परिधिको कथा
बिहानको सात बजेको थियो । आत्था ! कति तातो भएको हो । फेन खोल्नु न आमा । बत्ती
पनि निभउनु न भन्या । आ........मा.........बत्ती निभाउनु न क्या । कस्तो निद्रा नै लागेन
मलाई... भन्दै परिधि ओछ्यानमा कोल्टो फर्किन्छे ।
परिधि सुतिरहेकी थिई । घरको पूर्वपट्टिको भागमा उसको सुत्ने कोठा थियो जहाँ प्रशस्त
हावा र उज्यालो छिथ्र्यो । घामको प्रत्यक्ष प्रकाश पनि । ऊ उसका बा आमाकी एक्ली
सन्तान थिई ।
कक्षा १० मा अध्ययन गर्ने भए पनि बा आमाको लाडप्यारले गर्दा उसलाई अझै पनि आफू
दुधे बालक नै रहेको भान हुन्थ्यो । बिहानको आठ बजेसम्म उसको सुत्ने बानी चाहिँ अलि
खराब नै मान्नुहुन्थ्यो उसका बा आमा । राति भने आफूले दिनभर विद्यालयमा गरेका
सिकेका कुराहरुलाई दोहोर्याई तेहेर्याई पढेर लेखेर बुझेर मात्र सुत्ने गर्थी परिधि । उसलाई
रातको समयको कुनै पर्वाह नै हुँदैनथ्यो तर विहान भने अबेरसम्म सुत्नु नै पर्ने ।
धरको काम भने परिधिलाई पटक्कै आउँदैनथ्यो । उसका बा आमाले पनि केही काम
लगाएका थिएनन् उसलाई । आफू भने दिनभर ढुङ्गा र बालुवामा घोटिन्थे उसका बा
आमा । उसकी आमा छोरीलाई विद्यालय पठाएर दिउँसो घर छेउकै खोला किनारमा गिटी
कुट्ने गर्थिन्भने बा पनि खोलाबाट बालुवा झिकेर नजिकैको बजारमा लगेर बेच्थे । यसरी
नै उनीहरुको जीवन चलेको थियो ।
रुखा सुखा अफूले खाएर भए पनि ,आफूले शारीरिकरुपमा दुःख गरे पनि परिधिका बा
आमाले आफ्नी छोरीलाई कुनै प्रकारको अभाव र पीडा हुन भने दिएका थिएनन्। आफ्नै
गाउँको एउटा सामुदायिक विद्यालयमा परिधिलाई अध्ययन गर्न पठाउँथे उनीहरु ।
जीवन सङ्घर्ष हो , यसलाई चलाउन सके र पारिवारिक बेमेल नभए सुखी हुन्छ जीवन
भन्ने मान्यता राख्ने परिधिका बा आमाकोएउटा घरदेखि बाहेक अन्य अचल सम्पत्ति केही
थिएन । दुःख गरेर कमाएको अलिअलि पैसा पनि बचाउन सक्दैनथे उनीहरु ।
यतिकैमा उनीहरुको परिवारमा एउटा बज्रपात पर्यो । परिधिका बा अचानक बिरामी हुन
पुगे । अस्पतालमा भर्ना भएर एक हप्तामा ठीक भयो भन्ने भएपछि उनमा फेरि
श्वासप्रश्वासमा समस्या देखा पर्यो । उनीहरुको अलिअलि भएको पैसा पनि सकियो । पछि
देखा परेको विरामको उपचार गर्न अब नसक्ने भए । छरछिमेकी ,आफन्त , नातागोता
सबैसँग हारगुहार गरे उनीहरुले । उनीहरुलाई सहयोग गर्ने कोही पनि निस्किएनन्। के
आधारमा तिर्छौ र दिनु तिमीहरुलाई पैसा भन्नेको कमी रहेन समाजमा ।
अस्पतालले पैसा जम्मा नगरे उपचार नगर्ने भनेपछि परिधिले जसरी भए पनि बाको
उपचार गर्न अस्पताल प्रशासनमा अनुरोध गरी र आफूले पैसाको जोहो गर्ने वचन दिई ।
एकातिर बुबाको उपचार सुरु भएकोमा खुसी थिई भने सँगै परिधिलाई चिन्ता पनि सुरु
भयो । त्यही रातदेखि नै परिधि कामको खोजीमा भौतारिन थाली । रातको ११ बजेतिर
अस्पतालदेखि करिब १ किलोमिटर पश्चिम हिँडेपछि उसले ठूलो आवाजमा गीत बजेको
सुनी र ऊ त्यहीँ पुगी ।
जीवनमा कहिल्यै कुनैशारीरिक काम नगरेकी परिधिले त्यही रातदेखि नै आफ्नो देह बेच्न
थाली र प्रत्येक दिन आफ्ना बुबाको उपचारको लागि चाहिने खर्च अस्पतालमा जम्मा गर्न
थाली ।
( कथाकार श्री राधिका मा. वि. उर्लाबारी ६,मोरङ का नेपाली विषयका शिक्षक हुनुहुन्छ )

No comments:
Post a Comment