Wednesday, September 8, 2021

परिधिको कथा

                                      

                                           परिधिको कथा 

              

 - रीता घिमिरे
                                                                      

बिहानको सात बजेको थियो । आत्था ! कति तातो भएको हो । फेन खोल्नु न आमा । बत्ती

पनि निभउनु न भन्या । आ........मा.........बत्ती निभाउनु न क्या । कस्तो निद्रा नै लागेन

मलाई... भन्दै परिधि ओछ्यानमा कोल्टो फर्किन्छे ।

परिधि सुतिरहेकी थिई । घरको पूर्वपट्टिको भागमा उसको सुत्ने कोठा थियो जहाँ प्रशस्त

हावा र उज्यालो छिथ्र्यो । घामको प्रत्यक्ष प्रकाश पनि । ऊ उसका बा आमाकी एक्ली

सन्तान थिई ।

कक्षा १० मा अध्ययन गर्ने भए पनि बा आमाको लाडप्यारले गर्दा उसलाई अझै पनि आफू

दुधे बालक नै रहेको भान हुन्थ्यो । बिहानको आठ बजेसम्म उसको सुत्ने बानी चाहिँ अलि

खराब नै मान्नुहुन्थ्यो उसका बा आमा । राति भने आफूले दिनभर विद्यालयमा गरेका

सिकेका कुराहरुलाई दोहोर्याई तेहेर्याई पढेर लेखेर बुझेर मात्र सुत्ने गर्थी परिधि । उसलाई

रातको समयको कुनै पर्वाह नै हुँदैनथ्यो तर विहान भने अबेरसम्म सुत्नु नै पर्ने ।

धरको काम भने परिधिलाई पटक्कै आउँदैनथ्यो । उसका बा आमाले पनि केही काम

लगाएका थिएनन् उसलाई । आफू भने दिनभर ढुङ्गा र बालुवामा घोटिन्थे उसका बा

आमा । उसकी आमा छोरीलाई विद्यालय पठाएर दिउँसो घर छेउकै खोला किनारमा गिटी

कुट्ने गर्थिन्भने बा पनि खोलाबाट बालुवा झिकेर नजिकैको बजारमा लगेर बेच्थे । यसरी

नै उनीहरुको जीवन चलेको थियो ।

रुखा सुखा अफूले खाएर भए पनि ,आफूले शारीरिकरुपमा दुःख गरे पनि परिधिका बा

आमाले आफ्नी छोरीलाई कुनै प्रकारको अभाव र पीडा हुन भने दिएका थिएनन्। आफ्नै

गाउँको एउटा सामुदायिक विद्यालयमा परिधिलाई अध्ययन गर्न पठाउँथे उनीहरु ।

जीवन सङ्घर्ष हो , यसलाई चलाउन सके र पारिवारिक बेमेल नभए सुखी हुन्छ जीवन

भन्ने मान्यता राख्ने परिधिका बा आमाकोएउटा घरदेखि बाहेक अन्य अचल सम्पत्ति केही

थिएन । दुःख गरेर कमाएको अलिअलि पैसा पनि बचाउन सक्दैनथे उनीहरु ।

यतिकैमा उनीहरुको परिवारमा एउटा बज्रपात पर्यो । परिधिका बा अचानक बिरामी हुन

पुगे । अस्पतालमा भर्ना भएर एक हप्तामा ठीक भयो भन्ने भएपछि उनमा फेरि

श्वासप्रश्वासमा समस्या देखा पर्यो । उनीहरुको अलिअलि भएको पैसा पनि सकियो । पछि

देखा परेको विरामको उपचार गर्न अब नसक्ने भए । छरछिमेकी ,आफन्त , नातागोता

सबैसँग हारगुहार गरे उनीहरुले । उनीहरुलाई सहयोग गर्ने कोही पनि निस्किएनन्। के

आधारमा तिर्छौ र दिनु तिमीहरुलाई पैसा भन्नेको कमी रहेन समाजमा ।

अस्पतालले पैसा जम्मा नगरे उपचार नगर्ने भनेपछि परिधिले जसरी भए पनि बाको

उपचार गर्न अस्पताल प्रशासनमा अनुरोध गरी र आफूले पैसाको जोहो गर्ने वचन दिई ।

एकातिर बुबाको उपचार सुरु भएकोमा खुसी थिई भने सँगै परिधिलाई चिन्ता पनि सुरु

भयो । त्यही रातदेखि नै परिधि कामको खोजीमा भौतारिन थाली । रातको ११ बजेतिर

अस्पतालदेखि करिब १ किलोमिटर पश्चिम हिँडेपछि उसले ठूलो आवाजमा गीत बजेको

सुनी र ऊ त्यहीँ पुगी ।

जीवनमा कहिल्यै कुनैशारीरिक काम नगरेकी परिधिले त्यही रातदेखि नै आफ्नो देह बेच्न

थाली र प्रत्येक दिन आफ्ना बुबाको उपचारको लागि चाहिने खर्च अस्पतालमा जम्मा गर्न

थाली ।

        (  कथाकार  श्री राधिका मा. वि. उर्लाबारी ६,मोरङ का नेपाली  विषयका शिक्षक हुनुहुन्छ )


No comments:

Post a Comment