Monday, September 13, 2021

लोकसेवा आयोगका लागि बिषयगत सामग्री - २

 

                                                                                                        


                                                            -सन्तोष पोख्रेल 

सामाजिक परिवर्तनका बिशेषताहरु

,सामाजिकीकरण

,विश्वब्यापी

,परिवर्तन असमान एवं तुलनात्मक

,नियमित

, जटिल तथ्य

,भबिस्यवाणी गर्न नसकिने

,योजनावद्ध र स्वस्फूर्त दुवै

औद्योगीकरण र सामाजिक परिवर्तन

यन्त्र उपकरणको प्रयोग गरेर बढी भन्दा बढी उत्पादन गर्ने प्रक्रियालाई औद्योगीकरण भनीन्छ ।

समाजमा पारेको प्रभावहरु

 

·        Automation यान्त्रिकीकरण

·        Mass Production सामूहिक उत्पादन

·        Mass Communiction आम संचारको उपयोग

·        यातायातका साधनको दु्रत बिकास  (Faster Means transportation)

·        Recreation & Commercialized मनोरञ्जनका माध्यमहरुको  ब्यवसायीकरण

·        बिशेष दक्षतामा जोड Specialization

·        धार्मिक सहिष्णुता

·        महीलाहरुको कामको जिम्मेवारीमा परीवर्तन

·        पारीवारीक संरचना सानो हुदै जानु

·        ब्यक्तिगत लाभमा लाग्नु

 

ग्रामिण सामाजिक जनजीवनमा प्रबिधिको प्रभाव

·        परम्परागत निर्वाहमूखि कृषी प्रणलीमा सुधार,

·        ग्रामीण चेतनामा सकारात्मक प्रभाव,

·        बिशेष दक्षतामा जोड -Specialization_

·        बसाइसराइ

·        उन्नत एवं सुबिधायुक्त

·        साँस्कृतीक अतिक्रमण र विकास

औद्योगीक र ग्रामिण समाजका बिशेषताहरु

ग्रामिण समाजका बिशेषताहरु

·        संयुक्त परिवार व्यष्लत Joint Family

·        धर्ममाथी आस्था Religious belief

·        कृषी मुल ब्यवसाय Agriculture Main Occuption

·        समयको कम महत्व Less respect to Time

·        बिशेष दक्षताको अभाव (Lack OfSpecialization_

·        सामाजिक सुरक्षा राम्रो (Good social security)

·        बैकल्पीक रोजगारीको अभाव ( lack Of extra Employment )

 

औद्योगीक समाजका बिशेषताहरु

,मानिसहरुको चाप बढी

,आवास तथा जग्गाको अभाव र सुकुम्बासी समस्या

, बढ्दो जनसंख्या चापका कारण यातायातको कठीनाई

,आपराधिक गतिबिधिमा पनि बृद्धी

,पैसाको पछी दगुर्नु

,शिक्षित बेरोजगारहरुको संख्या बढ्नु,

,आपसी सम्बन्धहरु विग्रनु

,तुलनात्मक रुपमा बढी भौतिक सुख ।

सहरीकरण

सहरमा मानिसहरु केन्द्रित हुने प्रक्रियालाई सहरीकरण भनिन्छ । सहरीकरण ब्यवस्थित एवं सन्तुलीत तवरवाट हुन जरुरी हुन्छ ।

सहरीकरणका समस्याहरु

, योजना नहुनु र भएका योजनाहरु पनि प्रभावकारी रुपमा कार्यन्वयन नहुनु,

, जनसंख्याको चाप बढ्दै जानु

, सरकारी कार्यालयको समन्वय नहुनु

, फोहोर ब्यवस्थापन हुन नसक्नु

५ ट्राफिक समस्या

, अब्यवस्थीत वसोवास बढ्नु ,

Saturday, September 11, 2021

नेपालमा बोलिने भाषाको संख्या १३१ पुग्यो

 नेपालमा बोलिने भाषाको संख्या १३१ पुग्यो 

  1. २०६८ को जनगणना भन्दा ८ वटा भाषा थप भएका छन् । 
  2. थप भएका भाषाहरु (भाषा आयोगको प्रतिवेदन २०७५÷०७६ अनुसार) 

भाषाको नाम                                                 बोल्ने क्षेत्र

राना थारु                                                      कञ्चनपुर 

नाफूँ                                                             मनाङ

चुम(स्यार)                                                         गोरखा 

नुब्रो(लार्के)                                                 गोरखा 

पोइके                                                         डोल्पा

सेराके(सेके)                                                 मुस्ताङ

  • भाषा आयोगको प्रतिवेदन २०७६/७७ अनुसार थपिएका भाषाहरु (२ वटा) :
  •  क) मारेक याक्खा, धनकुटा ख) नावा शेर्पा, संखुवासभा 
  • हाल भाषा आयोगका अध्यक्ष : डा. लवदेव अवस्थी 
  • भाषा  आयोगमा अध्ययक्षका अतिरिक्त आवश्यकता संख्यामा सदस्यहरु रहने व्यवस्था छ । 
  • सदस्यहरुको कार्यकाल ६ वर्ष हुन्छ । 
  • नेपालको संविधानको धारा २८७ मा भाषा आयोग सम्बन्धी व्यवस्था गरिएको छ । 
  • २०६८ को जनगणना अनुसार नेपालमा १२३ वटा भाषाहरु बोलिन्थ्यो । 

                                                                                                                        संकलन : सन्तोष पोख्रेल 


लोकसेवा तयारीका लागि सामाग्री

  नेपालमा प्रचलित केही प्रथाहरू 


      -सन्तोष पोखरेल 
                                  

दास प्रथा 

मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  । 

 

सती प्रथा 

आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय देखि चलनमा रह्यो । यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए  । 

 

देउकी प्रथा 

धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो  । 

 

कमैया प्रथा 

आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहु कै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ  । 

 

झुमा प्रथा/ढावा प्रथा 

बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा/लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा/ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत : मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ  । 

 

छाउपडी प्रथा 

महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा सुदुर पश्चिममाञ्चलको अछाम जिल्लामा प्रचलित छ । यो प्रथा अनुसार छाउपडीहरू गोठमा बस्नुपर्ने हुन्छ  । 

 

डोलाजी प्रथा 

यो प्रथा मध्यकालमा प्रचलित विवाहका प्रथामध्ये एक हो । यस प्रथा अनुसार दुलाहा नै दुलहीको घरमा गई बस्ने दुलहीको गोत्रमा दुलाहाको गोत्र बदलिने र पारिवारिक सदस्य बनी अंशियार समेत हुने चलन हुन्छ । तिर्जा प्रथा तिर्जा भन्नाले कुनै ठाउँको बाली यति उठाई खानु भन्ने अधिकार पत्र हो । सिपाही तथा हाकीमहरूलाई तलबको रूपमा हरेक वर्ष तिर्जा दिने राणाकालीन प्रथालाई तिर्जा प्रथा भनिन्छ ।

 

डंगुवा प्रथा 

पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथानै डंगुवा प्रथा हो । यस्तो डगुवा बस्नेहरू आफ्नो श्रीमती मरेर राणो भएका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् । 

 

दाईजो प्रथा 

छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । नेपालको सन्दर्भमा विशेषगरी हिन्दु सामाजिक व्यवस्था भएका समाजमा यो प्रथा चलन चल्तीमा छ । अन्य क्षेत्रभन्दा तराई–मधेस क्षेत्रहरूमा दाइजो प्रथाको व्यापक प्रयोग अझ बढी हुने गरेको छ । 

 

घोडाभेडा प्रथा 

लेनदेन,  जारी, कुटपीट, अंशवण्डा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्रभलादमीहरूले दुवै पक्षलाई जुटाई झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुबाउनु पर्ने र फर्किदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ  । 

 

बेठी प्रथा 

पूर्वी पहाडमा रोपाइको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई बेठी प्रथा भनिन्छ  । 

 

बालीघरे/ खलो  प्रथा 

ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ  । 

 

कटुवाल प्रथा 

गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ  । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथाको औचित्य सकिएको छ ।

 

वस्तुगत प्रश्नोत्तर

देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ? मेलौली, बैतडी 

ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ? बालीघरे

बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई  के भनिन्छ ? झारा प्रथा 

कमैयाले साहुलाई  तिर्ने ऋणलाई  के भनिन्छ ? सौकी

रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ? छाउपडी प्रथा 

शेर्पा समुदायकी माहिली छोरीलाई  बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई  कस्तो प्रथा भनिन्छ ? झुमा प्रथा 

गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ? बाधा प्रथा 

छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई  मानिन्छ ? अछाम 

डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ? राजवंशी

लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई  लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ? डंगुवा प्रथा 

सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ? सुर्खेत

सैरली प्रथा कस्तो प्रथा हो ? युवकको निमन्त्रणामा युवती घुम्न जाने 

दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई  के भनिन्छ ? डोलाजी प्रथा 

झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ? माइली 

झगडा मिलाउने मध्यस्थकर्तालाई  भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ? मुगु 

सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ? २६ वटा

भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ? भीमसेन थापा 

आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ? कमैया र बाधा प्रथा 

नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई  के भनिन्छ ? न्वागी 

देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा

हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ? मनु

नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई  के भनिन्छ ? मधुश्रावणी पर्व 

विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई  के भनिन्छ ? सामा चकेवा पर्व 

धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ? मृत्यु 

ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ? घर हाल्ने प्रथा 

मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई  के भनिन्छ ? टिला

धर्मपुत्र पुत्री र निजलाई  राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ? ३० वर्ष 

– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ? इस्लाम 

देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा 

भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा  

गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 

– “गाईजात्रा”लाई  नेपाल भाषामा के भनिन्छ ? सापारू

इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 

हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई  चिनिन्छ ? गाईजात्रा 

इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल 

नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर   (२०६९, लो.से.आ.) 

१५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर  

– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल 

– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू 

– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ

क) गणेश   ख) भैरव   ग) कुमारी         घ) माथिका सबै 

दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना 

दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र

– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा

– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार

हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी

छोक्रा नाच कुन समुदायको नाच हो ? थारू 

नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु

वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू 

– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

 

महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति   (२०६८, लो.से.आ.)

 

धर्म

धर्मको अर्थ धारण गर्नु भन्ने हुन्छ । यसरी कुनै चालचलन संस्कार, रीतिरिवाज आदि मान्यताको अवलम्वन गर्नु नै धर्म हो ।  प्रत्येक धर्मको पालना फरक फरक तरिकाले  गर्न सकिन्छ । त्यसै गरी धर्मको मान्यता तथा सार पनि अलग–अलग हुन्छ  ।

 

नेपालका प्रचलित प्रमुख धर्महरू  

नेपाल धार्मिक, सांस्कृतिक विविधता युक्त देश हो । यहाँ हिन्दू, बौद्ध, इस्लाम लगायत धर्म मान्ने मानिसहरूको बाहुल्यता रहेको पाइन्छ । धर्म मान्ने मानिसको संख्याको आधारमा पनि क्रमशः हिन्दू, बौद्ध, मुस्लिम, किराँत, क्रिस्चियन, जैन मान्ने मानिसहरू नेपालमा रहेको पाइन्छ । नेपालमा ८० % भन्दा बढी मानिसहरू हिन्दु र करिब १० % मानिस बौद्ध धर्मावलम्बीहरू छन् । यी विभिन्न धर्म मान्ने मानिसहरू नेपालमा बसोबास गर्ने भए पनि नेपालमा धार्मिक सहिष्णुता भने पाइन्छ  । 

 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ 

सरस्वती  – विधाकी देवी  लक्ष्मी  – धनकी देवी   दधिचि  – दानी  

जनक – ज्ञानी                   युधिष्ठिर – सत्यवादी   मिरा – भक्तिनी 

नारद  – कुरौटे                   चाणक्य  – नीतिवान   कुम्भकमर्ण  – सुताहा   

भगिरथ  – परिश्रमी           हरिश्चन्द्र  – सत्यवादी   सुदामा – गरिव  

सावित्री  – पतिव्रता           विभिषण  – कुलद्रोही  वुद्ध – शान्तिदूत   

दुर्वाशा  – रिसाहा           भीष्म  – दृढ प्रतिज्ञा   कुवेर – धनी  

हनुमान  – काम फत्ते गर्ने   सावित्री  – पतिव्रता    एकलब्य – गुरुभक्त

 १) हिन्दू धर्म 

हिन्दू धर्मलाई विश्वको प्राचीन धर्म मानिन्छ  । 

यस धर्मका संस्थापक कुनै एक व्यक्ति वा संस्था नभई यसको विकासमा लाखौं व्यक्ति वा संस्थाहरूको ठूलो योगदान छ  ।  

हिन्दू धर्मका मुख्य पुस्तकहरू वेद, रामायण, महाभारत, उपनिषद्, पूराण आदि हुन्  ।

यस धर्मअनुसार ३३ कोटी देवी देवता हुन्छन् भन्ने मान्यता राखिन्छ । गणेश, सूर्य, देवी, विष्णु, शंकर आदि यस धर्मका प्रमुख देवताहरू मानिन्छन्  । 

हिन्दू देवी देवताको स्थापना गरिएको मन्दिर नै हिन्दूहरूका धार्मिकस्थल हुन्  ।

अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो  । 

हिन्दू धमार्वलम्बीहरूले जनैपूर्णिमा, दशै तिहार, माघसेक्रान्ती आदि जस्ता मुख्य चाड पवर्हरू मनाउछँन्  । 

२०६८ सालको जनगणना अनुसार हिन्दु धर्मावलम्बीहरूको सख्या ८१.३% रहेको छ  । 

 २)  बौद्ध धर्म 

शेर्पा, तामाङ्ग, गरुङ्ग, थकाली जस्ता मंगोलियन जातिहरुले अबलम्बन गर्ने धमर्लार्इ बाद्धै धर्म  भनिन्छ  ।

नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध नै यस धर्मका संस्थापक हुन्  । 

बौद्ध धर्मको धार्मिक ग्रन्थ ‘त्रिपिटक’ हो भने पूजास्थललाई बिहार, स्तुप वा मठ भनिन्छ  ।

ज्ञान, सत्कर्म र अहिंसामा विश्वास गर्ने, जातीय भेदभावलाई नमान्ने बौद्ध धर्मलाई युगसापेक्ष वैज्ञानिक धर्म मानिन्छ  । 

यो समुदायले बुद्ध जयन्ती, ल्होसार जस्ता मुख्य चाडपर्वहरू मनाउँछन्  । 

नेपालमा हिन्दूपछि बौद्ध धर्मावलम्वीहरूको संख्या बढी छ  ।

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या करिव ९.०% रहेको छ  । 

 गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश : 

संसारमा दुःख छ । 

दुःखको कारण छ । 

दुःखको निरोध हुन सक्छ । 

दुःख निरोधका उपायहरू छन् । 

 ३)  इस्लाम धर्म 

यस धर्मका संस्थापक पैगम्बर मोहमद हुन्  । 

यो मुसलमान समुदायले मनाउने धर्म हो  ।

• ‘कुरान पाक’, ‘कुरान सरिफ’ यस धर्मका प्रमुख ग्रन्थ हुन्  । ड्ड यो धर्मको पूजा स्थललाई ‘मस्जिद’ भनिन्छ  ।

यो धर्मको एक मात्र इश्वर ‘अल्लाह’ लाई मानिन्छ  । 

गरिवलाई अनिवार्य रूपमा दान दिनु पर्ने यो धर्मको सार हो  ।

नारीको दयनीय स्थान र धार्मिक कट्टरता  यो धर्मको कमजोरी हो  । 

२०६८ सालको जनगणना अनुसार इस्लाम धर्मावलम्वीहरूको संख्या ४.४% रहेको छ  । 

 

४)  शिख धर्म 

शिखहरूका आराध्य देवता गुरु नानकले स्थापना गरेको सम्पूर्ण शिख समुदायहरूले मान्ने धर्म नै शिख धर्म हो  ।

शिख धर्मको धार्मिक ग्रन्थलाई ‘गुरु ग्रन्थ साहीव’ भनिन्छ भने पूजा स्थललाई मस्जिद भनिन्छ  । 

पहिलो शिख मन्दिर भारतको प्रतापपुरमा निर्माण गरिएको थियो  ।

यो धर्ममा अहिंसा, सत्कार्य, परोपकारलाई सारको रूपमा लिइन्छ  । 

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या ६०९ जना रहेको पाइन्छ  । 

 ५)  इसाई धर्म 

जेरूसेलममा जन्मेका इसामसिह जिसस क्राइस्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ । 

यो धर्मलाई क्रिस्चियन धर्मको रूपमा पनि चिनिन्छ ।

क्रिस्चियन समुदायले मान्ने धर्मनै इसाई धर्म हो । 

यस धर्मको धार्मिक ग्रन्थलाई ‘बाइबल’ र पूजास्थललाई ‘चर्च’ भनिन्छ । 

यस धर्मले लोभ गर्न नहुने र आफूलाई दीनहीन तथा दास सम्झ्न नहुने कुरामा जोड दिन्छ । 

यो धर्मावलम्बीहरूले “क्रिसमस डे” लाई महत्वका साथ मनाउँछन्  ।

२०६८ सालको जनगणना अनुसार इसाई धर्मावलम्बीहरूको संख्या १.४% रहेको छ । 

 ६)  यहुदी धर्म 

मेसोपोटामियामा जन्मेका हजरत मुसा यहुदी धर्मका संस्थापक मानिन्छन्  । 

यस धर्मको धार्मिक ग्रन्थ ‘कैवाला’ हो भने धार्मिक स्थललाई अग्नि मन्दिर भनिन्छ । यिनीहरू सनाहा पर्व मनाउँछन्  । 

यो धर्मले प्रेम, दया, न्याय, सदाचार, परोपकार, दीनदुखी अशक्तहरूको सेवा, ईश्वरप्रति आस्थावान हुने प्रेरणा दिन्छ । 

 ७)  जैन धर्म 

भारतको बैशालीमा जन्मिएका महावीर जैन नै जैन धर्मका प्रवर्तक हुन्  । 

जैनहरूको मन्दिरलाई जैन मन्दिर र धर्म ग्रन्थलाई वचनामृत भनिन्छ  । 

महावीर जैनलाई जैन धर्मका अन्तिम तीर्थङ्कर मानिन्छ  ।

पवित्रता, सच्चरित्रता र अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ  । 

यिनीहरूको पूजास्थललाई अग्नि मन्दिर भनिन्छ  ।

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्नेको संख्या ३२१४ जना रहेको अवस्था छ  ।

 धर्म सम्बन्धी बिविध जानकारी 

 पशुपतिनाथको मन्दिरमा पशुपतिनाथका भएका छ वटा मुख 

१. तत्पुरुष (पूर्व)   २. अघोर (दक्षिण)  ३. सद्योजात (पश्चिम) 

 ४. वामदेव (उत्तर)  ५. इशान (आकाश)  ६. कालअग्नि रूद्र (पाताल) 

 हिन्दू धर्मका अठार पुराणहरू  

स्कन्द पुराण       – श्रीमद्भागवत पुराण  मार्कयडेय पुराण   शिव पुराण  

विष्णु पुराण       – ब्रह्म वैवर्त पुराण  नारद पुराण           – पद्म पुराण  

बराह पुराण       – मत्स्य पुराण  गरुड पुराण           – कुर्म पुराण 

वामन पुराण       – लिङ्ग पुराण   अग्नि पुराण            – ब्रह्म पुराण  

भविष्य पुराण       – ब्रह्माण्ड पुराण 

 हिन्दू परम्पराका पौराणिक पात्रका मातापिता 

शनि :  सूर्य र छायाँ                         – हनुमान :  वायु/केशर र अञ्जना 

परीक्षित :  अभिमन्यु र उत्तरा                – पार्वती :  हिमालय र मेनुका  

कर्ण :  सूर्य र कुन्ती                 – ध्रुव :  उत्तानपाद र सुनीति 

बृहस्पति : अंगिरा र सुनीपा/श्रद्धा        – शुक्राचार्य :  भृग र दिव्या 

जमदग्नि :  ऋत्विक र सत्यवती                – मेघनाद/इन्द्रजित :  रावण र मन्दोदरी 

मैनाक :  हिमालय पर्वत र मेनका        – कश्यप :  मरीचि र कला    

वेदव्यास :  परासर र मत्स्यगन्धा        – अभिमन्यु :  अर्जुन र सुभद्रा 

परशुराम :  जमदग्नि र रेणुका             – अंगद : बालि र तारा 

श्रीकृष्ण :  वसुदेव र देवकी          – दत्तात्रेय : अत्रि र अनुसुया 

महात्मा विदुर :  वेदव्यास र बनिता        – अश्वत्थामा :  द्रोणाचार्य र कृपी 

भीष्म पितामह :  सन्तनु र गंगा             – पाण्डु : विचित्रवीर्य र अम्बालिका 

विचित्रवीर्य : सन्तनु र सत्यवती                – सिद्धार्थ गौतम : शुद्धोधन र मायादेवी

दशरथ : अज र इन्दुमती                  – धृतराष्ट्र : विचित्रवीर्य र अम्बिका                 

शुकदेव : व्यास र पिंगला                        – पर्वरिक : घटोत्चक र कामकटंकटा 

पौराणिक व्यक्ति र तिनका पत्नीहरू 

ब्र्रह्मा – तरूपा/ब्राह्मी/गायत्री    शिव – पार्वती 

बली – असना                             विष्णु – लक्ष्मी  

विश्वमित्र – मेनका                    दुर्योधन – भानुमती 

गौतम – अहल्या (गौतमी)            बासुदेव – देवकी 

अज – इन्दुमती                            रावण – मन्दोदरी  

दुष्यन्त – सकुन्तला                    कालीदास – विद्योत्तमा 

युधिष्ठिर – द्रौपदी, देविका             दुर्योधन – भानुमती 

सुग्रीव – रमा, तारा                     राम – सीता    

सिद्धार्थ गौतम – यशोधरा            विभीषण – सरभी   

लक्ष्मण – उर्मिला                    भरत – माण्डवी  

अनिरुद्र – उषा                     शत्रुघ्न – श्रुतिकीर्ति  

कृष्ण – रुक्मिणी                    विदुर – पारश्वी 

वली – तारा                     इन्द्र – शची 

जनक – सुनयना                     ययाति – देवयानी  

विधुजिह – सुवर्णखा                    अग्नि/पावक – स्वाहा/अग्नायी 

कुम्भकर्ण – बज्रज्वाला             गणेश – ऋद्धि, सिद्धि 

सूर्य – सन्ध्या, संज्ञा, स्वाती, छाया, प्रभा    नल – दमयन्ती  

कामदेव – रति                             कर्दम – देवहुती 

धृतराष्ट्र – गान्धारी                     हिमालय – मेनका 

द्रोणाचार्य – कृपी                      पाण्डु – कुन्ती, माद्री  

जयद्रथ – दुःशला                     बलराम – रेवती 

वेदव्यास – पिङ्गला                    विश्वामित्र – मेनका  

नन्द – यशोदा                             पञ्चपाण्डव – द्रौपदी 

अभिमन्यु – उत्तरा                     इन्द्रजित – सुलोचना 

अर्जुन – सुभद्रा                             कर्ण – पद्यावती                              

 विभिन्न देव–देवीहरूसँग सम्बन्धित रुख विरुवाहरू 

विष्णु/लक्ष्मी – तुलसी         शिव – वेल/रुद्राक्ष            सूर्य – करवीर 

कार्तिकेय – अमला          बुद्ध/इन्द्र/सीता  – अशोक   गणेश – दुवो/शिशौ

लक्ष्मी – आँप           कृष्ण  – कदम, तमाल    विष्णु/शिव/बुद्ध  – वर        

शितला – नीम                  विष्णु/कृष्ण  – पिपल           सबै देवीदेवता  – फलफूल, सुपारी 

 कुन युग कुन मितिदेखि शुरु भयो

सत्ययुग – वैशाख शुक्ल तृतीया    कलियुग – पौष अमावश्या 

त्रेतायुग – कार्तिक शुक्ल नवमी    द्वापर युग – भाद्र कृष्ण त्रयोदशी

कुन कतिवटा हुन्छन्

तिथि – १५ वटा           महिना – १२ वटा    पक्ष  – दुईवटा

सम्वत्सर – ६० वटा   करण – ७ वटा           उपवेद  – ४ वटा 

उपपुराण – १८ वटा   नक्षत्र – २७ वटा    बार  – ७ वटा 

योग – २७ वटा           राशी – १२ वटा    पुराण  – १८ वटा   

वेद – ४ वटा             दिकपाल – १० वटा 

 महाभारतका प्रमुख पात्रहरूको राज्य 

सिन्धु देश – जयद्रथ            चेदी देश – शिशुपाल 

मगधदेश – जरासन्ध            अंगदेश – कर्ण 

मद्रदेश – शल्य                 पाण्डु, युधिष्ठिर  – हस्तिनापुर 

 हिन्दू वर्णव्यवस्था अनुसारका बिशेषता सत्यगुणयुक्त 

ब्राह्माण – सत्वगुणी            शक्तिगुणयुक्त क्षेत्रीय – रजोगुणी

सम्पति उन्मुख वैश्य – तमोगुणी     सेवा उन्मुख समूह – शुद्र 

 पशुपतिनाथको स्थापना सम्बन्धी जानकारी 

स्थापना सम्बन्धी विवरण    सुरूवातकर्ता 

पशुपतिनाथको मन्दिर बनाउने    प्रचण्डदेव 

पशुपतिमा देवलहरू बनाउने    सुपुष्प 

पशुपतिनाथलाई स्वर्णमय बनाउने   भाष्कर वर्मा 

पशुपतिनाथको हालको मूर्ति बनाउने   जयसिंह देव 

पशुपतिमा महास्नान गर्ने चलन चलाउने  अभय मल्ल 

पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने  यक्ष मल्ल 

पशुपतिलाई राजमान्यता दिने    अंशुवर्मा 

पशुपतिनाथमा सुनको छाना चढाउने   शिवदेव

 काठमाडौंका चार नारायणहरू 

चार नारायणहरू  

१. चाँगु नारायण   २. इचंगु नारायण   ३. शेष नारायण   ४. विशंखु नारायण 

 भगवान गौतम बुद्धका आठ उपदेशहरू 

१. सद्विश्वास   २. सद्निश्चय   ३. सद्वचन    ४. सत्कर्म 

५. सद्जीविका  ६. सत्प्रयास   ७. सद्विचार    ८. सद्ध्यान 

 बौद्ध धर्मसँग सम्बन्धित पाँच रंगको अर्थ      (२०६९, लो.से.आ.) 

निलो – बुद्धको शरीर,    पहेलो  – बुद्धको अस्थिधातु 

रातो – बुद्धको रगत,            कलेजी – बुद्धको अन्तःस्करण 

सेतो – बुद्धको दाँत 

 महर्षि वाल्मिकीद्वारा लिखित रामायणका आठ काण्डहरू

१. बालकण्ड   २. अयोध्याकाण्ड  ३. अरण्यकाण्ड           ४. किस्किन्धा काण्ड 

५. सुन्दर काण्ड  ६. युद्ध काण्ड    ७. उत्तर काण्ड    ८. राम अश्वमेध काण्ड 

 बौद्ध धर्मका पाँच शीलहरू       (२०७२, लो.से.आ.) 

बौद्ध धर्मका पाँच शील अर्थात पञ्चशील भन्नाले निम्न बुझिन्छ :

१. सत्य – झुट्टो कुरा कहिल्यै नबोल्नु

२. अहिंसा – हिंसा कहिल्यै नगर्नु 

३. अस्तेह – चोरी कहिल्यै नगर्नु 

४. परस्त्रीगमन निषेध – ब्रह्मचर्यामा रहनु 

५. मद्यपान निषेध – जाँड रक्सीबाट टाढा रहनु 

 धर्म र धर्मका प्रर्वतक 

बुद्ध धर्म – सिद्धार्थ गौतम   जैन धर्म – महावीर जैन 

यहुदी धर्म – हजरत मुसा   शिख धर्म – गुरु नानक 

इस्लाम धर्म – पैगम्बर मुहम्मद 

 विश्वका विभिन्न बौद्ध विहारहरू

स्वयम्भू महाबिहार –  नेपाल    त्रिपिटक महाबिहार – तिब्बत 

ताम्रशीला बिहार – श्रीलंका   विक्रमशीला बिहार – भारत 

तक्षशीला बिहार – पाकिस्तान  स्वर्णशीला बिहार – थाइल्यान्ड 

 बौद्ध धर्मका चार धामहरू 

१. लुम्बिनी – बुद्धको जन्म            २. बोधगया – बुद्धत्व प्राप्ति 

३. सारनाथ – प्रथम उपदेश    ४. कुशीनगर – महापरिनिर्वाण 

 बौद्ध धर्मअनुसार त्रिपिटक     (२०७१, लो.से.आ.) 

त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । यसमा तीनवटा पिटकहरू पर्दछन् । सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक 

१.  सुक्तिपिटक – बुद्धका उपदेशहरू 

२.  विनयपिटक – भिक्षु भिक्षुणीहरूले पालना गर्नुपर्ने नियमहरू 

३.  अभिधम्म पिटक – बुद्ध दर्शनका कुरा उल्लेख गरिएका छन्  ।

 पाँच पाण्डवका द्रौपदी तर्फबाट जन्मेका ५ पुत्रहरू 

युधिष्ठिर – प्रतिविन्ध्य   भीम – सुतसोम 

अर्जुन – श्रृतकर्म   नकुल – शतानिक 

सहदेव – श्रृतसेन 

 गुप्तवासमा रहँदा पाँच पाण्डव र द्रौपदीको छद्मनाम 

युधिष्ठिर – कंक           भीम – बल्लभ 

अर्जुन – ब्रिहन्नला   नकुल – अरिष्टनेभी 

सहदेव – तन्त्रिपाल   द्रौपदी – सौरन्द्री 

वभिन्न देवताहरूको वाहन 

महादेव – नन्दी   गणेश – मुसा 

कुमार – मयूर   दुर्गा – सिंह 

विष्णु – गरूड   इन्द्र – ऐरावत हात्ती 

सरस्वती – हाँस  भैरव — कुकुर 

 हिन्दू धर्मका अठार पूराणहरू 

स्कन्द पूराण              श्रीमद्भागवत पूराण                  – मार्कयडेय पूराण 

शिव पूराण               विष्णु पूराण                           ब्रह्म वैवर्त पूराण 

नारद पूराण               पद्म पूराण                           बराह पूराण 

मत्स्य पूराण              गरुड पूराण                          कुर्म पूराण 

वामन पूराण             लिङ्ग पूराण                           अग्नि पूराण 

ब्रह्म पूराण                      – भविष्य पूराण                         – ब्रह्माण्ड पूराण

 गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश 

संसारमा दुःख छ  ।    दुःखको कारण छ  । 

दुःखको निरोध हुन् सक्छ  ।  दुःख निरोधका उपायहरू छन्  ।

 विश्वका ठूला हिन्दू मन्दिरहरू 

अङ्कोरबाट (विष्णु मन्दिर) – अङ्कोर (कम्बोडिया)                   अक्षरधाम – न्यू दिल्ली (भारत) 

विराट मन्दिर – चम्पारन, बिहार (भारत)                    वेलुर मठ – कोलकोता (भारत)       

विडला मन्दिर – न्यू दिल्ली (भारत)                            वृहदेश्वर मन्दिर – तञ्जुभर (भारत)

 विश्वका प्रमुख धर्महरूका धार्मिक पुस्तकहरू

हिन्दू  – वेद, उपनिषद्, पूराण, रामायण, महाभारत, भागवत गीता, दुर्गा सप्तशती चण्डी आदि । 

शिख  – गुरुग्रन्थ साहिब, आदिग्रन्थ। 

इस्लाम  – कुरान (कुरान पाक, कुरान शरिफ) 

इसाई धर्म  – बाइबल 

बौद्ध धर्म  – त्रिपिटक (सूक्तिपिटक, विनय पिटक र अभिधम्म पिटक) 

यहुदी धर्म  – कैवाला 

ताओइज्म (ताओवाद) – ताओ ते चिङ, द लाआत्सु 

जैन धर्म  – वचनामृत/सिद्धान्त प्राकृत 

कन्फ्युसियानिज्म  – एनालेक्ट्स अफ कन्फ्युसियस 

शिन्तो धर्म  – कोजिकी, निकोह सोकी 

बहाई धर्म  – कितावोअल – अकवास, हफ्दवाद, वयान, अल–कलिमातअल–कवाह 

किरात धर्म  – मुन्धुम 

 विभिन्न धर्मका धार्मिक स्थलहरू 

हिन्दू धर्म  – मन्दिर, शक्तिपीठ                           जैन धर्म  – जैन मन्दिर 

शिख  –  गुरुद्वारा/नानक मठ                          वहाई फेथ  – लोटस टेम्पल   

मुस्लिम  –  मस्जिद, दरगाह, मजार, मुसल्ला                 

जोरस्टर (पारशी धर्म) – अग्नि मन्दिर, सूर्य मन्दिर        

इसाई (क्रिश्चियन)  – गिर्जाघर, क्याथेड्रल, चर्च          

बौद्ध धर्म  – बिहार, स्तूप, मठ, चैत्य 

यहुदी धर्म (जुडाइज्म) – शिनागग 

कन्फ्युसियानिज्म – मठ 

 ताओइज्म – दाओगुआन 

                                                                        क्रमश ;