Saturday, September 11, 2021

लोकसेवा तयारीका लागि सामाग्री

  नेपालमा प्रचलित केही प्रथाहरू 


      -सन्तोष पोखरेल 
                                  

दास प्रथा 

मालिकको किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर वा कमारोलाई दास भनिन्छ । यसरी हुनेखाने वर्गले नहुने वर्ग उपर उनीहरूको विवशता (मजवुरी) को फाइदा उठाएर शोषण गर्ने गरिन्छ । यो प्रथा परापूर्व काल देखि चलिआएको हो । यसको उन्मुलन गर्ने धेरै प्रयास भएपनि चन्द्र शमशेरले वि.स. १९८१ मा दास प्रथाको अन्त्य गर्ने घोषणा गरेका थिए । उक्त घोषणा वि.स. १९८१ देखि कार्यान्वयन भई वि.सं. १९८२ वैशाख १ मा दास प्रथाको अन्त्य भएको घोषणा गरिएको थियो । दास दासीको व्यवस्थापन गर्न तत्कालीन समयमा रू ३६ लाख ७० हजार पशुपतिको गुठीबाट लिइएको थियो । त्यसवेला दास दासीका मालिकलाई राज्यले रकम भुक्तानी गरी मालिकले उदारतापूर्वक मुक्त गरेको, भागेको र आफै मुक्त भएको समेत करिब ५७,८९० जना दासत्व बाट मुक्त भएका थिए  । 

 

सती प्रथा 

आफ्नो पतिको मृत्यु पश्चात पत्नीले पतिकै शवसँग जलेर मृत्युवरण गर्ने प्रथालाई सती प्रथा भनिन्छ । पतिको मृत्यु पश्चात पत्नीलाई विभिन्न लाञ्छना लाग्ने डरले पत्नीहरू यस्तो कुरीति अंगाल्ने गर्दथे । यस्तो कारूणिक प्रथा पनि धेरै समय देखि चलनमा रह्यो । यस्तो प्रथा अन्त्य गर्ने विभिन्न समयमा विभिन्न प्रधानमन्त्रीहरूले प्रयास गरेका थिए । २८ जुन १९२०(वि.स. १९७७) मा चन्द्रशमशेरले यस प्रथाको अन्त्य गरेका थिए  । 

 

देउकी प्रथा 

धार्मिक अन्धविश्वासका कारण देवी देवताको सेवा गर्न मन्दिरमा कन्याहरू चढाउने प्रथालाई देउकी प्रथा भनिन्छ । यो प्रथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती र महाकाली अञ्चलका सबैजसो पहाडी जिल्लाहरूमा पाउन सकिन्छ । छोरा नभएमा, महारोग लागेमा, मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकाङ्क्षा र पुख्र्यौली भाकल पूरा गर्न आफ्नै छोरी वा सम्पन्न व्यक्तिले गरिब परिवारको छोरी किनेर पनि चढाउने प्रचलन पाइन्छ । यो प्रथाको केन्द्र बैतडी जिल्लाको मेलाली देवीको मन्दिर हो  । 

 

कमैया प्रथा 

आफ्नो आवश्यकता पूरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पति साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहु कै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालीन प्र.म. शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ  । 

 

झुमा प्रथा/ढावा प्रथा 

बौद्ध धर्मावलम्बीहरूको समुदायमा तीन छोरा अथवा छोरी भएमा माहिलो छोरा वा माइली छोरीलाई क्रमशः ढावा/लामा र बौद्धकन्या (झुमा) को रूपमा गुम्बाको हेरचाह अथवा रेखदेख गर्न राख्ने प्रथालाई झुमा प्रथा/ढावा प्रथा भनिन्छ । यो प्रथा विशेषत : मुस्ताङ जिल्लाको पाँच गाउँ, बाह्र गाउँ र थाक खोला क्षेत्रमा प्रचलित छ । यसरी झुमा बाध्यतापूर्वक वा स्वेच्छापूर्वक हुने गरेको पाइन्छ । उनीहरूलाई ३ वर्ष ३ महिना ३ दिन गुप्तवास राखी बाजागाजाका साथ गुम्बा वा मन्दिरमा चढाइन्छ  । 

 

छाउपडी प्रथा 

महिनावारी भएका महिलाहरूले घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने, अरूसँग छुइन नहुने, घरभित्र बस्न नहुने जस्ता प्रचलनलाई छाउपडी प्रथा भनिन्छ । यो प्रथा सुदुर पश्चिममाञ्चलको अछाम जिल्लामा प्रचलित छ । यो प्रथा अनुसार छाउपडीहरू गोठमा बस्नुपर्ने हुन्छ  । 

 

डोलाजी प्रथा 

यो प्रथा मध्यकालमा प्रचलित विवाहका प्रथामध्ये एक हो । यस प्रथा अनुसार दुलाहा नै दुलहीको घरमा गई बस्ने दुलहीको गोत्रमा दुलाहाको गोत्र बदलिने र पारिवारिक सदस्य बनी अंशियार समेत हुने चलन हुन्छ । तिर्जा प्रथा तिर्जा भन्नाले कुनै ठाउँको बाली यति उठाई खानु भन्ने अधिकार पत्र हो । सिपाही तथा हाकीमहरूलाई तलबको रूपमा हरेक वर्ष तिर्जा दिने राणाकालीन प्रथालाई तिर्जा प्रथा भनिन्छ ।

 

डंगुवा प्रथा 

पूर्वी नेपालका राजवंशी जातिमा प्रचलित लोग्ने बितेकी विधवा नारीले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै बनाएर राख्ने प्रथानै डंगुवा प्रथा हो । यस्तो डगुवा बस्नेहरू आफ्नो श्रीमती मरेर राणो भएका र कमजोर आर्थिक स्थिति भएका पुरुषहरू हुने गर्दछन् । 

 

दाईजो प्रथा 

छोरीको विवाह गर्दा चेलीलाई दिइने चलअचल सम्पतिलाई दाईजो भनिन्छ । नेपालको सन्दर्भमा विशेषगरी हिन्दु सामाजिक व्यवस्था भएका समाजमा यो प्रथा चलन चल्तीमा छ । अन्य क्षेत्रभन्दा तराई–मधेस क्षेत्रहरूमा दाइजो प्रथाको व्यापक प्रयोग अझ बढी हुने गरेको छ । 

 

घोडाभेडा प्रथा 

लेनदेन,  जारी, कुटपीट, अंशवण्डा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्रभलादमीहरूले दुवै पक्षलाई जुटाई झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुबाउनु पर्ने र फर्किदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ  । 

 

बेठी प्रथा 

पूर्वी पहाडमा रोपाइको क्रममा बाजागाजा बजाउँदै रमाइलो गर्ने प्रथालाई बेठी प्रथा भनिन्छ  । 

 

बालीघरे/ खलो  प्रथा 

ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नदिई वार्षिक रूपमा एकमुष्ट ज्यालाका रूपमा अनाज दिने प्रथालाई बालीघरे प्रथा भनिन्छ  । 

 

कटुवाल प्रथा 

गाउँघरमा विकास निर्माणका काम गर्दा, वनको घाँस, दाउरा फडानी गर्दा, भोजभतेर गर्दा, विवाह ब्रतबन्ध आदि कार्य गर्दा सबैले सुन्ने अग्लो स्थानमा गएर चिच्चाएर सबैलाई थाहा दिने कटुवालको पुख्र्यौली पेशालाई नै कटुवाल प्रथा भनिन्छ  । कटुवाल प्रथा परम्परागत सूचनाको माध्यम थियो । सूचना दिएवापत प्रत्येक घरबाट एकदुई पाथी अन्न उठाएर कटुवालहरूले जीविका चलाउने गर्दथे । हाल सञ्चारका आधुनिक माध्यमहरुका कारण कटुवाल प्रथाको औचित्य सकिएको छ ।

 

वस्तुगत प्रश्नोत्तर

देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ? मेलौली, बैतडी 

ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ? बालीघरे

बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई  के भनिन्छ ? झारा प्रथा 

कमैयाले साहुलाई  तिर्ने ऋणलाई  के भनिन्छ ? सौकी

रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ? छाउपडी प्रथा 

शेर्पा समुदायकी माहिली छोरीलाई  बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई  कस्तो प्रथा भनिन्छ ? झुमा प्रथा 

गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ? बाधा प्रथा 

छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई  मानिन्छ ? अछाम 

डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ? राजवंशी

लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई  लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ? डंगुवा प्रथा 

सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ? सुर्खेत

सैरली प्रथा कस्तो प्रथा हो ? युवकको निमन्त्रणामा युवती घुम्न जाने 

दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई  के भनिन्छ ? डोलाजी प्रथा 

झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ? माइली 

झगडा मिलाउने मध्यस्थकर्तालाई  भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ? मुगु 

सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ? २६ वटा

भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ? भीमसेन थापा 

आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ? कमैया र बाधा प्रथा 

नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई  के भनिन्छ ? न्वागी 

देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा

हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ? मनु

नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई  के भनिन्छ ? मधुश्रावणी पर्व 

विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई  के भनिन्छ ? सामा चकेवा पर्व 

धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ? मृत्यु 

ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ? घर हाल्ने प्रथा 

मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई  के भनिन्छ ? टिला

धर्मपुत्र पुत्री र निजलाई  राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ? ३० वर्ष 

– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ? इस्लाम 

देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा 

भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा  

गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा 

– “गाईजात्रा”लाई  नेपाल भाषामा के भनिन्छ ? सापारू

इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी 

हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई  चिनिन्छ ? गाईजात्रा 

इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल 

नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर   (२०६९, लो.से.आ.) 

१५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर  

– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल 

– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू 

– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ

क) गणेश   ख) भैरव   ग) कुमारी         घ) माथिका सबै 

दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना 

दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र

– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा

– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार

हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी

छोक्रा नाच कुन समुदायको नाच हो ? थारू 

नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु

वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू 

– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

 

महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति   (२०६८, लो.से.आ.)

 

धर्म

धर्मको अर्थ धारण गर्नु भन्ने हुन्छ । यसरी कुनै चालचलन संस्कार, रीतिरिवाज आदि मान्यताको अवलम्वन गर्नु नै धर्म हो ।  प्रत्येक धर्मको पालना फरक फरक तरिकाले  गर्न सकिन्छ । त्यसै गरी धर्मको मान्यता तथा सार पनि अलग–अलग हुन्छ  ।

 

नेपालका प्रचलित प्रमुख धर्महरू  

नेपाल धार्मिक, सांस्कृतिक विविधता युक्त देश हो । यहाँ हिन्दू, बौद्ध, इस्लाम लगायत धर्म मान्ने मानिसहरूको बाहुल्यता रहेको पाइन्छ । धर्म मान्ने मानिसको संख्याको आधारमा पनि क्रमशः हिन्दू, बौद्ध, मुस्लिम, किराँत, क्रिस्चियन, जैन मान्ने मानिसहरू नेपालमा रहेको पाइन्छ । नेपालमा ८० % भन्दा बढी मानिसहरू हिन्दु र करिब १० % मानिस बौद्ध धर्मावलम्बीहरू छन् । यी विभिन्न धर्म मान्ने मानिसहरू नेपालमा बसोबास गर्ने भए पनि नेपालमा धार्मिक सहिष्णुता भने पाइन्छ  । 

 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ 

सरस्वती  – विधाकी देवी  लक्ष्मी  – धनकी देवी   दधिचि  – दानी  

जनक – ज्ञानी                   युधिष्ठिर – सत्यवादी   मिरा – भक्तिनी 

नारद  – कुरौटे                   चाणक्य  – नीतिवान   कुम्भकमर्ण  – सुताहा   

भगिरथ  – परिश्रमी           हरिश्चन्द्र  – सत्यवादी   सुदामा – गरिव  

सावित्री  – पतिव्रता           विभिषण  – कुलद्रोही  वुद्ध – शान्तिदूत   

दुर्वाशा  – रिसाहा           भीष्म  – दृढ प्रतिज्ञा   कुवेर – धनी  

हनुमान  – काम फत्ते गर्ने   सावित्री  – पतिव्रता    एकलब्य – गुरुभक्त

 १) हिन्दू धर्म 

हिन्दू धर्मलाई विश्वको प्राचीन धर्म मानिन्छ  । 

यस धर्मका संस्थापक कुनै एक व्यक्ति वा संस्था नभई यसको विकासमा लाखौं व्यक्ति वा संस्थाहरूको ठूलो योगदान छ  ।  

हिन्दू धर्मका मुख्य पुस्तकहरू वेद, रामायण, महाभारत, उपनिषद्, पूराण आदि हुन्  ।

यस धर्मअनुसार ३३ कोटी देवी देवता हुन्छन् भन्ने मान्यता राखिन्छ । गणेश, सूर्य, देवी, विष्णु, शंकर आदि यस धर्मका प्रमुख देवताहरू मानिन्छन्  । 

हिन्दू देवी देवताको स्थापना गरिएको मन्दिर नै हिन्दूहरूका धार्मिकस्थल हुन्  ।

अर्काको उपकार गर्नु धर्म हो, अर्कालाई दुःख दिनु पाप हो भन्ने हिन्दू धर्मको सार हो  । 

हिन्दू धमार्वलम्बीहरूले जनैपूर्णिमा, दशै तिहार, माघसेक्रान्ती आदि जस्ता मुख्य चाड पवर्हरू मनाउछँन्  । 

२०६८ सालको जनगणना अनुसार हिन्दु धर्मावलम्बीहरूको सख्या ८१.३% रहेको छ  । 

 २)  बौद्ध धर्म 

शेर्पा, तामाङ्ग, गरुङ्ग, थकाली जस्ता मंगोलियन जातिहरुले अबलम्बन गर्ने धमर्लार्इ बाद्धै धर्म  भनिन्छ  ।

नेपालको लुम्बिनीमा जन्मिएका भगवान बुद्ध नै यस धर्मका संस्थापक हुन्  । 

बौद्ध धर्मको धार्मिक ग्रन्थ ‘त्रिपिटक’ हो भने पूजास्थललाई बिहार, स्तुप वा मठ भनिन्छ  ।

ज्ञान, सत्कर्म र अहिंसामा विश्वास गर्ने, जातीय भेदभावलाई नमान्ने बौद्ध धर्मलाई युगसापेक्ष वैज्ञानिक धर्म मानिन्छ  । 

यो समुदायले बुद्ध जयन्ती, ल्होसार जस्ता मुख्य चाडपर्वहरू मनाउँछन्  । 

नेपालमा हिन्दूपछि बौद्ध धर्मावलम्वीहरूको संख्या बढी छ  ।

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या करिव ९.०% रहेको छ  । 

 गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश : 

संसारमा दुःख छ । 

दुःखको कारण छ । 

दुःखको निरोध हुन सक्छ । 

दुःख निरोधका उपायहरू छन् । 

 ३)  इस्लाम धर्म 

यस धर्मका संस्थापक पैगम्बर मोहमद हुन्  । 

यो मुसलमान समुदायले मनाउने धर्म हो  ।

• ‘कुरान पाक’, ‘कुरान सरिफ’ यस धर्मका प्रमुख ग्रन्थ हुन्  । ड्ड यो धर्मको पूजा स्थललाई ‘मस्जिद’ भनिन्छ  ।

यो धर्मको एक मात्र इश्वर ‘अल्लाह’ लाई मानिन्छ  । 

गरिवलाई अनिवार्य रूपमा दान दिनु पर्ने यो धर्मको सार हो  ।

नारीको दयनीय स्थान र धार्मिक कट्टरता  यो धर्मको कमजोरी हो  । 

२०६८ सालको जनगणना अनुसार इस्लाम धर्मावलम्वीहरूको संख्या ४.४% रहेको छ  । 

 

४)  शिख धर्म 

शिखहरूका आराध्य देवता गुरु नानकले स्थापना गरेको सम्पूर्ण शिख समुदायहरूले मान्ने धर्म नै शिख धर्म हो  ।

शिख धर्मको धार्मिक ग्रन्थलाई ‘गुरु ग्रन्थ साहीव’ भनिन्छ भने पूजा स्थललाई मस्जिद भनिन्छ  । 

पहिलो शिख मन्दिर भारतको प्रतापपुरमा निर्माण गरिएको थियो  ।

यो धर्ममा अहिंसा, सत्कार्य, परोपकारलाई सारको रूपमा लिइन्छ  । 

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्ने जनसंख्या ६०९ जना रहेको पाइन्छ  । 

 ५)  इसाई धर्म 

जेरूसेलममा जन्मेका इसामसिह जिसस क्राइस्टलाई इसाई धर्मका प्रवर्तक मानिन्छ । 

यो धर्मलाई क्रिस्चियन धर्मको रूपमा पनि चिनिन्छ ।

क्रिस्चियन समुदायले मान्ने धर्मनै इसाई धर्म हो । 

यस धर्मको धार्मिक ग्रन्थलाई ‘बाइबल’ र पूजास्थललाई ‘चर्च’ भनिन्छ । 

यस धर्मले लोभ गर्न नहुने र आफूलाई दीनहीन तथा दास सम्झ्न नहुने कुरामा जोड दिन्छ । 

यो धर्मावलम्बीहरूले “क्रिसमस डे” लाई महत्वका साथ मनाउँछन्  ।

२०६८ सालको जनगणना अनुसार इसाई धर्मावलम्बीहरूको संख्या १.४% रहेको छ । 

 ६)  यहुदी धर्म 

मेसोपोटामियामा जन्मेका हजरत मुसा यहुदी धर्मका संस्थापक मानिन्छन्  । 

यस धर्मको धार्मिक ग्रन्थ ‘कैवाला’ हो भने धार्मिक स्थललाई अग्नि मन्दिर भनिन्छ । यिनीहरू सनाहा पर्व मनाउँछन्  । 

यो धर्मले प्रेम, दया, न्याय, सदाचार, परोपकार, दीनदुखी अशक्तहरूको सेवा, ईश्वरप्रति आस्थावान हुने प्रेरणा दिन्छ । 

 ७)  जैन धर्म 

भारतको बैशालीमा जन्मिएका महावीर जैन नै जैन धर्मका प्रवर्तक हुन्  । 

जैनहरूको मन्दिरलाई जैन मन्दिर र धर्म ग्रन्थलाई वचनामृत भनिन्छ  । 

महावीर जैनलाई जैन धर्मका अन्तिम तीर्थङ्कर मानिन्छ  ।

पवित्रता, सच्चरित्रता र अहिंसालाई यो धर्मले विशेष जोड दिएको छ  । 

यिनीहरूको पूजास्थललाई अग्नि मन्दिर भनिन्छ  ।

२०६८ सालको जनगणना अनुसार यो धर्म मान्नेको संख्या ३२१४ जना रहेको अवस्था छ  ।

 धर्म सम्बन्धी बिविध जानकारी 

 पशुपतिनाथको मन्दिरमा पशुपतिनाथका भएका छ वटा मुख 

१. तत्पुरुष (पूर्व)   २. अघोर (दक्षिण)  ३. सद्योजात (पश्चिम) 

 ४. वामदेव (उत्तर)  ५. इशान (आकाश)  ६. कालअग्नि रूद्र (पाताल) 

 हिन्दू धर्मका अठार पुराणहरू  

स्कन्द पुराण       – श्रीमद्भागवत पुराण  मार्कयडेय पुराण   शिव पुराण  

विष्णु पुराण       – ब्रह्म वैवर्त पुराण  नारद पुराण           – पद्म पुराण  

बराह पुराण       – मत्स्य पुराण  गरुड पुराण           – कुर्म पुराण 

वामन पुराण       – लिङ्ग पुराण   अग्नि पुराण            – ब्रह्म पुराण  

भविष्य पुराण       – ब्रह्माण्ड पुराण 

 हिन्दू परम्पराका पौराणिक पात्रका मातापिता 

शनि :  सूर्य र छायाँ                         – हनुमान :  वायु/केशर र अञ्जना 

परीक्षित :  अभिमन्यु र उत्तरा                – पार्वती :  हिमालय र मेनुका  

कर्ण :  सूर्य र कुन्ती                 – ध्रुव :  उत्तानपाद र सुनीति 

बृहस्पति : अंगिरा र सुनीपा/श्रद्धा        – शुक्राचार्य :  भृग र दिव्या 

जमदग्नि :  ऋत्विक र सत्यवती                – मेघनाद/इन्द्रजित :  रावण र मन्दोदरी 

मैनाक :  हिमालय पर्वत र मेनका        – कश्यप :  मरीचि र कला    

वेदव्यास :  परासर र मत्स्यगन्धा        – अभिमन्यु :  अर्जुन र सुभद्रा 

परशुराम :  जमदग्नि र रेणुका             – अंगद : बालि र तारा 

श्रीकृष्ण :  वसुदेव र देवकी          – दत्तात्रेय : अत्रि र अनुसुया 

महात्मा विदुर :  वेदव्यास र बनिता        – अश्वत्थामा :  द्रोणाचार्य र कृपी 

भीष्म पितामह :  सन्तनु र गंगा             – पाण्डु : विचित्रवीर्य र अम्बालिका 

विचित्रवीर्य : सन्तनु र सत्यवती                – सिद्धार्थ गौतम : शुद्धोधन र मायादेवी

दशरथ : अज र इन्दुमती                  – धृतराष्ट्र : विचित्रवीर्य र अम्बिका                 

शुकदेव : व्यास र पिंगला                        – पर्वरिक : घटोत्चक र कामकटंकटा 

पौराणिक व्यक्ति र तिनका पत्नीहरू 

ब्र्रह्मा – तरूपा/ब्राह्मी/गायत्री    शिव – पार्वती 

बली – असना                             विष्णु – लक्ष्मी  

विश्वमित्र – मेनका                    दुर्योधन – भानुमती 

गौतम – अहल्या (गौतमी)            बासुदेव – देवकी 

अज – इन्दुमती                            रावण – मन्दोदरी  

दुष्यन्त – सकुन्तला                    कालीदास – विद्योत्तमा 

युधिष्ठिर – द्रौपदी, देविका             दुर्योधन – भानुमती 

सुग्रीव – रमा, तारा                     राम – सीता    

सिद्धार्थ गौतम – यशोधरा            विभीषण – सरभी   

लक्ष्मण – उर्मिला                    भरत – माण्डवी  

अनिरुद्र – उषा                     शत्रुघ्न – श्रुतिकीर्ति  

कृष्ण – रुक्मिणी                    विदुर – पारश्वी 

वली – तारा                     इन्द्र – शची 

जनक – सुनयना                     ययाति – देवयानी  

विधुजिह – सुवर्णखा                    अग्नि/पावक – स्वाहा/अग्नायी 

कुम्भकर्ण – बज्रज्वाला             गणेश – ऋद्धि, सिद्धि 

सूर्य – सन्ध्या, संज्ञा, स्वाती, छाया, प्रभा    नल – दमयन्ती  

कामदेव – रति                             कर्दम – देवहुती 

धृतराष्ट्र – गान्धारी                     हिमालय – मेनका 

द्रोणाचार्य – कृपी                      पाण्डु – कुन्ती, माद्री  

जयद्रथ – दुःशला                     बलराम – रेवती 

वेदव्यास – पिङ्गला                    विश्वामित्र – मेनका  

नन्द – यशोदा                             पञ्चपाण्डव – द्रौपदी 

अभिमन्यु – उत्तरा                     इन्द्रजित – सुलोचना 

अर्जुन – सुभद्रा                             कर्ण – पद्यावती                              

 विभिन्न देव–देवीहरूसँग सम्बन्धित रुख विरुवाहरू 

विष्णु/लक्ष्मी – तुलसी         शिव – वेल/रुद्राक्ष            सूर्य – करवीर 

कार्तिकेय – अमला          बुद्ध/इन्द्र/सीता  – अशोक   गणेश – दुवो/शिशौ

लक्ष्मी – आँप           कृष्ण  – कदम, तमाल    विष्णु/शिव/बुद्ध  – वर        

शितला – नीम                  विष्णु/कृष्ण  – पिपल           सबै देवीदेवता  – फलफूल, सुपारी 

 कुन युग कुन मितिदेखि शुरु भयो

सत्ययुग – वैशाख शुक्ल तृतीया    कलियुग – पौष अमावश्या 

त्रेतायुग – कार्तिक शुक्ल नवमी    द्वापर युग – भाद्र कृष्ण त्रयोदशी

कुन कतिवटा हुन्छन्

तिथि – १५ वटा           महिना – १२ वटा    पक्ष  – दुईवटा

सम्वत्सर – ६० वटा   करण – ७ वटा           उपवेद  – ४ वटा 

उपपुराण – १८ वटा   नक्षत्र – २७ वटा    बार  – ७ वटा 

योग – २७ वटा           राशी – १२ वटा    पुराण  – १८ वटा   

वेद – ४ वटा             दिकपाल – १० वटा 

 महाभारतका प्रमुख पात्रहरूको राज्य 

सिन्धु देश – जयद्रथ            चेदी देश – शिशुपाल 

मगधदेश – जरासन्ध            अंगदेश – कर्ण 

मद्रदेश – शल्य                 पाण्डु, युधिष्ठिर  – हस्तिनापुर 

 हिन्दू वर्णव्यवस्था अनुसारका बिशेषता सत्यगुणयुक्त 

ब्राह्माण – सत्वगुणी            शक्तिगुणयुक्त क्षेत्रीय – रजोगुणी

सम्पति उन्मुख वैश्य – तमोगुणी     सेवा उन्मुख समूह – शुद्र 

 पशुपतिनाथको स्थापना सम्बन्धी जानकारी 

स्थापना सम्बन्धी विवरण    सुरूवातकर्ता 

पशुपतिनाथको मन्दिर बनाउने    प्रचण्डदेव 

पशुपतिमा देवलहरू बनाउने    सुपुष्प 

पशुपतिनाथलाई स्वर्णमय बनाउने   भाष्कर वर्मा 

पशुपतिनाथको हालको मूर्ति बनाउने   जयसिंह देव 

पशुपतिमा महास्नान गर्ने चलन चलाउने  अभय मल्ल 

पशुपतिमा भट्ट पुजारी राख्ने चलन चलाउने  यक्ष मल्ल 

पशुपतिलाई राजमान्यता दिने    अंशुवर्मा 

पशुपतिनाथमा सुनको छाना चढाउने   शिवदेव

 काठमाडौंका चार नारायणहरू 

चार नारायणहरू  

१. चाँगु नारायण   २. इचंगु नारायण   ३. शेष नारायण   ४. विशंखु नारायण 

 भगवान गौतम बुद्धका आठ उपदेशहरू 

१. सद्विश्वास   २. सद्निश्चय   ३. सद्वचन    ४. सत्कर्म 

५. सद्जीविका  ६. सत्प्रयास   ७. सद्विचार    ८. सद्ध्यान 

 बौद्ध धर्मसँग सम्बन्धित पाँच रंगको अर्थ      (२०६९, लो.से.आ.) 

निलो – बुद्धको शरीर,    पहेलो  – बुद्धको अस्थिधातु 

रातो – बुद्धको रगत,            कलेजी – बुद्धको अन्तःस्करण 

सेतो – बुद्धको दाँत 

 महर्षि वाल्मिकीद्वारा लिखित रामायणका आठ काण्डहरू

१. बालकण्ड   २. अयोध्याकाण्ड  ३. अरण्यकाण्ड           ४. किस्किन्धा काण्ड 

५. सुन्दर काण्ड  ६. युद्ध काण्ड    ७. उत्तर काण्ड    ८. राम अश्वमेध काण्ड 

 बौद्ध धर्मका पाँच शीलहरू       (२०७२, लो.से.आ.) 

बौद्ध धर्मका पाँच शील अर्थात पञ्चशील भन्नाले निम्न बुझिन्छ :

१. सत्य – झुट्टो कुरा कहिल्यै नबोल्नु

२. अहिंसा – हिंसा कहिल्यै नगर्नु 

३. अस्तेह – चोरी कहिल्यै नगर्नु 

४. परस्त्रीगमन निषेध – ब्रह्मचर्यामा रहनु 

५. मद्यपान निषेध – जाँड रक्सीबाट टाढा रहनु 

 धर्म र धर्मका प्रर्वतक 

बुद्ध धर्म – सिद्धार्थ गौतम   जैन धर्म – महावीर जैन 

यहुदी धर्म – हजरत मुसा   शिख धर्म – गुरु नानक 

इस्लाम धर्म – पैगम्बर मुहम्मद 

 विश्वका विभिन्न बौद्ध विहारहरू

स्वयम्भू महाबिहार –  नेपाल    त्रिपिटक महाबिहार – तिब्बत 

ताम्रशीला बिहार – श्रीलंका   विक्रमशीला बिहार – भारत 

तक्षशीला बिहार – पाकिस्तान  स्वर्णशीला बिहार – थाइल्यान्ड 

 बौद्ध धर्मका चार धामहरू 

१. लुम्बिनी – बुद्धको जन्म            २. बोधगया – बुद्धत्व प्राप्ति 

३. सारनाथ – प्रथम उपदेश    ४. कुशीनगर – महापरिनिर्वाण 

 बौद्ध धर्मअनुसार त्रिपिटक     (२०७१, लो.से.आ.) 

त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । यसमा तीनवटा पिटकहरू पर्दछन् । सुक्तिपिटक, विनयपिटक र अभिधम्मपिटक 

१.  सुक्तिपिटक – बुद्धका उपदेशहरू 

२.  विनयपिटक – भिक्षु भिक्षुणीहरूले पालना गर्नुपर्ने नियमहरू 

३.  अभिधम्म पिटक – बुद्ध दर्शनका कुरा उल्लेख गरिएका छन्  ।

 पाँच पाण्डवका द्रौपदी तर्फबाट जन्मेका ५ पुत्रहरू 

युधिष्ठिर – प्रतिविन्ध्य   भीम – सुतसोम 

अर्जुन – श्रृतकर्म   नकुल – शतानिक 

सहदेव – श्रृतसेन 

 गुप्तवासमा रहँदा पाँच पाण्डव र द्रौपदीको छद्मनाम 

युधिष्ठिर – कंक           भीम – बल्लभ 

अर्जुन – ब्रिहन्नला   नकुल – अरिष्टनेभी 

सहदेव – तन्त्रिपाल   द्रौपदी – सौरन्द्री 

वभिन्न देवताहरूको वाहन 

महादेव – नन्दी   गणेश – मुसा 

कुमार – मयूर   दुर्गा – सिंह 

विष्णु – गरूड   इन्द्र – ऐरावत हात्ती 

सरस्वती – हाँस  भैरव — कुकुर 

 हिन्दू धर्मका अठार पूराणहरू 

स्कन्द पूराण              श्रीमद्भागवत पूराण                  – मार्कयडेय पूराण 

शिव पूराण               विष्णु पूराण                           ब्रह्म वैवर्त पूराण 

नारद पूराण               पद्म पूराण                           बराह पूराण 

मत्स्य पूराण              गरुड पूराण                          कुर्म पूराण 

वामन पूराण             लिङ्ग पूराण                           अग्नि पूराण 

ब्रह्म पूराण                      – भविष्य पूराण                         – ब्रह्माण्ड पूराण

 गौतम बुद्धद्वारा दिइएको चार आर्य सत्यको बारेमा उपदेश 

संसारमा दुःख छ  ।    दुःखको कारण छ  । 

दुःखको निरोध हुन् सक्छ  ।  दुःख निरोधका उपायहरू छन्  ।

 विश्वका ठूला हिन्दू मन्दिरहरू 

अङ्कोरबाट (विष्णु मन्दिर) – अङ्कोर (कम्बोडिया)                   अक्षरधाम – न्यू दिल्ली (भारत) 

विराट मन्दिर – चम्पारन, बिहार (भारत)                    वेलुर मठ – कोलकोता (भारत)       

विडला मन्दिर – न्यू दिल्ली (भारत)                            वृहदेश्वर मन्दिर – तञ्जुभर (भारत)

 विश्वका प्रमुख धर्महरूका धार्मिक पुस्तकहरू

हिन्दू  – वेद, उपनिषद्, पूराण, रामायण, महाभारत, भागवत गीता, दुर्गा सप्तशती चण्डी आदि । 

शिख  – गुरुग्रन्थ साहिब, आदिग्रन्थ। 

इस्लाम  – कुरान (कुरान पाक, कुरान शरिफ) 

इसाई धर्म  – बाइबल 

बौद्ध धर्म  – त्रिपिटक (सूक्तिपिटक, विनय पिटक र अभिधम्म पिटक) 

यहुदी धर्म  – कैवाला 

ताओइज्म (ताओवाद) – ताओ ते चिङ, द लाआत्सु 

जैन धर्म  – वचनामृत/सिद्धान्त प्राकृत 

कन्फ्युसियानिज्म  – एनालेक्ट्स अफ कन्फ्युसियस 

शिन्तो धर्म  – कोजिकी, निकोह सोकी 

बहाई धर्म  – कितावोअल – अकवास, हफ्दवाद, वयान, अल–कलिमातअल–कवाह 

किरात धर्म  – मुन्धुम 

 विभिन्न धर्मका धार्मिक स्थलहरू 

हिन्दू धर्म  – मन्दिर, शक्तिपीठ                           जैन धर्म  – जैन मन्दिर 

शिख  –  गुरुद्वारा/नानक मठ                          वहाई फेथ  – लोटस टेम्पल   

मुस्लिम  –  मस्जिद, दरगाह, मजार, मुसल्ला                 

जोरस्टर (पारशी धर्म) – अग्नि मन्दिर, सूर्य मन्दिर        

इसाई (क्रिश्चियन)  – गिर्जाघर, क्याथेड्रल, चर्च          

बौद्ध धर्म  – बिहार, स्तूप, मठ, चैत्य 

यहुदी धर्म (जुडाइज्म) – शिनागग 

कन्फ्युसियानिज्म – मठ 

 ताओइज्म – दाओगुआन 

                                                                        क्रमश ; 

Wednesday, September 8, 2021

परिधिको कथा

                                      

                                           परिधिको कथा 

              

 - रीता घिमिरे
                                                                      

बिहानको सात बजेको थियो । आत्था ! कति तातो भएको हो । फेन खोल्नु न आमा । बत्ती

पनि निभउनु न भन्या । आ........मा.........बत्ती निभाउनु न क्या । कस्तो निद्रा नै लागेन

मलाई... भन्दै परिधि ओछ्यानमा कोल्टो फर्किन्छे ।

परिधि सुतिरहेकी थिई । घरको पूर्वपट्टिको भागमा उसको सुत्ने कोठा थियो जहाँ प्रशस्त

हावा र उज्यालो छिथ्र्यो । घामको प्रत्यक्ष प्रकाश पनि । ऊ उसका बा आमाकी एक्ली

सन्तान थिई ।

कक्षा १० मा अध्ययन गर्ने भए पनि बा आमाको लाडप्यारले गर्दा उसलाई अझै पनि आफू

दुधे बालक नै रहेको भान हुन्थ्यो । बिहानको आठ बजेसम्म उसको सुत्ने बानी चाहिँ अलि

खराब नै मान्नुहुन्थ्यो उसका बा आमा । राति भने आफूले दिनभर विद्यालयमा गरेका

सिकेका कुराहरुलाई दोहोर्याई तेहेर्याई पढेर लेखेर बुझेर मात्र सुत्ने गर्थी परिधि । उसलाई

रातको समयको कुनै पर्वाह नै हुँदैनथ्यो तर विहान भने अबेरसम्म सुत्नु नै पर्ने ।

धरको काम भने परिधिलाई पटक्कै आउँदैनथ्यो । उसका बा आमाले पनि केही काम

लगाएका थिएनन् उसलाई । आफू भने दिनभर ढुङ्गा र बालुवामा घोटिन्थे उसका बा

आमा । उसकी आमा छोरीलाई विद्यालय पठाएर दिउँसो घर छेउकै खोला किनारमा गिटी

कुट्ने गर्थिन्भने बा पनि खोलाबाट बालुवा झिकेर नजिकैको बजारमा लगेर बेच्थे । यसरी

नै उनीहरुको जीवन चलेको थियो ।

रुखा सुखा अफूले खाएर भए पनि ,आफूले शारीरिकरुपमा दुःख गरे पनि परिधिका बा

आमाले आफ्नी छोरीलाई कुनै प्रकारको अभाव र पीडा हुन भने दिएका थिएनन्। आफ्नै

गाउँको एउटा सामुदायिक विद्यालयमा परिधिलाई अध्ययन गर्न पठाउँथे उनीहरु ।

जीवन सङ्घर्ष हो , यसलाई चलाउन सके र पारिवारिक बेमेल नभए सुखी हुन्छ जीवन

भन्ने मान्यता राख्ने परिधिका बा आमाकोएउटा घरदेखि बाहेक अन्य अचल सम्पत्ति केही

थिएन । दुःख गरेर कमाएको अलिअलि पैसा पनि बचाउन सक्दैनथे उनीहरु ।

यतिकैमा उनीहरुको परिवारमा एउटा बज्रपात पर्यो । परिधिका बा अचानक बिरामी हुन

पुगे । अस्पतालमा भर्ना भएर एक हप्तामा ठीक भयो भन्ने भएपछि उनमा फेरि

श्वासप्रश्वासमा समस्या देखा पर्यो । उनीहरुको अलिअलि भएको पैसा पनि सकियो । पछि

देखा परेको विरामको उपचार गर्न अब नसक्ने भए । छरछिमेकी ,आफन्त , नातागोता

सबैसँग हारगुहार गरे उनीहरुले । उनीहरुलाई सहयोग गर्ने कोही पनि निस्किएनन्। के

आधारमा तिर्छौ र दिनु तिमीहरुलाई पैसा भन्नेको कमी रहेन समाजमा ।

अस्पतालले पैसा जम्मा नगरे उपचार नगर्ने भनेपछि परिधिले जसरी भए पनि बाको

उपचार गर्न अस्पताल प्रशासनमा अनुरोध गरी र आफूले पैसाको जोहो गर्ने वचन दिई ।

एकातिर बुबाको उपचार सुरु भएकोमा खुसी थिई भने सँगै परिधिलाई चिन्ता पनि सुरु

भयो । त्यही रातदेखि नै परिधि कामको खोजीमा भौतारिन थाली । रातको ११ बजेतिर

अस्पतालदेखि करिब १ किलोमिटर पश्चिम हिँडेपछि उसले ठूलो आवाजमा गीत बजेको

सुनी र ऊ त्यहीँ पुगी ।

जीवनमा कहिल्यै कुनैशारीरिक काम नगरेकी परिधिले त्यही रातदेखि नै आफ्नो देह बेच्न

थाली र प्रत्येक दिन आफ्ना बुबाको उपचारको लागि चाहिने खर्च अस्पतालमा जम्मा गर्न

थाली ।

        (  कथाकार  श्री राधिका मा. वि. उर्लाबारी ६,मोरङ का नेपाली  विषयका शिक्षक हुनुहुन्छ )


Monday, September 6, 2021

                                 संकटग्रस्त विद्यालय र अभिभावकको जिम्मेवारी

                                                                                                                                —सन्तोष पोख्रेल



शिक्षण सिकाइ क्रियाकलापको मूल अभिप्राय विद्यार्थीमा अन्तर्निहित क्षमतालाई उजागर गरी विविध सक्षमता विकास गर्नु हो । सक्षमताले अभिवृत्ति, सिप, ज्ञान, मूल्य मान्यता, कामको तत्परतालाई सम्बोधन गर्दछ । विद्यार्थीमा यस किसिमको सक्षमता विकास गर्नका निम्ति निकट सरोकारवालाहरूः अभिभावक, विद्यार्थीस्वयम् र शिक्षकको अहम् भूमिका रहने गर्दछ । हुन त सक्षमता भन्ने बित्तिकै विद्यार्थीले गर्न सक्ने काममा आधारित हुन्छ । विद्यालय, विश्वविद्यालयमा विद्यार्थीको चौतर्फी सक्षमता विकास गर्ने उद्देश्य रहन्छ । विश्वविद्यालय तहमा विद्यार्थी आफैँमा पनि परिपक्वता आउने कारणले गर्दा पनि यो संकटको घडीमा  विद्यालय तहका विद्यार्थीहरूको सक्षमता विकासमा अभिभावकहरु सरोकारवाला अलि बढी संवेदनशील हुनु जरुरी रहन्छ ।

शिक्षण कार्य अत्यन्त जिम्मेवार तथा मेहनति कार्य पनि हो । अरु पेशामा जस्तो यसमा अहिलेको काम भरे गर्छु भन्न मिल्दैन । यसमा मिनेट मिनेटको समय महत्वपूर्ण हुन्छ । योजना निर्माणका आधारमा मात्र कक्षा कोठामा जानु पर्ने हुँदा शिक्षकका लागि समयको महत्व अति धेरै रहेको देखिन्थ्यो । तथापी शिक्षकहरुले धेरै घण्टी शिक्षण गर्नु पर्ने,विद्यालयको ब्यवस्थापनका कामहरुपनि शिक्षक स्वयंले गर्नुपर्ने भएको हँुदा आ–आफ्नो विज्ञता कक्षाकोठामा पूर्णरुपमा प्रयोग गर्न सकिरहेका थिएनौ । यसकालागि विद्यालयमा अभिभावक ज्यू हरुको सहभागिता र संलग्नता जरुरी रहेको थियो । उहाँ हरुको सहभागिता र सहयोगबाट मात्र सामुदायीक विद्यालयहरुले आफूलाई रुपान्तरण गर्न सक्छन भन्ने मान्यताका साथ विद्यालयहरु अगाडी बढीरहेका थिए । तर अहिलेको अवस्था भिन्न छ । शिक्षक विद्यार्थी आफ्ना आफ्नै घरमा वस्नु परेको छ । न शिक्षक विद्यार्थी सम्म भौतीक रुपमा पुग्न सक्छ न विद्यार्थी शिक्षक सम्म पुग्न सक्छ । यस्तो अवस्थामा अभिभावकको जिममेवारी महत्वपूर्ण रहेको रहेको छ ।

 समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा, शिक्षक पेशालाई आकर्षणको रूपमा नहेरिनु, नेपाल सरकारको अनुगमन पक्ष शून्यप्रायः हुनु, कागजी निरीक्षण प्रवृत्तिले बढावा पाउनु र तालीमको प्रभावकारिता र प्रभावकारी कार्यान्वयन पक्ष फितलो हुनु जस्ता समस्या एकातर्फ रहेका भएतापनि अर्को तर्फ अभिभावकहरुको शिक्षा प्रतिको चासो र संलग्नताको कमीले गर्दा सामुदायीक विद्यालयहरुले आशातीत सफलता प्राप्त गर्न सकेको अवस्था छैन । शिक्षकहरुको मनोवल उच्च राख्न शिक्षक हरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विभिन्न नमुना विद्यालयहरुको अवलोकन भ्रमण गराइ सो अनुरुपको शिक्षण कार्यलाइ प्रभावकारी बनाउनु पर्नेमा सो हुन नसक्दा राज्यको लगानी खेर गइरहेको छ । अस्थिर राजनीतिक अवस्थाका कारण फरक फरक राजनैतिक दलहरु एकै ठाउँमा भेला भइ एउटै शिक्षा निति बनाउनु पर्नेमा आफ्नो दल अनुकुलको निति निर्माणको कारण राजनैतिक प्रभावबाट विद्यालय क्षेत्र मुक्त हुनसकेको छैन र त्यसको असर स्वरुप  शैक्षिक क्षेत्र प्रभावित हुने गरेको छ । विद्यार्थीहरूमा नैतिक शिक्षाको कमीले गर्दा उनीहरू थप अराजक र अव्यावहारिक हुँदै गएका छन् । परीक्षा प्रणाली, परीक्षा केन्द्र र उत्तरपुस्तिका परीक्षणमा भएका समस्याले विद्यार्थीको सही मूल्यांकन हुन छोडेको छ । मोबाइल, कम्प्युटर, इन्टरनेटप्रति बढी चासो राख्ने र पाठ्यपुस्तकप्रति कम रुचि हुने जस्ता कारणबाट आजका विद्यार्थी कम जिज्ञासु, अल्छी   कम मिहिनेती बन्दै गएका छन् । यसबारेमा हरेक अभिभावकले सचेतहुने मात्र हैन यसखालका समस्याहरु प्रति आवाज उठाउन सक्नु पर्दछ । खालि शिक्षक मात्रै शिक्षण प्रणालीको समस्या हो भन्ने ठानेर अरु समस्यालाइ ओझेल पार्ने हो भने शिक्षा क्षेत्रको बिकास हुन सक्दैन । यसकालागि विद्यालयमा अभिभावकहरुको सहभागिता र संलग्नता  जरुरी छ । जति धेरै विद्यालयको नजिक भइन्छ  त्यतीनै धेरै विद्यालयका समस्या हरुको पहिचाहन गर्न सकिन्छ । यस्ता खालका विद्यालयका समस्या हरु भइरहेकै वेलामा आकस्मिक रुपमा यो अवस्था भोग्नु परिरहेको छ । विद्यालय लाग्दै गर्दा पनि यी समस्या प्रति अभिभावक जानकार हुनु आवस्यक छ । 

हिजो आज रोजगारीको अवसरको लागि धेरै मानिसहरू विभिन्न देश हरुमा गइरहेको अवस्था छ । बैदेशीक रोजगारीवाट ल्याएको समान्य आम्दानी पनि संस्थागत विद्यालयमा पढ्दै गरेका आफ्ना सन्ततीहरुमा खर्च गर्नु परेको दुखद परिस्थिती हाम्रा सामु छर्लङ्ग  छ । हुनेखानेले निजी विद्यालयमा आफ्ना बच्चा पठन पाठन गराउन सक्ने अवस्था भए पनि समग्रमा सबैको हितका निम्ति सामुदायकि विद्यालय बाहेक अन्य कुनै उपाय छैन । त्यसैले नेपालीहरूको आर्थिक अवस्थालाई मध्यनजर गरी सामुदायिक विद्यालयलाई अगाडि बढाउन हरेक अभिभावकहरुले आ–आफ्नो ठाउँबाट जे–जति सकिन्छ सहयोग गर्नुपर्ने देखिन्छ । विद्यालय व्यवस्थापन राजनीतिक भागबण्डा भन्दा पनि शिक्षा क्षेत्रमा अध्ययन, अनुभव भएका व्यक्तिहरूलाई दिइनु पर्दछ । यो कार्य पनि सचेत अभिभावक ज्यू हरुवाट मात्रै सम्भव हुन्छ । यसको लागि ऐन तथा नियममा सुधार गरी अभिभावकहरुको संलग्नता बढाउने उपायहरुको खोजी गरिनु पर्दछ । खाली निशुल्क शिक्षाका नाममा सक्षम अभिभावक हरुको सहयोगलाई पनि विद्यालय भित्र नल्याउने हो भने सामुदायीक विद्यालय प्रति अभिभावक ज्यूहरुको संलग्नता कल्पना वाहिरको हुन जान्छ जसले सामुदायीक शिक्षा धराशायी वन्दै संस्थागत विद्यालयमा अभिभावक हरुको चासो बढ्न पुग्छ । यसकालागि विद्यालय र अभिभावक हरु विचमा सुमधुर सम्बन्ध बन्नु पर्दछ । हरेक अभिभावक विद्यालयको नजिक रहनु पर्दछ  भने शिक्षकले आफ्नो पेशाप्रति सम्मान र प्रेम भावना जगाउनुका साथै समयसापेक्ष भएर आफ्नो समाजको आवश्यकता अनुरुप चल्नुपर्दछ ।   

विद्यालय र अभिभावकको साझा चासोको विषय–विद्यार्थीको विकास र सिकाइ हो । विद्यालयको पक्षबाट हेर्दा आफ्नो सङ्गठनात्मक प्रभावकारिताको निम्ति अभिभावकको सहयोग कसरी परिचालन गर्ने भन्ने विषय महत्वपूर्ण बन्छ । अर्कोतिर अभिभावकको पाटोबाट हेर्दा आफ्नो बच्चाको समग्र विकास र सिकाइमा योगदान पु¥याउन विद्यालयसँग कसरी सहकार्य गर्न सकिन्छ, विद्यालयबाट प्राप्त हुने सेवालाई कसरी बढी भन्दा बढी आफ्नो बच्चाको हितमा उपयोग गर्ने भत्रे प्रश्न नै मुख्य हुने देखिन्छ । सफल र प्रभावकारी भनेर चिनिने विद्यालयले अभिभावकसँग सहकार्य गर्न विशेष प्रयत्न गर्ने गरेको देखिन्छ । त्यस्तै सचेत अभिभावकले सोच्ने गर्छन्– के यो विद्यालयका क्रियाकलापबाट मेरो बच्चाको आवश्यकता  अनुकूल सिकाइ अवसर प्राप्त भइरहेको छ ? यसरी विद्यार्थी सिकाइका सन्दर्भमा विद्यालय र अभिभावक दुवैको सहकार्य महत्वपूर्ण हुन जान्छ । यसकालागि विद्यालय र अभिभावक दुवै पक्ष सचेत र गम्भिर बन्न नसकेको खण्डमा राज्यको लगानी खेर जाने त छदैछ अभिभावकहरु ले पनि आफ्नो सन्तानलाई सही मार्ग दिन सक्नुहुन्न । 

अभिभावकहरुले विद्यालयको बैठकमा भाग लिएर,विद्यालयको नीति, योजना, कार्यक्रम तथा कार्यान्वयन अभ्यासबारे राम्रो जानकारी लिने÷दिने गरेर, आफ्नो क्षमता र सामथ्र्य अनुसार विद्यालयको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा सहभागी भएर र सहयोग गरेर, आफ्ना बालबालिकाको प्रगति तथा कम्जोरीबारे शिक्षक र प्रधानाध्यापकसँग सरसल्लाह लिने÷दिने गरेर, विद्यार्थीको सिकाइमा आफ्नो पनि जिम्मेवारी छ भन्ने कुरा स्वीकार गरेर, विद्यालयप्रति सकारात्मक भावना राखेर विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न सक्छन । यसकालागि विद्यालय र अभिभावक विच राम्रो सम्बन्ध भएको खण्डमा बालबालीकाको सिकाइ उपलब्धी बृद्धी हुनुका साथै सिकाइका बिभिन्न अवसर हरु प्राप्त गर्न सहज हुन्छ । 

अहिलेको अवस्थामा अभिभावकिय जिम्मेवारी विद्यालयले पनि उपयोग गर्न पाइरहेको छैन । वालवालिका विग्रनु भनेको विद्यालयको क्षती ता हुदैहो त्यो भन्दा बढी क्षती अभिभावकहरुको हो । वालवालिकाको भविस्य प्रत्यक्ष रुपमा अभिभावक संग जोडिएको हुन्छ । यस्तो वेलामा अभिभावकले वालवालिकालाई कस्ता काममा संलग्न गराउने ।  कस्ता अनुभवहरुको वारेमा वताउने र सिकाइकालागि दक्ष अभिभावक हरुले आफ्ना नानीहरुलाई कति समय आफू सहितको सिकाइमा संलग्न गराउने भन्ने वारेमा पनि प्रष्ट हुनु पर्दछ । आफ्ना नानीहरु शिक्षकका मात्र हैनन हाम्रो झन बढी भूमिका र जिम्मेवारी हुन्छ भन्ने कुरा कुनै पनि गार्जेनले विर्सनु हुदैन । आफै पढाउन सक्ने गार्जनले आफै पढाउने नसक्ने गार्जनले समय दिएर संगै वसी टिभी हेर्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने ,खेल खेल्ने ,कथा भन्ने आदि गर्नु पर्दछ । यसले पनि संकटकालीन सिकाइलाइ निकास दिन्छ ।

कोभिड(१९ को विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । यो एउटा यस्तो क्षेत्र हो जुन क्षेत्र उद्योग, व्यापार, व्यवसाय, विकास(निर्माण आदि काम वा सेवा संचालनमा आए पनि तत्काल संचालनमा आउन गाह्रो छ । यसर्थः अन्य क्षेत्र र सेवा क्रमशः संचालनमा आए पनि संक्रमण न्यूनीकरण वा नियन्त्रणप्रति पूर्ण विस्वस्त नभएसम्म विद्यालय संचालनमा आउने र पठन(पाठन शुरु हुने सम्भावना छैन र हुनुहुँदैन पनि । यसो भन्दैमा विद्यालय र शैक्षिक प्रणाली नै लामो समय ठप्प हुन्छ भन्ने होइन । औपचारिक कक्षा संचालनमा आउन अझै केही समय लाग्न सक्छ तर पनि अनौपचारिक रूपमा सिकाइ क्रियाकलाप पूर्णतः रोकिन्छ नै भन्ने होइन । रोकिएका कक्षा १२ र ११ का सम्पूर्ण परीक्षा तत्काल लिन पनि कठिन देखिन्छ । यस्तो विषम परिस्थितिमा हामी हाम्रा छोरा(छोरीको घर बसाइको समयलाई कसरी सिकाइमुखी, ज्ञानमुखी र सपिमूलक   बनाउन सकिन्छ ? यसतर्फ हामी सबैको ध्यान जानु जरुरी हुन्छ ।

औपचारिक शिक्षालाई निर्धारित पाठ्यपुस्तकीय शिक्षा, विद्यालयीय शिक्षा र प्रमाणपत्रीय शिक्षाका रूपमा लिइन्छ । यस अन्तर्गत विद्यालयमा, गुरुको माध्यमबाट, निर्धारित पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक पढिन्छ । तिनैबाट प्रश्न निकालिन्छ र पढेको, सिकेको, बुझेको आधारमा उत्तर दिइन्छ । त्यही उत्तरको आधारमा स्तर मापन गरी प्रमाणपत्र दिइन्छ । अनि त्यही प्रमाणपत्रका आधारमा जागिर खान सकिन्छ । तर यसबाट ज्ञान, बुद्धि र विवेकको स्तर मापन गर्न सकिन्न । यसरी आर्जन गरिने शिक्षा, सिकिने सीप र लिइने प्रमाणपत्रले मात्र जीवन पूर्ण हुँदैन । जीवनलाई पूर्णता दिने र सार्थक र सफल बनाउने अर्को महत्त्वपूर्ण शिक्षा हो अनौपचारिक शिक्षा । यो यस्तो खुला शिक्षाप्रणाली हो जसले हरेक मानिसमा ज्ञान, बुद्धि र विवेकको विकास गर्दछ । मानिसको जीवनलाई प्रतिष्ठित, सम्मानित र समाज उपयोगी बनाउँछ ।

यस्तो अनौपचारिक शिक्षाका मुख्य स्रोत नै आफू स्वयम्, परिवार, समाज, प्राणी, प्रकृति र सिर्जना हुन् । यी सबैभित्र ज्ञानको त्यो अथाह भण्डार छ जसले यो मानवजीवनलाई सर्वगुण सम्पन्न बनाउँछ, परिपूर्णता दिन्छ ।देवताहरुको पालामा पनि देवताहरुले गुरुकुलमा बसेर एउटै गुरुबाट सबै विषयको शिक्षा लिई आफूलाई देवता सावित गराएका थिए । त्यहाँ गणित, विज्ञान आदिका अलग अलग गुरु थिएनन् र पनि उनीहरू सर्वज्ञान सम्पन्न थिए । त्यसैले अनौपचारिक शिक्षाको महत्व औपचारिक शिक्षाको तुलनामा अत्यधिक छ ।


विश्वव्यापी रूपमा फैलिंदै गएको कोभिड(१९ महामारी, लामो समयसम्मको लकडाउन र विद्यालय बन्दको कारण आम अभिभावक र विद्यार्थीमा एककिसिमको छटपटी, चिन्ता र चासो उत्पन्न भएको छ । ‘छोरा(छोरी विद्यालय जान पाएनन्, पढ्न पाएनन्, पाठ्यपुस्तक पढाएर सकिने भएन, छोरा(छोरी बिग्रिए, अनावस्यक काममा शुल्क तिर्नुपर्ने भयो’ आदि जस्ता कुराले हरेक अभिभावकलाई चिन्तित बनाएको देखिन्छ । तर यो आंशिक सत्य भए पनि यथार्थमा सम्पूर्ण सत्य होइन । यदि हामी अलिकति सचेत हुने हो भने हाम्रा छोरा(छोरीको घर बसाइलाई सार्थक उपलब्धिमूलक बनाउन सक्दछौँ । विद्यालयको बन्द कोठाबाट बाहिर आफ्नै काख, परिवार, समाज, परिवेश र प्रकृतिबाट उनीहरूभित्रको मौलिक प्रतिभा बाहिर ल्याउन सक्छौँ तथा जीवन जिउनका लागि चाहिने सम्पूर्ण ज्ञान दिन सक्दछौँ । यतिमात्र होइन सन्तति र परिवारका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै परिवारको महत्व स्थापित गर्न सक्दछौँ ।


हामीले हामीसँग भएका कम्प्यूटर, इन्टरनेट, टेलिभिजन, रोचक र ज्ञानवर्द्धक पाठ्यसामग्री, साहित्यसिर्जना, चित्रकारिता, नाच(गान आदि माध्यमको प्रयोग गरी लकडाउनको घर बसाइलाइलाई सिकाइमूलक बनाउन सक्दछौँ । यदि यसो गर्यौँ भने हरेक आमा(बुवा र छोरा(छोरीका लागि यो समय निकै उपयोगी बन्न तथा दिगो अनि विश्वासिलो सम्बन्ध स्थापित गर्ने अवसर बन्न सक्दछ ।


अहिलेको अवस्था सहज अवस्था होइन । जता ततै एक प्रकारको त्रास र भय ब्याप्त छ । कोरोना भाइरस को कारण वालवालिका घर घर मा वसेका छन् । उनीहरु सवैमा एक प्रकारको अन्योलता छ । त्यो अन्योलता पनि सिकाइका अवसरहरु गुम्न लागो भनेर भन्नु भन्दा पनि कक्षा चढ्न पाइन्छ या पाइदैन भन्नेमा रहेको छ । शैक्षिक सत्र नै समाप्त भयो भने के गर्ने भन्नेमा रहेको छ । एकातीर लाखौ विद्यार्थीहरु विद्यालयको फेस टु फेस कार्यक्रम वाट वञ्चति छन भने वैकल्पिक शैक्षिक कार्यक्रम उपयोग गर्ने र कुनै पनि शिक्षण सिकाइ कार्यक्रममा सहभागि हुन नपाउने विद्यार्थीहरुको विचको खाडल बढ्दो छ ।  वर्तमान शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली कायमै रहेमा विद्यार्थीहरुको अन्योलता कायमै रहने अवस्था छ । वैकल्पिक शैक्षिक कार्यक्रम प्रयोग गर्ने वालवालीकाहरुले शैक्षिक क्यालेण्डर अनुसारनै आफ्नो सिकाइ क्रियाकलाप अगाडी बढाउदै आएका छन भने शिक्षकहरुले पनि अनलाइन शिक्षण,रेडियो टिभी शिक्षण लगायतका उपायहरु सके सम्म प्रयोग गर्दै आएका छन । अभिभावकहरुले पनि आ आफ्नो योग्यता र क्षमताले भ्याए सम्म आफ्ना वालवालिकाहरुलाई सिकाउदै पनि आएका छन । यस्तो अवस्थामा धेरैको वुझाइ के रहेको छ भने जति वालवालिकाहरु विद्यालय भर्ना भएका छन र विद्यालयको फेसटु फेस सिकाइ कार्यक्रमवाट वञ्चीत छन, सवै कुनै पनि सिकाइ गतिविधिमा संलग्न भएका छैनन र पूर्ण रुपमा सिकाइ कार्यक्रमबाट वञ्चीत छन् भन्ने वुझाइ छ । यो कुरा शिक्षा क्षेत्रमा काम गर्ने सवै सरोकारवालाहरुले चिर्न जरुरी छ ।

 वालवाविकाको सिकाइ अनुभवमा आधारीत पनि हुन्छ । उनीहरुले अहिले कोरोना समस्या के हो ? यसले के प्रभाव पारेको छ ? सामाजिक क्षेत्रमा आइपर्ने यस्ता समस्याहरुलाई कसरी समाधान गर्नु पर्ने रहेछ ? भन्ने जस्ता समाज संग सम्बन्धीत बिषय वस्तुहरु सिकीरहेका छन । समाजमा आइ पर्ने कठीनाइ हरु संग जुध्नका लागि के कस्ता कार्यहरु गर्नु पर्ने रहेछ भन्ने कुरा पनि जानेका छन । विभिन्न संचार माध्यमहरुमा संलग्न भएर,वालवालिकाहरुले खेलको माध्यम बाट होस वा सिनेमा हरुको माध्यम बाट होस वा विभिन्न टेलिभिजनका हास्य ब्यंग सृङ्खलाबाट होस वा विभिन्न गीत संगीतको माध्यमवाट होस वा टेलिभिजनका कार्टुन सृङ्खलाहरुको माध्यम वाट होस केहीन केही सिकी रहेका हुन्छन । यस्ता अनौपचारीक सिकाइलाइ अभिभावक हरुवाटनै अगाडी बढाउन सकिन्छ ।

अभिभावक भनेका आफ्ना बच्चाका विज्ञ, बच्चाका महत्त्वपूर्ण सूचनाहरूका सङ्कलक, संलग्नताको अधिकार प्राप्त व्यक्ति, आफ्नो बच्चाको उच्च गुणस्तरीय शिक्षक, निर्णय प्रक्रियामा सहयोग गर्ने व्यक्ति, संरक्षक,उत्प्रेरक,मार्गदर्शक आदि हुन् । यसले गर्दा बालबालिकाप्रति अभिभावकको भूमिका महत्वपूर्ण रहने गर्दछ । यसैले अभिभावक भइसकेपछि आफ्ना बालबालिकाका निम्ति केही महत्त्वपूर्ण जिम्मेवारी पनि वहन गर्नुपर्ने हुन्छ । विषयको ज्ञान मात्र पुर्ण होइन अनुभवका आधारमा वातावरण र परिवेश निर्माण गरिदियौ भने मात्र पनि सिकाइको आधार तयार हुन सक्छ । केवल यो संकटको घडीमा केवल विद्यालयको मात्र मूख ताकेर अभिभावकिय दायीत्व पूर्ण हुदैन । समय र परिस्थिती अनुसार संरक्षक,उत्प्रेरक,मार्गदर्शक,शिक्षक सवै वन्न सक्नु पर्छ । यसो भयो भने मात्र हामी सवैले  हाम्रा सवै नानीहरुको उज्ज्वल भविस्यको कल्पना गर्न सक्छौ ।

यसरी विद्यार्थीको समग्र सिकाइको सन्दर्भमा विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुने कुरामा सन्देह देखिंदैन । यी दुवैले आ–आफ्नै योजना अनुसार चलेर भन्दा पनि आपसी सहकार्य गरेर विद्यार्थीको सिकाइमा सकारात्मक योगदान पु¥याउन सक्छन् । साथै पढेलेखेका अभिभावकले मात्र होइन, जुनसुकै परिवारले विद्यार्थी सिकाइको उद्देश्यमा सघाउन सक्ने स्पष्ट छ । यसको योजना गर्ने र परिचालन गर्ने सन्दर्भमा विद्यालयको तर्फबाट सचेत प्रयत्न भने हुनैपर्छ । विद्यालयको एउटा महत्वपूर्ण पक्ष नै आफ्ना अभिभावकसँगको सहकार्यको महत्व बुझेर त्यसकालागि आफैं अग्रसरता लिनु हो । 

समाप्त

( लेखक  आदर्श माध्यमिक विद्यालयका सामाजिक बिषयका  हुन । )   


 

वर्तमान शिक्षा र स्थानीय निकायहरुको भूमिका

-         सन्तोष पोख्रेल

विगत चैत्र महिनादेखि कोरोनाका कारण शिक्षा क्षेत्र ठप्प छ । यसैगरी बिद्यालयहरू बन्द हुँदा लाखौँ बालबालिकाहरू विद्यालय जानबाट बन्चित भएका छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकारबाट बन्चित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यतालाई आधार मानेर सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका,२०७७ पनि जारी गरिसकेको छ ।

यस परिस्थितिमा हाम्रो जस्तो अल्पविकसित देशमा यो कोरोनामय समयमा र कोरोनापछिको समयमा शिक्षाको स्वरूप कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर बहस र छलफल गरी यसको ब्यवस्थापनको जरुरी छ । कोरोना भाइरसको आतङ्क कहिलेसम्म रहने हो भन्ने बारेमा अनिश्चितता छ । अनुमान गर्न पनि कठिन छ । यस परिस्थितिमा शिक्षामा सरोकार राख्ने सबैलाई अबको शिक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती भएको छ भने अर्कोतर्फ कोरोना आतङ्कले उत्तिकै रूपमा सम्भावनाका ढोकाहरू पनि खोलेको छ । अहिलेको अवस्थामा विद्यालयको शिक्षालाई सुचारु बनाउन अल्पकालीन र दिर्घकालीन योजनाको जरुरी छ ।

अल्पकालीन योजनाको रुपमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका आइ सकेको छ । यो निर्देशिकाले सम्भावित बिविधतालाई समेटेको हुनाले यसको वारेमा हरेक विद्यार्थी र अभिभावक सम्म जानकारी पुर्याउन जरुरी छ । हालसम्म पनि कति अभिभावक र विद्यार्थीहरु विद्यालय लाग्ने कुरामै आशावादी हुनुहुन्छ भने शिक्षकहरु लाग्ने नलाग्ने का विच वाट गुज्रीरहनु भएको छ । यस्तो विषम परिस्थीतीमा  योजना मात्र पनि पूर्णता होइन । योजनामा प्रस्ताव गरिएका बिविध निती,रणनीती र कार्यनिति कार्यन्वयनको पाटो महत्वपूर्ण हुन आउछ । यो निर्देशिका जारी भयो, निर्देशिकामा उल्लेखित जिम्मेवारीहरु सवैका धेरै थोरै रहेका छन् तर कार्यन्वयनको जिम्मेवारी भने पूर्ण रुपमा भएको पाइदैन । निर्देशिका ले स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहँुचको आधारमा विद्यार्थीको पहिचान गरी वर्गिकरण गर्नुपर्ने ब्यवस्था गरेको छ । सहरी क्षेत्रमा वसोवास गर्ने सामुदायीक विद्यालयमा अध्ययनरत अधिकांस वालवालीकाहरु विद्यालयको सम्पर्क भन्दा बाहीर छन । उनीहरुको सेवा क्षेत्र पहिचान गर्न विद्यालय नै असमर्थ हुन्छ । डेरा गरेर वस्ने अभिभावकका नानीहरु डेरा सरेर जाने तथा सम्पर्क नं पनि परिवर्तन भैरहने कारणले स्रोत साधनमा पहँुचको आधारमा विद्यार्थीको पहिचान गरी वर्गिकरण गर्न गाह्रो छ । तथापी निर्देशिकाले विद्यालय सेवा क्षेत्र भन्दा वाहीर वसेका वालवालिकाहरुको पहिचान र वर्गिकरण गर्ने जिम्मेवारी स्थानीय निकायलाई भनेको छ । तर स्थानीय निकायका वडाहरुमा यसको वारेमा कुनै काम हुन सकेको छैन र कार्ययोजना बनाई सुचना समेत गरेको देखिदैन ।

 शिक्षालाई प्राथमिकताको विषय नवनाउने आँखाबाट अहिलेको वर्तमान समस्यालाई देख्न सकिदैन । सवैले आफ्नो भूमिका जिम्मेवारी पूर्वक निर्वाह नगर्नेहो भने जतिसुकै राम्रो योजना वनेपनि त्यसको महत्व रहदैन । अहिलेको अवस्थालाई हेर्दा पनि विद्यार्थी वर्गिकरण भन्दा पनि विद्यालयमै फेस टु फेस कार्यक्रम संचालन गर्नु पर्छ र गर्नु हुदैन भन्नेमै स्थानीय बहस सिमित रहेकाले विद्यार्थी ट्रेसिङको कार्यले महत्व पाएको देखिदैन । विद्यालय पिच्छे फरक रणनिती वन्यो भने वाक्लोरुपमा रहेका विद्यालयका विद्यार्थीहरुमा शिक्षा क्षेत्रमा काम गर्ने ब्यक्तिहरुमाथी नै अविस्वास सृजना हुन जान्छ । जसले शिक्षा क्षेत्रमा दिर्घकालीन असर पर्न सक्छ ।

एकातीर कोरोनासँगै लम्किएको अनलाइन कक्षाहरूको सञ्चालनलाई यसको सकारात्मक प्रभाव मान्नुपर्ने हुन्छ ।  निश्चित रूपमा अनलाइन शिक्षाका आफ्नै सीमितता छन् । व्यवस्थापन गाह्रो छ । व्यवस्थापन भए पनि विद्यार्थी कक्षामा उपस्थित भएर अध्ययन गरेजस्तो यो प्रभावकारी हुँदैन नै तथापी यसको कार्यन्वयनको प्रभावकारीता र कार्यन्वयनको अवस्था एकातीर छदैछ भने कुन कुन विद्यालयले कुन ढंगले अनलाइन कक्षाहरु संचालन गरिरहेका छन भन्ने विस्वसनिय तथ्यगत आधार पनि पालीकाहरु संग छैन । संस्थागत विद्यालयले शुल्क लिन पाउने आधार तयार गर्नकालागि पनि कुन विद्यालयको अवस्था के छ भन्ने कुराको जानकारी हरेक पालीकाहरु संग हुनु पर्दछ । तर अनलाइन कक्षा विद्यालयहरुले चलाएका छन् या छैनन वा कस्ता विद्यालयहरुले कस्तो कार्यतालीकाका आधारमा अनलाइन शिक्षा संचालन गरिरहेका छन त भन्ने विषयमा पालीकाहरुले नियमित नियमन गर्नु पर्दछ ।

 हाल सम्म हामीले सहजै गर्न सक्ने काम कुन कुन रेडियोवाट कुन कुन कक्षा संचालन हुदैछ र कुन कुन टेलिभिजनवाट कुन कुन कक्षाका कुन कुन पाठहरु प्रसारण हुदैछन भन्ने कुराको जानकारी कम्तिमा स्थानीय संचारका साधनहरुवाट प्रसारण समेत गर्न सकेका छैनौ । विद्यार्थी ले थाहापाउने कुरा त परै छाडौ हामी शिक्षकहरुलाइ समेत पाठ प्रसारणको समय तालीका वारेमा पूर्ण जानकारी छैन । सवै विद्यालयमा सुचना र संचारको पहुँच न पालिकाहरुले पुर्याएका छन नत सवै शिक्षक साथीहरु इन्टरनेटको पहुँचमा हुनुहुन्छ । मानव स्रोत विकास केन्द्र र शिक्षा मन्त्रालयले प्रकासीत गरेको पाठ प्रसारण तालीका शिक्षकहरु सम्म पुर्याउन हामी के कती जिम्मेवार भएर लागेका छौं । शिक्षकहरुले यो सुचना पाउनुभयो भने मात्र कहिले रेडियो सुन्ने र कहिले टिभी हेर्ने भन्ने वारेमा आफ्ना नानीहरुलाई जानकारी दिन सक्नुहुन्छ । विगत समयदेखिनै हामीले रेडियो र टेलिभिजन प्रसारणका अभ्यासहरु गर्दै आइरहेका छौ । हामीले ती अभ्यासहरु प्रभावकारी भएनन मात्रै भन्यौ तर प्रभावकारी हुन नसक्नुका पछाडी के के कारणहरु थिए भनेर समस्याको पहिचान कसरी गरियो ?रेडियो तथा टेलीभिजनमा पाठ प्रसारण गर्ने शिक्षकहरुलाई जिम्मेवार वनाए जस्तै नानीवावुहरुलाई सुन्न र हेर्न अभिभावक र शिक्षकहरुलाइ कति उपयोग गर्यौ र जिम्मेवार वनायौ । शिक्षण सिकाइमा अभिभावकीय जिम्मेवारीका लागि सचेतना अभियानकालागि हामीले के कस्ता सुचनामूलक कार्यक्रमहरु प्रसारण गर्यौ ? यी र यस्ता अनेकौ प्रश्नको उत्तर खोज्न ढिला भै सकेको छ ।

पालिकाहरुले आफ्नो आवस्यकताका आधारमा निर्देशिकालाइ टेकेर अल्पकालीन योजना अन्तर्गत विद्यार्थीले के गर्ने ? विद्यालयले के गर्ने ? अभिभावकले के गर्ने ? स्थानीय पालीकाहरुले के गर्ने ? भन्ने कार्यक्रम बनाउन जरुरी छ । अहिले पालीका अन्तर्गत विद्यालय शिक्षाको जिम्मेवारी शिक्षा महाशाखा वा शिक्षा शाखामा सिमीत भएको पाइन्छ । तर यसको केही अधिकार सहितको जिम्मेवारी प्रत्येक वडा सम्म विस्तार गर्न सकिएन भने निर्देशिका अनुसार त्यहाँका समस्या पहिचान गरी समाधान गर्न कठीन हुन जान्छ । पालीकाहरुले तत्कालै सिकाइ सहजीकरण प्रणालीको माध्यमवाट सिकाइमा सहजीकरण कार्यक्रमको समन्वय तथा अनुगमन गर्न समिति गठन गरिहाल्नु पर्दछ जसले अन्योलमा परेका विद्यालय तथा शिक्षक अभिभावक तथा विद्यार्थीहरुको कार्य प्रक्रियामा समन्वय गर्न सहज हुन्छ । यसै गरि अभिभावक हरुलाई आफ्ना वालवालीका हरुलाई जीवनोपयोगी, परम्परागत, तथा सामाजीक ब्यवहार कुशल सिपहरु सिक्न र सिकाउन,उत्प्ररेरीत गर्ने,अध्ययन अध्यापनमा निरन्तर सहयोग गर्ने वातावरण वनाउने,विद्यार्थी पहिचान र वर्गिकरणकालागि विवरण उपलब्ध गराउने, आफ्ना नानीहरु निरन्तर सिकाइमा संलग्न भए नभएको बारेमा विद्यालयलाइ निरन्तर सुचना लिने र दिने कार्यमा अग्रसर वनाउने कार्य गर्न विभिन्न स्थानीय पत्रपत्रीका, रेडियो,टेलीभिजन वाट सन्देश मूलक जानकारीहरु प्रसारण गर्नु पर्दछ । 

त्यसैगरी अल्पकालीनकार्यक्रम गरेर मात्र पनि विद्यालय शिक्षाको विकास पूर्ण हुदैन । यदि कोरोनाको समय लम्बियो भने सधैँ विद्यालय बन्द गरेर सम्भव छैन । कोरोना सँगसँगै विद्यालय सञ्चालन गरेर शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने हुन्छ । यसका लागि हामीले आवश्यक पूर्वतयारीहरू गर्न आवश्यक छ । अहिले हामीले विद्यालयमा अभ्यास गरिरहेका धेरै कुराहरूमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । परिवर्तन आफैमा चुनौतिपूर्ण हुन्छ । परिवर्तनलाई सही तरिकाले व्यस्थापन गर्न सकिएन भने सकारात्मक परिणामको सट्टामा धेरै नकारात्मक अवस्था पनि निम्तिन सक्दछ ।

दिर्घकालीन योजना अन्तर्गत स्थानीय निकायहरुले अहिलेनै सोचिहाल्नु पर्ने अवस्था पनि आएको छ । दियो निभेपछीको तेल, चोर भागि सकेपछीको सुरक्षा ब्यवस्था जस्तो भयो भने हामी अझै पछाडी धकेलीने निश्चित छ । त्यसैले स्थानीय पालीकाहरुले तत्कालै दिर्घकालीन योजनामा ध्यान दिन जरुरी छ ।

अवका दिनमा विद्यालयका क्याण्टिन र शौचालयहरूमा प्रशस्त पानी र साबुनको व्यवस्थापन गरेर हात धुने व्यवस्था गराउनुपर्ने हुन्छ । कोरोनालाई जितेर यसबाट मुक्ति हुनेभन्दा पनि कोरोना सँगसँगै शैक्षिक क्रियाकलापहरूलाई सञ्चालन गर्दा हामीले हरेक बच्चालाई कसरी व्यक्तिगत सरसफाई गर्ने भन्ने सिकाएर स्कुलको गेटबाट भित्र पसेपछि गेटबाहिर ननिस्किउन्जेल सुरक्षित भएर बस्न सिकाउनुपर्ने हुन्छ ।

भौतिक दूरी कायम राख्दै अध्ययनका क्रियाकलापहरू गराउनुपर्ने हुन सक्छ । यदि कोरोनाको समय धेरै महिना रह्यो भने हामीले हाम्रा बानी व्यवहारमा आमूल परिवर्तन ल्याउने नै छौँ । यस कोरोना महामारीले शिक्षाको सिकाइ पद्धति  मूल्याङ्कनलगायत सम्पूर्ण आयाममै आमूल परिवर्तन गरिदिएर हाम्रो शिक्षालाई नयाँ उचाइमा पु¥याउने सम्भावना पनि त्यतिकै छ ।

कोरोना निर्मूल भएर हामी पहिलेकै अवस्थामा फर्किने सम्भावना कम देखिन्छ बरु हामीले हाम्रा बानी व्यवहारहरू,  नीति, नियमहरू कोरोना सापेक्ष बनाउनु जरुरी देखिन्छ ।

वर्तमान अवस्थामा हाम्रा कक्षाहरूमा विद्यार्थीहरू कोचाकोच भएर, अटेसमटेस भएर बस्नुपर्ने स्थिति छ । एउटै शिक्षकले करिब ५० जना भन्दा बढीलाई एउटै कक्षामा राखेर पढाउने, गृहकार्य दिने तर फर्केर नहेर्ने गरेको अवस्थामा अबका कक्षाकोठाहरूमा एकल कुर्सी राखेर भौतिक दूरी कायम राख्दै १५ देखि २० जना विद्यार्थीहरूको मात्र कक्षा सञ्चालन गर्नुपर्ने हुन सक्छ । यस अवस्थामा पढाइको गुणस्तर बढ्ने स्वतः अनुमान गर्न सकिन्छ । प्रविधिको प्रयोग गर्दै १५देखि२० जनाले कक्षाकोठामा पढ्न पाउने अवसर पनि कोरोनाले खोलिदिने सम्भावना छ ।

अबको शिक्षालाई व्यवस्थापन गर्न आर्थिक चुनौती त छ नै । कुनै समयमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रका लागि खर्च छुट्याएको सरकारले उक्त्त बजेटलाई अहिले झण्डै १० प्रतिशतमा झारेको अवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुन सक्ने सम्भावना कम नै छ ।

स्थानीय निकायहरुले शिक्षा क्षेत्रको बजेटलाई २५ प्रतिशतमा पु¥याएर नयाँ योजनाका साथ अघि बढ्न आवश्यक छ । सरोकारवालाहरूले यो कोरोनामय समयलाई अवसरको रूपमा लिई नीति, नियम बनाई अबको शिक्षाको कार्यदिशा बनाउनु आवश्यक मात्र नभएर अनिवार्य छ । यदि यस मोडमा पनि शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिएन भने हामीले ठूलो अवसर गुमाउनेछौँ । भावी सन्ततिहरूले समेत पुरानै शिक्षा प्रणालीमा अभ्यस्त भई नयाँ सम्भावनाका लाभबाट बन्चित हुने निश्चित छ ।

संसारका केही देशहरुमात्र डिजिटल दुनियाकालागि तयार भएका छन् । अवको सिकाइ डिजिटलको अभावमा कल्पना गर्न सकिदैन । नेपालको सन्दर्भमा केही विद्यालय र अभिभावक यसको पहुँचमा पुगिसकेका छन । वाँकी विद्यालय र विद्यार्थीहरुको पहुँचमा डिजिटल प्रविधि पुर्याउन सरकारले तत्काल शिक्षा क्षेत्रको बजेट बृद्धी गर्नु पर्दछ । नेपालमै ल्यापटप उत्पादन शुरु गरी निशुल्क पाठ्यपुस्तकमा गर्ने लगानी वालवालिकाकालाई ल्यापटप वितरण र इन्टरनेटको पहुंच विस्तारमा गरिनु पर्दछ । स्थानीय तहले शिक्षामा छुट्याइएको यस बर्षको तलव वाहेकका सम्पूर्ण खर्च विद्यालय शिक्षाको डिजिटल बिकासमा लगाउनु पर्दछ ।

यसका बाबजुद, अहिलेको वैज्ञानिक युगमा प्रविधिको प्रयोगविनाको शिक्षा अपूरो र अधुरो थियो । नेपालको सन्दर्भमा विद्यालयहरूले प्रविधिलाई महत्व दिएकै थिएनन् भन्ने स्थिति थियो ।

आज कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानै पर्ने पाठ सिकाएको छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न नसक्ने भएका छन् । भाइबर, मेसेन्जर, फेसबुक, गुगल, जुम सबै प्रयोग गरिन थालिएका छन् । यिनीहरूको प्रभावकारिता कतिको भएको छ, त्यो बेग्लै कुरा भयो तर यस्ता कक्षाहरू सुरुवात गरिदिने कोरोन भाइरसले शिक्षामा नयाँ आयाम थपिदिएको मान्नुपर्ने हुन्छ । आज शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू प्रविधिमैत्री भइरहेका छन् । 

भर्चुअल कक्षा कहिल्यै पनि कक्षा कोठाको विकल्प हुन सक्दैन । अहिलेको वैज्ञानिक युगमा कक्षा कोठाहरू पनि भर्चुअल कक्षाको अभावमा अपूरा थिए । भर्चुअल कक्षा र कक्षाकोठा एकअर्काका परिपूरक हुन सकेमा शिक्षामा ठूलो परिवर्तन ल्याउन सकिन्छ, जसको जग कोरोना भाइरसले बसाइदिएको छ ।

अब बनाइने शैक्षिक नीति, नियमलाई भर्चुअलमैत्री बनाएर कार्यान्वयन गर्नुपर्ने बाटो कोरोनाले देखाइदिएको छ । सबै विद्यालय र सबै बालबालिकाहरूलाई इन्टरनेटको सहज सुविधा पु¥याउनै पर्ने चुनौती सरकारमाथि थपिदिएको छ भने शिक्षक र अभिभावकहरूलाई समेत प्रविधि सिक्न प्रोत्साहन गरेको छ ।

यसरी अव शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र शिक्षालाइ नयाँ धारवाट लैजानेहो भने स्थानीय निकायहरुले यस प्रकारका सुधारका कार्यहरु गर्न जरुरी भै सकेको छ । एउटा सानो विद्यालय संचालन गर्दा त विद्यालय सुधार योजना निर्माण गरेर अगाडी बढ्नु पर्छ । तर हाल  कैयौ स्थानीय निकायहरुले विद्यालयलाइ निर्देसन दिने संस्थाको रुपमा काम गर्दै आएको पाइन्छ । विद्यालय सुधार सँग सम्बन्धीत शैक्षिक योजना निर्माण गरी सार्वजनिक हुन सकेका छैनन । अन्योलताका विचवाट विद्यालय सिकाइ गुज्रीरहेको छ विद्यालयहरु केन्द्रको, प्रदेशको या स्थानीय निकायको निर्देशन मध्ये कसको निर्देशनलाई पालन गर्ने भनेर अन्योलतामा गुज्ररिहेका छन । विद्यालयको भौतिक विकासका योजनाले मात्रै शिक्षाले फड्को मार्ने सम्भावना देखिदैन । त्यसैले स्थानीय तहहरुले शिक्षाको विकासमा फड्को मार्नेहो भने यस प्रकारका कार्यक्रम सहितको योजना ल्याउन जरुरी छ ।

 , शिक्षक र शिक्षण विधि

 उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्नसक्छन् । हाम्रा विद्यालयहरूमा शिक्षकले पढाउँछन् र विद्यार्थीले पढ्छन् । त्यहाँ शिक्षकले परीक्षामा केन्द्रित भएर घोकाउँछन् र विद्यार्थीले पाठ पढ्छन् र घोक्छन् । यो शिक्षक मात्रैको दोष होइन यो शिक्षा प्रणलीकै दोष हो । जव सम्म लब्धाङ्क मा क्षमता मूल्याङ्कन हुन्छ यो समस्या रहिरहन्छ । नानी वावुमा परीक्षामा उच्च ग्रेड ल्याउन या पास हुन विद्यालय जादैछु भन्ने धारणा रहे सम्म  आफ्नो अनुभव, ज्ञान, सीप र रुचिको आधारमा विद्यालयलाई सिक्ने थलोका रूपमा कहिल्यै बुझ्ने छैनन् । परिणामतः विद्यार्थीले परीक्षामा केवल राम्रो अङ्क ल्याउन र पास हुनकै लागि पढ्छन्, केही नयाँ कुरा सिक्न होइन ।

, सिकाइको विषयवस्तु र वातावरण

  विद्यालयमा विद्यार्थीहरूले कस्तो विषयवस्तुमा अध्ययन गर्छन् ? उनीहरूको रुचि र आवश्यकताको विषय के हो ? सिकाइको विषयवस्तु के हो ? शिक्षालयको शैक्षिक वातावरण कस्तो छ ? सिकाइको वातावरण अनुकूल छ कि प्रतिकूल ? सिकाइको वातावरण स्वच्छ, स्वस्थ र सुरक्षित छ कि छैन ? अनि विद्यार्थीलाई सिकाउने पाठ्यसामग्री कत्तिको समावेशी छ ? त्यहाँ श्रमप्रति आस्थाभाव प्रकट गरिएको छ कि छैन ? विद्यार्थीलाई सिर्जनशील बनाउने किसिमको शैक्षिक पाठ्यक्रम छ कि छैन ? विषयवस्तुहरू विभेदकारी छन् कि छैनन् ? कुनै वर्ग वा समुदायप्रति वैरभाव राख्ने सामग्री पो छ कि ? यी यावत् विषयले सिकाइमा प्रभाव पार्छ । त्यसैले विद्यार्थीहरूका लागि सिकाइको विषयवस्तु र वातावरण सही, वस्तुवादी, वैज्ञानिक र व्यावहारिक हुनुपर्छ । यी कुराहरुलाई आधार मानेर केन्द्रिय पाठ्यक्रम को आधारमा स्थानीय निकायहरुले पाठ्यक्रम समायोजन गर्ने अधिकार राख्नु पर्छ भने सिकाइको वातावरण सुमधुर वनाउने निति तथा कार्यक्रमहरु

, विद्यालयको भौतिक तथा वित्तीय व्यवस्थापन

 नेपालका अधिकांस सामुदायीक या संस्थागत विद्यालयहरुको भौतिक संरचना तोकिएको मापदण्ड अनुरूप हुनुपर्छ । भौतिक संरचनाको अभावमा सिकाइको उपयुक्त वातावरण निर्माण हुन सक्दैन । वर्षामा पानी चुहिने छानो भएको भवन, फर्नीचर,पर्याप्त खेल मैदान तथा खुल्ला स्थानको अभाव, पुस्तकालय,प्रयोगशालाहरु  तथा स्वच्छ पिउने पानीको अभाव, स्वस्थ र सफा चमेना गृहको अभाव आदिले सिकाइलाई प्रभाव पार्छ । त्यस्तै विद्यालयको वित्तीय अवस्थाले पनि विद्यार्थीको वृत्तिविकासलाई असर पुर्याएको हुन्छ । सामुदायिक विद्यालयहरूको मुख्य समस्या भनेकै वित्तीय स्रोत व्यवस्थापन हो । यसर्थ, शैक्षिक गुणस्तर सुधारका लागि सबैभन्दा पहिले स्थानीय सरकारले शिक्षामा लगानी बढाउनुपर्छ । गुणस्तरीय शिक्षा नै विकास र समृद्धिको आधार हो, त्यसैले सबैभन्दा पहिले शिक्षामै आमूल सुधार हुनु जरुरी छ ।

, विद्यार्थीको अवस्था

 शैक्षिक गुणस्तरका लागि विद्यार्थीको अवस्थाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यालयमा सिक्न जाने विद्यार्थीको आर्थिक, सामाजिक एवम् पारिवारिक अवस्था कस्तो छ ? विद्यालय बस्तीबाट कति टाढा छ ? विद्यार्थी विद्यालय आइपुग्दा घोकाउने अवस्था पो छ कि ? विद्यालयमा कुनै किसिमको विभेदजन्य व्यवहार हुन्छ कि ? कक्षामा सामाजिक अन्तरघुलन कस्तो छ ? शिक्षकहरूले विद्यार्थीलाई कसरी हेर्छन् ? यस्ता कुराले पनि शिक्षाको गुणस्तर निर्धारण गर्न सहयोग गर्छ । पक्कै पनि विद्यार्थीलाई आफ्नो विद्यालयमा बसौँ बसौँ बनाउन सक्नुपर्छ । विद्यालयमा कुनै किसिमको अफ्ठेरो महशुस नगर्ने गरी सिकाइलाई निरन्तरता दिन सक्ने वातावरण निर्माण हुनुपर्छ । विद्यालयमा विद्यार्थीको अवस्थाको बारेमा पनि सूक्ष्म ढङ्गले अध्ययन गरी उनीहरूको अवस्थालाई सहज र सरल बनाउनुपर्छ । यी र यस्तै अन्य विषयवस्तुहरुका बारेमा हरेक स्थानीय तहहरु जीम्मेवार वन्न सक्नु पर्दछ । स्थानीय तहहरुको सहयोग वीना एक्लै विद्यालयहरुले मात्र यस्ता कार्य गर्न सक्दैनन ।

, विद्यालयमा हुने नवीन अभ्यास तथा नेतृत्व विकासका कार्यक्रमहरू

 विद्यालय विद्यार्थीको सिक्ने थलो हो । प्रत्येक दिन विद्यार्थीले केही न केही नयाँ कुरा सिक्ने वातावरण विद्यालयमा हुनुपर्छ । विद्यालयले विद्यार्थीलाई सुशासन र नेतृत्व विकासका बारेमा पर्याप्त शिक्षा दिनसक्नुपर्छ । श्रमप्रतिको आस्था र सम्मान, सुशासन र असल संस्कृतिका कुराहरू विद्यार्थीले विद्यालयबाटै सिक्न सके भने सभ्य र सुशासित समाज बनाउन मद्दत पुग्छ । विद्यार्थीले नेतृत्व विकासका लागि उपयुक्त वातावरण पाउन सके भने ती विद्यार्थी भविष्यमा समाजका लागि असल नेतृत्वको रूपमा स्थापित हुनसक्छन् र उनीहरूले समाजलाई उचित दिशानिर्देश गर्छन् । त्यसैगरी विद्यालयमा विभिन्न विषयहरूमा नयाँ अभ्यासहरूको मोडलिङ गर्न जरुरी हुन्छ । यस्तो गतिविधिले विद्यार्थीलाई नयाँ कुरासँग अपडेट गराउँछ र सिक्ने इच्छाशक्ति बढाउँछ ।

,नीतिगत व्यवस्था

वर्तमान शिक्षा पद्धति विश्वव्यापी दीगो विकास लक्ष्य २०३० को दफा ४ अनुसार सबैका लागि समावेशी र समतामुलक गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइ अवसर आदर्श नारा, विद्यालय क्षेत्र सुधार कार्यक्रमका उपलब्धिका आधारमा नेपाल सरकारले लागू गरेको विद्यालय क्षेत्र विकास कार्यक्रम (२०१६–२०२२), नेपालको संविधानको धारा ३१, ३२, ३९ का मौलिक अधिकार, धारा ५१ अनुसार नीति तथा निर्देशक सिद्धान्त, संविधानका अनुसूची ८ र ९, प्रचलित शिक्षा ऐन नियमहरू र निर्देशनहरू (संविधान अनुसार बाझिएकामा संविधान अनुसार नै हुने) शिक्षासम्बन्धी प्रमुख व्यवस्था हुन् भने संविधानको धारा २२६ अनुसार संविधानका अनुसूची ८ का अधिकार प्रयोजनार्थ ऐननियम बनाउने र कार्यान्वयन गर्ने अधिकार गाउँसभा तथा नगरसभालाई छ र अनुसूची ९ अनुसारका अधिकारको प्रयोग तीनवटै सरकारका समन्वयमा सम्पन्न गर्नुपर्ने हुन्छ । यद्यपि, अनुसूची ८ मा स्पष्ट रूपमा आधारभूत र माध्यमिक शिक्षा भनिएको छ  भने अनुसूची ९ मा शिक्षा, खेलकुद र पत्रपत्रिका भनिएकोबाट आधारभूत र माध्यमिक शिक्षा सम्बन्धमा स्थानीय सरकारहरू नै महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।

अहिेलेसम्म केन्द्रदेखि स्थानीयसम्मको तहगत संरचनाबाट निर्देशित शिक्षा क्षेत्र अब संघीय खाकाभित्र रहेर विधिवत स्वतन्त्रताको उपयोग गर्दै नीति नियम बनाउने र कार्यान्यवयन गर्ने भएकाले स्थानीय सरकारहरूले नीतिगत व्यवस्था, योजना निर्माण, लगानी, भौतिक तथा जनशक्ति विकास गरी कार्यक्रमहरू कार्यान्वयन र अनुगमन अवलोकन गरी मूल्याङ्कन गरी पुनः योजना गर्नु आवश्यक छ ।

, वर्तमान अवस्था विश्लेषण

एकातिर संकटकालीन अवस्थाका बाध्यात्मक परिस्थितिहरू र नीतिगत एवमं कानूनी व्यवस्थापनको पक्ष अल्झिरहेको छ भने अर्कातिर शिक्षाको गुणस्तर कायम गर्ने पक्ष विशेष चुनौतिपूर्ण छ । निर्वाचित जनप्रतिनिधिहरूले शैक्षिकस्तरका सम्बन्धमा समेत जवाफदेहिता बहन गरेको अनुमोदन जनमतबाट गर्नुपर्ने भएकाले विभिन्न कारण र स्पष्टिकरणबाट मात्र उम्कन पाउने अवस्था छैन । वास्तवमा, सबै सामाजिक विकासको जवाफ शिक्षा विकाससँग जोडिने भएकाले शिक्षा विकासमा प्राथमिकताका साथ लाग्नु आवश्यक छ । विद्यमान भौतिक व्यवस्थापन तथा गुणस्तर उत्पादनको खाडल, सामुदायिक–संस्थागत र सामुदायिक–सामुदायिक विद्यालयबीचको खाडल, शिक्षकहरूको पेशागत क्षमता तथा वैयक्तिक गुण, सैद्धान्तिक र व्यवसायिक सीपमुलक शिक्षाका सवाल आदि  पक्षलाई स्थानीय सरकारले आफ्नो योजनामा समेट्नु पर्दछ ।

 

, उच्च कार्यक्षमताको विश्लेषण

उच्च कार्यक्षमता प्रदर्शन गर्ने प्रधानाध्यापक र शिक्षकहरू विकास गरी गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्नु पर्छ । कुनै एउटा विद्यालय वा एकाध ब्याचलाई हेरेर अधिकांशले गाली खाइरहनुपर्ने वातावरणको अन्त्य हुनु पर्छ । नतिजाको चर्चा गर्नैनपर्ने गरी कक्षा शिक्षणलाई प्रभावकारी बनाउन शिक्षकलाई सोही खालका तालिम, आवश्यक भौतिक व्यवस्था, सामग्री, प्रयोगशाला र विषयगत शिक्षकको व्यवस्था आदिको व्यवस्थापन गर्नु आवश्यक छ । गुणस्तरको प्रमुख शर्त बजारमा बिक्ने उत्पादन हो । त्यसैले, माध्यमिक तहको शिक्षा बजारको आवश्यकतामा आधारित प्रविधिमुलक हुनु पर्छ । स्थानीय सरकारहरूले प्राविधिक शिक्षालयतर्फ उत्प्रेरित र सहयोग गर्नु आवश्यक छ ।

, छात्रवृत्ति वितरणलाई पुनः व्याख्या

छात्रवृत्ति वितरणलाई पुनः व्याख्या गरी आवश्यकता र सिकाइ वृद्धिको शर्त राखी पुग्नेगरी दिनु पर्छ । आम समुदायले पाउनेगरी कनिका छरेर कुनै प्रभाव नपरेको अनुभवबाट पाठ सिक्नै पर्छ । त्यस्तै आवश्यकतामा आधारित सिद्धान्तका आधारमा अन्य सहयोगहरू जस्तै शुल्क मिनाहा, खाजा, ड्रेस, स्टेशनरी, अतिरिक्त कक्षा, दिवा होस्टल, आय आर्जनका लागि कुखुरा वा बाख्रा वितरण, लघु ब्यापार जस्ता सहयोग विद्यार्थीलाई गर्नु आवश्यक छ । आर्थिक सामाजिक अवस्थाका कारण शिक्षा आर्जनमा असर पर्न दिनु हुँदैन ।

१०, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको सक्रियता

विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघलाई लगानी स्रोत पहिचान, उपयोग र कक्षाशिक्षण तथा समग्र विद्यालय क्रियाकलापको अनुगमन सुपरीवेक्षणका लागि प्रेरित गर्नु आवश्यक छ । लगानीमा साझेदार बनाएर स्थानीय समुदायलाई विद्यालयप्रतिको अपनत्व विकास गर्न सकिन्छ । यसका लागि विव्यस वा अभिभावक संघले खेलकुद, सांगीतिक, सामाजिक अभियान जस्तै स्वास्थ्य शिविर जस्ता कार्यक्रम आयोजना गरेर आर्थिक सहयोग बढाउन सक्छन् । यसले आर्थिक दिगोपनलाई सहयोग पु¥याउँदछ ।

११, विशेषज्ञ समूह समावेश भएको शिक्षा बोर्डको गठन

हरेक स्थानीय निकायमा एउटा विशेषज्ञ समूह समावेश भएको शिक्षा बोर्ड गठन गर्नु पर्दछ । यही बोर्डले पालिका भित्रको शैक्षिक प्रोफाइल विकास, सुधार र विकासका रणनीति तय गर्ने, स्रोत खोजी, कार्यक्रम निर्माण, कार्यान्वयन र मूल्याङ्कनका बृहत् कामहरू गर्ने तथा नीतिगत वा कानूनी र कार्यगत निर्णय लिनका लागि कार्यकारी सभालाई सिफारिस समेत गर्नु पर्दछ ।

 १२, शैक्षिक तथा पेशागत अधिकार

स्थानीय सरकारहरूले आफ्ना पालिकाभित्रका सबै बालबालिकाको शिक्षामा पहुँच, गुणस्तीय शिक्षा प्राप्ति, सबै नागरिकका शैक्षिक अधिकारको सुरक्षा र शिक्षक तथा विद्यालय कर्मचारीका पेशागत अधिकारको सुरक्षा जस्ता अहम् कार्यमा ध्यान दिनु आवश्यक छ । संविधान अनुसार अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने अधिकारको ग्यारेण्टी हुनु पर्छ । आधारभूत तहको शिक्षा मातृभाषामा प्राप्त गर्ने अधिकारको पालना हुनु पर्छ ।

१३ , निरन्तर तथा खुला शिक्षा

स्थानीय सरकारहरूले औपचारिक विद्यालय शिक्षाका अतिरिक्त निरन्तर तथा खुला शिक्षाका लागि कार्य गर्नु आवश्यक छ । हरेक वडामा सार्वजनिक पुस्तकालय स्थापना गरी पठन संस्कृतिको विकास गर्न सकिन्छ । सामुदायिक संस्थाहरूमार्फत् नागरिक शिक्षा प्रदान गर्ने, शिक्षा, स्वास्थ्य, सामाजिक सांस्कृतिक पक्ष, नैतिक शिक्षा र प्रविधि तथा स्वरोजगार वा रोजगारसम्बन्धी जानकारी, परामर्श, समन्वयकारी शिक्षा प्रदान गर्नु आवश्यक छ । सामाजिक सद्भाव, मेलमिलाप, बहुसांस्कृतिक तथा सामाजिक विविधताका सम्बन्धमा खुला सञ्चार गर्नु आवश्यक छ ताकि मानिसहरू विविध परिस्थितिमा सम्मिलन हुने सीप विकास गरून् ।

अहिलेको परिस्थितिमा हाम्रो जस्तो अल्पविकसित देशमा यो कोरोनामय समयमा र कोरोनापछिको समयमा शिक्षाको स्वरूप कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर बहस र छलफल गरी यसको ब्यवस्थापनको जरुरी छ । कोरोना भाइरसको आतङ्क कहिलेसम्म रहने हो भन्ने बारेमा अनिश्चितता छ । अनुमान गर्न पनि कठिन छ । यस परिस्थितिमा शिक्षामा सरोकार राख्ने सबैलाई अबको शिक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती भएको छ भने अर्कोतर्फ कोरोना आतङ्कले उत्तिकै रूपमा सम्भावनाका ढोकाहरू पनि खोलेको छ । अहिलेको अवस्थामा विद्यालयको शिक्षालाई सुचारु बनाउन अल्पकालीन र दिर्घकालीन योजनाको जरुरी छ ।

               (लेखक आदर्श माध्यमिक विद्यालय विराटनगरका सहायक प्रधानाध्यापक  हुन् । )

                             पर्यटकीय तथा धार्मीक आकर्षणको केन्द्र चुलाचुली गुफा

                                                            सन्तोष पोख्रेल 

नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी.मध्ये रामप्रसाद राई गाउँपालिकाले ०.११ प्रतिशत, १ नं प्रदेशको कुल क्षेत्रफल २५९०५ वर्ग कि.मी. मध्ये ०.६१ प्रतिशत ,भोजपुर जिल्लाको कुल क्षेत्रफल १५०७ वर्ग कि.मी. मध्ये १०.३८ प्रतिशत ओगटेको यस गाउपालिकाको कुल क्षेत्रफल १५६.२५ बर्ग कि.मि. रहेको छ । वडा नं. ४ साविक दलगाउ को क्षेत्रफल २०.१६ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (५ कोष) १८.५० कि.मी. रहेको छ । भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । पूर्वाञ्चलको मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ ।

कुनै बेला भोजपुर भन्नेबित्तिकै टक्सार बजार जोडिएर आउँथ्यो । देशको पूर्वी यात्रा गर्दा राजा महेन्द्रले टक्सारलाई औद्योगिक नगरीको रूपमा विकास गर्न निर्देशन दिएका थिए । तामाका पैसा काट्न वि.सं. १८७२ मा स्थापित थियो, टक्सार । हाल टकविहीन छ टक्सार । त्यो परिचय हाल भोजपुरे खुकुरी र करुवाले दिएका छन् । टक्सारको साख हराएझैँ लाग्छ । बिचरा निरीहजस्तो देखिन्छ, टक्सार !

भोजपुर जिल्लाको सदरमुकाम भोजपुर नै हो । भोजपुर पुग्दा पहाडी आकर्षक नागबेली प्राकृतिक आयतनले जोकोहीलाई पनि लोभ्याउँछ । हाल भोजपुरको मुख्यः विशेषता भनेको पर्यटकीय सम्पदास्थल बनेका छन् । खोटाङ र भोजपुरको सीमावर्ती ट्याम्केडाँडा पूर्वाञ्चलकै अग्लो डाँडाको रूपमा चिनिन्छ । धार्मिक रूपमा आस्था राख्नेलाई जिल्लाका साल्पा–सिलिचिङ, सिद्धकाली मन्दिर, सातधारा, षडानन्द आश्रम, दिङ्ला, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागडी आदि प्रसिद्ध छन् । सांस्कृतिक एवम् ऐतिहासिकता अध्ययन गर्नेहरूका लागि किराँती संस्कृति  पर्याप्त छन् ।

जिल्लाकै सबैभन्दा ठूलो र अग्लो पिखुवा खोला झरनाको मनोरम दृश्य हेर्दा जो कोहीको मन लोभिन्छ । त्यसका अलवा भोजपुरमा चखेवा डाँडा, घोरेटार बजार, हाँसपोखरी, दिङ्ला, टक्सारबजार, सुन्तलेडाँडा, रानीवास, पैयुँडाँडा आदि अमुल्य प्राकृतिक स्रोतसाधन र सम्पदाहरू छन् ।

भोजपुर सुन्दर छ, तर यसको सुन्दरतालाई न राज्यले चिन्न सकेको छ न स्थानीयहरूले नै । पर्याप्त पर्यटकीय स्थलहरू भएर पनि प्रचारप्रसारको अभावमा भोजपुर निरीह बन्न बाध्य छ । समृद्ध र समुन्नत भोजपुरको कल्पना गर्दा पर्यटनलाई प्रमुखतामा राख्न आवश्यक देखिन्छ । आर्थिक विकासका लागि पर्यटन प्रमुख चिज हो ।

जसले जिल्लाको आर्थिक ढोका खोल्न सक्छ । मुख्य गरेर भोजपुरको जनजीवन खेतीकिसानीमा निर्भर छ । स्रोतसाधनको दृष्टिले सम्पन्न भएर पनि भोजपुर विकट हुनुका कारण विकासको गति धिमा देखिन्छ । यद्यपि विकासका गतिहरू विस्तारै अघि बढ्ने तरखरमा छन् । जिल्ला समृद्ध बन्नु भनेको जिल्लावासीको प्रतिष्ठा बढ्नु हो । पर्यटनलाई जिल्लाको मेरुदण्ड बनाउन सक्ने हो भने भोजपुर जिल्लाको रूप फेरिन त्यति समय लाग्ने छैन ।

काठमाडौ–भोजपुर हवाईसेवा सञ्चालनमा रहे पनि त्यो औंसी–पूर्णेजस्तो छ । भरपर्दो मानिएको हिले–लेगुवा सडकमार्ग पनि बाटोको स्तरोन्नति हुन नसक्दा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । भोजपुर पुग्न धरानबाट करिब एक दिनको सवारीसाधनको कष्टपूर्ण यात्रा तय गर्नुपर्दछ ।

भोजपुर माझकिरातको मुख्य भूमी  किराँत, हिन्दु र बौद्धको त्रिबेणी मानीन्छ । प्राचीनतम महादेवथान मानिने मैनाथानका राई पुजारी आफूलाई ऋषिकुलीन ब्राह्मण मान्छन् । पूर्वको पशुपति भनेर प्रसिद्ध आदिकालको गुफामा रहेको प्राकृतिक मूर्तिलाई पौराणिक कालको भस्मासुरको कथासँग जोडेर अहिले हरेश्वर–हलेश्वर र हलेसी महादेव भनिन्छ । भारतबाट नेपालहुँदै भोट गएका बौद्ध तान्त्रिक सिद्ध पद्मसम्भव यही हलेसी गुफामा बसेको विश्वासमा बौद्धहरू पनि हलेसीलाई तीर्थस्थल मान्छन् ।

सनातनी शैवहरूले अघिदेखि महादेव भनेरै यहाँ दैनिक पूजा चलाउँदै आएका छन् । शैव पुजारीमा प्रायः सन्न्यासीहरू हुने हुँदा यहाँका पुजारी पनि गिरी, पुरी, सन्न्यासी नै हुन्थे । यी महन्त पुजारीहरूलाई सेन राजाले दिएका भूमिजग्गाका लालमोहरहरू प्रशस्त पाइन्छन् । 

ट्याम्केको फेदबाट पूर्व पसारिएको डाँडामा भोरनागी देवी, पूर्व बगेको सिक्तेल खोला दक्षिणको कालीडाँडाको उत्तर पाखामा पखुवा देवी छन् । दैनिक बलि दिइने यी दुवै देवीथानमा राई पुजारी छन् । सेल्मेबाट दक्षिण डाँडाको पामाखाम भञ्ज्याङबाट पूर्व बगेको बेहेरे खोलाकै तीरमा बेहेरेश्वर महादेव थान छ । बडेमाको ठूलो ढुंगालाई महादेव मूर्ति मानिने यहाँको बारेमा रमाइलो दन्त्यकथा छ । बेहेरे खोलाको शिरदेखि दक्षिणपट्टि मानिस पुग्न नसकिने अपट्टे भीर छ । जहाँ, वारिबाट हेर्दा जन्ती हिंडेका, बोकेको डोलीमा झपन हालेको चित्र देखिन्छ– जसलाई गोल्मा राजा गोल्मा रानीको बिहेसँग जोडेर कथा कहिन्छ । पहराको वरिपरिको रानीवनमा अघिअघि गौरी गाईहरू चर्थे पनि भनिन्छ । भोजपुर सदरमुकामको सिद्धकाली र पहिलेको छोटी अड्डा खोटाङको सिद्धकालीमा जस्तै बेहेरेश्वर महादेवमा गोल्मा देवीको पनि दैनिक पूजाका लागि गुठी खेत राखेर पुजारी बाहुनलाई दिइएको छ । 

यी सवै धार्मीक स्थलहरुको वीचमा रहेको रामप्रसादराई गाउँपालीका वडा नं ४ दिपेनीमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण करीव एक रोपनी जग्गामा फैलीएको चुलाचुली गुफा अर्को धार्मीक तथा साँस्कृतीक स्थल हो । प्रसस्त कुदिएका ढुङ्गाहरु छरपष्ट रहेको यो गुफा वरी परी विभिन्न देवी देवताका मूर्तीका आकृतीहरु देख्न सकिन्छ । गुफा भित्र महादेवको मूर्ती रहेको छ । किरातहरुको वस्ती रहेको यो क्षेत्रमा देवी देवताहरु प्राकृतीक सौन्दर्यको वीचमा मा तपस्या गर्न यहाँ आउथे भन्ने किम्वदन्ती रहेको छ । अत्यन्तै मनमोहक रहेको  यो गुफाको वारेमा अर्को किम्वदन्ती पनि रहेको छ । भगवान शिव हलेशी जादा यही वाटो हुदै यहाँ केही समय आराम गरेर जानुभएको भन्ने किम्बदन्ती रहेको छ । धार्मीक हिसावले त यसको महत्व त छदैछ , पर्यटकयि हिसावले पनि यसको सम्भावनाहरु प्रसस्त रहेका छन ।

पर्यटकिय क्षेत्र मध्ये सवैभन्दा महत्वपूर्ण क्षेत्र ट्रेकीङ पनि हो । यो भगवान कै पालादेखि रहेको किम्वदन्ती पाइन्छ । देवी देवताहरु पनी  बराह क्षेत्र वाट कौसिकाको तीरै तीर आएर बेहेरेश्वर महादेव, नागछाँगा  चुलाचुली गुफा,पखुवा देवी स्थान हुदै ट्याम्के डाँडा , हलेसी महादेव स्थान वाट दुधकोशी हुदै पशुपती नाथ ,श्लेष्मान्तक वन पुग्ने गरेको किम्वदन्ती पाइन्छ । यसलाई आधार मान्दा पनि चुलाचुली गुफाको महत्व प्रष्ट हुन्छ । 

त्यसैले चुलाचुली गुफा को मात्र विकास स्थानीय पालीकाले डिपिआर वनाएर गर्नु पर्छ नै । तर यतीले मात्र पुग्दैन । यसको प्रचार प्रसार देखि लिएर । यातायात ,होटल लगायत का सवै कार्यक्रम यसमा जोड्नु पर्दछ । यो गर्नकालागि  ट्रेकीङ रुटकार्य योजना निर्माण गरी स्थानीय पालीकाहरु, प्रदेश सरकार र संघीय सरकार अग्रसर हुनु पर्दछ । एकातीर पर्यटकीय क्षेत्रको रुपमा यसको विकास गर्ने कुरा हुदाहुदै पनि यसको धार्मीक महत्व का हिसावले पनि यसलाई अगाडी बढाउन जरुरी छ ।