१. मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?
- वि.सं. २०७६ भदौ २४२. बारा खुला दिसामुक्त जिल्ला कहिले घोषित भएको हो ?
- वि.सं. २०७६ भदौ २७ (६९औँ खुला दिसामुक्त जिल्ला)
३. पर्यटकीय तथा व्यावसायिक प्रयोजनका लागि ३० तलाको भ्यू टावर कहाँ निर्माण गर्न थालिएको छ ?
- दमक (झापा)
४. सरकारले काडमाडौँ उपत्यकाको कुन ठाउँमा तीन हजार क्षमताको सभा हल कहाँ निर्माण गर्नेभएको छ ?
-गोदावरी
५. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?
- चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)
६. राष्ट्रिय कृषि गणना कति–कति वर्षको अन्तरालमा हुने गर्दछ ?
- १०–१० वर्षमा (सातौँ राष्ट्रिय कृषि गणना वि.सं. २०७८ मा गरिने भएको ।)
७. राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरिएको छ ?
- प्रा.डा. श्रीकृष्ण गिरी (वि.सं. २०७६ भदौ) (प्रा.डा. गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
८. लमजुङस्थित बागलुङपानी क्षेत्रलाई बालमैत्री वडा घोषणा कहिले गरिएको हो ?
- वि.सं. २०७६ भदौ ३० (बागलुङपानी गण्डकी प्रदेशकै पहिलो बालमैत्री वडा घोषित भएको ।)
९. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
- वि.सं. २०७४ साउन १२
१०. नेपाल र लुसियानाबीच दौत्य सम्बन्ध कायम कहिले भएको हो ?
- सन् २०१९ अगस्ट २७
११. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?
- वि.सं. २०७५ मङ्सिर ३
१२. प्रदेश नं. २ मा हरित प्रदेश अभियानको शुभारम्भ कहिले गरिएको हो ?
-वि.सं. २०७६ भदौ ७
१३. अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको हो ?
- वि.सं. २०७५ वैशाख २४
१४. नेपालमै पहिलो वन्यजन्तु अस्पताल कहाँ निर्माण गरिनेभएको छ ?
- सौराहा, चितवन
१५. नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिकस्थल कुन हो ?
- नवलपरासीको त्रिवेणीधाम
१६ प्रदेश ३ संसद् बैठकद्वारा प्रदेश लोकसेवा आयोग विधेयक कहिले पारित गरियो ?
- वि.सं. २०७६ भदौ २३
१७. विश्व बैङ्कद्वारा हालै प्रकाशित प्रतिवेदनअनुसार नेपालका वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी कति पु¥याउन सुझाव प्रस्तुत गरिएको छ ?
- रु. १६ अर्ब
१८. छ वर्षदेखि बन्द मनाङको हुम्डे विमानस्थल कहिलेदेखि सञ्चालनमा आएको हो ?
-वि.सं. २०७६ भदौ २७
१९. मनोरञ्जन एवं ज्ञान–विज्ञानसम्बन्धी विविध सामग्री प्रस्तुत गर्दै आएको युवामञ्चको प्रकाशन सुरुवात कहिलेदेखि भएको हो ?
- वि.सं. २०४५ असार
२०. भारतको सुनौलीदेखि कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीन जोड्ने मार्ग कालीगण्डकी करिडोरको लम्बाइ कति रहेको छ ?
- ४३५ किलोमिटर
२१. नेपालको माउन्ट फुजी भनी कुन हिमाललाई चिनिन्छ ?
- मनासलु
२२. नेपालको संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ ?
- धारा २४४
२३. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
- समृद्ध मुलुकका लागि स्वस्थ नागरिक (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको ।)
२४. इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरूपमा तयार पारिएको ‘नेपाल इन्फ्रास्ट्रक्चर २०३०ः इन्भेस्टमेन्ट एन्ड फाइनान्सिङ निड्स’ नामक प्रतिवेदनअनुसार दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा कति लगानी गर्नुपर्ने उल्लेख छ ?
- रु. ३५ खर्ब ९९ अर्ब
२५. झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म निर्माण गरिने विद्युतीय रेलमार्गको लम्बाइ कति छ ?
- ९४५ किलोमिटर
२६. कुनै पनि निजामती कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा कोसँग परामर्श लिनुपर्दछ ?
-लोकसेवा आयोग
२७. मानव अधिकारको उल्लङ्घनबाट पीडित भएको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति दिन कसले आदेश दिने व्यवस्था छ ?
- राष्ट्रिय मानव अधिकार आयोग
२८. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?
- त्रिभुवन राजपथ
२९. नेपालमा सर्वप्रथम बिजुलीबत्ती कहिले र कसको पालामा बलेको थियो ?
- वि.सं. १९६८, चन्द्रशमशेरको पालामा
३०. जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
- श्री ५ सुरेन्द्र
३१. आफ्नो नामको अगाडि ‘कविन्द्र’ लेख्ने राजा को हुन् ?
- प्रताप मल्ल
३२. नेपालको स्वीट्जरल्यान्ड भनेर कुन ठाउँलाई भनिन्छ ?
- दोलखाको जिरी
३३. नेवारी भाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
- भोटबर्मेली
अन्तर्राष्ट्रिय–सन्दर्भ
३४. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता हुनपुगेका छन् ?
- २२ हजार
३४. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता हुनपुगेका छन् ?
-२२ हजार
३५. ध्ज्इ ले दक्षिण एसियाली राष्ट्रहरूमा अत्यावश्यक औषधि तथा परीक्षणसम्बन्धी सामग्री सस्तो एवं सुलभ बनाउने निर्णय कहिले गरेको हो ?
- सन् २०१८ सेप्टेम्बर ५
३६. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ मा विश्व अर्थतन्त्र वृद्धि दर कति कायम हुने प्रक्षेपण गरेको छ ?
-३.२ प्रतिशत
३७. साउदी अरबस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन हमला कहिले भएको हो ?
- सन् २०१९ सेप्टेम्बर १४
३८. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
- सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा)
३९. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
-अमेरिका
४०. भुटानको राष्ट्रिय भाषा जोङ्खा हो भने माल्दिभ्सको राष्ट्रिय भाषा कुन हो ?
- दिवेही
४१. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?
- रेडक्रस
४२. BIMSTEC –Bay of Bengal Initiative for Multi(sectoral and Economic Co–operation)मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
- ७ (नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड ।)
४३. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
- रुस
४४. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाइ मृत्युदण्ड दिइएको थियो ?
- हेमलक
विविध
४५. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?
- भदौ २९
४६. मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?
- वि.सं. २०७३ वैशाख ७
४७. नेपालमा बर्सेनि नयाँ वर्षको पहिलो सप्ताहलाई ‘वन्यजन्तु सप्ताह’ का रूपमा कहिलेदेखि मनाउँदै आइएको छ ?
- वि. सं. २०५३
४८. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्नाजस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?
-स्क्रब टाइफस (scrub Typhus )
४९. नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा को निर्वाचित भएका छन् ?
- जीवनराम श्रेष्ठ
५०. विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित नेपाली पत्रकार को हुन् ?
- किशोर श्रेष्ठ
५१. १६औँ निजामती सेवा दिवस (२०७६) को नारा के हो ?
- सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन
५२. शिक्षा दिवस २०७६ को आदर्श वाक्य के हो ?
-हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण
५३. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा राष्ट्रियस्तरमा उत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल सामुदायिक विद्यालय कुन हो ?
- अमरसिंह मावि, पोखरा
५४. नेपालमा कति प्रकारका पारिस्थितिक प्रणाली रहेका छन् ?
- ११८
५५. ‘हिमालयन इन्साइक्लोपेडिया’ उपनामबाट चिनिने एलिजावेथ हली कुन देशकी नागरिक हुन् ?
- अमेरिका (नेपाल सरकारबाट ‘मानार्थ नागरिकता’ प्राप्त गरेकी हलीको सम्मान एवं सम्झनामा धौलागिरि हिमशृङ्खलाको ६१८२ मिटर उचाइको एक हिमाललाई ‘पिक हली’ नामकरण गरिएको ।)
५६. नेपालमा मात्र पाइने चरा कुन हो ?
- काँडे भ्याकुर (सबै चराहरूको नक्कल गर्नसक्ने चरा ।)
५७. नेपालमा कुन दिनलाई मानव बेचबिखनविरुद्धको दिनका रूपमा मनाइन्छ ?
-भदौ २० (वि.सं. २०६३ देखि मनाउन थालिएको ।)
५८. नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
-वि. सं. २०७३ पुस २२ (निजी क्षेत्रको पहलमा नेपाल निर्यात परिषद्द्वारा नेपाल निर्यात परिषद् स्थापना भएको मितिलाई आधार मान्दै सो दिवस मनाइएको ।)
५९. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?
- गजुर (Pinnacle)
६०. बाघको बच्चालाई डमरु भनिन्छ भने उँटको बच्चालाई के भनिन्छ ?
- उल्लु

No comments:
Post a Comment