कक्षा ६—८ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको अध्ययन पूरा गरेपछि विद्यार्थीहरूमा निम्नलिखित सक्षमताहरू हासिल हुने छन्ः
१. हामी र हाम्रो समाजका विविध पक्षहरूको पहिचान, सम्मान, संरक्षण र संवर्धन
२. स्थानीय तहमा सञ्चालित विकासका कार्यहरूको जानकारी र सहभागिता
३. हाम्रा सामाजिक र मानवीय मूल्यमान्यताहरूको पहिचान र बोध, संरक्षण एवम् संवर्धन
४. राष्ट्रको सम्मान, राष्ट्रियताको जगेर्ना र राष्ट्रिय सम्पदाहरूको संरक्षण
५. नागरिक अधिकार र कर्तव्यको बोध, प्रस्तुति, संरक्षण र संवर्धन
६. सभ्य समाज निर्माणका आधारहरू पहिचान एवम् बाधाहरूको निराकरण र समाधान
६. सामाजिक अवसरहरूको पहिचान , बोध, प्रस्तुति
८. नेपालका विभिन्न आर्थिक व्रिmयाकलापको बोध तथा प्रस्तुति
९. नेपालको भौगोलिक अवस्था र तथ्यहरूको पहिचान र नक्सा निर्माण सिपको प्रदर्शन
१०. जलवायु परिवर्तन र विपत् व्यवस्थापनको तयारी र प्रयोग
११. सूचना र प्रविधि एवम् व्यवहारकुशल सिपमा आधारित सिकाइको प्रयोग र प्रवर्धन
१२. जनसाङ्ख्यिकी र जनसङ्ख्या व्यवस्थापनको बोध र प्रस्तुति
१३. अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगका पक्षहरूको पहिचान र नेपालको हितमा यिनको योगदानको खोजी र विश्लेषण
१४. सूचना प्रविधिको पहिचान र उचित प्रयोग तथा समसामयिक घटना र त्यसको असर पहिचान
No comments:
Post a Comment