जा बढी हुन्छ । उनीहरूलाई स्थिर राख्नभन्दा सक्रिय बनाएर सिकाउने विधि प्रभावकारी हुन्छ । शब्द खेल, क्विज, सच्याउने
खेल, वा
समय सीमामा कार्य पूरा गर्ने प्रतियोगिता जस्ता गतिविधिहरू प्रयोग गर्नु उपयुक्त
हुन्छ । उदाहरणका लागि: ‘३०
सेकेन्डमा ५ वटा समानार्थी शब्द लेख्ने’ खेल।
८. सेल्फ–मोनिटरिङ र
आत्म–अवलोकन गराउने
विद्यार्थीलाई आफ्नो व्यवहार बुझ्ने र
सुधार्ने अवसर दिनु पनि शिक्षकको महत्वपूर्ण भूमिका हो । जसकालागी हप्ताको अन्त्यमा आफूलाई मूल्याङ्कन गर्न लगाउनु पर्छ । “मैले
कक्षामा कति ध्यान दिएँ?”, “कतिवटा प्रश्नको उत्तर दिएँ?”, “म कुन कुरामा सुधार
गर्न चाहन्छु?” जस्ता
प्रश्नहरूको उत्तर लेख्न लगाउने अभ्यासले विद्यार्थीलाई आत्मचिन्तन गर्न
उत्प्रेरित गर्छ ।
९. अभिभावकसँग सहकार्य
गर्ने
यदि शिक्षकका सबै अभ्यास असफल भए भने
अभिभावकसँग नियमित सम्पर्क राख्नु पनि आवश्यक हुन्छ । अभिभावक–शिक्षक बैठकमा विद्यार्थीको व्यवहार, कमजोर पक्ष, सुधार उपायबारे छलफल
गर्नु, सकारात्मक ढंगले
समस्या समाधानको सहकार्य गर्नु प्रभावकारी हुन्छ ।
१०. आफू पनि निरन्तर सिक्दै
जाने
सबै शिक्षकहरुले एकै शैलीले सबै विद्यार्थीलाई सिकाउन सकिने
ठान्नु भूल हो । शिक्षकले
बालमनोविज्ञान, समावेशी
शिक्षा, सिकाइ
विविधता जस्ता विषयमा जानकारी लिनु पर्छ, अन्य
शिक्षकसँग अनुभव साट्नुपर्छ , नयाँ शिक्षण प्रविधि अपनाउनु पनि उत्तिकै आवश्यक
हुन्छ ।
निष्कर्ष
कक्षामा ध्यान नदिने, चकचक गर्ने वा
सिकाइमा मन नदिने विद्यार्थीहरू शिक्षण प्रक्रियाका सबैभन्दा चुनौतीपूर्ण पक्ष
हुन् । तर शिक्षकको धैर्यता, समझदारी, सिर्जनशीलता र सकारात्मक व्यवहारद्वारा यिनलाई पनि सिकाइको मूल
प्रवाहमा ल्याउन सकिन्छ । शिक्षण केवल पाठ्यपुस्तक सिकाउने काम होइन; यो
विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको समग्र व्यक्तित्व विकास गर्ने प्रक्रिया
हो । एक कुशल शिक्षकका
लागि सबै विद्यार्थी बराबर हुन्, तर प्रत्येक विद्यार्थीलाई सिकाउन एउटै उपाय बराबर हुँदैन । त्यसैले ‘एक उपाय सबैका लागि’ को सट्टा ‘विद्यार्थीअनुसार उपाय’ अपनाउनु
नै शिक्षण सफलताको रहस्य हो । बिबधा बोकेको कक्षामा एउटा मात्र तरिका अपनाउने गर्यौ भने
त्यसले सिकाइमा सफलता प्राप्त हुदैन त्यसैले हामीले कक्षामा बिबिधता लाइ सम्बोधन
हुने गतिबिधि संचालन गर्नु जरुरि छ ।
No comments:
Post a Comment