Wednesday, May 12, 2021

नेपालको इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तर भाग २


  नेपालको इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तर    

👉 राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ? – ३५ जिल्ला 

👉 नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ? – २०६४ चैत्र २८ 

👉 लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ? – अ्मात्य 

👉 राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? – श्री ३ को कार्यलय 

👉 सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? -क्रीतिनिधी बिष्ट 

👉 नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? -लोकतन्त्र दिबस 

👉 कसको हत्याको कारण कोतपर्ब भएको थियो ?- गगनसिंह 

👉 नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ? -२०६३ मंसिर ०५ 

👉 नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? – २००८ माघ २१ 

👉 रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? – नरेन्द्रदेव 

👉 नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? – महिन्द्र मल्ल 

👉 नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? – २०३७ बैशाख २० 

👉 गोपाल भन्नाले केलाई बुझाउछ ? – गाईपालक समुदायलाई 

👉 गोपालहरुको राजधानी कहाँ थियो ? – किर्तिपुरको दक्षिणी मातातिर्थ 

👉 किराँतहरुको मुलथलो कहाँ हो ? – पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार

 👉 किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ? -कौरवहरुको 

👉 प्रथम सोमवंशि राजा को थिए ? -निमिष 

👉 सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ? – गोदावारी 

👉 अन्तिम सोमवंशि राजा को हुन ? – भाष्कर वर्मा 

👉 लिच्छविहरु को थिए ? – भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु 

👉 लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ? – युपग्राम 

👉 लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ? – गुप्त लिपि 

👉 नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ? – राघवदेव 

👉 लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ? – संस्कृत 

👉 नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ? -जयस्थिती मल्ल 

👉 प्रताम मल्लले कति बर्ष शासन गरे ? -३३ वर्ष 

👉 रानिपोखरिको निर्माण कसले गरेका हुन ? – प्रताप मल्ल 

👉 हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ? – प्रताम मल्ल 

👉 कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ? – जयप्रकाश मल्ल 

👉 सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ? -जयप्रकाश मल्ल 

👉 सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ? -५२ वर्ष 

👉 पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ? -सिद्दिनरसींह मल्ल 

👉 योगनरेन्द्र मल्लको मृत्यु हुँदा कतिजना रानिहरु सति गएका थिए ? -३१ जना 

👉 न्यातपोल मन्दिर निर्माण गर्न कसले लगाएका हुन ? – भुपितन्द्र मल्ल 

👉 शरणको मरण गर्नु हुदैन भन्ने राजा को हुन ? – रणजीत मल्ल 

👉 तीनतले तलेजु मन्दिर कति अग्लो छ ? -१०२ फिट 

👉 मल्ल र नेवार समुदायकी इष्टदेवी को हुन ? -तलेजु-तलुजा भवानी 

👉 मल्लकालमा सबैभन्दा बढी मुद्रा निष्कासन गर्ने राज्य कुन हो ? – कान्तिपुर 

👉 पशुपतिनाथमा सुनको छाना चढाउने को हुन ? – शिवदेव

 👉 प्रजाले खाए पछि मात्र खाने राजा को हुन ? – महिन्द्र मल्ल 

👉 अभयको मल्लको के भएर निधन भएको थियो ? – भुकम्पमा परेर

 👉 कान्तिपुरको बिजयपश्चात राजा जयप्रकास मल्ल भागेर कहाँ गई पृथ्वीनारयण शाहको विरुद्द षडयन्त्र गर्ने थालेका थिए ? – ललितपुर 

👉 नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? –ने.मध्यंपाल.देश 

👉 किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर 

👉 कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती 

👉 सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको 

👉 सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ? –ब्राम्ही 

👉 सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ? – नेपालका देवपाल नामक एक क्षत्रीयसँग 👉 चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपाटन 

👉 किराँतहरुको राजधानी कहाँ रहेको थियो ? –शंखमुल 

👉 पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ? –किराँत 

👉 काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले

 👉 मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले । 

👉 नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले 

👉 गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त 

👉 गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष 

👉 गोपालवंश पछि नेपालमा कुन वंशले शासन गर्यो ? –अहिर (महिषपाल) 

👉 कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ? –पटुको 

👉 किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ? –गस्ती 

👉 लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ? –द्रङ 

👉 लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ? –शिवदेव प्रथम 

👉 नेपालका प्रथम लिच्छवि राजा को थिए ? –जयदेव प्रथम 

👉 मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ? –श्री भोगिनी चिन्ह 

👉 लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ? –सार्थ 

👉 मानदेवको छोराको नाम के हो ? –महिदेव 

👉 लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म) 

👉 लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? –चारभाट 

👉 लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ? –चाण्डाल 

👉 पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? –नरेन्द्रदेव 

👉 नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ? –लिच्छविकाललाई 

👉 नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? –मानदेव 

👉 नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ? – १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म) 

👉 लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ? –कुथेर 

👉 कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? –अंशुवर्मा 

👉 शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ? –अंशुवर्मा 

👉 श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ? –अंशुवर्मा 

👉 लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ? –ब्राम्ही 

👉 लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ? –अग्रहार 

👉 सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा 

👉 सोमवंशको राजधानी कहाँ थियो ? –गोदावरीमा 

👉 सोमवंशका प्रथम राजा को हुन् ? –निमिष 

👉 सोमवंशका अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा 

👉 भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ? –सूर्यवंशी राजपुत भूमि वर्मालाई 

👉 लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ? –वैशालीबाट 

👉 वैशाली हाल कहाँ पर्दछ ? –भारतको मुजफ्फरपुर जिल्ला 

👉 लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ? –सपुष्पलार्ई 

👉 लिच्छवि कालमा राजकीय भाषा के थियो ? –संस्कृत 

👉 युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा 

👉 अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग 

👉 राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म) 

👉 कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव 

👉 लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष 

👉 लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त 

👉 लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ

 👉 किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय 

👉 नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई 

👉 मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक 

👉 मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले 

👉 प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव 

👉 मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)

 👉 सर्वप्रथम नेपाल आउने मल्ला राजा को हुन् ? धर्मदत्त 

👉 काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी 

👉 कन्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव 

👉 इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन 

👉 इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव 

👉 गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क 

👉 विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव 

👉 हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ? –गुणकामदेव 

👉 मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि 

👉 कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ? –लक्ष्मी नरसिंह मल्ल 

👉 कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल 

👉 एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत 

👉 काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा 

👉 काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल 

👉 सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल 

👉 “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा 

👉 राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८–१७३१सम्म 

👉 १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल 

👉 सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल 

👉 कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल 

👉 रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल 

👉 छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७ 

👉 वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल 

👉 प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल 

👉 तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल 

👉 महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली 

👉 सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा 

👉 गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंहमल्ल 👉 पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल 

👉 सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको 

👉 कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल 

👉 ५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल 

👉 भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)

 👉 पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल 

👉 भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल 

👉 पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल 

👉 यक्ष मल्ल कसका छोरा थिए ? –ज्योती मल्ल 

👉 नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल 

👉 काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल 

👉 समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल 

👉 जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष 

👉 गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल 

👉 पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल 

👉 जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार) 👉 रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ? –जयस्थिति मल्ल 

👉 राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ? –३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर) 

👉 बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल 

👉 नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ? –जयस्थिति मल्ल 

👉 राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ? –जयस्थिति मल्ल 

👉 कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ? –अनन्त मल्ल 

👉 बनेपा, पनैती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ? –अनन्त मल्ल 

👉 मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –चौतारा 

👉 आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल 

👉 भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल 

👉 राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल 

👉 सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल 

👉 सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल 

👉 इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल 

👉 बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा 

👉 भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल 

👉 आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल

 👉 “हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल 

👉 अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा

 👉 पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव 

👉 बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल 

👉 सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह

 👉 पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल

 👉 लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर 

👉 राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी 

👉 लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव

 👉 अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार

 👉 मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक 

👉 पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल 

👉 गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा

 👉 अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी 

👉 नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल 

👉 आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र 

👉 मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल 

👉 मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी 

👉 घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल

 👉 सुमति कुन राजाको उपनाम हो ? –जितामित्र मल्ल 

👉 नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ? श्रीनिवास मल्ल 

👉 लमजुङ्गका अन्तिम राजा को हुन् ? –वीरमर्दन शाह 

👉 भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल 

👉 लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी 

👉 भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? जगज्योति मल्ल

 👉 छालाको मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल 

👉 कर्नाटक वंशका अन्तिम राजा को हु्न ? –हरिसिंहदेव 

👉 तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ? –नान्यदेवले 

👉 बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ? –वि.सं. १४०६ मा 

👉 द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते 

👉 प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक 

👉 न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह 

👉 मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल 

👉 पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते 

👉 पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा 

👉 पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१) 

👉 नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –वि.सं. १८०१मा 

👉 किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा 

👉 गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल गर्यो ? –वि.सं. १८१९ भाद्र ९ गते 

👉 मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन 

👉 गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल गर्यो ? वि.सं. १८२२ चैत्र ३ गते 

👉 काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल 

👉 गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त गर्यो ? १८२५ भाद्र शुक्ल चतुर्दशी 

👉 गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा

 👉 ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –सन् १७६८ अक्टुवर ६ मा 

👉 ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल 

👉 गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त गर्यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा 

👉 भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल 

👉 पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा 

👉 कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी कालालाई 

👉 रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह 

👉 नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा 

👉 धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा 

👉 नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२ 

👉 नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर 

👉 ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते 

👉 ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते 

👉 नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा 

👉 नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा 

👉 लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली 

👉 नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२० 

👉 पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू 

👉 काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ? –सुरतरु 

👉 भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ? –जङ्गबहादुर राणा 

👉 लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ? –अन्तरासन 

👉 सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ? –नान्यदेव 

👉 किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ? –महिषपाल वंश 

👉 कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ? –शिवदेव तृतीय 

👉 काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ? –राजा विष्णु मल्ल

 👉 भीमसेन थापाले प्रचलनमा ल्याएको ब्याजदर अनुसार नगदी र जिन्सीमा कति, कति थियो ? –नगदमा १०५, जिन्सीमा २५५

 👉 नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ? –वि.सं. १९९४ 

👉 नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ? –हिमालय शमशेर राणा 

👉 नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ? –नेपाल अरब बैंक लि. 

👉 नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ? –सन् १९५० सेप्टेम्बर 

👉 वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ? – राष्ट्रिय प्रजा पार्टी 

👉 जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ? –टंकप्रसाद आचाय 

👉 २०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ? –२०४६ फागुन ७ गते 

👉 २०४८ सालको आम निर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९ 

👉 माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? –२०५२ फागुन १ गते 

👉 राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ? –वि.सं. २०५९ माघ १९ 

👉 दरबार हत्याकाण्ड कहिले भयो ? –वि.सं. २०५८ ज्येष्ठ १९ 

👉 माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ? –०६३ मंसिर ५ गते 

👉 चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ? –गण्डक क्षेत्र 

👉 नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ? –२०४६ चैत्र २६ 

👉 नेपाल–अंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ? –१ नोभेम्बर, सन् १८१४ 

👉 नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ? –जेठ १९ वि.सं. २००९ 

👉 वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ? –पं केदारनाथ 

👉 सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ? –वि.सं. २००७ चैत २० 

👉 राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ? –२०१८ माघ ९ 

👉 नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ? –२०३६ जेठ १० 

👉 जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ? –२०४८ जेठ १५ 

👉 बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ? –२०४६ चैत 

👉 जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ? –तेजारथ अड्डा 👉 बौलाहा राजा भनेर कसलाई चिनिन्छ ? –लक्ष्मीनर सिंह मल्ल 

👉 लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ? –वृत्ति अधिकरण 

👉 लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त 

👉 आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ? –जितामित्र मल्ल 

👉 पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ? –मकवानपुर 

👉 देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ? –२०४५ बैशाख १ 

👉 “मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ? –अमरसिंह थापा

 👉 भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ? –गोर्खाको बोर्लाङ 

👉 भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् । –देउथल 

👉 बहादुर शाहकी पत्नीको नाम के हो ? –विद्यालक्ष्मी 

👉 तनहुँ राज्यका संस्थापक राजा को हुन् ? –भृगु सेन 

👉 कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? –सुवर्ण शमशेर 

👉 वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ? –१६,८७५ जना 

👉 सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? –वि.सं. १९९८ 

👉 नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? –चन्द्र नहर 

👉 पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ? –जगत्जंग 

👉 देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ? –भक्ति थापा 

👉 नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ? –नायकदेवी 

👉 पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ? –पाल्पाकी 

👉 कुन राजाको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ? –गिर्वाणयुद्ध 

👉 माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ? –कलाबहादुर 

👉 जंगबहादुर राणाका मातापिता को को हुन् ? –बालनरसिंह कुँवर र रक्षाकुमारी

 👉 नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ? –तुलसी मेहर श्रेष्ठ 

👉 नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ? –वि.सं. २०१५ 

👉 लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ? – सैनिक 

👉 लिच्छविकालका अन्तिम राजा को हुन् ? – जय कामदेव (प्रथम जयदेव हुन्) 

👉 जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ? – धर्मकचहरी 

👉 लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? – पाञ्चाली 

👉 सुगौली सन्धि कहिले भएको थियो ? – ३ मार्च १८१६ 

👉 नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ? –सन् १९६४ टोकियो ओलम्पिक देखि 

👉 नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ? –नेपाल प्रजापरिषद् 

👉 नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेका थिए । 👉 सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन । 

👉 “म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो । 

👉 नेपालमा छापाखानाको स्थापना विसं १९०८ मा भएको हो । 

👉 विसं २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।

 👉 नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो । 

👉 प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए । 

👉 उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो । 

👉 १७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन । 

👉 सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्‍यो । 

👉 अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए । 

👉 प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ । 

👉 नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना विसं १९५६ मा भएको हो । 

👉 केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो । 

👉 राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए । 

👉 लाखे जात्रा प्रताप मल्लले चलाएका हुन । 

👉 नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।

No comments:

Post a Comment