Saturday, June 6, 2020

निरन्तर विद्यार्थी मूल्याङ्कन भाग दुई


निरन्तर विद्यार्थी मूल्याङ्कन
    सन्ताेष पाेख्रेल
 
विद्यार्थीको निरन्तर मूल्याङ्कनका लागि निम्न मूल्याङ्कन विधि एवम् प्रकृया उपयोगी हुन्छ ।
(क) अवलोकन
अवलोकन विद्यार्थी मूल्याङ्कनको सजिलो प्रक्रिया हो । अवलोकनबाट विद्यार्थीको ज्ञान, सिप, धारणा, मूल्य र व्यवहार जस्ता सबै पक्षको मूल्याङ्कन गर्न सकिन्छ । आचरण, व्यवहार, विभिन्न सिप र सरसफाई जस्ता कुरा अवलोकनबाट मात्र सम्भव छ । यसका लागि रुजू सूची, श्रेणीमापन, अवलोकन फाराम जस्ता साधनहरूको प्रयोग गर्न सकिन्छ । अवलोकित व्यवहारको अभिलेख पोर्टफोलियोमा राख्ने गर्नुपर्छ । पोर्टफोलियोमा सञ्चित अभिलेख र घटनावृत्त अभिलेख पनि राख्न सकिन्छ ।
(ख) प्रश्नोत्तर र छलफलः 
 प्रश्नोत्तर पनि विद्यार्थी मूल्याङ्कनको सजिलो प्रव्रिmया हो । यसबाट विद्यार्थीको सिकाइ पनि हुन्छ र मूल्याङ्कन पनि । कक्षामा नियमित पठनपाठनको व्रmममा गरिने प्रश्नोत्तरले सिकाइलाई प्रवद्र्धन गर्छ भने कक्षा शिक्षणलाई जीवन्त समेत बनाउँछ । प्रश्नोत्तर र छलफल कक्षा कार्यमै गर्न गराउन सकिन्छ । प्रश्नोत्तर छलफलमा विद्यार्थीले व्यक्त गरेका कुरा र उनीहरूको हाउभाउबाट उनीहरूको मूल्याङ्कन गर्न सकिन्छ । यसबाट विशेषतः ज्ञान पक्षको मूल्याङ्कन गर्न सकिन्छ ।
(ग) लिखित जाँचः 
  लिखित जाँचबाट विद्यार्थीको लेखाइ, ज्ञान पक्ष र धारणागत कुराको मूल्याङ्कन गर्न सकिन्छ । लिखित जाँच समय तोकेर कक्षामै वा गृहकार्यको रूपमा पनि गराउन सकिन्छ । लिखित जाँच सबै विषयमा उपयोगी हुन्छ । लिखित जाँच सकेसम्म ढोल पिट्ने तरिकाले नभैकन कक्षामा नै प्रत्येक पाठ सकिएपछि एक पिरियड अवधिको समय तोकेर एकाइ परीक्षा वा कक्षा परीक्षाको रूपमा लिनु उपयुक्त हुन्छ । उक्त एकाइ पाठ कक्षा परीक्षाले कुन विद्यार्थीलाई कति ओटा रेजा दिने भन्ने विषयमा निक्र्योल गर्न पनि सघाउ पुग्दछ । किनकि यसबाट विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धिको बारेमा जानकारी लिन सकिन्छ ।
(घ) कार्य सञ्चयिका अध्ययनः
 कार्य सञ्चयिका विद्यार्थीका लिखित कार्य तथा रचना जम्मा गर्ने फाइल हो । कार्यसञ्चयिका हरेक विद्यार्थीको छुट्टाछुट्टै हुन्छ । कार्य सञ्चयिका फाइलमा विद्यार्थीका लिखित काम तथा रचना राख्न सकिन्छ । यी कुरा विद्यार्थीका सिकाइ तथा प्रतिभाका प्रमाण हुन् । यस्ता कार्यहरूबाट विद्यार्थीको विभिन्न पक्षको मूल्याङ्कन हुन सक्दछ । कार्यसञ्चयिका विद्यार्थीका लिखित कार्य, सिर्जनात्मक कार्य तथा रचनात्मक कार्य जस्ता कुराहरूको अभिलेख राख्ने फाइल हो । कार्यसञ्चयिका फाइलमा विद्यार्थीका लिखित काम तथा रचना पनि राख्न सकिन्छ । यस्ता कुराहरू विद्यार्थीका सिकाइ तथा प्रतिभाका प्रमाण (Artifact) हुन् । यसमा रहेका विद्यार्थीका नमुना कार्य (हस्तलिखित सामग्री, अभ्यास, ग्राफ, चार्ट, नक्सा, चित्र, निबन्ध, कथा, कविता आदि) शिक्षकले लेखेका टिप्पणी र प्रगति विवरण फारामबाट विद्यार्थीका विभिन्न पक्षको मूल्याङ्कन हुन सक्छ । विद्यार्थीले शिक्षण प्रव्रिmयामा सक्रिय रूपमा भाग लिए नलिएको ध्यान दिँदै पाठ्यक्रम तथा पाठयोजनाले अपेक्षा गरेका उद्देश्यहरू के कति मात्रामा प्राप्त भएका छन् भन्ने कुरा प्रत्येक विद्यार्थीको कक्षा कार्यको सहभागिताको अवस्थाबाट यकिन गरी सोअनुसार पाठ्यक्रमले तोकेको ढाँचामा प्रत्येक विद्यार्थीको रेकर्ड राखेर उसको सिकाइ उपलब्धिको प्राप्तिको अवस्था अनुसार अदयवधिक गर्दै जानुपर्छ ।
कार्य सञ्चयिका अभिलेख 
मूल्याङ्कन निरन्तर चल्ने प्रकृया भएकाले यसैबाट विद्यार्थीलाई मार्ग निर्देशन गर्न, पृष्ठपोषण प्रदान गर्न, सुधारात्मक शिक्षण गर्न, समग्र शैक्षिक प्रकृयाको लेखाजोखा गर्न सहयोग पुग्छ । तसर्थ विद्यार्थीमा आएका व्यवहार परिवर्तन (शारीरिक, मानसिक, बौद्धिक, सामाजिक) हरूको सूचना सङ्ग्रह नै अभिलेख हो । विद्यार्थी उपलब्धिको मापन मूल्याङ्कन पश्चात् उनीहरूको उपलब्धिलाई अद्यावधिक गर्नका लागि प्रगति अभिलेख राख्नुपर्दछ । मूल्याङ्कन अभिलेख तयार गर्दा विद्यार्थीको व्यक्तिगत विवरणका साथै पारिवारिक विवरण राख्न कार्यसञ्चयिका तयार गर्नुपर्छ । कुनै परिस्थितिमा वातावरणमा  घटनामा उनीहरूले देखाएको व्यवहार वा उनीहरूको व्यवहारमा आएको परिवर्तन राख्न कार्यसञ्चयिका अभिलेख तयार गर्नुपर्छ । सवल र कमजोर पक्षहरू उनीहरू आफैँलाई पहिचान गर्न लगाईन्छ। विद्यार्थीहरूका आ आफैँप्रति जिम्मेवार बनाउन स्वमूल्याङ्कन तथा उनीहरूका शैक्षिक गतिविधिहरू एवम् व्यवहार कुशलताको क्रम निर्धारण गर्न कार्यसञ्चयिका अभिलेख तयार गर्नुपर्दछ । 
कार्य सञ्चयिका विद्यार्थीले सिकाइका क्रममा  गरेका कार्यहरूको व्यवस्थित र सिलसिलेवार सङ्कलन हो । यसमा विद्यार्थीले हासिल गरेका उपलब्धि, व्यवहार र सिर्जनात्मक कार्यहरू झल्काउने सामग्री वा गरेका कार्यहरूको नमुना सङ्कलन गरेर राख्ने गरिन्छ । विद्यार्थीले गरेका कार्यका नमुना, गृहकार्य, कक्षाकार्य, एकाइ वा त्रैमासिक परीक्षामा प्राप्त गरेको उपलब्धि, उत्तर पुस्तिकाका नमुनाहरू, शिक्षकले दिएको लिखित पृष्ठपोषण, विद्यार्थी आफैँले गरेको आत्मूल्याङ्कन, कुनै सिर्जना वा रचनाको नमुना आदि सङ्कलन गरेर राखीन्छ । कार्य सञ्चयिकाले विद्यार्थीको प्रगति र उपलब्धि प्रमाणित गर्न मद्दत गर्दछ ।

कार्य सञ्चयिका अभिलेख राख्ने तरिका 

 निर्णयात्मक विद्यार्थी मूल्याङ्कनको माध्यमबाट विद्यार्थीको प्रगति अभिलेख राख्ने प्रकृयामा हामी अभ्यस्त हुँदै आएका छौँ । विद्यार्थीको विषयगत परीक्षा लिने र पाएको अङ्कको विषयगत रूपमा अभिलेख राखिने गरिन्छ । यसैलाई आधार मानी विद्यार्थीको सिकाइ प्रगतिको मापन गर्ने गरिन्छ । तर निरन्तर विद्यार्थी मूल्याङ्कनमा विद्यार्थीको मूल्याङ्कन विभिन्न प्रकृयाबाट क्रमिक रूपले गरिने  भएकाले प्रगति अभिलेखको सर्वमान्य ढाँचा कस्तो हुने भन्ने बारेमा मतान्तर हुन सक्छ । सामान्यतः विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्दा कार्य सञ्चयिका (Portfolio) फाइलमा विद्यार्थीको प्रगतिको अभिलेख राखिन्छ । कार्यसञ्चयिकाभित्र राखिने विद्यार्थीको विषयगत सिकाइ अवस्था देखाउने फारामहरू आवश्यकता र क्षमताअनुसार  फरक हुन पनि सक्छन् । प्राथमिक शिक्षा पाठ्यक्रमले विद्यार्थीको विषयगत प्रगति अभिलेख पाठगत आधारमा रेजा
         (√) चिह्न लगाएर राख्न निर्देश गरेको छ । 
पाठगत आधारमा प्रगति अभिलेख राख्ने हाम्रो प्रचलनमा विद्यार्थीलाई पाठमा भएका अभ्यास तथा व्रिmयाकलाप गराएर उनीहरूले ती अभ्यास तथा क्रियाकलाप राम्ररी गर्न सकेनन् भने दोहोर्याउन लगाई थप मद्दत समेत गरेर वा आश्यकतानुसार वैकल्पिक क्रियाकलापसमेत गराएपछि विद्यार्थीको सिकाइ स्तर हेरेर अति उत्तम सिकेकालाई तीनओटा रेजा (√√√ ), उत्तम सिकेकालाई दुईओटा रेजा (√√) र सामान्य सिकेकालाई एउटा रेजा (√) दिनुपर्छ । विषयगत प्रगतिको अभिलेखन गर्ने ढा“चा र विद्यार्थीको श्रेणी छुट्याउने विधि अनुसूचीमा दिइएको छ । 
(ङ) आत्म मूल्याङ्कनः
 
आत्म मूल्याङ्कन भनेको विद्यार्थी स्वयम्ले आफूले सिकेका र सिक्न नसकेका कुराका बारेमा आफैंबाट गरिने लेखाजोखा हो । विद्यार्थी आफैंले आफ्नो लेखाजोखा गरी सिक्न नसकेका कुराहरूको बारेमा शिक्षकलाई जानकारी गराएमा शिक्षकले विद्यार्थी मूल्याङ्कनमा धेरै समय खर्च गर्नुपर्दैन । त्यसैले विद्यार्थीलाई उनीहरूका आफ्ना बारेमा गरेको मूल्याङ्कन शिक्षकसमक्ष प्रस्तुत गर्न प्रोत्साहन गर्नुपर्दछ । आत्म मूल्याङ्कन जुनसुकै विषयमा जहिले पनि प्रयोगमा ल्याउन सकिन्छ ।
(च) साथी सङ्गतिबाट हुने मूल्याङ्कन (सहपाठी मूल्याङ्कन)
         विद्यार्थीहरूको आआफ्ना घनिष्ट साथीहरू हुन्छन् । ती साथीहरूलाई आफ्नो साथीको बारेमा धेरै कुराको                 जानकारी हुन्छ । त्यसै गरी विद्यार्थीको सिकाइस्तर र सिकाइ समस्याका बारेमा पनि साथीहरूले सूचना दिन             सक्छन् । साथीसँगको हेलमेल, सहयोगलगायतका सामाजिक व्यवहारका बारेमा साथीहरूबाटै मूल्याङ्कन गर्दा         बढी वास्तविक हुन्छ । साथी बिचमा पढाइका बारेमा हुने कुराकानी छलफलबाट एक आपसमा सिकेका र                 नसिकेका कुराका बारेमा जानकारी हुन्छ । त्यसैले शिक्षकले कहिले कहीं कुनै विद्यार्थीको मूल्याङ्कन गर्न प्रत्यक्ष         रूपमा उसैसँग सूचना लिनुभन्दा उसको घनिष्ट साथीसँग अन्तक्रिया गर्दा पनि हुन्छ । कतिपय गृहकार्य वा             कक्षाकार्य परीक्षण साथीहरूबाट गराई सहपाठी साथीहरूबाट मूल्याङ्कन गराउन पनि सकिन्छ ।
(छ) अभिभावक सम्पर्कः
 
विद्यार्थीले विद्यालयमा सिकेका कुराको व्यावहारिक कार्यान्वयन घर र समुदायमा गर्ने गर्दछन् । विद्यार्थी लामो समय आफ्नै घर परिवारसँग बिताउने भएकाले विद्यार्थीमा आएको व्यावहारिक परिवर्तन परिवारका सदस्यले महसुस गरेका हुन्छन् । त्यसैले अभिभावकसँग सम्पर्क गरेर उनीहरूबाट प्राप्त प्रतिव्रिmयाहरूको आधारमा पनि विद्यार्थीको मूल्याङ्कन गर्न सके मूल्याङ्कन वास्तविवक हुन जान्छ ।  विद्यार्थीले अभिभावकलाई गर्ने सहयोग, उसको उठ्ने र सुत्ने समय, घरको काममा रुचि, छरछिमेकीसँगको सम्बन्ध, सामाजिक कार्यमा सहभागिताका बारेमा अभिभावकबाट प्रतिकृया लिएर पनि विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । त्यसैले शिक्षकले विद्यार्थीको वास्तविक मूल्याङ्कनका लागि अभिभावकसँग पनि सम्पर्क गर्नु राम्रो हो ।
निरन्तर मूल्याङ्कनका मापदण्ड
विद्यार्थी मूल्याङ्कनका लागि माथिका विधिहरू प्रयोग गरिन्छ । ती विधि तथा तरिकाहरू प्रयोग गरी मूल्याङ्कन गर्दा विभिन्न मापदण्डहरू प्रयोग गर्न सकिन्छ । प्राथमिक तथा अाधारभूत तहको पाठ्यक्रममा पनि ती आधारहरू स्पष्ट गरिएको छ । उपरोक्तानुसारका मापदण्डहरू निम्नानुसार छन्ः 
प्राथमिक पाठ्यक्रमले तोकेका आधारहरू 
  • कक्षाकार्य (कक्षा सहभागिता)
  • परियोजना कार्य
  • सिर्जनात्मक कार्य
  •  हाजिरी
  • व्यवहार परिवर्तन (सिकाइ उपलब्धि)
आधारभूत तहको पाठ्यक्रमले तोकेका आधारहरू
  • कक्षा सहभागिता
  • परियोजना कार्य वा प्रयोगात्मक कार्य
  • सिकाइ सम्बद्ध सिर्जनात्मक कार्यहरू
  • कक्षा कार्य
  • उपलब्धि परीक्षा (साप्ताहिक, एकाइ, मासिक)
  • सिकाइ व्यवहारमा आएको परिवर्तन (सिकाइ उपलब्धि)
शिक्षकले मूल्याङ्कन गर्न चाहेका अन्य पक्ष थप्न सकिने ।
उपर्युक्त मापदण्डहरूमा नै सीमित नभै यिनीहरूको अतिरिक्त गृहकार्य, विशेष प्रतिभा प्रस्तुति लगायत शिक्षकहरूले आवश्यक ठानेका कुनै पनि मापदण्ड थप गर्न सकिन्छ । दुवै तहमा प्रयोग गरिने मापदण्डहरू उस्तै खालका देखिए पनि प्राथमिक तहमा उपलब्धि परीक्षाको उल्लेख गरिएको पाइँदैन । त्यसो भए पनि कक्षा परीक्षा, एकाइ परीक्षा, मासिक परीक्षा आदि लिएर सो बमोजिम सिकाइ उपलब्धि हासिल भए, नभएको एकीन गर्दै उपचारात्मक शिक्षणलाई निरन्तरता दिन रोक नलगाइएकोले विद्यार्थीहरूको निर्माणात्मक एवम् उपचारात्मक प्रयोजनका लागि उपलब्धि परीक्षा लिन सकिन्छ । लिने गरिएको पनि छ । माथिका मध्ये अन्तिम नम्बरमा दिइएको मापदण्डले नतिजाको प्रतिनिधित्व गर्छ भने अन्यले प्रकृयाकाे । त्यसैले विद्यार्थी मूल्याङ्कन गरी पाठगत रेजा लगाउँदा सिकाइ उपलब्धि हासिल भएको आधारमा गरिनुपर्छ किनकि प्रकृयामा सुधार अन्ततः नतिजा सुधारकै लागि हो । नतिजामा सुधार गर्न नसक्ने हो भने प्रकृयाकाे सुधार केवल देखावटी मात्र हुन जान्छ ।
यहाँनेर के स्पष्ट हुनुपर्छ भने प्रकृयागत सुधार भएको छ तर सिकाइ उपलब्धि हासिल भएको छैन भने त्यसमा कतै न कतै विषयगत प्रभाव अवश्य परेको छ । कुनै पनि पाठ शिक्षण पश्चात् त्यस पाठको सिकाइ उपलब्धि हासिल भए, नभएको अवस्थालाई विशेष महत्त्व दिनै पर्छ । प्रव्रिmयागत सूचक त नतिजा सुधारका लागि सहायक मात्र हुन सक्छन् । अन्तमा नतिजा नै सुधार्नु नै हाम्रो अन्तिम लक्ष्य भएकोले सिकाइ उपलब्धि प्राप्ति वा व्यवहार परिवर्तनलाई विशेष ख्याल गर्नुपर्छ । निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी मौजुदा व्यवस्था निदानात्मक र सुधारात्मक मूल्याङ्कनलाई बढावा दिंदै विद्यार्थीको सिक्न पाउने अधिकारको संरक्षण गर्न नेपालमा निरन्तर मूल्याङ्कन प्रणाली अभ्यासमा ल्याइएको हो । यस प्रणालीले सिकाइ उपलब्धि सुधार गर्दै शैक्षिक क्षति न्यूनीकरण गर्नमा पनि विशेष जोड दिन खोजेको पाइन्छ । निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी मौजुदा व्यवस्थालाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment