Saturday, September 19, 2020

पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया

 पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया 

                                                                                              


                                             

                                                                                                                                                    -सन्ताेष पाेख्रेल

शिक्षा, विज्ञान तथा मन्त्रालयले गठन गरेको पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू र विज्ञहरू सहभागी २८ सदस्यीय समितिले केहीदिनको गृहकार्य पछी  शिक्षा मन्त्रालयलाई प्रतिवेदनको खाका बुझाएको थियो । सुझावमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी बन्दाबन्दी र उत्पन्न नयाँ परिस्थितिमा हाललाई बैकल्पिक विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरूसहितको समितिले सरकारलाई सुझाव दिएको थियो ।

विभिन्न विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने भनी तोकिएका पाठ्यवस्तुको सिकाइका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले वर्गीकरण गरेका विद्यार्थीका पाँच समूहमध्ये आफ्नो विद्यालयका विद्यार्थी कुन समूहमा पर्छन् भन्ने निर्धारण गर्नुपर्छ । यसपछि गृह शिक्षा वा घरमै बसेर अध्ययन गर्ने विद्यार्थीका लागि निश्चित समयभित्र अध्ययन गर्नुपर्ने पाठ्यवस्तु र ती पाठ्यवस्तुबाट गर्नुपर्ने अभ्यासात्मक कार्यपरियोजना कार्य र प्रयोगात्मक कार्य निर्धारण गरेर विद्यार्थीलाई सुरक्षित तरिकाले विद्यालय वा सहज ठाउँमा बोलाई वा अन्य उपयुक्त तरिका अवलम्वन गरी निर्देशनसहित सिकाइका लागि सहजीकरण गर्नुपर्छ । विद्यार्थी विद्यालय वा शिक्षकका समीपमा आउन नसक्ने अवस्था भएमा शिक्षकले विद्यार्थीको घरैमा पुगी वा सञ्चार प्रविधिको प्रयोग गरी उक्त कार्य गराउनुपर्छ र विद्यार्थीले पनि शिक्षकले तोकेको तरिकाअनुसार आफूले सम्पन्न गरेका कार्य बुझाई पृष्ठपोषण लिनुपर्छ । रेडियो पाठशालाटेलिभिजन शिक्षण र भर्चुअल कक्षामा सहभानी विद्यार्थीले शिक्षकले दिएको निर्देशनअनुसारका कार्य गरी शिक्षकलाई टेलिफोन वा इमेलमार्फत आफ्ना जिज्ञासा सुनाई पाठ्यवस्तुमा स्पष्ट हुनुपर्छ ।

हाल करिब तीन सय सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएकाले बन्दाबन्दी खुलेपनि तत्काल त्यहाँ पठनपाठन गर्न सकिने स्थिति नरहेकोले शैक्षिक क्यालेन्डर, सूचना तथा सञ्चार प्रविधिमा आधारित अनलाइन कक्षा, यसको व्यवहारिकता, परीक्षा र मूल्याङ्कन, पाठ्यक्रम र तालिमका विषयमा सुझाव दिएको थियो । विगतमा पनि मधेस आन्दोलन र विनासकारी भूकम्पका समयमा अनलाइन, रेडियो र टेलिभिजनको माध्यमबाट विद्यालय को सिकाइलाइ पूर्णता दिइएको थियो । यी सवै कुराहरुलाई मध्यनजर गर्दै सरकारले २०७७ भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ स्वीकृत गरी सोही अनुसार असोज १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायतका वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको छ ।

कोभिड १९ को सङक्रमणको कारण विद्यालयमा प्रत्यक्ष साक्षत्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको साथै यसको प्रभाव लामो समयसम्म रहन सक्ने अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षति हुन नदिन र वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यव्रmमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएको अवस्थामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेको कक्षा १ देखि १२ सम्मको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा तथा नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको छ । यस अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यव्रmमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएको ले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको हो  । यस परिदृश्यमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७ / /११ को निर्णय तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को दफा १० अनुसार पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ विकास गरिएको छ । पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ सहजीकरण प्रक्रिया सम्वन्धी केही नयाँ र थप ब्यवस्थाहरु पनि गरिएका छन् ।

सङ्क्रमण कालमा शिक्षकले पाठ्यपुस्तकका पाठ पढाएर सक्ने विषयमा आधारित नभई पाठ्यक्रममा आधारित सिकाइ उपलब्धिलाई आधार मानी सिकाइलाई प्राथमिकतामा राखेर पाठ्यव्रmमले तोकेका वैकल्पिक विधिको प्रयोगका लागि शिक्षक निर्देशिका, तालिम प्याकेजको अध्ययन, अनुभवी शिक्षक प्रशिक्षकसँग छलफल, स्थानीय विज्ञ व्यक्तिसँगको परामर्श र अध्ययन गरी महामारीका अवस्थामा विद्यार्थीको सिकाइलाई प्रभावकारी रूपमा निरन्तरता दिने विधिको चयन गरी प्रयोग गर्नुपर्छ । गृह शिक्षा वा घरमै बसेर गरिने सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षा गरी चारओटा तरिका वैकल्पिक शिक्षाका माध्यम हुन् । यी कार्यक्रमलाई समानान्तर रूपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु अपरिहार्य बनेको छ । विद्यार्थी विद्यालय जाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ र घर नै शिक्षालय भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ । शिक्षकले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन महामारी तथा आपत्कालमा प्रयोग गरिने द्रुत सिकाइ (Rapid/accelerated learning), सामूहिक सिकाइ(Collaborative learning) परिवेशजन्य सिकाइ(Situational learning), प्रविधिमा आधारित सिकाइ(Technologybased learning) जस्ता वैकल्पिक विधिको प्रयोग गर्नुपर्छ । विद्यार्थीको सिकाइको न्यूनतम उपलब्धि हासिल गर्नका लागि पाठ्यक्रमले निर्देश गरेअनुसारको बहुबौद्धिकतामा आधारित शिक्षण, खोज तथा परियोजनामा आधारित शिक्षण र एकीकृत शिक्षण कार्यकलापको प्रयोगमा जोड दिई विभिन्न विषयमा मिल्दा पाठ्यवस्तु भएमा सबै शिक्षकले सल्लाह गरी एकीकृत शिक्षण समेत गर्नुपर्छ । यस कार्यको संयोजन तथा पाठ्यवस्तुको छनोट कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक, सम्बन्धित विषय शिक्षक र स्थानीय तहभित्र उपलव्ध विज्ञको समितिबाट गर्नुपर्ने छ । सङ्मक्रण कालमा सिकाइलाई निरन्तरता दिने विधिको चयन गर्दा निम्नलिखित पक्षमा ध्यान पुर्याउनुपर्छ ।

(क) पुनरवलोकन मोड्युल (Review module)

समायोजन गरिएका सिकाइ उपलब्धि र पाठ्यवस्तुलाई सरल जटिल व्रmममा विभाजन गरेरसमग्र पाठ्यसामग्री अध्ययन गरी यसभन्दा अगाडि सिकेको विषयलाई पुनरवलोकन गरिदिने र सोही आधारमा विद्यार्थीहरूलाई स्वअध्ययन र स्वअभ्यास गराउन सकिने, विद्यार्थीहरूले अभिभावकको सहयोग वा माथिल्ला कक्षाका विद्यार्थीसँगको सहकार्यबाट सिक्न सकिने, साथी शिक्षकको उपयोगबाट सिक्न सकिने र विद्यार्थीले आफैँ गर्न सक्ने क्रियाकलापमा वर्गीकरण गर्ने गरी सोहीअनुसार सिकाइ सहजीकरण गर्नुपर्छ ।

(ख) आधारभूत मोड्युल (Basic module)

यस मोड्युलमा शिक्षकले आफ्नो प्रत्यक्ष सहयोग चाहिने, आंशिक सहयोग चाहिने पाठ्यवस्तु शिक्षणका लागि उपयुक्त विधि, सामग्री र माध्यम चयन गरीविद्यार्थीले पनि घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिने विकल्पमध्ये उपयुक्त अध्ययन गर्न सहजीकरण गर्नुपर्छ ।

(ग) सुदृढ मोड्युल (Advance module)

यस मोड्युलमा शिक्षकले गर्ने कार्यकलाप, विद्यार्थीले गर्नुपर्ने कार्यकलाप र अभिभावकले गरिदिनुपर्ने सहयोगका विविध पक्ष समेटिएको योजना बनाई सिकाइलाई निरन्तरता दिइन्छ । प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तुलाई रेडियो, टेलिभिजन, भर्चुअल वा प्रत्यक्ष माध्यमबाट विद्यार्थीसम्म पुर्याउने योजना बनाउनुपर्छ भने गृह शिक्षाका लागि भिन्नै योजना बनाउनुपर्छ । सुदृढ मोड्युलमा शिक्षकले सामग्री खोज तथा अध्ययन योजना, शैक्षिक सामग्रीको तयारी योजना, सिकाइ योजना, सिकाइ उपलब्धि आँकलन योजना र पृष्ठपोषण योजना तयार पारी सिकाइलाई निरन्तरता दिनुपर्छ । यस्तै शिक्षकले फरक क्षमता भएका विद्यार्थीका लागि शिक्षकले न्यूनतम सिकाइ उपलब्धि हासिल हुने गरी शिक्षण तथा मूल्याङ्कनका उपयुक्त तरिका अपनाई विद्यार्थी मूल्याङ्कन गरेर कक्षोन्नति गर्ने कार्यान्वयनयोग्य योजना बनाई कार्यान्वयन गर्ने र त्यसको जानकारी सम्बन्धित स्थानीय तहलाई दिने व्यवस्था गर्नुपर्छ ।

शिक्षक तथा अभिभावकले पनि आफ्ना बालबालिकाहरूले पुस्तक तथा अन्य उपलब्ध पाठ्यसामग्री पढ्ने,रेडियो पाठशाला कार्यक्रम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजना कार्य गर्ने, भर्चुअल कक्षा लिने जस्ता क्रियाकलापमा सक्रिय गराई बालबालिकालाई सिकाइका लागिउपयुक्त वातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलत क्रियाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलन आउन नदिन सहयोग गर्नुपर्छ । माथि शिक्षकले सहजीकरण गर्नुपर्ने पाठ्यवस्तु र विद्यार्थी स्वयंले सिक्नुपर्ने पाठ्यवस्तुको सहजीकरण निम्नानुसार गर्नुपर्ने छ

शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु

 विभिन्न विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने भनी तोकिएका पाठ्यवस्तुको सिकाइका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले वर्गीकरण गरेका विद्यार्थीका पाँच समूहमध्ये आफ्नो विद्यालयका विद्यार्थी कुन समूहमा पर्छन् भन्ने निर्धारण गर्नुपर्छ । यसपछि गृह शिक्षा वा घरमै बसेर अध्ययन गर्ने विद्यार्थीका लागि निश्चित समयभित्र अध्ययन गर्नुपर्ने पाठ्यवस्तु र ती पाठ्यवस्तुबाट गर्नुपर्ने अभ्यासात्मक कार्य, परियोजना कार्य र प्रयोगात्मक कार्य निर्धारण गरेर विद्यार्थीलाई सुरक्षित तरिकाले विद्यालय वा सहज ठाउँमा बोलाई वा अन्य उपयुक्त तरिका अवलम्वन गरी निर्देशनसहित सिकाइका लागि सहजीकरण गर्नुपर्छ । विद्यार्थी विद्यालय वा शिक्षकका समीपमा आउन नसक्ने अवस्था भएमा शिक्षकले विद्यार्थीको घरैमा पुगी वा सञ्चार प्रविधिको प्रयोग गरी उक्त कार्य गराउनुपर्छ र विद्यार्थीले पनि शिक्षकले तोकेको तरिकाअनुसार आफूले सम्पन्न गरेका कार्य बुझाई पृष्ठपोषण लिनुपर्छ । रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामा सहभानी विद्यार्थीले शिक्षकले दिएको निर्देशनअनुसारका कार्य गरी शिक्षकलाई टेलिफोन वा इमेलमार्फत आफ्ना जिज्ञासा सुनाई पाठ्यवस्तुमा स्पष्ट हुनुपर्छ ।

विद्यार्थी स्वयम्ले सिक्नुपर्ने पाठ्यवस्तु

पाठ्यवस्तु समायोजन ढाँचामा विद्यार्थी स्यम्ले सिक्नसक्ने पाठ्यवस्तु भनिएका क्षेत्रमा शिक्षकले कुन कुन विषय कसरी सिक्न भन्ने निर्देशन तयार पारेर विद्यार्थीलाई उपलब्ध गराउनुपर्छ । यस्ता विषयको सिकाइमा अभिभावक, परिवारका सदस्य, छरछिमेकी,माथिल्लो कक्षाका विद्यार्थी, सहपाठी र स्वयम्सेवकले सहयोग गर्न सक्ने भएकाले शिक्षकले आफ्ना विद्यार्थीलाई उनीहरूबाट सिक्न सल्लाह प्रदान गर्नुपर्छ । आफूलाई स्पष्ट नभएका कुरा शिक्षकलाई टेलिफोन गरेर, भेटेर वा जिज्ञासा लेखेर कसैमार्फ शिक्षकसम्म पुर्याएर पनि सोध्न सक्ने व्यवस्था मिलाउनुपर्छ । उल्लिखित प्रव्रिmयाबाट शिक्षण सिकाइ कार्यकलाप गर्न सहज नहुने विशेष आवश्यकता भएका विद्यार्थीका लागि शिक्षकले सम्बन्धित सङ्घसंस्था र सोसम्बन्धी विज्ञसँग समन्वय, सल्लाह र परामर्श गरी उपयुक्त विधि अपनाई सिकाइ, मूल्याङ्कन तथा प्रमाणीकरण र स्तरोन्तति कार्य गराउनुपर्ने छ ।

यसरी शिक्षण सिकाइ क्रियाकलाप सम्पन्न गरे पश्चात विद्यार्थी हरुको मूल्याङ्कन प्रक्रिया पनि जरुरी हुन्छ जसकालागि पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले केही निर्देशन पनि उल्लेख गरेको छ ।

विद्यार्थीको सिकाइको मूल्याङ्कन शिक्षण कार्यकलापको अभिन्न अङ्ग हो । मूल्याङ्कन प्रमाणका आधार (Evidence Based) मा गरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता रहेको छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा के आधारमा गरियो र कुन मापदण्डमा अङ्कन र श्रेणीकरण र स्तरोन्नति गरियो भन्ने कुरामा शिक्षक सुनिश्चित हुनुपर्छ अनि अभिभावक, विद्यार्थी र सम्बद्ध सरोकारवालालाई पनि सोको जानकारी गराउनुपर्छ । मूल्याङ्कनलाई वस्तुनिष्ठ, प्रामाणिक र गुणस्तरीय बनाउने जिम्मेवारी स्वयम् शिक्षकको हो ।

सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन (Ongoing Assessment)

सङ्क्रमण कालमा पाठ्यक्रमले तोकेको मौजुदा व्यवस्थामा परिमार्जन गरी लिखित परीक्षाका साथै निरन्तर मूल्याङ्कनका अन्य तरिकाको प्रयोग गर्ने र शिक्षण सिकाइको अभिन्न अङ्गका रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई निरन्तरता दिई अभिलेखीकरण गर्ने गर्नुपर्छ । सिकाइ सहजीकरणका क्रममा गरिने मूल्याङ्कन प्रामाणिक (Evidence Based) हुनुपर्छ । विद्यार्थीको सिकाइ उपलब्धि पूरा भएनभएको परीक्षण गर्न शिक्षकले मूल्याङ्कनका तोकिएका प्रक्रिया र विशिष्टी करण तालिकाबाहेकका आफूलाई उपयुक्त लागेका निम्नलिखित क्षेत्रसम्बद्ध विधिको समेत प्रयोग गरी सिकाइ उपलब्धि सुनिश्चित गर्नुपर्छ । शिक्षकले टेलिफोन वा सञ्चारका उपयुक्त विधिबाट नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्छ । टेलिफोन पनि सम्भव नभएका ठाउँमा भौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजना कार्य दिने, अध्ययनका लागि परामर्श गर्ने जस्ता कार्य गराई विद्यार्थीले सिकेका कुरा प्रमाणित गरी अभिलेखीकरण गर्नुपर्छ । परीक्षा र परीक्षाबाहेकका साधनबाट परीक्षण, अनलाइन माध्यम वा टेलिफोनबाट मौखिक प्रश्नोत्तर, अनलाइनमा प्रश्न सोधी उत्तर लेख्न लगाउने, अभिभावक वा विद्यार्थीको मोबाइलमा खुला पुस्तकमा आधारित प्रश्न पठाई उत्तर लेखेर शिक्षकसम्म पुर्याउने व्यवस्था गर्ने, वर्क सिट दिने, अभिभावकबाट मूल्याङ्कन गराउने, माथिल्ला कक्षाका विद्यार्थी वा स्थानीय विज्ञबाट मूल्याङ्कन गराउने, विद्यार्थी स्वयम् वा साथीबाट मूल्याङ्कन गराउने जस्ता मूल्याङ्कनका उपाय पनि सङ्क्रमण कालका लागि उपयोगी हुन्छन् ।

प्रयोगात्मक मूल्याङ्कन (Practical Assessment)

प्रयोगात्मक कार्यका लागि विद्यायलयहरूले विद्यार्थीले घरमै बसेर गर्न सक्ने कार्यहरू छनोट गरीआवश्यकताअनुसार कार्य गराई मूल्याङ्कन गर्नुपर्छ । प्रयोगशालामा नै गर्नुपर्ने प्रयोगात्मक कार्य भएमा विद्यार्थीको भौतिक दुरी कायमा हुने व्यवस्था गरी न्यूनतम सङ्ख्यामा विद्यार्थीलाई बोलाई शिक्षकले प्रयोगात्मक कार्य गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कनलाई प्रयोगात्मक कार्य, घरबाटै गर्न सकिने परियोजना कार्य, अध्ययन प्रतिवेदन तयारी, इन्टरनेट र सामाजिक सञ्जालबाट खोजी गर्ने कार्य वा अभिभावकको सहयोगमा सम्पादन हुने कार्यका रूपमा वर्गीकरण गरी सम्पन्न गराउनुपर्छ । प्रयोगात्मक मूल्याङ्कन प्रामाणिक (Evidence Based) हुनुपर्छ । विद्यार्थीको मूल्याङ्कनका लागि स्थानीय तहले शिक्षा हेर्ने अधिकारीको समन्वयमा सम्बन्धित विद्यालयको प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञ सम्मिलित समिति गठन गर्ने छ । उक्तसमितिले विद्यार्थीले गृह शिक्षा वा घरमै गरेको सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल कक्षामार्फत सिकेको सिकाइलाई आधारभूत तहको कक्षा १–३ मा दैनिक दुई घण्टा बराबरको सिकाइ र कक्षा ४–१० मा दैनिक चार घण्टा बराबरको सिकाइ मानी मूल्याङ्कन गर्न सक्ने छ । विद्यार्थीले बिदाका दिन र अतिरिक्त समयमा सिकेको सिकाइलाई पनि ल्याकत जाँच गरी प्रमाणीकरण तथा अभिलेखीकरण गर्न सकिने छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरेका लिखित कार्यलगायत सम्पूर्ण विवरण सुरक्षित राख्नुपर्ने छ ।

प्रमाणीकरण मूल्याङ्कन (Assessment for Cetification)

विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्दा शिक्षकले सहजीकरण गरेका पाठ्यवस्तुबाट निश्चित प्रतिशत र शिक्षकको निर्देशन र अभिभावकको सहयोगमा सिकेका पाठ्यवस्तुबाट निश्चित प्रतिशत भार दिई मूल्याङ्कन गर्नुपर्ने छ । शिक्षकले आन्तरिक र आवधिक मूल्याङ्कन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाएको भए पनि ती विद्यार्थीको सहभागिताका गरिएको हुनुपर्ने छ । विद्यार्थीको मूल्याङ्कन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने छ र अनुगमनका बखत प्राप्त नभएका मूल्याङ्कन प्रक्रिया वास्तविक मानिने छैन । शैक्षिक वर्ष २०७७ का लागि विद्यार्थीको सिकाइ उपलब्धि लाई सिकाइमा सहभागिता, मौखिक कार्य, लिखित कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, स्वमूल्याङ्कन, अभिभावकको प्रतिक्रीया ,  कुराकानी र छलफल का आधारमा मूल्याङ्कन गरी प्रमाणीकरण गर्नुपर्छ ।

( यो लेख नेपाल सरकारले जारीगरेको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा पूर्ण रुपमा आधारीत रहेको छ । )

Friday, September 18, 2020

शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता

 


शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता


सन्तोष पोखरेल, बिराटनगर । वर्तमान शैक्षिक अवस्थामा आएको संकट नेपालको मात्रै संकट हैन । विश्वका सवै विद्यार्थी यसको मारमा परेका छन । आफ्नो भविश्यको योजनामा देखापरेको संकट प्रति चिन्तित छन । त्यसमा पनि नेपालमा भने शैक्षिकसत्र को अन्त्य हुदैगर्दा यो संकट आइपरेको छ । यसले समग्र शैक्षिक सरोकार हरुलाई चिन्तित वनाएको छ । त्यसैले विभिन्न शैक्षिक सरोकारवालाहरु, शिक्षाविदहरुका आआफ्नै विचारहरु आइरहेका छन यसै सन्दर्भमा विद्यार्थी हरुलाइ आन्तरिक मुल्यांकन को आधारमा लेजर तयार गरि नतिजा दिनु हुदैन भन्ने वारेमा पनि वहस चलिरहेको छ ।मन्त्रालय पनि पर्खने र परीक्षा चलाएरै जानू पर्छ भन्ने मान्यतामा छ । यस्तो अवस्थामा केही शिक्षा सरोकारवाला शिक्षाविदहरुले विद्यालयको मुल्यांकन पद्धतिमा शंका गरिरहनु भएको छ । शिक्षक प्रतिको विस्वसनियतामा संका गर्नु भएको छ ।
विद्यालयमा हाल कार्यरत शिक्षकलेनै सिकाइ क्रियाकलाप गराउन हुने,तिनै शिक्षकले प्रश्न पत्र वनाउदा हुने तिनै शिक्षकले कपी परिक्षण गर्दा हुने,अनि तिनै शिक्षकले २५ प्रतिसत प्रयोगात्मक अंक दिदा हुने ७५ प्रतिसत अंकमा शंका गर्नु पर्ने ? आज सम्म तिनै शिक्षकले ९ कक्षामा सवैलाइ प्रथम वनाएको र द्ध जिपिए दिएको उदाहरण छ र ? ९ कक्षामा फेल भएका छैनन र ? विषय लागेका लाई विषय लागेकै गरि रिजल्ट वनाएको छैन र विद्यालयले ? अनि परम्परागत मनोवृतिमा रमाएर हुन्छ।क्भ्भ् को परीक्षा सम्पन्न भएका सवै विद्यार्थी ले एउटै प्रकृतिको काम पाएकाछन र? सर्टि्फिकेटको आधारमा मानिसले काम पाउने समय अहिले छ र? कि क्षमताले पाउछ ? नेपालमा इन्जिनियर भएका ,प्रोफेसर भएकाहरु विदेशमा गएर के काम गर्दैछन ? सवैलाई थाहा छ । फेरि यो अहिलेको समय संकटको समय हो । यदी लकडाउन हटीहालेमा पनि तत्काल पुर्णरुपमा भाइरस अन्त्य हुने सम्भावना कम देखिन्छ । यस्तो अवस्थामा विद्यालय मा गरिने सामुहिक काम कसरी गर्न सकिन्छ ? अहिलेको संकट हटाउने विकल्प दिन जरुरी छ । विद्यार्थीलाई परीक्षा हुन्छ आइज भन्दैमा उ आउन सक्छ ? उसको अभिभावक कति विस्वस्त भएर पठाउनु हुन्छ ? शिक्षकले कुन मनोवृत्तिका आधारमा परीक्षा लिन सक्छ ? यदि शारीरीक दुरीनै कायम गरेर परीक्षा गराए पनि कपी मा हस्ताक्षर गर्नु पर्दैन? कपी संकलन गरि पोकामा प्याक गर्नु पर्दैन ? यदि पर्खने नै कुरा हो भने शैक्षिकसत्र भरी पर्खने त ? त्यसैले अहिलेको वर्तमान आवस्यकता भनेको विद्यार्थी अपग्रेडनै हो ! यो अपग्रेड स्थानिय निकाय र विद्यालयलाइ जिम्मेवार वनाएर गर्न सकिन्छ । अरु शिक्षा नीति र प्रणाली कस्तो वनाउने भन्ने सन्दर्भ पछी बहस हुनेकुरा हुन तर तत्काल विद्यार्थी को मानसिकतामा भएको लकडाउन हटाउन जरुरी छ । अहिलेको अवस्थामा अब के हुने हो भनेर उनीहरु त्रसित छन । क्भ्भ् परीक्षा को नतिजावाट सिधै कलेज हरुले भर्ना पनि त लिदैनन । प्रवेश परीक्षा नभइ हुदैन। अर्काे तर्फ परीक्षानै सर्वाेपरी किन ठान्ने । हिजो आज सटिफिकेटले मात्र जागिर खाने दिन छैन । वजार निजी क्षेत्रको प्रतिस्पर्धा मा आधारित छ । क्षमतामा आधारित रोजगारीका अवसर छन् । प्रतिस्पर्धा को वजार भएकाले निजी क्षेत्रले योग्यता भन्दा क्षमतामा विस्वास गर्दछ । सरकारी कामलाई प्रभावकारी वनाउने निजामति सेवा, प्रहरी, सेना , शिक्षक जस्ता पदहरु प्रतिस्पर्धा मानै पुर्ति हुनेगरेका छन् । प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्ति त झन एप्रेन्टिसीप अर्थात मागमा आधारीत शिक्षणसिकाइमा प्रवेश गरिसकेको अवस्था छ । त्यसैले अवको सिकाइमा परम्परामा आधारीत परीक्षा प्रणाली भन्दा क्षमतामा आधारित मुल्यांकन का मापदण्डहरु तयार गरिनु पर्दछ । त्यसका लागि परीक्षा प्रणाली भन्दा विद्यालयको सिकाइ क्षमता सुधार र आन्तरिक मुल्यांकन पद्धति मा परिवर्तन गरिनु पर्दछ । विद्यार्थी हरुलाई परीक्षाको डरवाट मुक्त गराउने र वजारमा विक्ने विद्यार्थी उत्पादन गर्ने पद्धतिमा जोड दिनु पर्दछ ।
हाम्रो देशको अवस्था र वातावरणलाई दोषी ठानी उन्मुक्ति पाउने अवस्था अब छैन । विश्वका कैयौ विकसित मुलुकहरु पनि ग्रासरुट वाटै यो अवस्थामा आइपुगेका हुन । हिजो उनीहरुपनि गरिवनै थिए हामी जस्तै थिए । उनीहरुमा इच्छा शक्ति थियो। योजना थियो त्यसैले लक्ष्यमा पुगे । हामी संग सवैथोक छ इच्छाशक्ति को खाँचो छ । खाली सरकारको मुख ताक्ने ,समर्थन गर्ने र गाली गर्ने वानी हामीले सिक्यौ ।सहीलाई सही गलतलाई गलत भन्न सकेनौ । आफ्नो स्वार्थ का अगाडि घुडा टेकी रह्यौ ।
विश्वका कैयौ मुलुक कुनै न कुनै संकट, युद्ध वा घट्ना पछी पाठ सिकेर अगाडि वढेका छन । हाम्रा लागि पनि यो शिक्षामा आमुल परिवर्तन ल्याउने एउटा अवसर हो । विद्यार्थीले अब परिक्षाको डरले हैन भविस्यको डरले पढ्न पाउनु पर्छ र उसले परीक्षाका लागि अर्थात वढीभन्दा वढी नम्वर ल्याउन पढ्ने अनुमानित सिकाइ पद्धति को अन्त्य गरिनु पर्दछ । अभिभावकमा हुने अंकको भोक मेटाउनु पर्दछ र आफ्नो नानीलाई एउटा जिम्मेवार नागिरक वनाउन अग्रसर वनाउनु पर्दछ।सवै निजी स्कुलहरुको परिमाणात्मक नतिजामा भन्दा गुणात्मक नतिजामा प्रतिस्पर्धा गराउनु पर्दछ । वच्चाले रहरले पढ्ने वातावरण सिर्जना गरिनु पर्दछ । तब मात्रै शिक्षामा गुणस्तर आउछ । यो सवै कार्य परीक्षा ले मात्रै सम्भव छैन ।
लेखकः–सन्तोष पोखरेल(सहायक प्रध्यानापक) आदर्श उच्च माध्यमिक बिद्यालय, बिराटनगर

एसइइ परीक्षा भ्रम र यथार्थ : समय र सान्दर्भिकता लाई अंगिकार गरौ

  »  

Birat Post शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post
 

धेरै मान्छेकाे गलत मुल्यांकन भैरहेकाे छ । याे विद्यालयकाे स्वमुल्याङ्कन गर्ने अवसर पनि हाे।एक दुइले गल्ति गरे भन्दैमा पुरै सिस्टम लाई दाेष लगाउन मिल्दैन।९ कक्षाकाे परीक्षामा D+ नआउनेलाई शिक्षकले A+ दिएकाे छ र?अझ भन्ने हाे भने SEE काे परीक्षा भन्दा कक्षा ९काे परीक्षा मर्यादित हुन्छ। फेरि यसकाे निर्देशिका आउला अनुगमन नियमन हाेला।यी निकाय पनि चुपलागेर नवस्लान् । तेसैले शिक्षण सिकाइका सवै प्रकृया जिम्मा लगाएका शिक्षकलाई मुल्यांकन गर्ने अधिकार पनि हुन्छ। विस्वास गराै विगत के थियाे हैन अब के गर्ने भनेर साेचाै।सवै आ-आफ्नाे ठाउँबाट लागाै! फिनल्यान्ड काे शिक्षा संसारकाे उत्कृष्ट शिक्षा मानिन्छ।त्यहा विद्यार्थीलाई परिक्षाकाे सन्त्रासवाट मुक्त राखि सिकाइमा जाेड दिइन्छ । कक्षा १२ मा मात्रै एउटा परीक्षा लिइन्छ । त्यसैले सिकाइ परीक्षावाट मात्रै सुधार हुन्छ भन्ने मान्यता त्याग्न जरुरी छ ।

सरकारले SEE परीक्षाकाे प्रक्रिया लाई परिमार्जन गर्ने निर्णय गरेकाे छ।यसै सन्दर्भमा धेरै अभिभावक र विद्यार्थी हरुमा यसवारेमा विभिन्न संका उपसंकाहरु उब्जन पुगेका छन।याे स्वभाविक पनि हाे। भइरहेकाे प्रक्रिया मा परिवर्तन आउदा विभिन्न तर्क उठ्नु अस्वभाविक पनि हैन । अहिले नेपाल मात्रै हैन विश्वका विभिन्न मुलुकहरु काेराेना भाइरसकाे पिडावाट ग्रसित र चिन्तित छन। शारीरिक दुरी कायम गरेर हिड्नु पर्ने अवस्थामा विद्यालयका सिकाइ गतिविधी लगायतका सवै कार्यक्रम हरु स्थगित छन । विद्यार्थी हरु लकडाउनमा छन भने विद्यालय भवनहरुलाई क्वारेन्टाइन  वनाइएकाे छ । यस्ताे अवस्थामा विद्यालयमा हुने कुनै पनि कार्य सहजतापुर्वक गर्न सक्ने अवस्था छैन । त्यसैले विद्यालयमा हुने विभिन्न परीक्षाहरु तत्कालै गर्न सकिने अवस्था पनि छैन ।

यस्ताे अवस्थामा विद्यार्थी हरुमा रहेकाे अन्याेलता लाई चिर्दै सरकारले राष्ट्रिय परीक्षा वाेर्ड ले लिने SEE परीक्षाकाे प्रक्रियामा केही परिवर्तन गरि बाधा हटाउने प्रयास गरेकाे छ । यसमा भएका कानुनी अड्चनहरुलाई हटाइ राजपत्रमा सुचना प्रकासित गरि विद्यार्थी नतिजा प्रकासित गर्ने प्रकृयालाइ अवलम्वन गर्ने भएकाे छ । यस सन्दर्भमा सरकारले SEE परीक्षाकाे सैद्धान्तिक परीक्षावाट गर्ने मुल्यांकन काे प्रकृयालाई संकटकालिन अवस्थाकाे कारण केही परिवर्तन गर्ने भएकाे छ ।  विद्यालयहरुमा अान्तरिक मुल्यांकन कालागि भएका  सैद्धान्तिक परीक्षा काे अंकलाई आधारमानी नतिजा प्रकासन गर्ने भएकाे छ। त्यसमा पनि सरकारले निर्देशिका र मापदण्ड सार्वजनिक गरिसकेकाे अवस्था छैन। प्रयाेगात्मक परीक्षा काे मुल्यांकन भने भैसकेकाे छ । यसै सन्दर्भलाई जाेडेर धेरै टिकाटिप्पणी हुने गरेकाे छ । तर कसैमा पनि भ्रम हुनु आवस्यक छैन।

रिजल्टकाे पुर्वानुमान गर्ने अवस्था अहिले पनि छैन किन भने प्रयाेगात्मक परीक्षावाट मात्रै पनि ८०० पुर्णाङ्कमा करीव १७५ नंम्वरकाे प्रयाेगात्मक परीक्षा काे अंक राष्ट्रिय परीक्षाबाेर्डमा गैसकेकाे छ र सुरक्षित छ।ढ अब वाँकी अंककाे मुल्यांकन काे अाधार आन्तरिक परीक्षाहरु हुने भएकाेछ । विद्यालयले यस्ता परीक्षालाइ निर्णयात्मक भन्दापनि निर्माणात्मक परीक्षाकाे रुपमा संचालन गरेकाे हुन्छ ।यस्ता परीक्षाहरुमा अनियमितता हुने सम्भावना नै रहदैन । त्यसैले यी परीक्षाहरु बैध हुने कुरामा कुनै सराेकारवालाले संका गर्नु पर्ने अवस्था रहेकाे छैन। याे परीक्षा सवै पासहुने परीक्षा हाे,सवैले उच्च ग्रेड ल्याउने परीक्षाहाे, यसमा कुनैपनि विद्यालयकाे नतिजा कम्जाेर हुदैन भन्ने जस्ता  भ्रमहरु  पनि छन तर यथार्थमा तेस्ताे हाेइन।याे विद्यालयकाे स्वमुल्यांकन पनि हाे ।

धेरै मान्छेकाे गलत मुल्यांकन भैरहेकाे छ । याे विद्यालयकाे स्वमुल्याङ्कन गर्ने अवसर पनि हाे।एक दुइले गल्ति गरे भन्दैमा पुरै सिस्टम लाई दाेष लगाउन मिल्दैन।९ कक्षाकाे परीक्षामा D+ नआउनेलाई शिक्षकले A+ दिएकाे छ र?अझ भन्ने हाे भने SEE काे परीक्षा भन्दा कक्षा ९काे परीक्षा मर्यादित हुन्छ। फेरि यसकाे निर्देशिका आउला अनुगमन नियमन हाेला।यी निकाय पनि चुपलागेर नवस्लान् । तेसैले शिक्षण सिकाइका सवै प्रकृया जिम्मा लगाएका शिक्षकलाई मुल्यांकन गर्ने अधिकार पनि हुन्छ। विस्वास गराै विगत के थियाे हैन अब के गर्ने भनेर साेचाै।सवै आ-आफ्नाे ठाउँबाट लागाै! फिनल्यान्ड काे शिक्षा संसारकाे उत्कृष्ट शिक्षा मानिन्छ।त्यहा विद्यार्थीलाई परिक्षाकाे सन्त्रासवाट मुक्त राखि सिकाइमा जाेड दिइन्छ । कक्षा १२ मा मात्रै एउटा परीक्षा लिइन्छ । त्यसैले सिकाइ परीक्षावाट मात्रै सुधार हुन्छ भन्ने मान्यता त्याग्न जरुरी छ ।

अभिभावकहरुमा याे परीक्षाकाे सर्टिफिकेट वैधानिक हुदैनकी भन्ने भ्रम पनि छ तर सरकारले नियमावली परिवर्तन गरेर राजपत्रमा प्रकासित गरि यसकाे मापदण्ड र निर्देशिका वनाउने हुनाले याे पुर्ण रुपमा कानुन सम्मत हुनेकुरामा ढुक्क हुनु जरुरी छ ।विद्यालयहरुले वा विद्यालयमा काम गर्ने शिक्षकले पक्कै पनि c आउने विद्यार्थी लाई A+ र D+ आउने विद्यार्थीलाई उच्च ग्रेड दिनु हुन्न। विद्यालयमा हाल कार्यरत  शिक्षकलेनै सिकाइ क्रियाकलाप गराउदै आउनु भएकाे छ,तिनै शिक्षकले प्रश्न पत्र वनाउनुहुन्छ , तिनै शिक्षकले कपी परिक्षण गर्नु हुन्छ ,अनि तिनै शिक्षकले विभिन्न परियाेजना कार्य गराइ २५ प्रतिसत प्रयाेगात्मक अंक दिनु हुन्छ तर ७५ प्रतिसत अंकमा शंका गर्नु पनि हुदैन। आ ज सम्म तिनै शिक्षकले ९ कक्षामा सवैलाइ प्रथम वनाएकाे र 4 जिपिए दिएकाे उदाहरण छ र? ९ कक्षामा फेल भएका छैनन र ? विषय लागेका लाई विषय लागेकै गरि रिजल्ट वनाएकाे छैन र विद्यालयले? अनि परम्परागत प्रक्रिया ताेड्नकालागि केही अप्ठ्याराहरु अवस्य आ उछन  ।  ती अप्ठ्यारा हटाउदै समाधान खाेज्नु आजकाे आवस्यकता पनि हाे ।

SEE काे परीक्षा सम्पन्न भएका सवै विद्यार्थी ले एउटै प्रकृतिकाे काम पाएकाछैनन, सर्टिफिकेटकाे आधारमा मानिसले काम पाउने समय अहिले छैन। हरेक ब्यक्तिले क्षमताले काम पाउछ। नेपालमा इन्जिनियर भएका ,प्राेफेसर भएकाहरुले समेत विदेशमा गएर आफ्नाे याेग्यता अनुसारकाे काम गर्न पाएका छैनन ।सवैलाई थाहा छ ।फेरि याे अहिलेकाे समय संकटकाे समय हाे । यदी लकडाउन हटीहालेमा पनि तत्काल पुर्णरुपमा भाइरस अन्त्य हुने सम्भावना कम देखिन्छ ।यस्ताे अवस्थामा विद्यालय मा गरिने सामुहिक काम गर्न सक्ने अवस्था थिएन । अहिलेकाे संकट हटाउने विकल्प दिन जरुरी थियाे ।लामाे समय पर्खदा पनि विद्यार्थी हरुमा एक प्रकारकाे मानसिक तनाव सृजना हुन सक्ने सम्भावना पनि थियाे। त्यसैले अहिलेकाे वर्तमान आवस्यकता भनेकाे विद्यार्थी अपग्रेडनै नै थियाे । जसकालागि सरकारले विद्यालयलाइ जिम्मेवार वनाएर विकल्प दिन लाग्दा अतालिनु पर्ने अवस्था छैन । अरु शिक्षा नीति र प्रणाली कस्ताे वनाउने भन्ने सन्दर्भ पछी बहस हुनेकुरा हुन तर तत्काल विद्यार्थी काे मानसिकतामा भएकाे लकडाउन हटाउन जरुरी थियाे । अहिलेकाे अवस्थामा अब के हुने हाे भनेर उनीहरु त्रसित थिए । जुन हटाउन सरकारले निकास दिने प्रयास गरेकाे छ ।

अभिभावकहरुमा याे परीक्षाकाे सर्टिफिकेट वैधानिक हुदैनकी भन्ने भ्रम पनि छ तर सरकारले नियमावली परिवर्तन गरेर राजपत्रमा प्रकासित गरि यसकाे मापदण्ड र निर्देशिका वनाउने हुनाले याे पुर्ण रुपमा कानुन सम्मत हुनेकुरामा ढुक्क हुनु जरुरी छ ।
विद्यालयहरुले वा विद्यालयमा काम गर्ने शिक्षकले पक्कै पनि c आउने विद्यार्थी लाई A+ र D+ आउने विद्यार्थीलाई उच्च ग्रेड दिनु हुन्न। विद्यालयमा हाल कार्यरत  शिक्षकलेनै सिकाइ क्रियाकलाप गराउदै आउनु भएकाे छ,तिनै शिक्षकले प्रश्न पत्र वनाउनुहुन्छ , तिनै शिक्षकले कपी परिक्षण गर्नु हुन्छ ,अनि तिनै शिक्षकले विभिन्न परियाेजना कार्य गराइ २५ प्रतिसत प्रयाेगात्मक अंक दिनु हुन्छ तर ७५ प्रतिसत अंकमा शंका गर्नु पनि हुदैन। आ ज सम्म तिनै शिक्षकले ९ कक्षामा सवैलाइ प्रथम वनाएकाे र 4 जिपिए दिएकाे उदाहरण छ र? ९ कक्षामा फेल भएका छैनन र ? विषय लागेका लाई विषय लागेकै गरि रिजल्ट वनाएकाे छैन र विद्यालयले? अनि परम्परागत प्रक्रिया ताेड्नकालागि केही अप्ठ्याराहरु अवस्य आ उछन  ।  ती अप्ठ्यारा हटाउदै समाधान खाेज्नु आजकाे आवस्यकता पनि हाे ।

SEE परीक्षा काे नतिजावाट सिधै कलेज हरुले भर्ना पनि त लिदैनन । प्रवेश परीक्षा नभइ हुदैन। अर्काे तर्फ परीक्षानै सर्वाेपरी किन ठान्ने । हिजाे अाज सर्टिपिकेटलेमात्र जागिर खाने दिन छैन । वजार निजी क्षेत्रकाे प्रतिस्पर्धा मा आधारित छ ।क्षमतामा अाधारित राेजगारीका अवसर छन् । प्रतिस्पर्धा काे वजार भएकाले निजी क्षेत्रले याेग्यता भन्दा क्षमतामा विस्वास गर्दछ । सरकारी कामलाई प्रभावकारी वनाउने निजामति सेवा, प्रहरी, सेना , शिक्षक जस्ता पदहरु प्रतिस्पर्धा मानै पुर्ति हुनेगरेका छन् । प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्ति त झन एप्रेन्टिसीप अर्थात मागमा आधारीत शिक्षणसिकाइमा प्रवेश गरिसकेकाे अवस्था छ ।त्यसैले अवकाे सिकाइमा परम्परामा आधारीत परीक्षा प्रणाली भन्दा  क्षमतामा आधारित मुल्यांकन का मापदण्डहरु तयार गरिनु पर्दछ । त्यसकालागि परीक्षा प्रणाली भन्दा विद्यालयकाे सिकाइ क्षमता सुधार र आन्तरिक मुल्यांकन पद्धति मा परिवर्तन गरिनु पर्दछ । विद्यार्थी हरुलाई परीक्षाको डरवाट मुक्त गराउने र वजारमा  विक्ने विद्यार्थी उत्पादन गर्ने पद्धतिमा जाेड दिनु पर्दछ ।

हाम्राे देशकाे अवस्था र वातावरणलाई दाेषी ठानी उन्मुक्ति पाउने अवस्था अब छैन । विश्वका कैयाै विकसित मुलुकहरु पनि ग्रासरुट वाटै याे अवस्थामा आइपुगेका हुन । हिजाे उनीहरुपनि गरिवनै थिए हामी जस्तै  थिए। उनीहरुमा इच्छा शक्ति थियाे। याेजना थियाे त्यसैले लक्ष्यमा पुगे । हामी संग सवैथाेक छ इच्छाशक्ति काे खाँचाे छ । खाली सरकारकाे मुख ताक्ने ,समर्थन गर्ने र गाली गर्ने वानी हामीले सिक्याै ।सहीलाई सही गलतलाई गलत भन्न सकेनाै । आफ्नाे स्वार्थ का अगाडि घुडा टेकी रह्याै ।

विश्वका कैयाै मुलुक कुनै न कुनै संकट,युद्ध वा घट्ना पछी पाठ सिकेर अगाडि वढेकाछन हाम्रा लागि पनि याे शिक्षामा आमुल परिवर्तन ल्याउने एउटा अवसर हाे । विद्यार्थीले अब परिक्षाकाे डरले हैन भविस्यकाे डरले पढ्न पाउनु पर्छ । र उसले परीक्षाका लागि अर्थात वढीभन्दा वढी  नम्वर ल्याउन पढ्ने अनुमानित सिकाइ पद्धति काे अन्त्य गरिनु पर्दछ।अभिभावकमा हुने अंककाे भाेक मेटाउनु पर्दछ र आफ्नाे नानीलाई एउटा जिम्मेवार नागिरक वनाउन अग्रसर वनाउनु पर्दछ।

सवै निजी स्कुलहरुकाे परिमाणात्मक नतिजामा भन्दा गुणात्मक नतिजामा प्रतिस्पर्धा गराउनु पर्दछ। वच्चाले रहरले पढ्ने वातावरण सिर्जना गरिनु पर्दछ । तब मात्रै  शिक्षामा गुणस्तर आउछ । याे सवै कार्य परीक्षा ले मात्रै  सम्भव छैन ।त्यसैले अहिले जे भएकाे छ त्यसलाई सवैले स्विकार्नु पर्छ र स्थायी रुपमा आगामीदिनहरुमा कक्षा १० र कक्षा ११ का परीक्षाहरुलाई विद्यालयलाई जिम्मेवार  वनाएर संचालन गर्ने जिम्मेवारी दिनु पर्दछ। अरुदेशमा के छ भनेर भन्नू भन्दापनि देशकाे सिकाइ आवस्यकता के हाे भन्ने वुझ्न जरुरी छ । विदेशी पाठ्यक्रम मा आधारित ए लेभल र वि लेभलका पढाइका लागि हामीले हाम्राे देशकाे समग्र नितिनै वनाउन जरुरी छैन । त्यसैले समय र सान्दर्भिकता लाई अंगिकार गर्न जरुरी छ ।
(लेखक आदर्श मा वि विराटनगरका सहायक प्रधानाध्यापक हुन )

संकटकालिन विद्यालयकाे आवश्यकता स्व-अध्ययन शिक्षणकाे प्रभावकारिता

  विचार

सन्तोष पोखरेल आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस देशहरू बाहेक आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेका छन्। यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ। कुल विद्यार्थी संख्याको ९१.३% अर्थात् १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएका बन्दको प्रभावमा परेका छन्।

कोरोना भाइरस यस्तो खतरनाक चुनौतीको रूपमा प्रकट भएको छ कि यसले मानिसको स्वास्थ्य रक्षाको सवालमा आधुनिक चिकित्सा विज्ञानको प्रगतिलाई पनि पूर्णतः चुनौती दिएको छ।विश्व अर्थतन्त्र अनुमाननै लगाउन नसक्ने गरी भयानक क्षतिको संघारमा पुगिसकेको छ। उत्पादन, रोजगारी, बचत, निर्यात, स्टकमार्केट जस्ता आर्थिक विकासका सुचकहरु एम्बुसमा परेका छन्। सारा उत्पादनशील मानवीय क्रियाकलापहरु ठप्प छन्। समग्र विश्वको सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक, पर्यटन, उद्योग लगायत क्षेत्रले अभुतपूर्व धक्का व्यहोर्नु परिरहेको छ। यतिबेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामाना गर्नु परिरहेको छ।

नेपाल पनि त्यसबाट अछुतो छैन। तुर्कमेनिस्तान, ताजिकिस्तान र बेलारुस देशहरू बाहेक आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरु बन्द रहेका छन्। विश्वका १९२ देशहरुले राष्ट्रव्यापी र सात देशले स्थानीय रूपमा शैक्षिक संस्थाहरु बन्द गरेका छन्। यतिबेला विश्वभर करिब १ अर्ब ७२ करोड ४६ लाख ५७ हजार ८७० विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ। कुल विद्यार्थी संख्याको ९१.३% अर्थात् १ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५४ विद्यार्थीहरु राष्ट्रव्यापी विद्यालय बन्दको प्रभावमा परेका छन् भने बाँकी विद्यार्थीहरु स्थानीय रूपमा गरिएका बन्दको प्रभावमा परेका छन्।

क्यानडा, अमेरिका, रुस लगायत केही देशहरुमा भने राष्ट्रव्यापी रूपमा विद्यालयहरु बन्द नभई राज्य वा स्थानीय स्तरबाट भएका छन्। विद्यालय/कलेजहरु बन्द भएका कारण कतिपय देशहरूमा विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परिरहेको तथ्य युनेस्कोले बताइरहेको छ। अझ यस प्रकारको हिंसा अल्पविकसित र अफ्रिकन मुलुकहरूमा बढी रहेको पाइएको छ। विश्व प्रभावितको यो गणनाभित्र नेपाल पनि परेकै छ। अर्थात्, नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि संक्रमणको जोखिम बढ्न सक्ने खतरा भएको कारण सम्पूर्ण शैक्षिक सस्थाहरु चैत १० गतेदेखि पूर्णरूपमा बन्द छन्। विद्यालय तहमा देशभरका सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरु र उच्च शिक्षाअन्तर्गत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका एक हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै छन्। परीक्षाको स्थगन र अर्को तालिका प्रकाशित हुने अनिश्चितता कारण एसइईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु, अब के हुने हो भन्ने मनोवैज्ञानिक आतंकमा परेका छन्।

सबै विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन्। जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविषय के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन्। यस्तो बेलामा विद्यार्थीहरुलाइ कसरी शैक्षिक क्रियाकलापहरुमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु जरुरी हुन्छ। हुनत यो समय अत्यन्तै असामान्य र विश्वव्यापी महामारीको अवस्था भएको र मुख्य विषय नागरिक स्वास्थ्यको सुरक्षा रहेको हुँदा अरु विषयहरु गौण हुनु स्वाभाविकै हो। तर नागरिक स्वास्थ्य सुरक्षाका सम्बन्धमा नेपाल सरकारका सरोकारवाला मन्त्रालय, विभाग र निकायहरु अहोरात्र क्रियाशिल नै रहेका छन्। सायद यस विषयमा शिक्षा मन्त्रालयलाई त्यति धेरै कार्यबोझ नभएको हुनसक्छ। त्यसैले मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो संकटपूर्ण अवस्थामा समेत कसरी अद्यावधिक र नियमित गर्न सकिन्छ भन्ने सन्दर्भमा विद्यार्थी आन्दोलनबाट स्थापित अनुभवी र योग्य नेतृत्व रहेको शिक्षा मन्त्रालयले समयमै विशेष अग्रसरता देखाउनु पर्नेमा त्यसाे हुन सकेकाे छैन ।

कोरोनाको मुहान चीनको वुहानमा कोरोना भाइरस आज भन्दा ६ महिना अघि(february) भाइरसको उच्च सख्यामा संक्रमित देखिए ! ५ महिना भो आज पनि संक्रमित रहीरहेका छन । नेपालमा कोरोनाको उत्कर्ष आएकै छैन।भरखर समुदायमा फैलन शुरु भएकाे छ। त्यो उत्कर्ष आएर कहिले घटन थाल्ने हो, पर्खिनै पर्छ । चीनमा आज सम्म पनि सबै विद्यालय पुर्ण रुपमा खुल्न सकेका छैन, ठुला कक्षा बाट खोल्ने प्रयास जारी छ ! अब, नेपालमा कहिले त्यो कोरोना ग्राफ चीनको जस्तो #तेर्सो हुन थाल्नु ? अहिले उकाली ओराली गर्दैछ ! त्यो तेर्सो भएपछी फेरि कम्तिमा ६ महिना त लाग्ला नै ? यसरी हेर्दा यो २०७७ सालको बाकी ८ महिनामा देशभरका सबै स्कुलहरु पुर्ण रुपमा खुलेर पहिले जस्तो पढने पढाउने काम हुन्छ जस्तो देखिन्न । चीनमा सिङ्गो देश भरी विद्यालय बन्द भएका होइनन, जहाँ प्रभाव छैन त्यहा नियमित नै छन ! त्यसैले स्कुल कहिले कसरी खोल्ने भन्ने अधिकार स्थानिय सरकारलाई दिनुपर्छ ! उपयुक्त ठाउमा चल्दै गर्छन ! अरुमा वैकल्पिक विधि प्रभावकारी बनाउनु पर्छ ! यी यावत समस्याका विचमा शैक्षिक क्षेत्रकाे जनशक्ति र विद्यार्थी हरुका वर्तमान र सम्भावित समस्या पहिचान गरि त्यसकाे समाधान खाेज्न जरुरी छ । परीक्षामुखी मानसिकता भित्रकाे नतिजा मुखी शिक्षण सिकाइ वाेकेर अवकाे सिकाइलाइ प्रभावकारी वनाउन सकिँदैन। वजारकाे माग धान्ने जनशक्तिकालागि अावस्यक पर्ने पाठ्यक्रम र सिकाइ प्रक्रिया विनाकाे उत्पादित जनशक्तिले न वजारकाे माग धान्न सक्छ न कसैले राेजगारी पाउने सम्भावना हुन्छ ।

त्यसैले मागमा  आधारित शिक्षण सिकाइ आजकाे प्रमुख  आवस्यकता हाे । कक्षाकाेठामा जम्मा पारेर मात्रै विद्यार्थी काे सिकाइलाइ प्रभावकारी वनाउन सकिँदैन । उनीहरुकाे रुची,चाहना र क्षमतामा  आधारित भएर सिकाउन सकेकाे खण्डमा मात्रै सिकाइ दिगाे हुन्छ । वर्तमान शैक्षिक संकटकाे घडीमा वालवालिका विद्यालय अाउन नसकिरहेकाे अवस्थामा र तत्काल निकास निस्कने सम्भावना नरहेकाे अवस्थामा वालवालिकाकाे अन्याेलता हटाउनु जरुरी छ ।न विद्यालयमा काम गर्ने शिक्षक कर्मचारी अहिलेकाे अवस्थामा सन्तुष्ठ छन न विद्यार्थी । सरकारी स्तरवाट विभिन्न विचार र निर्देशनहरु  आउदै गर्दा न विद्यार्थी ले न शिक्षकले यसैहाेे भन्न सक्ने अवस्था छ । स्थानिय स्तरमा एउटै प्रकृतीका निर्णयहरुपनि काम लाग्दैनन।किन भने यहाँ काे  आवस्यकता पनि फरक हुन्छ । तेसैले केन्द्रीय निर्णयहरु अाउदा स्थानिय अावस्यकतालाई मध्यनजर गरि विद्यालय शिक्षाकाे पुर्ण जिम्मेवारी पालिकाहरुलाई दिनु पर्दछ । र पालिकाहरुले कम्तिमा पनि अाफ्नाे स्तरमा संक्रमणकालिन शिक्षाका याेजनाहरु वनाउनु पर्दछ । यी याेजनाले संक्रमणकालमा विद्यालय बाहिर पनि शैक्षिक वातावरण वनाउने,सिकाइ उपलब्धि मापनका अाधारहरु तयार गर्ने जस्ता काम गरेर विद्यार्थीहरलाई प्राेत्साहित गर्नु पर्दछ । कक्षा माेठाकाे सिकाइले मात्र विद्यार्थी ले सिक्न सक्छ भन्ने मान्यतालाई चिर्दै प्रशिक्षण मुखि सिकाइ पद्धती लाई अपनाउनु पर्दछ ।

कोरोनाको मुहान चीनको वुहानमा कोरोना भाइरस आज भन्दा ६ महिना अघि(february) भाइरसको उच्च सख्यामा संक्रमित देखिए ! ५ महिना भो आज पनि संक्रमित रहीरहेका छन । नेपालमा कोरोनाको उत्कर्ष आएकै छैन।भरखर समुदायमा फैलन शुरु भएकाे छ। त्यो उत्कर्ष आएर कहिले घटन थाल्ने हो, पर्खिनै पर्छ । चीनमा आज सम्म पनि सबै विद्यालय पुर्ण रुपमा खुल्न सकेका छैन, ठुला कक्षा बाट खोल्ने प्रयास जारी छ !

घर घरमा स्वअध्ययनकाे वातावरण वनाउदै लैजानु पर्दछ। गुरुकुल पद्धति मा जस्तै विभिन्न चाेक दलान र घरमा पढ्ने वातावरण मिलाउनु पर्छ । विद्यालय नलागेपनि शिक्षकहरुले विद्यार्थी काे सम्पर्क भन्दा बाहिर जानू हुदैन । जे जसरी हुन्छ विद्यार्थी काे सम्पर्कमा रहनु पर्दछ । माथिल्ला कक्षाहरुमा स्वअध्यन पद्धतीमा जाेड दिनु पर्दछ भने तल्ला कक्षाहरुमा अभिभावक शिक्षक साझेदारीमा सिकाइ अगाडि वढाउनु पर्दछ ।अभिभावकले विद्यार्थी लाइ सिकाउने र अभिभावकले नजानेका कुरा शिक्षकले अभिभावकलाई पनि सिकाउनु पर्छ । यसरी पुर्णरुपमा याे महामारी अन्त नहुन्जेल सम्म अभिभावक शिक्षक साझेदारी स्वअध्ययन कार्यक्रम संचालन गर्नु पर्दछ ।त्यसकालागि विभिन्न विकल्प हरु रहेका छन।यसकालागि पाठ्यपुस्तक काे उपलब्धता,रेडियाे टिभी प्रसारण,फाेन इन कार्यक्रम ,घरदैलाे प्रत्यक्ष भेटघाट , अनलाइन कक्षा अादि उपयाेग गर्न सकिन्छ ।

यसरी यी विकल्प विद्यालय नखुले सम्म जारी रहने र यसकाे मुल्यांकन पद्ती पनि खुलानै राखिनु पर्दछ। विद्यार्थी काे उमेरका आधारमा  आफुले चाहेकाे कक्षामा फारम भरेर परीक्षा मा सहभागी हुन पाउने र उक्त नतिजाकाे अाधारमा कक्षा अपग्रेड गर्ने गरी ब्यवस्था मिलाउनु पर्दछ । अहिलेकाे अन्याेलताले न विद्यार्थी हरुले पढ्न मन गरेकाछन न भविस्यमा यस्ताे हुन्छ भनेर याेजना नै वनाएका छन । वरु अनलाइन कक्षा पढ्ने गरेका विद्यार्थीहरुले पनि अनलाइन कक्षा नपढ्नेहरु के गर्छन? उनिहरुलाइ पनि पढाउनु पर्छ त्यहीवेला हामी पनि पढ्छाै भनेर खेलाची गर्ने गरेका छन । त्यसैले अब सरकारले सवै विद्यार्थी हरुलाई स्वअध्ययन गर्न निर्देशन जारी गर्नु पर्दछ । र प्राविधिक शिक्षामा स्वतन्त्र रुपमा सीप परीक्षण काे परीक्षा मा सहभागी भएर अाफ्नाेसिकाइ क्षमता प्रमाणिकरण गरे जस्तै अवस्था सहज भएपछी सवै विद्यार्थी काे क्षमता मुल्यांकन गरि कक्षा अपग्रेड गर्ने ब्यवस्था गरिनु पर्दछ । यसले विद्यार्थी हरुलाइ स्व अध्यन गर्न उत्प्रेरित गर्नुका साथै शैक्षिक क्षति न्यून गर्न मद्धत गर्दछ ।

Thursday, September 10, 2020

बिद्यालयीय शिक्षा सुधारका सम्भावनाहरु

 


—सन्तोष पोख्रेल

अहिलेको अवस्थामाअभिभावकियजिम्मेवारी विद्यालयले पनिउपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षतीता हुँदै हो त्योभन्दा बढी क्षति अभिभावकहरुको हो । वालवालिकाको भविस्यप्रत्यक्ष रुपमा अभिभावकसंग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने । कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइका लागि दक्ष अभिभावकहरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट नितिआउनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुँदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।

“सर यो तपाइले के गर्नुभएको”

म भर्खरै स्कूल आएको थिएँ । अचानक एउटा आवाज आयो । मैले फर्केर हेरेँ । मेरै विद्यालयमा पढाउने एकजना शिक्षिकालाई देखेँ । उहाँ मेरो नजिक आउदै हुनुहुन्थ्यो । उहाँको अनुहार रिसाएको जस्तो देखिन्थ्यो । म अलमलमा परँे र डराउँदै सोधँे ।


“के भयो र मेम? मैले के गरे?”

उहाँले चर्केको स्वरमा भन्नुभयो, “ मेरी छोरीले तपाइँको विज्ञान विषयमा ८५ प्रतिशतभन्दा वढी नंम्बर ल्याउने गरेको मा तपाइले पढाउन थालेपछि त ७० प्रतिसतभन्दा कम ल्याएकी छिन किन यस्तो भयो ?सर । ”

 

उहाँको भनाइले मलाई कुनै असर पारेन । म विद्यालय आएको धेरै समय भएको थिएन । तैपनि विद्यालयमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको थिए । साथै विद्यालयमा मेरो वारेमा पुरै चर्चा चल्न थालिसकेको थियो । सायद यही कारण थियो कि ती शिक्षीकाले प्रधानाध्यापक संग समस्याका बारेमा कुरा नराखि मसँग आएकी थिइन् ।
“मेरा लागि यो नंम्वर १०० प्रतिसतभन्दा बढी हो,मेम ।” मैले मुस्कुराउँदै जवाफ दिए ।
“ए तेसो भए तपाइँ सन्तुष्ट हुनुहुन्छ, हैन त?”
“म त पूरै सन्तुष्ट छु ,मेम”
“किन?”
“किनकि यो नंम्बर उनले आफ्नै मेहनतले प्राप्त गरेकी हुन् ।”
“पहिला पनि त ऊ यसै गरी मेहनत गर्थी तर कहिलै किन कम नम्बर आएन त?”
“तपाइँ टेन्सन नलिनु मेम । मलाई विश्वास गर्नुहोस् । अर्को पटक पक्कै धेरै नम्बर आउँछ । ”
“ठिकै छ । मैले नानीलाई तपाइँको जिम्मा लगाएको छु । मलाइँ यस सम्बन्धमा बहुत टेन्सन भको छ । मैले घरमा गएर जवाफ दिनु पर्छ । ”
“तपाइँ निष्फिक्री भएर जानुन । म सबै हेर्छु । ”
“ठिकै छ । ”

यति भनेर उनी गइन् । रिजल्ट आउन अझै केही दिन बाँकी नै थियो । परीक्षा संयोजकबाट उनले नम्बर पत्ता लगाई सकेकी रहिछन् । एकातिर उनको यो ब्यवहारलाई देखेर हाँसो उठिरहेको थियो भने अर्कोतिर हाम्रो देशकोे शिक्षा प्रणालीप्रति चिन्ता लागि रहेको थियो ।
दिनहरु बित्दै गए । दोस्रो त्रैमासिक परीक्षा पनि आयो । नानीले पहिलेको भन्दा अझै राम्रो गरीन । यसपटक उनले १० प्रतिसतले अंक बढाउन सफल भइन् तैपनि शिक्षक साथी सन्तुष्ट थिइनन् । मैले पुरानै भनाइ दोहोर्याएँ । उनले ठिकैछ भनेर गइन् ।

उनी त गइन् तर मलाई भने थप जिम्मेवारी महसूस भैसकेको थियो । मैले धैर्यताका साथ काम गर्दै गएँ । आफ्नै तरिकाले पढाइ रहे । नानीको पढाइको तरीकामा पनि परिवर्तन भइरहेको थियो । समय बित्दै गयो । वार्षिक परीक्षा पनि आइपुग्यो । यो परीक्षा ती नानीको मात्रै नभएर मेरो पनि थियो । नभन्दै परीक्षा समाप्त भएर नतिजा पनि बाहिर आयो । यसपटक नानीको नतिजामा उल्लेख्य सुधार भएर ९० प्रतिसत अंक प्राप्त भएको थियो । जसको कारण शिक्षक साथी खुसी थिइन् ।
उनी मेरो नजिकै आएर भनिन्—“यसपटक नानीले ९० प्रतिसत अंक ल्याइछन् तपाइँ खुसी हुनुहुन्छ हैन सर ?”
“खुशी त म उसै दिन थिएँ जुन दिन नानीले ७० प्रतिसतभन्दा कम अंक ल्याएकी थिइन् । तपाइँ मात्रै अनावश्यक चिन्ता गरिरहनु भएको थियो । ”

“के भएको थियो सर जसको कारण उनले कम नंम्वर ल्याएकी थिइन् ? ”
“कम्जोरी उनमा छैन मेम कम्जोरी त हाम्रो शिक्षा प्रणालीमा छ । जहाँसम्म हामी हरेक कुरा घोकेर सिक्छौ भन्ने मान्यतामा विश्वास गर्छौ । परीक्षा र अंकमा विश्वास गर्छौ । मैले नानीलाई जे कुरा सम्झाउन र सिकाउन कोशिश गरेँ त्यो कुरामा म सफल भएँ । नानीलाई अब विना शिक्षक किताब दिँदा पनि उनी पढ्न सक्छिन् । पहिला उनीमा कण्ठ गर्ने इच्छा हुन्थ्यो भने अव उनीमा पढ्ने र सिक्ने इच्छा हुन थालेको छ जसले हरेक कुरा आफै सम्झनामा आइदिन्छ ।”

त्यस दिन मलाई अत्यन्तै खुसी लाग्यो तैपनि कताकता दुख पनि लाग्यो । किनकि आजकलका विद्यालयहरुमा नानीहरुलाई सिकाउनुको सट्टा परीक्षा तयारी र अंकको लागि घोकाउने काम गरिन्छ । मेरो विचारमा मानिस र मेसीनमा यही कुरा फरक छ । मानिस आफ्नो विवेकले काम गर्न सक्छ तर मेसीन निर्देशनअनुसार मात्र काम गर्न सक्छ । हामीलाइ मेसिन जस्ता विद्यार्थी उत्पादन गरेर कुनै अर्थ छैन । वरु विद्यार्थीलाई जति धेरै जिज्ञाषु वनाउन सकिन्छ त्यतीनै सिकाइ प्रभावकारी वन्न जान्छ र आत्मनिर्भर विद्यार्थी उत्पादन गर्न सकिन्छ ।

माथिको घट्ना एउटा प्रतिनिधि घट्ना भएपनि आजको कोरोना आतङ्कवाट पीडित बालबालिकाको लागि आवश्यक शैक्षिक कार्यक्रम निर्धारणमा यो घट्ना महत्वपूर्ण हुन सक्छ ।

विद्यालयहरुमा विद्यार्थीहरुलाई भेला गरेर परीक्षामा कसरी उच्च ग्रेड वा जिपी ए ल्याउने र त्यसलाई बजारमा विज्ञापन गराएर आर्थिक लाभ उपार्जन गर्ने भन्ने मान्यतामा उभिएर दिइने शिक्षा घोकन्ते र कण्ठ गर्ने शिक्षाबाहेक केही हुन सक्दैन । शिक्षा पद्धतिमा यही बेला सुधार गर्न सकिन्छ ।

बालबालिकाहरुको आजसम्मको सिकाइ प्रणाली परीक्षाको तयारीका रुपमा रहेकोले गर्दा वर्तमान संकटमा जटिलता थपिनु र विद्यालयमा गरिने फेस टु फेस सिकाइको अभावमा सिकाइका सवै तौर तरीकाहरु अधुरो रहेको महशुष हुनु स्वभाविक नै हो ।
यहाँ वालवालिकाले के के कुरा सिक्नु पर्दछ र सिकाइन्छ भन्नु भन्दापनि परीक्षा दिन पाउछ पाउदैन र परीक्षामा कस्तो ग्रेड र जिपिए आउछ भन्नेमा हामी अभिभावक र शिक्षक दुवै चिन्तित छौ । यस्तो अवस्थामा हामीले वालवालिकाहरुले के कुरामा आफ्नो करियर वनाउन सक्छन् र वनाउनु पर्दछ भन्ने बारेमा ध्यान दिनु भन्दापनि परीक्षाको तयारीमा लाग्न र तयारी गर्न उत्प्रेरित गर्ने वारेमा ध्यान दिइरहेका हुन्छौ । यसले भविश्यमा वालवालिकाको क्षमतामा निखार ल्याउनुको सट्टा एउटा यन्त्रमानव को रुपमा विकास गरिरहेको हुन्छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण विद्यालयहरु लामो समयदेखी बन्द नै छन् । विद्यालय बन्द भएको समयमा केही विद्यालयहरुले वैकल्पिक कक्षाहरुको व्यवस्था गरेको भएतापनि अधिकांश बालबालिका शैक्षिक कृयाकलापबाट वाहिर छन् । तथ्यांकहरुमा सार्वजनिक गरिए अनुसार करिव ८७ लाखबालबालिका र किशोरकिशोरी वर्तमान अवस्थामा नियमित अध्ययन अध्यापनबाट बंचित भएका छन् ।

कोभिडको वर्तमान अवस्थामा घरमा रहन बाध्य बालबालिकाहरुले कतिपय सृजनात्मक कृयाकलापहरुमा सहभागी भएका असल उदाहरणहरु पनि सार्वजनिक भएका छन् । कतिपय बालबालिकाहरु भने यही समयमा हिंसा र शोषणमा परेका समाचारहरु पनि सार्वजनिक भएका छन् । सबै तहका सरकारहरु र सरोकारवालाहरुको कोभिडमा बढी ध्यान जाँदै गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा कम ध्यान पुगेको देखिन्छ ।

 

बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) ले यही सन् २०२० को जुलाइमा ३१ वटा जिल्लामा कोभिड–१९ को कारणले बालबालिकामा परेको असर तथा बालबालिकाको अवस्थाको बारेमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सातै प्रदेशमा सम्पन्न सर्वेक्षणमा प्रत्येक प्रदेशबाट कम्तिमा ४ वटा जिल्लाका २९६ बालबालिका, २५६ अभिभावक तथा १०३ जना सरकारी कर्मचारी र जनप्रतिनिधिहरुमा गरिएको सर्वेक्षण अनुसार ८८.३५ प्रतिशत बालबालिकाहरु विद्यालय जान नपाएकोमा खुशी देखिएका छैनन ।

उनीहरु सकेसम्म चाँडो विद्यालयजाने चाहना राख्दछन् । सर्वेक्षणमा सहभागी भएका मध्ये करिव २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठन पाठनमा सहभागी हुन पाएका छन् । तर वैकल्पिक पठनपाठनहरु संचालन भएका विद्यालयहरुमध्ये करिव २० प्रतिशतमात्र सन्तोषजनक वा प्रभावकारी देखिएको छ । वैकल्पिक पठनपाठनमा सहभागी हुने बालबालिकाहरुमा बढीमात्रामा इन्टरनेटमा पहुँच भएका निजि विद्यालयका बालबालिका र माथिल्लो कक्षामा पढ्ने बालबालिकाहरु मात्र रहेका छन् । केही सरकारी विद्यालयले प्रस्ांसायोग्य काम गरेको भएतापनि पहँुच र प्रविधिको अभावका कारण अधिकांस सरकारी विद्यालय पढ्ने र सानो कक्षामा पढ्ने बालबालिकामा यस्ता बैकल्पिक कक्षामा कम पहुँच रहेको छ ।

 

अहिलेको अवस्था सहज अवस्था होइन । जताततै एक प्रकारको त्रास र भय ब्याप्त छ । कोरोना भाइरस को कारण वालवालिका घरघरमा वसेका छन् । उनीहरु सवैमा एक प्रकारको अन्योलता छ । त्यो अन्योलता पनि सिकाइका अवसरहरु गुम्न लागो भनेर भन्नु भन्दापनि कक्षा चढ्न पाइन्छ या पाइदैन भन्नेमा रहेको छ । शैक्षिक सत्र नै समाप्त भयो भने के गर्ने भन्नेमा रहेको छ । एकातीर लाखौ विद्यार्थीहरु विद्यालयको फेस टु फेस कार्यक्रमवाट वञ्चति छन् भने वैकल्पिक शैक्षिक कार्यक्रम उपयोग गर्ने र कुनै पनि शिक्षण सिकाइ कार्यक्रममा सहभागि हुनन पाउने विद्यार्थीहरुको विचको खाडल बढ्दो छ ।

 

वर्तमान शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली कायमै रहेमा विद्यार्थीहरुको अन्योलता कायमै रहने अवस्था छ । वैकल्पिक शैक्षिक कार्यक्रमप्रयोग गर्ने वालवालीकाहरुले शैक्षिक क्यालेण्डर अनुसारनै आफ्नो सिकाइ क्रियाकलाप अगाडी बढाउदै आएका छन् भने शिक्षकहरुले पनि अनलाइन शिक्षण, रेडियो टिभी शिक्षण लगायतका उपायहरु सकेसम्म प्रयोग गर्दै आएका छन् । अभिभावकहरुले पनि आआफ्नो योग्यता र क्षमताले भ्याएसम्म आफ्ना वालवालिकाहरुलाई सिकाउदै पनि आएका छन् । यस्तो अवस्थामा धेरैको वुझाइ के रहेको छ भने जतिवालवालिकाहरु विद्यालय भर्ना भएका छन् र विद्यालयको फेसटु फेस सिकाइ कार्यक्रमवाट वञ्चीत छन, सवै कुनै पनि सिकाइ गतिविधिमा संलग्न भएका छैनन् र पूर्ण रुपमा सिकाइ कार्यक्रमबाट वञ्चीत छन् भन्ने वुझाइ छ । यो कुरा शिक्षा क्षेत्रमा काम गर्ने सवै सरोकारवालाहरुले चिर्न जरुरी छ ।

वालवालिकाको सिकाइ अनुभवमा आधारीत पनि हुन्छ । उनीहरुले अहिले कोरोना समस्या के हो ?यसले के प्रभाव पारेको छ ? सामाजिक क्षेत्रमा आइपर्ने यस्ता समस्याहरुलाई कसरी समाधान गर्नुपर्ने रहेछ? भन्ने जस्ता समाजसंग सम्बन्धीत बिषय वस्तुहरु सिकीरहेका छन । समाजमा आइपर्ने कठीनाइहरुसंग जुध्नका लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने कुरा पनि जानेका छन ।

 

विभिन्न संचार माध्यमहरुमा संलग्न भएर,वालवालिकाहरुले खेलको माध्यमबाट होस् वा सिनेमाहरुको माध्यमबाट होस् वा विभिन्न टेलिभिजनका हास्य ब्यंग सृङ्खलाबाट होस् वा विभिन्न गीत संगीतको माध्यमवाट होस वा टेलिभिजनका कार्टुन सृङ्खलाहरुको माध्यमवाट होस् केही न केही सिकीरहेका हुन्छन् । यस्ता अनौपचारीक सिकाइलाई आधार मानेर सिकाइको प्रमाणिकरण गर्ने र कक्षा अपग्रेड गर्ने पद्धतीको विकास गरी यो सूचना सवै वालवालीकासम्म पुर्याउन सकेमा अहिलेको सिकाइ अवरोधलाई न्यूनीकरण गर्न सकिन्छ । यो अनुभवलिनका लागि कुनै देशपुग्नु पर्ने अवस्था छैन नेपालमै प्राविधिक शिक्षातर्फ सीप परीक्षण केन्द्रले यो प्रयोग विगतलामो समयदेखि गर्दै आएको छ ।

जवसम्म कुनै कुरा प्रणालीगत अवधारणको आधारमा लागु गरिदैन तवसम्म यो जतिनै राम्रो भएपनि उपयोगमा ल्याउन सकिंदैन । कुनै नयाँ अवधारणामा प्रवेश गर्नु पर्दा पुरानो कुराले आकर्षित गरिरहेको हुन्छ । त्यस्ता कुरालाइ त्यागेर अगाडी बढ्नका लागि हाम्रो परम्परावादी सोचले अबरोध गर्दछ । त्यस्ता सोचमा पुनर्विचार गरेर अगाडी बढ्नु आजको आवस्यकता पनि हो ।
बर्तमान शिक्षा क्षेत्रमा देखा परेको संकट कस्तो प्रकृतिको हो भन्न सक्ने अवस्था छैन । चीन जस्तो शक्ति सम्पन्न देशले समेत हुवान सहरमा धेरै लामो समय पश्चातमात्रै विद्यालय खोलेको छ । खोलेका विद्यालयहरु पनि अत्यन्तै सुरक्षित र स्वास्थ्य निर्देशन उपयोग गरेर मात्र खुलेका छन् । त्यो अवस्थामा हाम्रो देशका सवै विद्यालय पुगि सकेका छैनन् । यस्तो अबस्थामा हामीले आगामी लामो समयसम्मका लागि संकटकालीन शिक्षाको निकास सम्बन्धी कार्यक्रम तथा योजना बनाउन जरुरी छ । जसका लागि यस प्रकारका केही कार्यक्रम हरु उपयोग गर्न सकिन्छ ।

१, पाठ्यक्रम समायोजन बालबालिकाले नेपालको विद्यालयतहको शिक्षा १ कक्षाबाट सुरु गरी १२ कक्षा सम्म अध्ययन गरेर पुरा गर्दछन ।सानो उमेरमा नै विद्यालय प्रवेश गर्न पाउँछन । विद्यालय प्रवेशमा फरक फरक उमेरका वालवालिका एउटै कक्षामा वस्नु पर्ने बाध्यता छ । संसारको सवैभन्दा उत्कृष्ट शिक्षा मानिएको देश फिनल्याण्डमा ७ बर्ष उमेर नपुगी कक्षा १ मा भर्ना हुन पाइदैन । यस्तो अवस्थामा हामीले सातवर्ष मुनिका वालवालिकाहरुका लागि यो बर्ष आत्तिहाल्नु पर्ने अवस्था छैन ।

बरु माथिल्ला कक्षाहरुको ४ वर्षे तहगत प्याकेज निर्माण गरी कक्षा १—४ को पाठ्यक्रमलाई पहिलो खण्ड, कक्षा ५—८ को पाठ्यक्रमलाई दोस्रो खण्ड र कक्षा ९—१२ को पाठ्यक्रमलाई तेस्रो खण्डमा एकीकृत गरी परीयोजनामूलक र सैद्धान्तिक खण्डमा बिभाजन गर्ने । र संकटकालीन अवस्था भरीमा स्व अध्ययनको माध्यमवाट परियोजनामा आधारीत सिकाइलाई प्रोत्साहित गर्ने । र खुला मूल्याङ्कन प्रणालीको विकास गर्ने । हरेक खण्डको अन्तमा औपचारीक र अनौपचारीक सिकाइलाई आधार मानेर एसाइनमेन्टको आधारमा सिकाइको प्रमाणिकरण गर्ने र कक्षा अपग्रेड गर्ने ।

२, कार्यमूलक अनुसन्धान पद्धतिमा जोड ।
विद्यार्थीहरुका लागि हरेक खण्डको सिकाइ क्षमता सुनिश्चित गरी शिक्षकहरुले कार्यमूलक अनुसन्धानको प्रयोग गर्ने । जसका लागि विद्यार्थीहरुका सिकाइ समस्यालाई पहिचान गरी आवश्यकतामा आधारीत शिक्षण विधिको उपयोग गर्ने । स्थानिय रुपमा सिक्न सक्ने विषयवस्तुको हकमा परियोजनामा आधारित स्वअध्ययनलाई प्रोत्साहित गर्ने ।

 

३, आवस्यकतामा आधारीत विद्यालय संचालन ।

सवै प्रदेश र स्थानीयतहको शिक्षण आवश्यकता एकै खालको छैन र भूगोल र विकासको स्वरुपलाइ नियाल्दापनि यहाँ एउटै प्रकारको विद्यालय समय ,शिक्षण विधि र विषयवस्तुहरु प्रयोग गर्नु सान्दर्भिक पनि हुँदैन । त्यसैले केन्द्रीय पाठ्यक्रमको परिधीमा रही शिक्षण सिकाइ कार्यहरु गर्न विद्यालयहरुलाई स्वायत्तता प्रदान गरिनु पर्दछ । आ–आफ्नो तरीकाले विषयगत सिकाइ भन्दा पनि एकाइगत सिकाइका तरीका ९त्भबअजष्लन द्यथ त्यउष्अ०प्रयोग गर्न विद्यालयहरुलाई छुट दिइनु पर्दछ । विद्यालयहरुले निरन्तर मूल्याङ्कनका साधनहरु प्रयोग गरी विद्यार्थीहरुलाई पृष्टपोषण दिनु पर्दछ । शिक्षण सिकाइ कार्यलाई यदि विद्यालयमा फेसटु फेस कक्षा सञ्चालन गर्न सकिने अवस्था भएका स्थानहरुमा कक्षा संचालन गर्ने र सम्भव नभएका स्थानहरुमा विद्यालयहरुले स्वअध्ययन लगायतका वैकल्पिक बिधीहरुको प्रयोग गर्ने ।

४, स्थानीय सरकारलाई जिम्मेवार बनाउने संघीय सरकारको दायित्व ।
हाम्रो देशभौगोलिक रुपमा अरु देश भन्दा भिन्न प्रकृतीको रहेको छ । यहाँ रहेका ७५३ वटा स्थानीय निकायहरुमा फरक फरक सिकाइ आवश्यकता रहेका हुन्छन । स्थानीय बिषयवस्तुहरुलाई विश्वब्यापीकरण गर्न सकेमा मात्र देशको विकास हुन सक्छ । केन्द्रीय पाठ्यक्रमले यस्ता सवै विषयहरुलाई समेट्न पनि सक्दैन । त्यसैले केन्द्रीय पाठ्यक्रमलाई रणनैतिक र नी तिगत पाठ्यक्रमको रुपमा निर्माण गरी विद्यालयतहसम्मको शिक्षाको अधिकार स्थानिय निकायलाई दिइनु पर्दछ । जसले प्रतिस्पर्धा र सिकाइका अनुभव आदानप्रदान गर्न पनि प्रेरणादायिक भूमिका निर्वाह गर्न सक्दछन् । यसकालागि विद्यालयतहको शिक्षामा स्थानीय सरकारलाइ तत्काल जिम्मेवार वनाउनु पर्दछ ।

५, परीक्षा र मूल्याङ्कन पद्धतिमा परिवर्तन
शिक्षाको मामिलामा संसारकै उत्कृष्ट मानिएको फिनल्याण्डमा राष्ट्रीय परीक्षा बोर्डको मुख्य नीति नै सिकाउने रहेको हुन्छ । यहाँ हाइस्कूल छोड्नुभन्दा पहिला एक अनिवार्य परीक्षा दिनु पर्दछ । त्यो भन्दा पहिलाका कक्षाहरुमा शिक्षकले बच्चाहरुलाई असाइनमेन्ट दिने गर्दछन । र त्यस पछाडी उनीहरुलाई असाइनमेन्टको आधारमा फिडब्याक दिइन्छ । कुनै अंकवा ग्रेड दिइदैन । उद्धार कक्षोन्नती अपनाइन्छ । कम होमवर्क दिइन्छ । कम स्कोरर र उच्च स्कोरर वीच जानकारी गराइदैन अर्थात मूल्याङ्कन पद्धति अङ्कन, जीपीए र ग्रेडीङमा गरिदैन ।
अरु देशको तुलनामा यहाँका छात्र छात्रालाई अनुसन्धान र आत्मविकास सम्वन्धी सिकाइमा तीन गुणा समय दिइन्छ । त्यसैले अव नेपालमा पनि खुला सिकाइको माध्यमबाट होस् या विद्यालयको फेस टु फेस शिक्षाको माध्यममा होस् अहिलेनै यसबारेमा निर्णय लिन सक्ने हो भने विद्यार्थीको सीकाइ तरीकामा परीवर्तन ल्याउन सकिन्छ । परीक्षाको हाउगुजीवाट माथि उठ्ने किसिमले योजना निर्माण गरिनु पर्दछ ।

६, अभिभावकशिक्षा
अभिभावकहरुले विद्यालयको बैठकमा भागलिएर, विद्यालयको नीति, योजना, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे राम्रो जानकारी लिने÷दिने गरेर, आफ्नो क्षमता र सामथ्र्य अनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी भएर र सहयोग गरेर, आफ्ना बालबालिकाको प्रगति तथा कम्जोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने÷दिने गरेर,विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी छ भन्ने कुरा स्वीकार गरेर, विद्यालयप्रति सकारात्मक भावना राखेर विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न सक्छन । यसका लागि विद्यालय र अभिभावकवीच राम्रो सम्बन्ध भएको खण्डमा बालबालीकाको सिकाइ उपलब्धी बृद्धी हुनुका साथै सिकाइका बिभिन्न अवसर हरु प्राप्त गर्न सहज हुन्छ ।

तर अहिलेको अवस्थामाअभिभावकियजिम्मेवारी विद्यालयले पनिउपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षतीता हुँदै हो त्योभन्दा बढी क्षति अभिभावकहरुको हो । वालवालिकाको भविस्यप्रत्यक्ष रुपमा अभिभावकसंग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने । कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइका लागि दक्ष अभिभावकहरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट नितिआउनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुँदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।
७, डिजिटल दुनियाकालागितयार गर्नु
संसारका केही देशहरुमात्र डिजिटल दुनियाका लागि तयार भएका छन् । अवको सिकाइ डिजिटलको अभावमा कल्पना गर्न सकिदैन । नेपालको सन्दर्भमा केही विद्यालय र अभिभावक यसको पहुँचमा पुगिसकेका छन । बाँकी विद्यालय र विद्यार्थीहरुको पहुँचमा डिजिटल प्रविधि पुर्याउन सरकारले तत्काल शिक्षा क्षेत्रको बजेट बृद्धी गर्नु पर्दछ । नेपालमै ल्यापटप उत्पादन शुरु गरी निःशुल्क पाठ्यपुस्तकमा गर्ने लगानी वालवालिकाकालाई ल्यापटप वितरण र इन्टरनेटको पहुंच विस्तारमा गरिनु पर्दछ । शिक्षामा छुट्याइएको यस बर्षको तलववाहेकका सम्पूर्ण खर्च विद्यालय शिक्षाको डिजिटल बिकासमा लगाउनु पर्दछ ।

८, खुला विद्यालयका मोडल प्रयोगमा ल्याउनु

नेपालमा विगत लामो समयदेखि औपचारिक र अनौपचारीक शिक्षामा खुला सिकाइका मोडलहरु प्रयोग गरिदै आइएको छ । यस्ता खुला सिकाइमा प्रयोग भएका प्राथमिक शिक्षा विस्तार कार्यक्रम, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, निमा तह र माध्यमिक तहको खुला विद्यालय कार्यक्रम जस्ता कार्यक्रमहरुको मोडालिटीमा सिकाइ प्रक्रिया अगाडी बढाउनु पर्दछ । जसले गर्दा सिकाइ सामग्री तयार गर्न र लागु गर्न कठिनाई हुँदैन ।

यसरी नेपालमा भएको अहिलेको वर्तमान शैक्षिक समस्या समाधान गर्न सम्बन्धित निकायहरुले एक नयाँ तरीकाबाट अगाडी नबढ्ने हो भने शिक्षामा न परिवर्तन गर्न सकिन्छ । न कुनै उपलब्धि प्राप्त गर्न सकिन्छ । विद्यालय कहिले खुल्छ भन्ने केही पनि जानकारी नहुँदा बालबालिकामा अन्यौलता देखिएको अवस्थामा उनीहरुको जिज्ञासा वेलैमा समाधान गर्न नसकेमा स्थिति झन् जटिल बन्दै जान्छ ।

 

यो अवस्थामा विद्यालय खुल्ने नखुल्ने, सिक्ने सिकाउने प्रकृया वा विद्यालय र बालबालिकाका विच संभावित नियमित अन्तरकृया सम्वन्धमा विद्यालय परिवारले बालबालिकालाई आवश्यक सुचना जानकारी नियमित दिनु आवश्यक देखिएको छ । धेरै विद्यालयहरुमा अनलाइन वा वैकल्पिक कक्षाका लागि आधारभूत संरचना र प्रविधि नै नभएको पाइएको छ । शिक्षकहरुमा सो सम्वन्धी आवश्यक प्राविधिक क्षमता समेत नहुँदा बैकल्पिक कक्षाको प्रभावकारितामा समस्या देखिएको छ । विद्यालयलाई सबल र शिक्षकहरुलाई सक्षम बनाउनतिनै तहको सरकार, विकास साझेदार र सरोकारवाला निकायहरुको सहकार्यता र विशेष प्राथमिकता आवश्यक छ ।
(लेखकः आदर्श माध्यमिक विद्यालय विराटनगरका सहायक प्रधानाध्यापक हुनुहुन्छ )

 

                             आधारभूत शिक्षा पाठ्यक्रम , २०७६ (कक्षा ६–८) परीक्षण

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

१.परिचय

सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षाअन्तर्गत विभिन्न सामाजिक विज्ञानका अन्तरसम्बन्धित विषयवस्तु समावेश गरिएको छ । विभिन्न सामाजिक विज्ञानका विषयहरू समावेश गरी बदलिँदो विश्व परिवेश, राष्ट्रिय सन्दर्भ, समसामयिक विषयवस्तु र स्थानीय आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी यो पाठ्यव्रmम तयार पारिएको छ । यस विषयको अध्ययनबाट विद्यार्थीहरूलाई असल नागरिक भई जीवनयापन गर्न मदत पुग्ने छ । यस पाठ्यक्रमले मानवमूल्य शिक्षामार्फत असल आचरण निर्माण, अनुशासन, जिम्मेवारी, सहयोग, सहकार्य, शान्ति, प्रेम, समानुभूति, विश्वास, भाइचारा र विश्वबन्धुत्व जस्ता मानवीय मूल्यलाई व्यावहारिक रूपमा विकास गराउँदै जाने उद्देश्य राखेको छ । त्यसै गरी यस विषयले विविधताको सम्मान, समताको आत्मसात् समावेशिताको अभ्यास गर्ने मूल्यको विकास गराउने लक्ष्य पनि राखेको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ ले मार्गदर्शन गरेअनुरूप एकीकृत रूपमा सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको पाठ्यव्रmम तयार गरिएको छ । यस पाठ्यव्रmममा समावेश गरिएका मुख्य विषयवस्तुमा हामी र हाम्रो समाज, हाम्रा मानव मूल्यमान्यता, सामाजिक समस्या तथा समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रा आर्थिक व्रिmयाकलाप रहेका छन् । यस पाठ्यव्रmमबाट विद्यार्थीहरूमा सामुदायिक भावना विकसित हुन सकोस्, विद्यार्थीहरूले आफ्नो मुलुकको वास्तविक विकासका अवधारणा बुभ्mन सकुन्, आफ्ना सामाजिक मूल्यमान्यतासँग परिचित भई एक लगनशील, कर्तव्यनिष्ठ, इमानदार र असल नागरिक बनुन्, नेपाल र विश्वको भौगोलिक परिवर्तन तथा विगतका ऐतिहासिक घटनाव्रmमबाट पाठ सिकी वर्तमान अवस्थामा आफूलाई परिवर्तन गर्न सकुन् र जनसङ्ख्या व्यवस्थापनमा व्यावहारिक सिप प्राप्त होस् भन्ने उद्देश्य राखिएको छ । त्यसै गरी आर्थिक व्रिmयाकलापसँग परिचित भई श्रमप्रति लगनशील हुन सकुन्, अन्तर्राष्ट्रिय समझदारी बढाउन यसका विषयवस्तुबाट मदत लिन सकुन्, विश्व परिस्थितिका नयाँ परिवर्तनहरूको जानकारी राख्दै स्वतन्त्र, समानता र विश्वबन्धुत्वको भावनाअनुरूप आफूलाई समायोजन गर्न सकुन्, विश्वमा विकसित विज्ञान र प्रविधिबाट मानव समाजमा परेका प्रभावहरूलाई व्यवहारमा ल्याई विद्यार्थीहरूबाट मुलुकको विकासमा टेवा मिलोस् भन्ने उद्देश्य यस पाठ्यव्रmमले राखेको छ । यसका विषयक्षेत्रलाई आधारभूत तहदेखि माध्यमिक तहसम्म क्रमबद्ध गर्ने प्रयास गरिएको छ ।

यस पाठ्यव्रmममा कक्षा ६—८ का तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि, विषयवस्तुको विस्तृतीकरणसहित विषयवस्तुको क्षेत्रअनुसार सिकाइ सहजीकरण व्रिmयाकलाप तथा विद्यार्थी मूल्याङ्कनका लागि गर्न सकिने नमुना व्रिmयाकलाप, सम्भावित प्रयोगात्मक तथा परियोजना कार्य, सिकाइ सहजीकरण विधि तथा प्रक्रिया लागि मार्गदर्शन तथा मूल्याङ्कन विधि, प्रव्रिmया तथा साधनहरूको सङ्केत गरिएको छ । यस पाठ्यक्रममा समावेश गरिएका मुख्य विषयक्षेत्रहरूमा हामी र हाम्रो समाज, हाम्रो सामाजिक मूल्यमान्यता, सभ्य समाज निर्माणका आधारहरू, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रा आर्थिक क्रियाकलाप, हाम्रो जनसाङ्ख्यिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग रहेका छन् । यस विषयका लागि कक्षा ६ देखि ८ सम्म प्रत्येक कक्षामा साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक १६० कार्यघण्टा समय निर्धारण गरिएको छ । यस विषयको मूल्याड्कनका लागि ५० प्रतिशत आन्तरिक मूल्याङ्कन र ५० प्रतिशत अन्तिम परीक्षा निर्धारण गरिएको छ ।

२. तहगत सक्षमता

कक्षा ६—८ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको अध्ययन पूरा गरेपछि विद्यार्थीहरूमा निम्नलिखित सक्षमताहरू हासिल हुने छन् ः

१. हामी र हाम्रो समाजका विविध पक्षहरूको पहिचान, सम्मान, संरक्षण र संवर्धन

२. स्थानीय तहमा सञ्चालित विकासका कार्यहरूको जानकारी र सहभागिता

३. हाम्रा सामाजिक र मानवीय मूल्यमान्यताहरूको पहिचान र बोध, संरक्षण एवम् संवर्धन

४. राष्ट्रको सम्मान, राष्ट्रियताको जगेर्ना र राष्ट्रिय सम्पदाहरूको संरक्षण

५. नागरिक अधिकार र कर्तव्यको बोध, प्रस्तुति, संरक्षण र संवर्धन

६. सभ्य समाज निर्माणका आधारहरू पहिचान एवम् बाधाहरूको निराकरण र समाधान

६. सामाजिक अवसरहरूको पहिचान , बोध, प्रस्तुति

८. नेपालका विभिन्न आर्थिक व्रिmयाकलापको बोध तथा प्रस्तुति

९. नेपालको भौगोलिक अवस्था र तथ्यहरूको पहिचान र नक्सा निर्माण सिपको प्रदर्शन

१०. जलवायु परिवर्तन र विपत् व्यवस्थापनको तयारी र प्रयोग

११. सूचना र प्रविधि एवम् व्यवहारकुशल सिपमा आधारित सिकाइको प्रयोग र प्रवर्धन

१२. जनसाङ्ख्यिकी र जनसङ्ख्या व्यवस्थापनको बोध र प्रस्तुति

१३. अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगका पक्षहरूको पहिचान र नेपालको हितमा यिनको योगदानको खोजी

    र विश्लेषण

१४. सूचना प्रविधिको पहिचान र उचित प्रयोग तथा समसामयिक घटना र त्यसको असर पहिचान


३, बिषय क्षेत्र क्रम

१. हामी र हाम्रो समाज

२. हाम्रो मानव मूल्य मान्यता

३. नागरिक चेतना, कर्तव्य र अधिकार

४. सामाजिक समस्या र समाधान

५. हाम्रो विगत

६. हाम्रा आर्थिक व्रिmयाकलाप

६. हाम्रा आर्थिक व्रिmयाकलापञ

८. हाम्रो जनसाङ्ख्यिक अवस्था

९. अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक घटना र सूचना प्रविधि