आधारभूत शिक्षा पाठ्यक्रम , २०७६ (कक्षा ६–८) परीक्षण
सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा
१.परिचय
सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षाअन्तर्गत विभिन्न सामाजिक विज्ञानका अन्तरसम्बन्धित विषयवस्तु समावेश गरिएको छ । विभिन्न सामाजिक विज्ञानका विषयहरू समावेश गरी बदलिँदो विश्व परिवेश, राष्ट्रिय सन्दर्भ, समसामयिक विषयवस्तु र स्थानीय आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी यो पाठ्यव्रmम तयार पारिएको छ । यस विषयको अध्ययनबाट विद्यार्थीहरूलाई असल नागरिक भई जीवनयापन गर्न मदत पुग्ने छ । यस पाठ्यक्रमले मानवमूल्य शिक्षामार्फत असल आचरण निर्माण, अनुशासन, जिम्मेवारी, सहयोग, सहकार्य, शान्ति, प्रेम, समानुभूति, विश्वास, भाइचारा र विश्वबन्धुत्व जस्ता मानवीय मूल्यलाई व्यावहारिक रूपमा विकास गराउँदै जाने उद्देश्य राखेको छ । त्यसै गरी यस विषयले विविधताको सम्मान, समताको आत्मसात् समावेशिताको अभ्यास गर्ने मूल्यको विकास गराउने लक्ष्य पनि राखेको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ ले मार्गदर्शन गरेअनुरूप एकीकृत रूपमा सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यव्रmम तयार गरिएको छ । यस पाठ्यव्रmममा समावेश गरिएका मुख्य विषयवस्तुमा हामी र हाम्रो समाज, हाम्रा मानव मूल्यमान्यता, सामाजिक समस्या तथा समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रा आर्थिक व्रिmयाकलाप रहेका छन् । यस पाठ्यव्रmमबाट विद्यार्थीहरूमा सामुदायिक भावना विकसित हुन सकोस्, विद्यार्थीहरूले आफ्नो मुलुकको वास्तविक विकासका अवधारणा बुभ्mन सकुन्, आफ्ना सामाजिक मूल्यमान्यतासँग परिचित भई एक लगनशील, कर्तव्यनिष्ठ, इमानदार र असल नागरिक बनुन्, नेपाल र विश्वको भौगोलिक परिवर्तन तथा विगतका ऐतिहासिक घटनाव्रmमबाट पाठ सिकी वर्तमान अवस्थामा आफूलाई परिवर्तन गर्न सकुन् र जनसङ्ख्या व्यवस्थापनमा व्यावहारिक सिप प्राप्त होस् भन्ने उद्देश्य राखिएको छ । त्यसै गरी आर्थिक व्रिmयाकलापसँग परिचित भई श्रमप्रति लगनशील हुन सकुन्, अन्तर्राष्ट्रिय समझदारी बढाउन यसका विषयवस्तुबाट मदत लिन सकुन्, विश्व परिस्थितिका नयाँ परिवर्तनहरूको जानकारी राख्दै स्वतन्त्र, समानता र विश्वबन्धुत्वको भावनाअनुरूप आफूलाई समायोजन गर्न सकुन्, विश्वमा विकसित विज्ञान र प्रविधिबाट मानव समाजमा परेका प्रभावहरूलाई व्यवहारमा ल्याई विद्यार्थीहरूबाट मुलुकको विकासमा टेवा मिलोस् भन्ने उद्देश्य यस पाठ्यव्रmमले राखेको छ । यसका विषयक्षेत्रलाई आधारभूत तहदेखि माध्यमिक तहसम्म क्रमबद्ध गर्ने प्रयास गरिएको छ ।
यस पाठ्यव्रmममा कक्षा ६—८ का तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विषयवस्तुको विस्तृतीकरणसहित विषयवस्तुको क्षेत्रअनुसार सिकाइ सहजीकरण व्रिmयाकलाप तथा विद्यार्थी मूल्याङ्कनका लागि गर्न सकिने नमुना व्रिmयाकलाप, सम्भावित प्रयोगात्मक तथा परियोजना कार्य, सिकाइ सहजीकरण विधि तथा प्रक्रिया लागि मार्गदर्शन तथा मूल्याङ्कन विधि, प्रव्रिmया तथा साधनहरूको सङ्केत गरिएको छ । यस पाठ्यक्रममा समावेश गरिएका मुख्य विषयक्षेत्रहरूमा हामी र हाम्रो समाज, हाम्रो सामाजिक मूल्यमान्यता, सभ्य समाज निर्माणका आधारहरू, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रा आर्थिक क्रियाकलाप, हाम्रो जनसाङ्ख्यिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग रहेका छन् । यस विषयका लागि कक्षा ६ देखि ८ सम्म प्रत्येक कक्षामा साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक १६० कार्यघण्टा समय निर्धारण गरिएको छ । यस विषयको मूल्याड्कनका लागि ५० प्रतिशत आन्तरिक मूल्याङ्कन र ५० प्रतिशत अन्तिम परीक्षा निर्धारण गरिएको छ ।
२. तहगत सक्षमता
कक्षा ६—८ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको अध्ययन पूरा गरेपछि विद्यार्थीहरूमा निम्नलिखित सक्षमताहरू हासिल हुने छन् ः
१. हामी र हाम्रो समाजका विविध पक्षहरूको पहिचान, सम्मान, संरक्षण र संवर्धन
२. स्थानीय तहमा सञ्चालित विकासका कार्यहरूको जानकारी र सहभागिता
३. हाम्रा सामाजिक र मानवीय मूल्यमान्यताहरूको पहिचान र बोध, संरक्षण एवम् संवर्धन
४. राष्ट्रको सम्मान, राष्ट्रियताको जगेर्ना र राष्ट्रिय सम्पदाहरूको संरक्षण
५. नागरिक अधिकार र कर्तव्यको बोध, प्रस्तुति, संरक्षण र संवर्धन
६. सभ्य समाज निर्माणका आधारहरू पहिचान एवम् बाधाहरूको निराकरण र समाधान
६. सामाजिक अवसरहरूको पहिचान , बोध, प्रस्तुति
८. नेपालका विभिन्न आर्थिक व्रिmयाकलापको बोध तथा प्रस्तुति
९. नेपालको भौगोलिक अवस्था र तथ्यहरूको पहिचान र नक्सा निर्माण सिपको प्रदर्शन
१०. जलवायु परिवर्तन र विपत् व्यवस्थापनको तयारी र प्रयोग
११. सूचना र प्रविधि एवम् व्यवहारकुशल सिपमा आधारित सिकाइको प्रयोग र प्रवर्धन
१२. जनसाङ्ख्यिकी र जनसङ्ख्या व्यवस्थापनको बोध र प्रस्तुति
१३. अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगका पक्षहरूको पहिचान र नेपालको हितमा यिनको योगदानको खोजी
र विश्लेषण
१४. सूचना प्रविधिको पहिचान र उचित प्रयोग तथा समसामयिक घटना र त्यसको असर पहिचान
३, बिषय क्षेत्र क्रम
१. हामी र हाम्रो समाज
२. हाम्रो मानव मूल्य मान्यता
३. नागरिक चेतना, कर्तव्य र अधिकार
४. सामाजिक समस्या र समाधान
५. हाम्रो विगत
६. हाम्रा आर्थिक व्रिmयाकलाप
६. हाम्रा आर्थिक व्रिmयाकलापञ
८. हाम्रो जनसाङ्ख्यिक अवस्था
९. अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक घटना र सूचना प्रविधि
No comments:
Post a Comment