Monday, September 6, 2021

                                 संकटग्रस्त विद्यालय र अभिभावकको जिम्मेवारी

                                                                                                                                —सन्तोष पोख्रेल



शिक्षण सिकाइ क्रियाकलापको मूल अभिप्राय विद्यार्थीमा अन्तर्निहित क्षमतालाई उजागर गरी विविध सक्षमता विकास गर्नु हो । सक्षमताले अभिवृत्ति, सिप, ज्ञान, मूल्य मान्यता, कामको तत्परतालाई सम्बोधन गर्दछ । विद्यार्थीमा यस किसिमको सक्षमता विकास गर्नका निम्ति निकट सरोकारवालाहरूः अभिभावक, विद्यार्थीस्वयम् र शिक्षकको अहम् भूमिका रहने गर्दछ । हुन त सक्षमता भन्ने बित्तिकै विद्यार्थीले गर्न सक्ने काममा आधारित हुन्छ । विद्यालय, विश्वविद्यालयमा विद्यार्थीको चौतर्फी सक्षमता विकास गर्ने उद्देश्य रहन्छ । विश्वविद्यालय तहमा विद्यार्थी आफैँमा पनि परिपक्वता आउने कारणले गर्दा पनि यो संकटको घडीमा  विद्यालय तहका विद्यार्थीहरूको सक्षमता विकासमा अभिभावकहरु सरोकारवाला अलि बढी संवेदनशील हुनु जरुरी रहन्छ ।

शिक्षण कार्य अत्यन्त जिम्मेवार तथा मेहनति कार्य पनि हो । अरु पेशामा जस्तो यसमा अहिलेको काम भरे गर्छु भन्न मिल्दैन । यसमा मिनेट मिनेटको समय महत्वपूर्ण हुन्छ । योजना निर्माणका आधारमा मात्र कक्षा कोठामा जानु पर्ने हुँदा शिक्षकका लागि समयको महत्व अति धेरै रहेको देखिन्थ्यो । तथापी शिक्षकहरुले धेरै घण्टी शिक्षण गर्नु पर्ने,विद्यालयको ब्यवस्थापनका कामहरुपनि शिक्षक स्वयंले गर्नुपर्ने भएको हँुदा आ–आफ्नो विज्ञता कक्षाकोठामा पूर्णरुपमा प्रयोग गर्न सकिरहेका थिएनौ । यसकालागि विद्यालयमा अभिभावक ज्यू हरुको सहभागिता र संलग्नता जरुरी रहेको थियो । उहाँ हरुको सहभागिता र सहयोगबाट मात्र सामुदायीक विद्यालयहरुले आफूलाई रुपान्तरण गर्न सक्छन भन्ने मान्यताका साथ विद्यालयहरु अगाडी बढीरहेका थिए । तर अहिलेको अवस्था भिन्न छ । शिक्षक विद्यार्थी आफ्ना आफ्नै घरमा वस्नु परेको छ । न शिक्षक विद्यार्थी सम्म भौतीक रुपमा पुग्न सक्छ न विद्यार्थी शिक्षक सम्म पुग्न सक्छ । यस्तो अवस्थामा अभिभावकको जिममेवारी महत्वपूर्ण रहेको रहेको छ ।

 समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा, शिक्षक पेशालाई आकर्षणको रूपमा नहेरिनु, नेपाल सरकारको अनुगमन पक्ष शून्यप्रायः हुनु, कागजी निरीक्षण प्रवृत्तिले बढावा पाउनु र तालीमको प्रभावकारिता र प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुनु जस्ता समस्या एकातर्फ रहेका भएतापनि अर्को तर्फ अभिभावकहरुको शिक्षा प्रतिको चासो र संलग्नताको कमीले गर्दा सामुदायीक विद्यालयहरुले आशातीत सफलता प्राप्त गर्न सकेको अवस्था छैन । शिक्षकहरुको मनोवल उच्च राख्न शिक्षक हरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न नमुना विद्यालयहरुको अवलोकन भ्रमण गराइ सो अनुरुपको शिक्षण कार्यलाइ प्रभावकारी बनाउनु पर्नेमा सो हुन नसक्दा राज्यको लगानी खेर गइरहेको छ । अस्थिर राजनीतिक अवस्थाका कारण फरक फरक राजनैतिक दलहरु एकै ठाउँमा भेला भइ एउटै शिक्षा निति बनाउनु पर्नेमा आफ्नो दल अनुकुलको निति निर्माणको कारण राजनैतिक प्रभावबाट विद्यालय क्षेत्र मुक्त हुनसकेको छैन र त्यसको असर स्वरुप  शैक्षिक क्षेत्र प्रभावित हुने गरेको छ । विद्यार्थीहरूमा नैतिक शिक्षाको कमीले गर्दा उनीहरू थप अराजक र अव्यावहारिक हुँदै गएका छन् । परीक्षा प्रणाली, परीक्षा केन्द्र र उत्तरपुस्तिका परीक्षणमा भएका समस्याले विद्यार्थीको सही मूल्यांकन हुन छोडेको छ । मोबाइल, कम्प्युटर, इन्टरनेटप्रति बढी चासो राख्ने र पाठ्यपुस्तकप्रति कम रुचि हुने जस्ता कारणबाट आजका विद्यार्थी कम जिज्ञासु, अल्छी   कम मिहिनेती बन्दै गएका छन् । यसबारेमा हरेक अभिभावकले सचेतहुने मात्र हैन यसखालका समस्याहरु प्रति आवाज उठाउन सक्नु पर्दछ । खालि शिक्षक मात्रै शिक्षण प्रणालीको समस्या हो भन्ने ठानेर अरु समस्यालाइ ओझेल पार्ने हो भने शिक्षा क्षेत्रको बिकास हुन सक्दैन । यसकालागि विद्यालयमा अभिभावकहरुको सहभागिता र संलग्नता  जरुरी छ । जति धेरै विद्यालयको नजिक भइन्छ  त्यतीनै धेरै विद्यालयका समस्या हरुको पहिचाहन गर्न सकिन्छ । यस्ता खालका विद्यालयका समस्या हरु भइरहेकै वेलामा आकस्मिक रुपमा यो अवस्था भोग्नु परिरहेको छ । विद्यालय लाग्दै गर्दा पनि यी समस्या प्रति अभिभावक जानकार हुनु आवस्यक छ । 

हिजो आज रोजगारीको अवसरको लागि धेरै मानिसहरू विभिन्न देश हरुमा गइरहेको अवस्था छ । बैदेशीक रोजगारीवाट ल्याएको समान्य आम्दानी पनि संस्थागत विद्यालयमा पढ्दै गरेका आफ्ना सन्ततीहरुमा खर्च गर्नु परेको दुखद परिस्थिती हाम्रा सामु छर्लङ्ग  छ । हुनेखानेले निजी विद्यालयमा आफ्ना बच्चा पठन पाठन गराउन सक्ने अवस्था भए पनि समग्रमा सबैको हितका निम्ति सामुदायकि विद्यालय बाहेक अन्य कुनै उपाय छैन । त्यसैले नेपालीहरूको आर्थिक अवस्थालाई मध्यनजर गरी सामुदायिक विद्यालयलाई अगाडि बढाउन हरेक अभिभावकहरुले आ–आफ्नो ठाउँबाट जे–जति सकिन्छ सहयोग गर्नुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन राजनीतिक भागबण्डा भन्दा पनि शिक्षा क्षेत्रमा अध्ययन, अनुभव भएका व्यक्तिहरूलाई दिइनु पर्दछ । यो कार्य पनि सचेत अभिभावक ज्यू हरुवाट मात्रै सम्भव हुन्छ । यसको लागि ऐन तथा नियममा सुधार गरी अभिभावकहरुको संलग्नता बढाउने उपायहरुको खोजी गरिनु पर्दछ । खाली निशुल्क शिक्षाका नाममा सक्षम अभिभावक हरुको सहयोगलाई पनि विद्यालय भित्र नल्याउने हो भने सामुदायीक विद्यालय प्रति अभिभावक ज्यूहरुको संलग्नता कल्पना वाहिरको हुन जान्छ जसले सामुदायीक शिक्षा धराशायी वन्दै संस्थागत विद्यालयमा अभिभावक हरुको चासो बढ्न पुग्छ । यसकालागि विद्यालय र अभिभावक हरु विचमा सुमधुर सम्बन्ध बन्नु पर्दछ । हरेक अभिभावक विद्यालयको नजिक रहनु पर्दछ  भने शिक्षकले आफ्नो पेशाप्रति सम्मान र प्रेम भावना जगाउनुका साथै समयसापेक्ष भएर आफ्नो समाजको आवश्यकता अनुरुप चल्नुपर्दछ ।   

विद्यालय र अभिभावकको साझा चासोको विषय–विद्यार्थीको विकास र सिकाइ हो । विद्यालयको पक्षबाट हेर्दा आफ्नो सङ्गठनात्मक प्रभावकारिताको निम्ति अभिभावकको सहयोग कसरी परिचालन गर्ने भन्ने विषय महत्वपूर्ण बन्छ । अर्कोतिर अभिभावकको पाटोबाट हेर्दा आफ्नो बच्चाको समग्र विकास र सिकाइमा योगदान पु¥याउन विद्यालयसँग कसरी सहकार्य गर्न सकिन्छ, विद्यालयबाट प्राप्त हुने सेवालाई कसरी बढी भन्दा बढी आफ्नो बच्चाको हितमा उपयोग गर्ने भत्रे प्रश्न नै मुख्य हुने देखिन्छ । सफल र प्रभावकारी भनेर चिनिने विद्यालयले अभिभावकसँग सहकार्य गर्न विशेष प्रयत्न गर्ने गरेको देखिन्छ । त्यस्तै सचेत अभिभावकले सोच्ने गर्छन्– के यो विद्यालयका क्रियाकलापबाट मेरो बच्चाको आवश्यकता  अनुकूल सिकाइ अवसर प्राप्त भइरहेको छ ? यसरी विद्यार्थी सिकाइका सन्दर्भमा विद्यालय र अभिभावक दुवैको सहकार्य महत्वपूर्ण हुन जान्छ । यसकालागि विद्यालय र अभिभावक दुवै पक्ष सचेत र गम्भिर बन्न नसकेको खण्डमा राज्यको लगानी खेर जाने त छदैछ अभिभावकहरु ले पनि आफ्नो सन्तानलाई सही मार्ग दिन सक्नुहुन्न । 

अभिभावकहरुले विद्यालयको बैठकमा भाग लिएर,विद्यालयको नीति, योजना, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे राम्रो जानकारी लिने÷दिने गरेर, आफ्नो क्षमता र सामथ्र्य अनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी भएर र सहयोग गरेर, आफ्ना बालबालिकाको प्रगति तथा कम्जोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने÷दिने गरेर, विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी छ भन्ने कुरा स्वीकार गरेर, विद्यालयप्रति सकारात्मक भावना राखेर विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न सक्छन । यसकालागि विद्यालय र अभिभावक विच राम्रो सम्बन्ध भएको खण्डमा बालबालीकाको सिकाइ उपलब्धी बृद्धी हुनुका साथै सिकाइका बिभिन्न अवसर हरु प्राप्त गर्न सहज हुन्छ । 

अहिलेको अवस्थामा अभिभावकिय जिम्मेवारी विद्यालयले पनि उपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षती ता हुदैहो त्यो भन्दा बढी क्षती अभिभावकहरुको हो । वालवालिकाको भविस्य प्रत्यक्ष रुपमा अभिभावक संग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने ।  कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइकालागि दक्ष अभिभावक हरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट हुनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।

कोभिड(१९ को विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । यो एउटा यस्तो क्षेत्र हो जुन क्षेत्र उद्योग, व्यापार, व्यवसाय, विकास(निर्माण आदि काम वा सेवा संचालनमा आए पनि तत्काल संचालनमा आउन गाह्रो छ । यसर्थः अन्य क्षेत्र र सेवा क्रमशः संचालनमा आए पनि संक्रमण न्यूनीकरण वा नियन्त्रणप्रति पूर्ण विस्वस्त नभएसम्म विद्यालय संचालनमा आउने र पठन(पाठन शुरु हुने सम्भावना छैन र हुनुहुँदैन पनि । यसो भन्दैमा विद्यालय र शैक्षिक प्रणाली नै लामो समय ठप्प हुन्छ भन्ने होइन । औपचारिक कक्षा संचालनमा आउन अझै केही समय लाग्न सक्छ तर पनि अनौपचारिक रूपमा सिकाइ क्रियाकलाप पूर्णतः रोकिन्छ नै भन्ने होइन । रोकिएका कक्षा १२ र ११ का सम्पूर्ण परीक्षा तत्काल लिन पनि कठिन देखिन्छ । यस्तो विषम परिस्थितिमा हामी हाम्रा छोरा(छोरीको घर बसाइको समयलाई कसरी सिकाइमुखी, ज्ञानमुखी र सपिमूलक   बनाउन सकिन्छ ? यसतर्फ हामी सबैको ध्यान जानु जरुरी हुन्छ ।

औपचारिक शिक्षालाई निर्धारित पाठ्यपुस्तकीय शिक्षा, विद्यालयीय शिक्षा र प्रमाणपत्रीय शिक्षाका रूपमा लिइन्छ । यस अन्तर्गत विद्यालयमा, गुरुको माध्यमबाट, निर्धारित पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक पढिन्छ । तिनैबाट प्रश्न निकालिन्छ र पढेको, सिकेको, बुझेको आधारमा उत्तर दिइन्छ । त्यही उत्तरको आधारमा स्तर मापन गरी प्रमाणपत्र दिइन्छ । अनि त्यही प्रमाणपत्रका आधारमा जागिर खान सकिन्छ । तर यसबाट ज्ञान, बुद्धि र विवेकको स्तर मापन गर्न सकिन्न । यसरी आर्जन गरिने शिक्षा, सिकिने सीप र लिइने प्रमाणपत्रले मात्र जीवन पूर्ण हुँदैन । जीवनलाई पूर्णता दिने र सार्थक र सफल बनाउने अर्को महत्त्वपूर्ण शिक्षा हो अनौपचारिक शिक्षा । यो यस्तो खुला शिक्षाप्रणाली हो जसले हरेक मानिसमा ज्ञान, बुद्धि र विवेकको विकास गर्दछ । मानिसको जीवनलाई प्रतिष्ठित, सम्मानित र समाज उपयोगी बनाउँछ ।

यस्तो अनौपचारिक शिक्षाका मुख्य स्रोत नै आफू स्वयम्, परिवार, समाज, प्राणी, प्रकृति र सिर्जना हुन् । यी सबैभित्र ज्ञानको त्यो अथाह भण्डार छ जसले यो मानवजीवनलाई सर्वगुण सम्पन्न बनाउँछ, परिपूर्णता दिन्छ ।देवताहरुको पालामा पनि देवताहरुले गुरुकुलमा बसेर एउटै गुरुबाट सबै विषयको शिक्षा लिई आफूलाई देवता सावित गराएका थिए । त्यहाँ गणित, विज्ञान आदिका अलग अलग गुरु थिएनन् र पनि उनीहरू सर्वज्ञान सम्पन्न थिए । त्यसैले अनौपचारिक शिक्षाको महत्व औपचारिक शिक्षाको तुलनामा अत्यधिक छ ।


विश्वव्यापी रूपमा फैलिंदै गएको कोभिड(१९ महामारी, लामो समयसम्मको लकडाउन र विद्यालय बन्दको कारण आम अभिभावक र विद्यार्थीमा एककिसिमको छटपटी, चिन्ता र चासो उत्पन्न भएको छ । ‘छोरा(छोरी विद्यालय जान पाएनन्, पढ्न पाएनन्, पाठ्यपुस्तक पढाएर सकिने भएन, छोरा(छोरी बिग्रिए, अनावस्यक काममा शुल्क तिर्नुपर्ने भयो’ आदि जस्ता कुराले हरेक अभिभावकलाई चिन्तित बनाएको देखिन्छ । तर यो आंशिक सत्य भए पनि यथार्थमा सम्पूर्ण सत्य होइन । यदि हामी अलिकति सचेत हुने हो भने हाम्रा छोरा(छोरीको घर बसाइलाई सार्थक उपलब्धिमूलक बनाउन सक्दछौँ । विद्यालयको बन्द कोठाबाट बाहिर आफ्नै काख, परिवार, समाज, परिवेश र प्रकृतिबाट उनीहरूभित्रको मौलिक प्रतिभा बाहिर ल्याउन सक्छौँ तथा जीवन जिउनका लागि चाहिने सम्पूर्ण ज्ञान दिन सक्दछौँ । यतिमात्र होइन सन्तति र परिवारका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै परिवारको महत्व स्थापित गर्न सक्दछौँ ।


हामीले हामीसँग भएका कम्प्यूटर, इन्टरनेट, टेलिभिजन, रोचक र ज्ञानवर्द्धक पाठ्यसामग्री, साहित्यसिर्जना, चित्रकारिता, नाच(गान आदि माध्यमको प्रयोग गरी लकडाउनको घर बसाइलाइलाई सिकाइमूलक बनाउन सक्दछौँ । यदि यसो गर्यौँ भने हरेक आमा(बुवा र छोरा(छोरीका लागि यो समय निकै उपयोगी बन्न तथा दिगो अनि विश्वासिलो सम्बन्ध स्थापित गर्ने अवसर बन्न सक्दछ ।


अहिलेको अवस्था सहज अवस्था होइन । जता ततै एक प्रकारको त्रास र भय ब्याप्त छ । कोरोना भाइरस को कारण वालवालिका घर घर मा वसेका छन् । उनीहरु सवैमा एक प्रकारको अन्योलता छ । त्यो अन्योलता पनि सिकाइका अवसरहरु गुम्न लागो भनेर भन्नु भन्दा पनि कक्षा चढ्न पाइन्छ या पाइदैन भन्नेमा रहेको छ । शैक्षिक सत्र नै समाप्त भयो भने के गर्ने भन्नेमा रहेको छ । एकातीर लाखौ विद्यार्थीहरु विद्यालयको फेस टु फेस कार्यक्रम वाट वञ्चति छन भने वैकल्पिक शैक्षिक कार्यक्रम उपयोग गर्ने र कुनै पनि शिक्षण सिकाइ कार्यक्रममा सहभागि हुन नपाउने विद्यार्थीहरुको विचको खाडल बढ्दो छ ।  वर्तमान शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली कायमै रहेमा विद्यार्थीहरुको अन्योलता कायमै रहने अवस्था छ । वैकल्पिक शैक्षिक कार्यक्रम प्रयोग गर्ने वालवालीकाहरुले शैक्षिक क्यालेण्डर अनुसारनै आफ्नो सिकाइ क्रियाकलाप अगाडी बढाउदै आएका छन भने शिक्षकहरुले पनि अनलाइन शिक्षण,रेडियो टिभी शिक्षण लगायतका उपायहरु सके सम्म प्रयोग गर्दै आएका छन । अभिभावकहरुले पनि आ आफ्नो योग्यता र क्षमताले भ्याए सम्म आफ्ना वालवालिकाहरुलाई सिकाउदै पनि आएका छन । यस्तो अवस्थामा धेरैको वुझाइ के रहेको छ भने जति वालवालिकाहरु विद्यालय भर्ना भएका छन र विद्यालयको फेसटु फेस सिकाइ कार्यक्रमवाट वञ्चीत छन, सवै कुनै पनि सिकाइ गतिविधिमा संलग्न भएका छैनन र पूर्ण रुपमा सिकाइ कार्यक्रमबाट वञ्चीत छन् भन्ने वुझाइ छ । यो कुरा शिक्षा क्षेत्रमा काम गर्ने सवै सरोकारवालाहरुले चिर्न जरुरी छ ।

 वालवाविकाको सिकाइ अनुभवमा आधारीत पनि हुन्छ । उनीहरुले अहिले कोरोना समस्या के हो ? यसले के प्रभाव पारेको छ ? सामाजिक क्षेत्रमा आइपर्ने यस्ता समस्याहरुलाई कसरी समाधान गर्नु पर्ने रहेछ ? भन्ने जस्ता समाज संग सम्बन्धीत बिषय वस्तुहरु सिकीरहेका छन । समाजमा आइ पर्ने कठीनाइ हरु संग जुध्नका लागि के कस्ता कार्यहरु गर्नु पर्ने रहेछ भन्ने कुरा पनि जानेका छन । विभिन्न संचार माध्यमहरुमा संलग्न भएर,वालवालिकाहरुले खेलको माध्यम बाट होस वा सिनेमा हरुको माध्यम बाट होस वा विभिन्न टेलिभिजनका हास्य ब्यंग सृङ्खलाबाट होस वा विभिन्न गीत संगीतको माध्यमवाट होस वा टेलिभिजनका कार्टुन सृङ्खलाहरुको माध्यम वाट होस केहीन केही सिकी रहेका हुन्छन । यस्ता अनौपचारीक सिकाइलाइ अभिभावक हरुवाटनै अगाडी बढाउन सकिन्छ ।

अभिभावक भनेका आफ्ना बच्चाका विज्ञ, बच्चाका महत्त्वपूर्ण सूचनाहरूका सङ्कलक, संलग्नताको अधिकार प्राप्त व्यक्ति, आफ्नो बच्चाको उच्च गुणस्तरीय शिक्षक, निर्णय प्रक्रियामा सहयोग गर्ने व्यक्ति, संरक्षक,उत्प्रेरक,मार्गदर्शक आदि हुन् । यसले गर्दा बालबालिकाप्रति अभिभावकको भूमिका महत्वपूर्ण रहने गर्दछ । यसैले अभिभावक भइसकेपछि आफ्ना बालबालिकाका निम्ति केही महत्त्वपूर्ण जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ । विषयको ज्ञान मात्र पुर्ण होइन अनुभवका आधारमा वातावरण र परिवेश निर्माण गरिदियौ भने मात्र पनि सिकाइको आधार तयार हुन सक्छ । केवल यो संकटको घडीमा केवल विद्यालयको मात्र मूख ताकेर अभिभावकिय दायीत्व पूर्ण हुदैन । समय र परिस्थिती अनुसार संरक्षक,उत्प्रेरक,मार्गदर्शक,शिक्षक सवै वन्न सक्नु पर्छ । यसो भयो भने मात्र हामी सवैले  हाम्रा सवै नानीहरुको उज्ज्वल भविस्यको कल्पना गर्न सक्छौ ।

यसरी विद्यार्थीको समग्र सिकाइको सन्दर्भमा विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुने कुरामा सन्देह देखिंदैन । यी दुवैले आ–आफ्नै योजना अनुसार चलेर भन्दा पनि आपसी सहकार्य गरेर विद्यार्थीको सिकाइमा सकारात्मक योगदान पु¥याउन सक्छन् । साथै पढेलेखेका अभिभावकले मात्र होइन, जुनसुकै परिवारले विद्यार्थी सिकाइको उद्देश्यमा सघाउन सक्ने स्पष्ट छ । यसको योजना गर्ने र परिचालन गर्ने सन्दर्भमा विद्यालयको तर्फबाट सचेत प्रयत्न भने हुनैपर्छ । विद्यालयको एउटा महत्वपूर्ण पक्ष नै आफ्ना अभिभावकसँगको सहकार्यको महत्व बुझेर त्यसकालागि आफैं अग्रसरता लिनु हो । 

समाप्त

( लेखक  आदर्श माध्यमिक विद्यालयका सामाजिक बिषयका  हुन । )   


No comments:

Post a Comment